[Show all top banners]

Dibya Raj Koirala
Replies to this thread:

More by Dibya Raj Koirala
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 PRACHANDE DAKAKO INTERVIEW
[VIEWED 2556 TIMES]
SAVE! for ease of future access.
Posted on 02-07-06 5:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ँDear friends Yo PRACHANDE DAKA TA GYANE BHANDA FATAHA JASTO CHHA NI.
हामी यो रक्तपात रोक्न चाहन्छौं’





कान्तिपुर- देशमा शान्ति स्थापना गर्न तपाईंहरूको ँबटमलाइन’ के हो ?
प्रचण्ड- संसद्वादी सात दलसँग हामीले जुन समझदारी गर्‍यौं, त्यही 'बटमलाइन' हो । बाह्रबुँदे समझदारी संसारका प्रजातान्त्रिक शक्तिले स्वीकार्न सक्ने र देशको संकटले निकास पाउनसक्ने न्यूनतम आधार हो । समझदारीपछि निकासलाई सहयोग गर्न हामीले युद्धविराम एक महिना थप्यौं । सबैभन्दा लोकतान्त्रिक विधि भनेको जनताको अभिमत लिनु हो । त्यसअनुसार चल्न सबै प्रतिबद्ध हुनेबित्तिकै निकास टाढा हुँदैन । घटनाक्रम र इतिहासले प्रष्ट गरेको के हो भने राजा, दरबार यो चाहँदैनन् ।

कान्तिपुर- अधिकतम लक्ष्य नि ?

प्रचण्ड- कम्युनिस्ट पार्टी हुनाले हाम्रो अधिकतम लक्ष्य समाजवाद, साम्यवाद हो । माक्र्सवाद, लेनिनवाद, माओवादलाई दार्शनिक, वैचारिक मान्यता रूपमा स्वीकार गर्ने हरेकको अधिकतम लक्ष्य त्यही हुन्छ । तर अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र देशको आर्थिक, राजनीतिक, सामाजिक परिस्थितिले हामीलाई अहिले त्यो लक्ष्यमा पुग्न

दिँदैन । यो धरातलीय यथार्थ हामीले स्वीकार्नुपर्छ । वर्गशक्ति सन्तुलन र अन्तर्राष्ट्रिय परिस्थितिअनुसार लचिलो हुनुपर्छ भनेर हामीले लोकतान्त्रिक गणतन्त्र र संविधानसभा भनेका छौं । यो नीति हो, ट्याक्टिस होइन । तपाईंहरूका लेख, समाचार टिप्पणी मैले पढ्ने गरेको छु, हामीले बुझाउन नसकेको हुनसक्छ, अथवा तपाईंहरूलाई बुझ्न गाह्रो भएको हुनसक्छ, आफ्नो वर्ग दृष्टिकोणको कारणले, तपाईंहरूले मध्यमवर्गी बुद्धिजीवीको प्रतिनिधित्व गर्ने कारणले भ्रम देखिएको हुनसक्छ । मध्यमवर्गलाई मात्र होइन, बुर्जुवा वर्ग, राष्ट्रिय पुँजीपतिसम्मलाई पनि यो आवश्यक विधि हो ।

कान्तिपुर- संविधानसभा ?
प्रचण्ड- हो । संविधानसभा कम्युनिस्टहरूको माग होइन, पुँजीपतिहरूले धेरै पहिल्यैदेखि स्थापित गरेको लोकतान्त्रिक विधि हो । जनताले धेरै दुःख नपाउन भनेर हामीले यो नीति बनाएका हौं । दरबारीया सामन्ती अभिजात वर्गका मानिस जानीबुझिकन हाम्रो यो नीतिलाई ट्याक्टिसमात्र हो भन्छन् । अर्कातिर विदेशी तागत, मुख्यतः अमेरिकी साम्राज्यवादलाई सबभन्दा बढी डर माओवादी आन्दोलन भएको छ । उनीहरूले हामीलाई तात्कालिक चुनौती भन्ने गरेका छन् । संविधानसभाको परिणाम स्वीकार गर्न हामी तयार हुने, त्यसपछि दलहरूसँग शान्तिपूर्ण प्रतिस्पर्धा गरेर जाने हाम्रो नीति प्रष्ट छ ।

