[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बच्चाको बाबु देखाउन नसक्दा जेल
[VIEWED 4151 TIMES]
SAVE! for ease of future access.
Posted on 05-09-14 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोहा (कतार), वैशाख २५ - घरेलु कामदारका लागि साउदी अरब पुगेका चार घरेलु कामदार महिला (हाउसमेड) ले त्यहीं जन्मेका बच्चाको बाबु देखाउन नसकेकाले दुई वर्षदेखि जेलमा छन् । साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार बच्चासहित जेल परेका उनीहरू २५ देखि ३५ वर्षका छन् । 'दुई महिला दुई वर्षदेखि जेलमा छन्,' उनले भने, 'दुई जना आठ महिनादेखि ।'

उनीहरूमध्ये एकजना जेद्दास्थित जेल र बाँकी तीन जना रियादस्थित नसिङ र मल्लाज जेलमा छन् । उनीहरूलाई दूतावासले रेखदेख गर्दै आइरहेको छ । चारैजना अस्पतालमा बच्चा जन्माइसकेपछि पक्राउ परेका हुन् । 'अस्पतालमा बाबुको विवरण ती महिलाले देखाउन सकेनन्,' राजदूत पाण्डेले भने, 'त्यसपछि आवश्यक कारबाहीका लागि जेल लगिएको हो । बिनाबाबु बच्चा जन्माउन यहाँको कानुनले दिँदैन ।' ती महिलाले बच्चाका बाबुहरू बंगलादेशी र भारतीय भएको बताउँदै आएका छन् । 'कसैको पूर्ण विवरण दिन सकेका छैनन्,' उनले भने, 'सत्य नबताउँदा झन् समस्या भएको हो ।'

साउदीले ती महिलालाई बच्चासहित नेपाल फर्काउन आग्रह गर्दै आए पनि बाबुको परिचय नभएकाले दूतावासले बच्चाका लागि 'ट्राभल डकुमेन्ट' दिन सकेको छैन । 'बच्चालाई ट्राभल डकुमेन्ट दिलाउने विषयमा पहिलेदेखि नै परराष्ट्र मन्त्रालयमार्फत गृह मन्त्रालयमा पत्रचार भइरहेको थियो,' राजदूत पाण्डेले भने, 'बिदामा नेपालमा गएको मौकामा आफैं गृह मन्त्रालयमा गएर मानवीय हिसाबले डकुमेन्ट दिने विषयमा निर्णय गराएँ । अब डकुमेन्ट दिएर स्वदेश पठाउने प्रक्रिया सुरु गरेको छु ।'      

नेपालको नागरिकता ऐनअनुसार नेपाली नभएर अन्यका हकमा ट्राभल डकुमेन्ट दिन नमिल्ने उनले बताए । यसअघि पनि दूतावासमा बच्चासहित महिला आउने गरेका थिए । 'धेरैजसोमा नेपाली आफैं जिम्मा लिन आउने गर्थे,' उनले भने, 'सबै बुझेर हामी आवश्यक डकुमेन्ट जारी गर्ने

गथ्र्यौं ।' यसैबीच कतारमा पनि एक महिला बच्चासहित जेलमा छिन् । किल्नर कम्पनीमा काम गर्न आएकी उनी उपचार गर्न अस्पताल पुगेपछि पक्राउ परेकी हुन् । पाँच महिनाको गर्भवती भएका बेला उनी अस्पताल गएकी

थिइन् । उनले जेलभित्रै बच्चा जन्माइन् । उनी र बच्चालाई स्वदेश जान दूतावासले ट्राभल डकुमेन्ट दिइसकेको छ ।

प्रकाशित मिति: २०७१ वैशाख २५ ०८:४१

- See more at: http://www.ekantipur.com/np/2071/1/26/full-story/388797.html#sthash.799B1YMO.dpuf
 
Posted on 05-11-14 11:23 PM     [Snapshot: 353]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nothing can change their (Qatari govt) mind except wide spread criticism and coverage by international media. They (Arabs) are one of the most cruel people in the world. Looks like that The Guardian's investigative journalist's coverage about Nepali workers worked very well as I read last month that they are going to improve workers working and living condition as well as amend the most criticized bondage labor law very soon.

Lets hope for the best.

Not sure if we can do anything, perhaps starting petition in change.org or something?

 
Posted on 05-12-14 11:11 AM     [Snapshot: 510]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Qatar, Indeed a f**ked up worst hell for women.
 
Posted on 05-12-14 1:10 PM     [Snapshot: 568]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That is a fu**ed country: those ladies may raped by bastards.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters