Posted by: crazy_love March 16, 2024
Login in to Rate this Post:
4
?
Liked by

भाग-१
एउटा ठाउबाट अर्को ठाउमा जानु, पुरानो यात्रा सकाएर नयाँ यात्रा शुरु गर्नु अघि , केही अनुहारहरु पछ्याइरहन्छन्, सम्झनामा। खासमा ग्राहकहरुसँग भाबनात्मक रुपमा अल्झिनु राम्रो हैन, तर पनि सम्बेदनाहरु नियम बुझ्दैनन, भावनाहरुलाई निय्रन्त्रन गर्न सक्दैनन्।। स्वफुर्त रुपमा दौडिरहन्छन, एक पछी अर्को लहरमा। मलाई झस्काइ रहने केही अनुहारहरु जस्लाई म हरेक ३-४ महिनामा एकचोटि देख्छु, कतै उनिहरु संसारबाट बिदा भैसकेका त छैनन भन्ने पीर लागि रहन्छ। उनिहरुको बारेमा मलाई केही थाहा छैन, र पनि नदेखेसम्म के भयो होला? कस्तो परिस्थितीसँग सामना गरिरहेका होलान भन्ने मनमा कुरा खेल्छ। जब पानी पर्छ, चिसो मौसम आउछ, हिउ पर्छ, आइस जम्छ, मलाई केही अनुहारको धेरै याद आउछ। उनिहरु सडकमा कसरी बाँचिरहेका होलान भन्ने लाग्छ।
समी देख्दा मलाई खुशी लाग्छ। उ अझै बाँचेकी छे, बिहानै उठेर के गर्ने भनेर सोच्ने कुरै छैन। कुनै सपना छैन, उद्देश्य छैन, योजना छैन। तैपनी उ उठ्छे हरेक दिन, ज्युदो हुनुको प्रमाण दिनलाई। ऊ सधैं झै फोहोर टीसर्ट लगाएकी हुन्छे। उसको कपाल कहिले मुडुलो हुन्छ, कहिले सस्तो खाले थाइ कट स्टाऐलमा विग राखेकी हुन्छे। जे जस्तो जिन्दगीको परिस्थितीमा भये पनि ऊ सम्बोधनमा अलिकती हासिदिन्छे।
ऊ आउँदा एउटा परिचित गन्ध पनि आउछ हरेक चोटि, तैपनी उसले सजिलै ढाटी दिन्छे।
"रक्सी खान्छ्यौ?" म सामान्य तरिकाले सोध्छु ।
"अहँ खादिन, छोडिसके।" उसको अनुहार विश्वाश नगरु जस्तो खालको पनि छैन। रक्सीको गन्ध त बासी हैन जस्तो लाग्छ।
"लास्ट टाइम कहिले खाएको?"
"३ दिन भयो रक्सी छोडेको।" आँखा अन्त कतै हेर्दै भन्छे।
"अनि मनको हालखबर के छ??" मलाई आफ्नै मनको खबर छैन, किन म अरुको मनलाई बुझ्न खोज्छु?
"उदास छु, निराश छु, केही गर्ने उत्साह छैन। मनमा धेरै नकारात्मक कुराहरु आउछन।" अघिसम्म सबै ठीक भए जस्तो उसको अनुहारको भाब एकाएक बदलिन्छ। उसको अनुहारमा बर्षा अघि देखिने कालो बादलहरु मडारिरहेका छन। अब शायद झरी पर्न सक्छ।
यो मेरो समी सँग को भेट शायद चौथो वा पाचौ हुनु पर्छ।
हरेक चोटि उसको डिप्रेसनको बयान उस्तै हुन्छ, हरेक चोटि म औसधी दिन्छु। ऊ औसधी लिन जान्न। फेरी उही कुरा, फेरी उही समस्या, तर ऊ छोड्न सक्दिन, उसको सम्रचनाबिहिन जीबन, सडकको जिन्दगी, methamphetamine, गाजा अनी रक्सीको लत। सधैं उस्तै।
“औशधी किन नखाएको?" मेरो प्रश्न पनि सधैं उही, फरक छैन।
“सन्चो भएन, दमले सतायो, औसधी किन्ने पैसा पनि छैन।" ऊ सँग पत्याउनै पर्ने अनेक बहाना हुन्छन।
"तिम्रो औसधी फ्री छ, फार्मेसीमा अझै होला, नभये फेरी रिफिल गर्लान।"
"धेरै कुरा घटी रहेछन, सडकमा चिन्ता, घरमा तनाब थ्यो, बुवाको स्वास्थ्य ठीक थिएन, त्यसैले केही दिन घर गएकी थे।"
मलाई उसको बुवा छ, घर छ भन्ने कुरा थाहा थिएन।
" म अबदेखी औसधी खान्छु।मैले रक्सी पनि छोड्नु पर्छ। " उसको आँखा पिलपिल गर्छन्।
"हेर! म तिमीलाइ औशधी खाएमा के फाईदा हुन सक्छ र के हुँदैन मात्र भन्न सक्छु। तिमीलाइ औसधी खानै पर्छ भनेर कर गर्न सक्दिन। उपचारको लागि बिचार गर्ने वा नगरने तिम्रो अधिकारमा छ। म त केबल बाटो देखाउने मात्रै हुँ। अगाडि बढ्ने वा नबढ्ने तिम्रो निर्णय हो!'"
"मलाई माफ गर्नुस्, त्यति खेर धेरै कुराहरुले मलाई चिन्तित बनाएको थ्यो।" उसको आँखाबाट बरर आशु झर्छन। म टिस्सु दिन्छु।
म अझै कुरीरहन्छु, उसले भन्ने कुरा अझै धेरै जस्तो लाग्छ।
"म भित्र एउटा आवाजले सँधै मलाई घ्रीना गर्छ, "तँ बाँच्न योग्य छैनस", "तेरो कुनै अस्तित्व छैन", "तैले मरेको जाती", "तँ हरुवा होस्, तँ मरे पनि केही फरक पर्दैन यो समाजलाई"। समी रुन थाल्छे।
म मौन कुरिरहेछु, उसको निराशावादी सोचहरुको अल्पबिराम कतै हुनु पर्छ।"
"सरी!” उसलाई अप्ठ्यारो लाग्छ।
"तिम्रो मनमा बाँच्न भन्दा मर्न पाए हुन्थ्यो भन्ने कुरा पनि आँउछ?"
"हरेक दिन म ब्युझन नपरोस भन्ने आशाले सुत्छु। तर अफसोच, हरेक दिन यातना जस्तो जिन्दगी फेरी बाँच्छु।"
"तिम्रो कुनै योजना त छैन?"
"हजुर! के भन्नु भयो?" समीलाई मैले सधैं यो प्रश्न गर्छु, उसको सुरक्षाको लागि।
"आत्महत्याको बिचार आएको छ कि छैन?"
"म मा त्यो साहस छैन।"
"तिमी यदी त्यस्तो अवस्थामा पुग्यौ भने के गर्छौ?"
"म सँग फोन नम्बर छ, म मद्दत खोज्छु।"
म क्राइसिस हटलाइनको एउटा कार्ड दिन्छु उसलाई।
"यदी तिमीले यो नम्बर सम्झेनौ भने ९८८ कल गर्नु। म तिमीलाइ फेरी भेट्न चाहन्छु, तिमीलाई सुरक्षित भएको हेर्न चाहन्छु।“
समीका आँखाहरु अहिले सुके, तर पनि मुहारमा धेरै कुराहरु प्रश्ट देखिदैनन। जस्तो खुशी, दु:ख, रिस, तनाब। उसको अनुहार पढ्न मलाई गार्हो हुन्छ।
"निद्रा कस्तो छ?" मलाई यो प्रश्न मन पर्दैन। सडकमा रहेकी एक महिलाले मलाई भनेकी थि। "रातभरी छुरी लिएर बस्छु, कसैले सामान लुट्न आउछन, कसैले इज्जत। जब सुर्य उदाउछ, उज्यालो हुन्छ। त्यसपछी मात्रै निदाउछु। सडक नारीहरुको लागि बाँच्न सजिलो ठाउँ हैन। तर बाच्नै पर्छ।"
घरभित्र पनि त नारीहरु सुरक्षित छैनन, उनिहरु आवाज दबिएको छ।
"डरलाग्दो सपनाहरुले निदाउन दिदैन।"
"तिमी सपनाहरुको बारेमा अरु केही बताउन चाहन्छौ ?"
"म सपनामा जहिले एउटै कुरा देख्छु। म ८ बर्षाको सानी केटी एक्लै सुतिरहेको हुन्छु, आमाको ब्वाइफ्रेन्ड मलाई समात्न आउछ, त्यसले मलाई पिट्छ, धम्की दिन्छ, यदी आमालाई भन्यो भने आमालाई मार्ने भनेर तर्साउछ। मेरो लुगाहरु च्यात्छ, मलाई टोक्छ, चिथोर्छ , जबर्जस्ती गर्छ। म पीडाले रुन खोज्छु, तर त्यसले मेरो मुख बन्द गर्छ। म रगतको पोखरीमा डुब्छु। म भएभरको बल लगाएर "आमा" लाई पुकार्छु। ब्युझदा मेरो शरीर पसीनाले निथुर्क्क भिजेको हुन्छ। मेरो मुटु छिटोछिटो चलिरहेको हुन्छ। मेरो मुख सुक्खा हुन्छ। म फेरी निदाउन सक्दिन।
मेरो मुटु छिटो छिटो धद्किन्छ, शरीर काम्न थालछ। म संयमित हुन खोज्छु। मन आतिन्छ।
"मेरो जिन्दगीका त्यस्तो आघातले मेरो निद्राहरु म सँग टाढिएका छन।" समीले मेरो मुहारमा डरको रङ देखेकी हुनु पर्छ, सामान्य बनाउने कोशीश मा छे।
" मैले पहिला पनि तिमीसङ Nightmares औषधीको कुरा गरेको थे, तर तिमीले पछी कुरा गरौला भनेको थियौ। । एक्चोटी खाएर हेर्दा के कस्तो हुन्छ थाहा पाईन्छ। म आज थप्छु यो नयाँ औशधी ।"
"मलाई औशधीले काम गर्दैन। --"
"किन?"
"बेहोस् हुने गरी रक्सी पिएर सुतेपछी म त्यस्तो सपना देखिदिन र गहिरो निदाउन सक्छु। कहिले कही म बेहोसीमा पाउछु।" उसले आँखा जमिनतिर हेरेर भनी।
"तर रक्सीले त एक्छिन मात्रै हो, भोलिपल्ट फेरी डिप्रेस् बनाउछु। दिनदिनै खादा लत पनि बस्छ।”
सानै देखी खाएको रक्सी, अब त बानी भैसक्यो”
"ठिकै छ, एकचोटि औशधी खाएर हेर्नु, यदी औशधीले काम गरेन भने अर्को पटक फेरी कुरा गरुला।”
थेरापी गरेको छ?"
"इन्स्योरन्स छैन"
"१ महिना पछी आउ है, फलो अपको लागि?"
"हुन्छ" उसको औशधी फेरी रिफिल गरे पछी, ऊ जान्छे।
***********************************************
"आज दिन राम्रो भएन कि क्या हो?" बार टेन्डरले तेस्रो ड्रिन्क बनाउदै सोध्छ।
"ह?? सधैं जस्तै हो, हिजो पनि त आएको थिए नि।"
"आज ड्राइव गर्दैनौ नि। उबर बोलाउनु पर्छ?"
"अहिले नै, रात भएकै छैन। मेरो चिन्ता नगर म ठीक छु।”
बार टेन्डर चुप लाग्छ।
हामी सबै ठिकै हुन्छौ बाहिरी रुपमा, जब भित्र भित्र पत्रै पत्र खुलिन्छ, नद्खिने तर दुखिरहने मनको घाउहरु हुछ। बाहिरी आवरनले धेरै कुराहरु छोपेको हुन्छ।
मनको घाऊलाई कहिले कही आँफैले उपचार गर्नु पर्छ। कहाँ र कस्तो बाताबरनमा सस्तो कि महङो, कस्ले कती पिरहेको छ, त्यो त अरुको हेराइमा भर पर्छ।
क्रमश:

Last edited: 17-Mar-24 11:45 AM