कान्तिपुर- कसरी ?
प्रचण्ड- सात दलसँग हामीले भनेका छौं- तपाईंहरू संसद् पुनःस्थापना चाहनुहुन्छ, हामी त्यसलाई समर्थन गर्न सक्छौं । सर्त के हो भने निरंकुशता लाद्न चाहने राजाबाट पुनःस्थापना प्रयास नगर्नुहोस्, सर्वोच्च अदालतमा पनि छाया परेको छ त्यता पनि नहेरौं । जनताको बीचमा आएर पुनःस्थापना गर्नोस्, हामी जनमुक्ति सेनालाई तुरुन्तै बदलिदिन तयार छौं ।
 
Posted on 02-07-06 5:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्तिपुर- लेनिनपछि कम्युनिस्ट आन्दोलनमा लोकतान्त्रिक प्रक्रिया देखिएन भन्नुभयो तर तपाईं आफैं पार्टी प्रमुखका रूपमा लामो समयदेखि हुनुहुन्छ, कुनै प्रश्न वा चुनौती नआएर हो त ?
प्रचण्ड- लेनिनपछि स्टालिन आउँदा यान्त्रिकता रह्यो र गल्ती भयो । अन्तिमसम्म उहाँ आफैं पार्टी प्रमुख पनि, सरकार प्रमुख पनि । माओ पनि ३५ वर्षदेखि पार्टी नेतृत्वमै रहनुभयो, ७६ वर्ष उमेरमा नमर्दासम्म सरकार प्रमुख रहनुभयो । मरेपछि भोलिको अन्यौल बन्यो । कम्युनिस्ट आन्दोलनमा नेतृत्व पाउन सजिलो छैन, बुर्जुवाहरूको जस्तो । अहिलेसम्म नेतृत्वमा म भएँ तर मै हुनुपर्छ भन्ने छैन । किन पार्टीको विश्वास यही -ममाथि) भयो भने मेरो बीस, तीस वर्षदेखि लगातार संघर्ष छ । आन्दोलनका योजना असफल हुँदै गए कसैले पनि मान्दैन, सफलता पाउँदै गएपछि ठीक छ भन्ने भयो । आन्दोलनले नेतृत्वको टिम तयार पार्ने हो । स्थायी समिति भनेको नेतृत्वको टिम हो । हाम्रो हेडक्वार्टरमा ममात्रै छैन, उहाँ कमरेड -बाबुराम) पनि हुनुहुन्छ, अरू पनि छन् । केन्द्रीय समितिमा हामीले प्रस्तावित गरेका छौं, तपाइर्ंहरूलाई भनिदिएपछि यो सार्वजनिक हुने भयो, काठमाडौं -सत्तामा) पुग्ने बित्तिकै हामी नेतृत्व छोडिदिन्छौं । राष्ट्रपति, प्रधानमन्त्री हुनेतिर हामी लाग्दैनांै ।

कान्तिपुर- के भूमिगतै बस्नुहुन्छ सधैं ?
प्रचण्ड- -हाँस्दै) । भूमिगत होइन । जो यो आन्दोलनमा नेताका रूपमा स्थापित हुन्छौं जस्तो मै भएँ, बाबुरामजी हुनुभयो, बादलजी, महराजी, यस्तो साथीहरूको टिम बनेको छ, यो टिममा पूरै आन्दोलनको एउटा अधिकार आएको छ, यो टिम सत्ताको शक्ति अभ्यासमा लाग्दैनौं । संविधानसभाबाट सत्ता आए पनि हामी त्यसमा बस्दैनौं । हामी स्टेट्सम्यानसिपमा जान्छौं र नयाँ कमरेडहरूलाई पठाउँछौं ।

कान्तिपुर- मनमोहन सिंह बनाउने, सोनिया गान्धी बन्ने हो ?
प्रचण्ड- त्यसरी पनि नभनौं । -हाँसो)

कान्तिपुर- पार्टी हाँक्ने, सरकारमा नबस्ने ?
प्रचण्ड- होइन, पार्टी पनि छाड्ने हो ।

कान्तिपुर- अनि के गर्ने ?
डा. भट्टराई- गान्धी हुने गान्धी !

