[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

AnandNepal

Jaysmi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालका चर्चित भारतिय गायक गायिका
[VIEWED 7674 TIMES]
SAVE! for ease of future access.
Posted on 01-05-21 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सबैको परिचय भिडियो बनाउन रहर छ
अहिलेसम्म बनि सकेका परिचय भिडियो :

- भक्तराज आचार्य
- उदय सोताङ, मनिला सोताङ
- मिलन नेवार (मिलन अमात्य)
- अम्बर गुरुङ
- डेनि डेन्जोम्पा

अरु को को छन - प्लिज भनिदिनुहोला

भारत मा जन्मेर हुर्केकि - भारतमा चर्चित पनि भएकि, नेपालमा आएर एक छुट्टै स्थान लिन सफल
https://youtu.be/WHxVD8VXGwM

उदय र मनिला
https://youtu.be/FNaX5dFbxN4

डेनिको परिचय
https://youtu.be/NW-EikJMEAg


तेस्तै नेपालमा जन्मेर भारतमा चर्चित भएका २ जनाको परिचय भिडियो बनाएको रहेछु
- पुर्णिमा श्रेष्ठ
- उदित नारायण झा
 
Posted on 01-05-21 11:55 AM     [Snapshot: 14]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

धनकुटामा जन्मेका नेपाली पण्डितका छोरा नेपाली नगरिक्ताधारी कलेंगपोङ्गमा पढेका भक्तराज कसरि भारतीय भए ? मुद्दा हाल्दिम ?
 
Posted on 01-05-21 12:02 PM     [Snapshot: 19]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

डेजी बराइलि ( भैसी लड्यो है ) , उगेन छोपेल, प्रकाश सायमी, अरुण थापा , अरुण लामा, गोपाल योञ्जन, थुप्तेन भुटिया, सुक्मित गुरुङ , पबित्र सुब्बा , Norden Tenzing Bhutia ( मुसु मुसु हासी देउ ) लिस्ट लामो छ
 
Posted on 01-05-21 8:10 PM     [Snapshot: 227]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you .. कति धेरै रहेछन .. कसरि भ्याउने होला ?

भक्तराज जन्मेको नेपालमै रहेछ ..
हुर्केको भारतमा ..
He was born in Dhankuta, Nepal and raised in Kalimpong, India. He moved to Nepal in 1970's during the flock of Darjeeling singers to Nepal.
 
Posted on 01-05-21 8:12 PM     [Snapshot: 232]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

रञ्जित गजमेर
 
Posted on 01-05-21 8:14 PM     [Snapshot: 236]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

फिरोज स्याङ्देन नि हो क्यारे???
 
Posted on 01-05-21 8:52 PM     [Snapshot: 276]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

आनन्द जी, यो भिड्यो धेरै ले मन पराउँदैनन् जस्तो लाग्छ ।
अरुण थापा मगर का बाउ बाजे नै नेपाली ।
उता बाट:
सविन राई, सुरेश कुमार (क्षेत्री), एड्रियन प्रधान (?)

 
Posted on 01-06-21 1:13 AM     [Snapshot: 382]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@salamkrishne
अरुण थापा - जन्मेको मात्रै कलकत्तामा रहेछ नेपालि बाबुआमाबाट - ३ महिना हुँदा नेपाल आएको, अनि नेपालमै हुर्केको।

Sabin Rai - Dharan, Nepal

Adrian Pradhan - Born & raised in Kalimpong, India. He is the lead member of the Nepali rock band 1974 AD
@dave_dat फिरोज स्याङ्देन ब्याण्ड मेम्बर Adrain Pradhan's 1974 AD ko

रञ्जित गजमेर - Darjeeling, West Bengal, India

@logankobaje
डेजी बराइलि ( भैसी लड्यो है ) - भारतिय नै होला बिवरण प्राप्त भएन
उगेन छोपेल - साइनो फिल्मका निर्देशक जस्तो लाग्यो - गायन संगितकार होइनन कि?
प्रकाश सायमी - फिल्म निर्देशक, पत्रकार
अरुणा लामा - (बायो बनाएको थिएँ)
गोपाल योञ्जन - दार्जिलिङ जन्मेका
सुक्मित गुरुङ - सिक्किम बाट
पबित्र सुब्बा -

Norden Tenzing Bhutia ( मुसु मुसु हासी देउ ) - - सुनेका गित रहेछन गाएक थाह नभएको 'Gajalu le Aakhai Chopne', 'Kaha Timro Mayalu Lai'
२०१९ मा बितेछन ...


अनि, अरु पनि रहेछन :
Shanti Thatal - पनि दार्जिलिंग कि रहिछिन
नितेश प्रधान -
दिव्य खालिंङ -



 
Posted on 01-06-21 9:09 AM     [Snapshot: 454]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मैले कतै सुन्या थें, महेन्द्र राजा हुँदा, नेपाली भाषाको कला र साहित्यलाई प्रोत्साहन गर्न सरकारी तहबाटै कदम चालेका थिए, त्यसैक्रममा दार्जिलिङ सिक्किमबाट पनि धेरै कलाकारहरूलाई नेपालमा काम गर्न बोलाका थिए रे।
 
Posted on 01-06-21 12:28 PM     [Snapshot: 503]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yes @dave_dat
मैले यो बारेमा चर्चा गरेको थिएँ --
तलको भिडियोमा *११ मिनेटपछि* बिदेशमा बस्ने नेपालि भाषिहरुलाइ महेन्द्रले नेपाल बोलाएको बारेमा चर्चा गरेको छु

https://youtu.be/pMRTR_xdML0
 
Posted on 01-06-21 10:53 PM     [Snapshot: 581]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मूजि आनन्द ब्रो, भांग खाएर video बनाउनु हुन्छ कि क्या हो ? मूजि कुन यांगल बाट भक्तराज आचार्य भारतीय देख्नु भयो ? हो मूजि गल्ति हुन्छ , तर भक्तराज जस्तो पटठो सुद्द साकाहारी काठा बाहुन लाई सिधै भारतीय भन्दिने ? मूजि ट्रंपले नि भन्दिन सक्छ भक्ते नेपाली हो भनेर । भक्तराज जत्तिको सुद्द नेपाली उचारन गर्ने कोहि गायक छैनन् नेपालआ । यी मुजी आसामी, भुटानी , सिक्किमेली नेपाली/ भरितिये को बोलि चाली नै फरक हुन्छ , जति नेपाली भाको नाटक गरे पनि थाहा पाई हालिन्छ । मैले बिरोध नगरेको भए ब्रो ले भक्तराजको परिचय विडियो बनाई दि सक्नु हुन्थियो भारतीय गायक भनेर । तपाई को channel का फ्यान सबै लाटा गाँड़ा मात्र छैन , म जत्तिका allrounder ले पनि तपाईको video हेर्छन अलि विचार पुर्याउनु होला । जिस्किने कुरामा जति नि जिस्किन सकिन्छ, भद्दा पनि बन्न सकिन्छ तर धर्म, कला , संस्कृति आदि इत्यादीमा स्वाभिमान जोडिएर आउछ अलि विचार गर्नु होला ।
 
Posted on 01-07-21 10:23 AM     [Snapshot: 655]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

okey .. @logankobaje ..
Here you go ..

The biography of Bhaktaraj Acharya ..

https://www.youtube.com/watch?v=b1Xi34IdHTI



& another biography is ...
अम्बर गुरुङ
https://youtu.be/wCP9vCOI5po
 
Posted on 01-07-21 11:11 AM     [Snapshot: 678]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भक्तराज आचार्य माथि सांघातिक हमलाका मुख्य योजनाकार नारायण गोपाल र गोपाल योञ्जन थिए । यी दुवै मीत थिए । हमलाको कारण सांगीति छेत्रको सिंडीकेट थियो । नारायण गोपाल त्यो बेलाका असनका डन थिए , उनमा असल गुण जम्मा एउटामात्र थियो , त्यो भनेको गयिकी र सांगीतिक छेमता । नारायण गोपाल तेसबेला गीतकार र संगीतकार लाई सिन्को जति गन्दैन थिए । धेरै गीतकारहरु नारायणगोपालले आफ्नो गीत गाइदियोस भन्ने चाहान्थे तर उनि आफुलाई मन परेको गीत मात्र गाउथे , संगीतकार लाई नसोधी संगीत परिबर्तन गरिदिन्थे , गीतकार लाई नसोधी गीतको सब्द परिवर्तन गरि दिन्थे । कसैले चुइक्क समेत बोल्न सक्दैन थियो ।

नारन गोपाल र भक्तराज अचार्येको दुस्मनी चै " जति चोट दिन्छौ देउ मायालु" भन्ने गीत बाट भएको हो। यो गीतका रचनाकार सुबाश चन्द्र ढुंगेल हुन् । उनले यो गीत पहिले नारायण गोपाल लाई गाउन अनुरोध गरे , उनले सुरुमा गाउन मानेनन् , पछि आधा गीतको सब्द नै परिवर्तन गरेर गाउछु भने । गीतको मर्म नै मरे पछि सुबाश चन्द्र ढुंगेलले त्यो गीत नारायण गोपाललाई गाउन दिएनन् । "तेरो गीत मैले नगए अरु कसैले गाउदैन " भनेर नारायण गोपालले त्यो गीतको कागज फाली दिए ।
त्यो गीत लिएर उनि प्रेमधोज कहाँ गए उनले नारायण गोपालको डरले गाउन मानेनन् , पछि भक्तराजलाई दिए उनले गाए आफ्नै संगीतमा । गीत येति सफल भयो को भक्त राजको चर्चा नारायण गोपालको जति हुन थाल्यो , तेस्पछि हजार आखा हेर्ने मेरी मायालु लाई , जहाँ छन् बुद्ध का आखा , जस्ता धेरै गीत गएर भक्तराजले नारायण गोपालको सिंडीकेट धोस्त पारी दिए । अब नारन गोपालको विकल्प अरु पनि छ भन्ने भन हुन थाल्यो ।

येही पीर लाई थाम्न नसकेर नारायण गोपाल , गोपाल योञ्जन , प्रेमधोज एंड कम्पनीले भक्तराज माथि सांघातिक आक्रमण गय्रो । भक्तराज बिरामी भए पछि उनलाई भेट्न नजाने नारायण गोपाल र गोपाल योञ्जन मात्र थिए ।
 
Posted on 01-07-21 12:45 PM     [Snapshot: 707]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Logankobaje Jiu, Kunai srot pani prastut garnus na. Natra chiya pasal ko guff jasto hunchha
 
Posted on 01-07-21 5:47 PM     [Snapshot: 764]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

chicagon

हुन त साझाआ मैले बोले पछि रामबचन नै हुन्छ , केटाहरु मेरो नामको कसम खान्चन भन्नेनि सुन्ने गरेको छु तैपनि तपैले मेरो कुराको स्रोत खोज्नु भयो ठिकै छ म भन्दिन्छु , मेरो कुराको पहिलो स्रोत चै भक्तराज दाई कि श्रीमतीहुन् उनले नै एउटा अन्तरबार्तामा यो कुरा धेरै पैहिले भन्नु भाको थ्यो, त्यो बेलाँ ऐले जस्तो स्मार्ट फोन थिएन रेकोर्ड गर्न तैपनि वहाको अन्तरबार्ता TNV मा छ । अर्को स्रोत भनेको प्रकाश सायमी दाई हो , को प्रकाश भन्नु होला , मुजी अरुण सायमी त सुन्नु भा होला नि ? मेरो पुरानो घर कुपन्डोलआँ रेडियो सगरमाथा भन्ने FM बसेको थियो , त्यो FM मा प्रकाश सायमीले रति ९ -१० " अजर अमर गीतहरु " भन्ने कार्येक्रम चलौथे दसकौ अघि , तेही चिन जान भाको उनि संग ।
 
Posted on 01-07-21 5:50 PM     [Snapshot: 763]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes @chicagoan
यो कुरा त्यति बिश्वासनिय छैन किनकि नारायणगोपाल ले भक्तराज आचार्यको डाढ गर्नु पर्ने र हमला गर्नु पर्ने केहि कारण छ जस्तो मलाइ लाग्दैन।

Logankobaje को लागि मेरो बिश्लेषण :

नारायणगोपाललाइ सामाजिक रुपमा होस या, कलाको मामलामा, अथवा पहुँचको मामला केहिमा पनि भक्तराजको डाढ गर्नु पर्ने थिएन। भक्तराज भजन गायक भनेर चिनिन्थे। भजन नारायणगोपालले वास्ता नगरेको बिधा थियो - उनको घर, छरछिमेकमा गाएर थाकेको बिषय थियो। भक्तराज शास्त्रिय संगितको पुजा गर्थे, नारायण गोपाललाइ त्यति वास्ता थिएन किनकि उनका पिता आशागोपाल नै सास्त्रिय संगितका एक गण्यमान्य ब्यक्ति थिए।

भक्तराज बाहिर बाट आएर काठमाण्डौंमा संघर्ष गरेका, नारायण गोपाल काठमाण्डौंका रैथाने, सबैले चिन्ने, पहुँच पनि राजदरवार सम्म नै भएका। नारायण गोपाल भन्दा भक्तराजको राम्रो पक्ष उच्चारण मात्रै थियो - एउटा उच्चारण मिलाउनु पर्छ भन्ने अर्को वास्ता नगर्ने।

मेरो बिचारमा, नारायणगोपाल र भक्तराज बिच प्रतिस्पर्धा भयो होला भन्नेमा चाँहि कुनै पनि कोँडबाट सम्भव देखिंदैन। तै पनि कुनै प्रमाण देखाउनु भयो भने थप सोधखोज गरौंला।
 
Posted on 01-07-21 11:44 PM     [Snapshot: 839]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

,,,बाजे भाइले नयाँ कुरा भन्यो । भक्तराज की श्रीमतीको NTV ko अन्तरवार्ता र प्रकाश सायमी लाई नै हवाला दियर पो ल्यायो त । ,,,बाजे भाइ ले भनेको रेडियो सगरमाथाको त्यो कार्यक्रमको म पनि रेगुलर श्रोता थिए । त्यो बेला भर्खर email address खोलेको मैले, नेपाली सङ्गीतको बारेमा प्रकाश सायमी लाई email लेखेको थिएँ, अनि आफ्नो नाम सहित email comment बाचन हुँदा दङ्ग परेको अझै याद छ ।
अनि ,,,,बाजे भाइ लाई थाह होला नि, दुइटा गोपाल हरु मित भए पनि रयाङ को ठ्याङ नमिल्ने खालका थिए, कट्टी नै गरेका ।
अर्को कुरा आचार्य पत्नीले " अस्पतालमा भेट्न आएनन् दुई मित हरु, अरु सप्पै आए" भनेको लाई नै हमला नै गराएको भन्ने बुझाइ रहेछ, भन्ने चाई हुन्न है । कुनै hints दिएको भए बेग्लै कुरा ।

आनन्द जी, नातिकाजीले भक्तराज को रेडियो नेपालको खरदार वा सुब्बा सरह को जागिर चैट पार्न खोजेको भन्ने त पढ्नु /सुन्नु भयो होला नि ।केही कुरा को पनि ग्यारेन्टी चाई लिन सकिन्न है । केही महिना पहिले ठूला कवि भूपी को बारेमा अमेरिका मै भएका (?) एकजना साहित्यकार ले जिब्रो टोक्नु पर्ने खालको लेख निकालेका थिए ।
 
Posted on 01-11-21 11:02 AM     [Snapshot: 1040]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भक्तराजका छोराहरुले एक अन्तरवार्तामा नारायण गोपालको बारेमा चर्चा गरिरहेका थिए .. हेर्न पनि भ्याएको छैन ।

@salamkrishne भुपिको बारेमा के लेख थियो ? लिंक भए पाउँन !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
susta manasthiti lai ke bhanchan english ma?
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Democrats are so sure Trump will win
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters