Posted by: Bennedict March 11, 2023
Login in to Rate this Post:
0
?


ईडीभीजी,
अब तपाईंले भने सरह होला, बस्टनका यी धनाढ्य मान्छेको धेरै कुरा, क्षेत्रमा लगानी। हैन तर तपाईंले भने अनुसार, अब यत्रो ठुलो केबल कारजस्तो प्रोजेक्टमा लगानी गरेका रहेछन भने आफ्नो करोड करोडका पैसा परिवारको अर्को रिलेटिभको नामबाट गरे होलान त, शंकै छ। पलिटिकल कनेक्सन होला, आई डोन्ट डिसग्री।
बस्टन त हजुर महँगो हो, तपाईंको १००k या १८०k मा घर पाउने ठाउँ हैन। तेती पैसाको कन्डोमिनीयम अपार्ट्मेन्ट होला। १ मिल तल घर अझै पनि हुन्छन, तर म्यान्शन चै पाइन्न नि। अली टाढा टाढा सबर्बतिर हुन्छ। तपाईंले यहाँ १ मिल तलको पाएन भनेको चै मैले बुझेन। अनी हजुर "डेढ मिल को घर तपाईंको टोइलेटजत्रो" भन्नुको अर्थ के होला हजुर? कही तपाईं तेही बस्टनको धनाढ्यको नातेदार त पर्नु भएन, अब डेढ मिल को घर टोइलेट जत्रो त नहुनुपर्ने। खैर।
हो, यहाँ दुईजना मिलेर घर किन्छन, अब सबैको तलब ७०k या माथि को हुन्न नि, लोग्ने श्वासनी को पे-स्टब मिलाएर अनी तेस्ले पनि नपुगे, साथीभाइ, रिलेटिभ मिलेर घर किन्छन यहाँ। पछी कुरा नमिले छुटिन्छन, या एक्लै मोर्टगेज ह्यान्डल गर्छन्। सबै नेपाली आई टी को काम गर्छन् त भन्न मिल्दैन नि।
बस्टनको बिशेषता तेही होला, आई भि लिग स्कुल छन, वेदर तेस्तै हो। ९ महिना घरमा बन्द जस्तै, अनी मुस्किलले ३ महिना समरको रमाइलो अनी जाडोमा डरलाग्दो जाडो, गर्मीमा डरलाग्दो गर्मी। एक्स्ट्रीम नै छ। वेल, सबै भन्दा बिशेष कुरा त साझाको ओरिजिनेटर बस्ने ठाउँ बस्टन हो हजुर।