प्रचण्ड- हामी स्टेट्सम्यानसिपमा जाने । आन्दोलनबाट आउने अधिकार शक्ति प्रयोगका लागि होइन भन्ने यो एउटा सिद्धान्त हो ।
कान्तिपुर- गणेशमानसिंह बन्ने ?

डा. भट्टराई- हो, गणेशमान बन्ने ।
प्रचण्ड- गणेशमान भन्न पनि सकिन्छ । म, बाबुरामजी, बादलजी, महराजी, दिवाकरजीहरू दस वर्ष बाहिर बसेर अरू साथीहरूलाई प्रशिक्षित गर्न सक्छौं ।

न्तिपुर- पार्टी विवाद मिलाउन यस्तो प्रस्ताव आएको त होइन ?
 
Posted on 02-07-06 5:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्तिपुर- एउटा छुट्टै प्रश्न, बिन लादेनलाई आतंककारी मान्नु हुन्छ कि हुन्न ?
प्रचण्ड- आतंककारी मान्छौं । आतंककारी शब्द प्रयोग नगरेर धार्मिक अतिवादी भन्छौं । उसका गतिविधिलाई आतंककारी गतिविधि ठान्छौं ।

कान्तिपुर- बिन लादेन र माओवादीबीच फरक के हो ?
प्रचण्ड- समानता केही छैन । उनीहरूले गर्ने भनेको धार्मिक पन्थको निमित्त निर्दोष व्यक्तिसमेत मार्ने भन्ने हो । हामी अहिलेको दुनियाको अग्रगामी विचारद्वारा निर्देशित भएर ठीक-ठीक ठाउँमा विद्रोह संगठित गर्छौं । हामीमा केही गल्ती भएका होलान्, कहीँ पनि बिना हिसाबकिताब मान्छे मार्ने, निर्दोष मान्छेलाई मार्न हुँदैन ।

कान्तिपुर- कुन-कुन घटनामा के-के गल्ती भए भनेर सार्वजनिक गर्न सक्नुहुँदैन ?
प्रचण्ड- भन्ने गरेकै छौ हामीले । गलत ठाउँमा गलत तरिकाले भयो भनेर धेरै ठाउँमा भनेका छौं । पत्रकारको सन्दर्भमा आत्मालोचना सार्वजनिकै गरेका छौं, चितवनको बस दुर्घटना गलत ठाउँमा भयो पार्टीनीति विपरीत भयो भनेर कारबाही गरेका छौं । जस्तो दैलेखमा ज्यादती भयो भनेर कारबाही पनि गर्‍यौं । कति त भागे पनि गल्ती गर्नेहरू !

कान्तिपुर- दोषीमाथि कारबाही गर्ने भनेको भाग्न दिनु हो ?
प्रचण्ड- हैन, नियन्त्रणमा लिने, पार्टीबाट निकाल्ने हो तर केही भागे ।

कान्तिपुर- तपाईको पार्टीले कुनै आतंककारी काम गरेको छैन ?
प्रचण्ड- कहिलेकाहीँं 'रेड टेरर' दिनुपर्ने अवस्थामा गरेका छौं, क्रान्तिमा कहिलेकाहीँ जरुरी हुन्छ । जस्तो थानकोटमा हामीले आक्रमण गर्‍यौं । एक दुई मान्छे कम अथवा बढी मर्नसक्थे, जहाँ टेरर चाहिने अवस्था हुन्छ त्यहाँ गर्नु पनि पर्छ । तर हामी आतंकवादको विरोधी हौं ।

कान्तिपुर- उम्मेदवार नमार्ने भनेर मानवअधिकार उच्चायोगलाई दिएको वचन किन तोड्नुभयो ?
प्रचण्ड- यसबारे आजैमात्र प्रवक्ता कृष्णबहादुर महराका तर्फबाट वक्तव्य गएको छ । इयान मार्टिन -उच्चायोगका नेपाल प्रतिनिधि) पत्र-पत्रिकामा आएको आयै हुनाले हामीले प्रस्ट गरेका छौं । उम्मेदवारलाई भौतिक कारबाही गर्ने भन्ने हाम्रो आम नीति होइन । कारबाही भनेको सेनालाई सीधै मद्दत गर्ने विरुद्ध हो ।

नारायण वाग्ले र प्रतीक प्रधान
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters