[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मूल भट्टको मासिक तलबभत्ता २ लाख २५ हजार

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 10501 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-09-14 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कमिसन विवादले एक महिनादेखि पशुपतिमा 


विशेष पूजा ठप्प

  • शुक्रबार २६ बैशाख, २०७१
  • रुबी रौनियार

(0 votes)
काठमाडौं— पशुपति क्षेत्र विकास कोष र भट्टबीच पूजामा कमिसन विवादका कारण एक महिनादेखि विशेष पूजा हुन सकेको छैन। भट्टले विशेष पूजाको दक्षिणामा कमिसन बढाउनुपर्ने माग गर्दै चैत २६ देखि विशेष पूजा बन्द गरेपछि मन्दिरमा पूजा लाउन आउनेहरु निराश भई फर्कन बाध्य छन्। मन्दिरमा हुने विशेष पूजामा २० प्रतिशत कमिसन बढाउनुपर्ने भट्टहरूको माग छ।
उनीहरूले सरकारले उपलब्ध गराउँदै आएको तलबभत्तामा कर काट्न नहुने मागसमेत राखेका छन् । पशुपति क्षेत्र विकास कोषले २०६८ साउनदेखि पुरानो बक्यौता र नया" तलबको कर काट्दै आएको छ ।

पशुपतिनाथ मन्दिरमा विभिन्न अवसरमा ११ सयदेखि ९ लाख रुपैयाँसम्मको रसिद काटेर विशेष पूजा गराउनसक्ने व्यवस्था छ । विशेष पूजामा चढाइने भेटी र दक्षिणाको साढे ७ प्रतिशत रकम २०६२ देखि भट्टहरूले पाउँदै आएका छन् ।

भक्तहरुले मन्दिरमा जन्मदिन, विवाह वार्षिकोत्सव, जंकु, विशेष तिथिलगायतमा विशेष पूजा लगाउने गरेका छन् । कोषका सदस्यसचिव गोविन्द टन्डनले विशेष पूजा बन्द हुँदा विभिन्न अवसरमा विशेष पूजा गराउने भक्तहरु निराश बन्दै गएको बताए ।

'विशेष पूजा रोकिएको एक महिना हुन लाग्यो,' सदस्यसचिव टण्डनले नागरिकसँग भने, 'मलगायत कोषका सदस्यहरुले भट्टजीसँग धेरै पटक छलफल र वार्ता गर्दासमेत उहाँहरु आफ्नो अडान छाड्न तयार हुनुभएको छैन ।' भट्टहरुको आन्दोलनले दिनहुँ २ सय भक्त विशेष पूजा नलगाएरै फर्कंदा राज्यलाई दैनिक ३ लाख क्षति भएको कोषले जनाएको छ ।

एक्कासि २० प्रतिशत कमिसन बढाउन माग गर्दा कोष नै अप्ठेरोमा परेको उनले बताए । उनका अनुसार कोषले मन्दिरमा चढ्ने विशेष पूजाको दक्षिणा तथा भेटीलाई पारदर्शी बनाउन २०६८ चैत २६ गते नियमावली बनाएर भट्टहरूलाई तलबलगायत सुविधाको व्यवस्था गरेको थियो ।

पछिला सदस्य सचिवले विशेष पूजाको कमिसन साढे ७ प्रतिशतबाट वृद्धि गरेर १५ प्रतिशत पु¥याएका थिए । तर, उनको निर्णय पशुपति विकाष कोष सञ्चालक परिषदले पास गरेन, जसका कारण भट्टहरूले साढे ७ प्रतिशत नै कमिसन पाउँदै आएका छन् ।

'भट्टहरूले पुरानो बाँकी कमिसन पनि मागेका छन्,' सदस्य सचिव टण्डनले नागरिकसँग भने, 'सरकारले कानुनबमोजिम पाँच महिनादेखि तलबभत्तामा ३५ प्रतिशत कर काट्न थालेपछि भट्टहरू आक्रोशित बन्नुभयो र विशेष पूजा नै रोकिदिनुभयो ।'

सदस्यसचिव टण्डनका अनुसार ०६८ अघिसम्म भट्टहरूले फर्माइसी पूजा भनेर आफूखुसी पूजा गर्थे । त्यतिबेला कति पूजा भयो, कति दक्षिणाभेटी चढ्यो भन्ने लेखाजोखा हुँदैनथ्यो ।

पशुपति क्षेत्र विकास कोषले भेटी र दक्षिणा पारदर्शी बनाउन २०५० सालमै ऐन बनाएर ल्याएको थियो । 'त्यसबखत पशुपति दक्षिणा भेटी पारदर्शी ऐन २०५० विरोधका कारण लागू गर्न सकिएन,' टण्डनले भने, 'त्यही ऐन २०६८ मा संशोधन गरी दक्षिणा भेटी पारदर्शी गर्न फर्माइसी पूजालाई विशेष पूजा नामकरण गरियो,' उनले भने ।

