[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 185413 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-20-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-20-07 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नियामापत्ति!!!!!!!!!!!!

भउतेको गाना मत्र राखेर हाम्रो जवाफको बेवास्ता! पक्षपात!!!!!!!!!!
 
Posted on 06-20-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु केट्केटिओ पछि भेटुम्ला!

आम्दै अरे मया नमारे!

 
Posted on 06-20-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त्यो माइली, मुन्नी के के भने भनेर चित्त नदुखाउ भो, मुन्नु। कान्छी भैदियो भने टन्टै खलाँस।
 
Posted on 06-20-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए पुन्टे बुडा! तिउँरा फुनका घन्टि बज्दा मेरो थाप्लाँ बाह्र बजिरा थो तेसइले उठाम्न मिलेन, एउछिन पछि गरुँला!
 
Posted on 06-20-07 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो सुकुटिले बर्बाद् पार्यो। हैन हाम्रो मा त त्यस्तो के के जाति ओवन्, आल्मुनिउम् फ्वाइल्, फ्रिज्, केहि छैन्। आफ्नो त मजाले झिङा, चरा, कौवा धपाउंदै घाममा सुकाएर बनाइन्छ। अनि जब गज्जबको सुकुटि तयार् हुन्छ, मुस्किल ले २-४ टुक्रा बाकि रहन्छ। :D
त्यो बोसोहरु खुर्किने तरिका चैं अलि स-बिस्तार् बताइदिनुस् न जिम्माल बा।
हैन भौतेले के गरि दुख पाका हुन्? बुझिन त।
माइली (सरी, मुन्नी) के छ हो?
 
Posted on 06-20-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-20-07 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बनको चरी कराउछ कुर्लेर
वर्खे बाढि बगाउछ उर्लेर
भउते बैगुनी
भन्ध्याछ पैले नै दाँत फुकाल्नि

नेप्चिदि दर्सन
 
Posted on 06-20-07 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जति बचन लाए पनि, जति लोप्पा खाए पनि
साली तर्की तर्की हिँड्दा, मनमा पिर त पर्ने नै भयो
भउते यसै मर्ने नै भयो।

उनकै गीत गाएकै थिएँ, चौतारीमा धाएकै थिएँ
बुझ्ने कुरा नबुझे पछि, मनमा कुरा नलिए पछि
उनकै गीत गाएकै थिएँ, हा हा हाssssssssssss
उनकै गीत गाएकै थिएँ, चौतारीमा धाएकै थिएँ
बुझ्ने कुरा नबुझे पछि, मनमा कुरा नलिए पछि
मनमा पिर त पर्ने नै भयो
भउते यसै मर्ने नै भयो।


साली आए आजै देखी, दिदी छोड्छु भनेकै थिएँ
बुझ्ने कुरा नबुझे पछि, मनमा कुरा नलिए पछि
साली आए आजै देखी, हा हा हाssssssssssssss
साली आए आजै देखी, दिदी छोड्छु भनेकै थिएँ
बुझ्ने कुरा नबुझे पछि, मनमा कुरा नलिए पछि

मनमा पिर त पर्ने नै भयो
भउते यसै मर्ने नै भयो।

जति बचन लाए पनि, जति लोप्पा खाए पनि
सालीले नै छोडी हिड्दा, मनमा पिर त पर्ने नै भयो
भउते यसै मर्ने नै भयो।



 
Posted on 06-20-07 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते नकचरो! डेरा स-या हो कि के? खबर पाम्। मुख भरिको गाली गर्न नपा'र जिब्रो चिलाई रा'छ। :p
 
Posted on 06-20-07 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! पुन्टे दा ! हाहाहाहाहाहाहाहा !

अब त आफ्नै साली भेटियो के रे। तिउँरा साली तिमी सँगै राख।

नेप्ची-जी, जदौ !
 
Posted on 06-20-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर, जम्मै गाम्लेहरु यतै रैचन। पुरानाँ सान बुडाले ताल्चा लाईदेर होला।

अब तो ५४/६० को कुरो चैं अल्लि भद्रगोल भएच। अब क्यार्नी भन्या साउको आँखा छलेर चौतारीआँ ढुँगो हाल्दा यस्तै हुँदो रच, आफ्नै आँखा छलिने। अब आफैंले सच्याएर पढ्नु होला!


माईली र मुन्नी दुईटै राख्देको नि, जल्लाई जे मन लाग्छ तेई भन्छ भनेर

अब चै आजलाई तलब पकाईयो, घर ग'र भातभान्छाको बेबस्था गर्नु परो। अनि भ्याए झरुम्ला यतातिर!
 
Posted on 06-20-07 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जति भुत्लाइ पनि , जति जगल्टाए पनि
भउतेले कुरो नबुझ्दा खेरि जे पायो तेहि बोल्दा खेरि
मनमा रिस त ऊठ्ने नै भयो
तर भउते नसुध्रिने भयो

भऊतेको छेको हेरि हेरि चौतरीमा आएकै थीए
सबै जति संगिसंग हातेमालो गरेकै थिए
मनकोकुरो नबुझेर कान्छि भैजाउ भने पछि
मनत मेरो रुने नै भयो
चौतारी छोड्नु पर्ने भो

प्राणभन्दा प्यारी दिदी छोडिदिन्छु भन्दै हिडे
नखाएको विष पनि लाग्यो मुन्नि भन्दै हिडे
यो मनमा दुख त पर्ने नै भयो
तर भेनाले नबुझ्ने भए

जति भुत्लाइ पनि , जति जगल्टाए पनि
भउतेले कुरो नबुझ्दा खेरि जे पायो तेहि बोल्दा खेरि
मनमा रिस त ऊठ्ने नै भयो
तर भउते नसुध्रिने भयो

लुज्ज्जा!!
 
Posted on 06-20-07 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोssssssssssssssssssssssssssssssssssssssssssल ! हाहाहाहाहाहाहाहाहाहाहाहाहाहा
सकिएन हउ सकिएन उफ ! हाहाहाहाहाहाहाहाहा
 
Posted on 06-20-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute...looser
 
Posted on 06-20-07 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नरिसाम है प्लिइइइइइइइइइइज
 
Posted on 06-20-07 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओई मक्करे हैजा ! (चौतारीको भाषा यहाँ लाई थाहै होला, माइन्ड नगर्नु होला मकर तनत्र जी)

साली भेना मा नि कहीँ हार जीत हुन्छ ! यहाँ त दुबैको जीत हुन्छ बाबै !

त्यसै अर्कालाई जे पायो त्यै भन्दै हिड्नी
 
Posted on 06-20-07 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dohori ma ta har jeet hunchha hola ni.
 
Posted on 06-20-07 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

असारै महिनामा पानी पर्यो रुझाउने
भउते बिना एक्लो ज्यान कसरी बुझाउने
भन्छिन है मुन्नीले रुदै धरर
अम्रिका माथी छ भउतेको सहर
जाँउ कि म रेलैमा-२

मनै रुवाउने न्याउलीको बोली
यो बेला मुन्नी के गर्दै होली
कुर्चीमा बसेर के के कुरा सोँच्दी हो
कहिले हाँस्दी हो, कहिले टाइप गर्दी हो
मलाई नै सम्झेर-२

छङ्छङ बग्ने खहरे खोला
जिजु को सवारी कहिले होला
दिन भरी पढ्दीहुन, बाउ-आमा भुल्दी हुन
साझामा आएर मक्करेलाई सोध्दि हुन
खै जिजु भनेर भनेर-२



 
Posted on 06-20-07 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मक्करे यु आर राइट! तर नो फाइट है ।
भउते चौतारीको बरिष्ठ सदस्य हुनुहुन्छ । तेसैले भऊतेले हारेपनि जिते सरह हो दोहरी साथ दिएको मा thanku छ भेना
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters