Posted by: ujl May 1, 2017
Login in to Rate this Post:
2
?
Liked by


आज मलाई शुन्यतामा हराउन देऊ
हल्लै-हल्लाले भरिएको संसार
कान थुनेर एकछिन मौन हुन देऊ
मारा-मार काटा-काट जता ततै
आँखा चिम्लेर सब भुल्न देऊ
आज मलाई शुन्यतामा हराउन देऊ
ढोंगीहरुले लुटिएको संसार
एकछिन भए पनि असल हुन देऊ
अज्ञानताले ढाकिएको यो कस्तो जीवन
मलाई ज्ञानको प्रकाश ल्याउन देऊ
जता गयो तेतै मुर्खहरुको बिगबिगी
बिन्ति छ, एकछिन शुन्यतामा हराउन देऊ!
हल्लै-हल्लाले भरिएको संसार
कान थुनेर एकछिन मौन हुन देऊ
मारा-मार काटा-काट जता ततै
आँखा चिम्लेर सब भुल्न देऊ
आज मलाई शुन्यतामा हराउन देऊ
ढोंगीहरुले लुटिएको संसार
एकछिन भए पनि असल हुन देऊ
अज्ञानताले ढाकिएको यो कस्तो जीवन
मलाई ज्ञानको प्रकाश ल्याउन देऊ
जता गयो तेतै मुर्खहरुको बिगबिगी
बिन्ति छ, एकछिन शुन्यतामा हराउन देऊ!