कोषका निर्देशक रमेश उप्रेतीका अनुसार धेरै भक्तजनले ११ सयदेखि २१ सयको पूजा गराउँछन्, यस्ता पूजा गराउने दैनिक २ सय हुन्छन् । पशुपतिनाथ मन्दिरमा मूल भट्टको मासिक तलबभत्ता सरकारले २ लाख २५ हजार रुपैयाँ तोकेको छ । उनका तीन सहयोगी भट्ट छन् । तिनीहरूको मासिक तलबभत्ता १ लाख ६० हजार रुपैयाँ छ । यस्तै, एक बासुकी भट्ट पनि छन् ।

कोषका निर्देशक भरत मरासिनीका अनुसार कोषले २०६८ देखि विशेष पूजाको भेटी दक्षिणा पारदर्शी गर्ने नियमावली लागू गरेपछि हालसम्म ३८ हजार भक्तजनले ७ करोड रुपैयाँको विशेष पूजा गराइसकेका छन् ।

यसैबीच, पशुपति क्षेत्र विकास कोषले प्रशासनिक कामकारबाही व्यवस्थापन गर्न सञ्चालक परिषदको सदस्य पदबाट मूल भट्टलाई हटाउने सुझाव दिएको छ ।

परिषदले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई इमेल गरी भट्टहरुको मुख्य काम पूजापाठ गर्नु भएकाले प्रशासनिक कामका लागि समय अभाव भएको कारण सदस्य नराख्दा उचित हुने सुझाव दिएको हो ।
- See more at: http://www.nagariknews.com/main-story/story/17755#sthash.tiYYzNXb.dpuf
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-12-14 7:42 AM     [Snapshot: 303]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त एस्तो काम मा त सामान्य जिबन यापन मा खुसि हुने , तर नैतिक, भौतिक रुपमा सुद्द अनि बैदिक ज्ञान भएको मान्छे राख्न सकिन्न होला भन्या ??

पैसा कम भयो भनेर पुजा गर्न नै बन्द गर्ने मान्छे लाइ के को आस्थाले अब देखि पुजा गर्न लगाउने , भक्तजनहरुले ?

येस्ता पुजारीको काम ले गर्दा पशुपतिनाथको मन्दिर र पुजा आजा मा विश्वास हुने मान्छेलाई निकै चोट पुगेको हुनु पर्छ |
 
Posted on 05-12-14 8:29 AM     [Snapshot: 346]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Indian reach in Nepali politics can be best seen in how the administration of Pashupatinath mandir is controlled by Indian priests. So, I was trying to understand how they still maintain the control and I traced it back to politics with assumed deductions.

My guess is that Indian priests are well connected to powerful Indian politicians. Why? First religious reason, second the power to influence votes and third (and most important): money. Temples are a huge source of revenue, legit or illegit. These priests keep the politicians happy to retain their position and vice versa. Politicians then return their favor by influencing leaders in India as well as Nepal.

Why then Nepali leaders have to listen to these foreign politicians? The answer is very complex as well as simple. Simple, because, it's India- they always have had huge influence over Nepal. Complex, because the intricacies of power influences are rooted in various levels. If the maoist cadres had to bow in front of India, despite a good support from China, then we know things are serious. My guess is that India threatens Nepal with political instability and mass overturn if Nepali leaders don't cooperate. Money surely must be involved as well.
 
Posted on 05-12-14 8:29 AM     [Snapshot: 346]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Indian reach in Nepali politics can be best seen in how the administration of Pashupatinath mandir is controlled by Indian priests. So, I was trying to understand how they still maintain the control and I traced it back to politics with assumed deductions.

My guess is that Indian priests are well connected to powerful Indian politicians. Why? First religious reason, second the power to influence votes and third (and most important): money. Temples are a huge source of revenue, legit or illegit. These priests keep the politicians happy to retain their position and vice versa. Politicians then return their favor by influencing leaders in India as well as Nepal.

Why then Nepali leaders have to listen to these foreign politicians? The answer is very complex as well as simple. Simple, because, it's India- they always have had huge influence over Nepal. Complex, because the intricacies of power influences are rooted in various levels. If the maoist cadres had to bow in front of India, despite a good support from China, then we know things are serious. My guess is that India threatens Nepal with political instability and mass overturn if Nepali leaders don't cooperate. Money surely must be involved as well.
 
Posted on 05-12-14 9:52 AM     [Snapshot: 410]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्य मेरो देश जहाँ कुनै पनि सरकारी कर्मचारीको तलब भत्ता भन्दा पुजारीको पारिश्रमिक बढी हुन्छ अनि श्रम, बौदिक पलायनको भजन गाइन्छ!
 
Posted on 05-12-14 1:08 PM     [Snapshot: 473]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why compromise for less? This priest are as bad as our corrupt leader and government emplyee. Can we ( including Indian ) bycott going pasupatinath?
 
Posted on 05-12-14 3:14 PM     [Snapshot: 521]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The Irony is that Prachande tried to replace the Indian crook with a Nepali pujari and that backfired. Congressi and UML went full blown against prachande for that move. Now..Congressi and UML are in power and the Indian Crook still wants more commission to continue praying at the most auspicious place for the hindus.
 
Posted on 05-12-14 3:17 PM     [Snapshot: 527]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SAP Dude: in the name of god this indian Bhate are becoming billionior by the time they die. When you go to temple they will be looking for big bucks on the tray and hindi speaking pilgrims.
When king was on the throne: they should have asked him to remove these bastards.

If channled the money properly : we can do a lot with the income of Pasupati. Why can't we do like South Indians temple.

Keep big donation box : people can drop briefcase, instead of going through the tray. What ever goes on the tray belongs to Bhatta chor.

 

Last edited: 12-May-14 04:30 PM

 
Posted on 05-12-14 4:03 PM     [Snapshot: 562]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

These crook dhoti bahuns should be sacked asap. Appoint qualified nepalese bahun through tender. Jasle sab bhanda kam ma kaam garchha pujari uhi.....yesko 1 barsa ko salary le euta ward ko ramro bikas huncha ... Khed jatho lai!!!!!!
 
Posted on 05-12-14 8:07 PM     [Snapshot: 661]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The priests asking for a raise should first go and wash his dirty face before throwing towels to the" bhaktajans".As if lakh and other additional benefits is not enough for a pujari whose sole job is to caress "the lord of beasts".The temple deserve somebody who fully comprehend the idea of "Pasupata sect" and saivism instead of someone drolling in the daan and vetis.Ironically,Pasupati Area Development Trust too has been enjoying such a friction from a long time without taking part in it and doing anything to ward off such conflicts.I have these weird feeling that all these priests are nothing but a puppet who has been ordered to do the job from higher echelons knowing "what is" as the seal of PasupatiNath is same as the Bhapomet which the elites from the West worshipped.I got this doubt that something is cooking behind bhaktajans back without anyone getting any scent of it.
 
Posted on 05-13-14 11:29 AM     [Snapshot: 749]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मूल भट्ट ले बिसेष पुजा नगर्दा राजस्वो मा दाखिला हुने रकम घट्यो कि घटेन?
राजस्वो मा घाटा लाग्ने काम गरेबापत मूल भट्ट र तिन का समर्थक लाइ कानुन लग्छ कि लाग्दैन ?
मूल भट्ट जागिरे भै सके पछि त्यो स्तर को मान्छे ले हड्ताल गर्न पौने कि नपाउने ?
भानुम न, नेपाल सरकार को मुख्य सचिब ले हड्ताल गरे भने के गर्ने ?
अब को नियेमबली मा मूल भट्ट ले हड्ताल गर्न नपाउने र गरेमा उसको पद स्वोतहा खारेज हुने व्यवस्था गर्न जरुरि छ
प्रधान मन्त्रि को भन्दा मुलभत्ता को तलब बढी किन ?
षमात्तिचुस ले भने जस्तै अब यो मूल भट्ट लै बिदा गरेर मुलभत्ता र अरु भट्ट लिलाम घटाघट गरेर निउक्ति गर्न पर्छ
मुलभत्ता र अन्य भट्ट हुने युग्यता पुगेका मान्छे मधेय जसले कम तलब भत्ता मा काम गर्न मन्जुर गर्छ तेसै लै निउक्ति गर्नी

 
Posted on 05-13-14 11:58 AM     [Snapshot: 764]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"षमात्तिचुस ले भने जस्तै अब यो मूल भट्ट लै बिदा गरेर मुलभत्ता र अरु भट्ट लिलाम घटाघट गरेर निउक्ति गर्न पर्छ
मुलभत्ता र अन्य भट्ट हुने युग्यता पुगेका मान्छे मधेय जसले कम तलब भत्ता मा काम गर्न मन्जुर गर्छ तेसै लै निउक्ति गर्नी "

seriously भनेको हो यो कुरो ? यो त सम्भैधानिक परिसद ले 'सम्भैधानिक निकायमा ' नियुक्ति लिन निबदन देउ भने जस्तै भयो नि | मूलभट्ट र एस्ता ठाउमा त सम्भंदित निकायले उचित ठानेको मान्छे लाइ जिम्मा दिने हो |

नैतिक, भौतिक चरित्र सफा भएको, बैदिक ज्ञान उच्छ भएको, पशुपतिनाथ प्रति आस्थावान मान्छे जुनसुकै जात, देशको भए पनि राम्रो सम्मान (भौतिक/आर्थिक र मर्यादा ) दिएर नियुक्त गर्नु पर्छ |
 
Posted on 05-13-14 1:28 PM     [Snapshot: 805]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Fire" that Priests ASS out of office and appoint another Priest who wants to work like other average priests .Who do he (current priests) think he is ? I think he's just another greedy [Disallowed String for - No foul language here]c*er who's there to collect the big sum and live like a king.Our government is lame and stupid that they can't do anything .
 
Posted on 05-16-14 7:53 AM     [Snapshot: 898]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाहुरे जी,

मैले येसो भने को

अब पशुपति कोष मा मूल भट्ट को लागि चाहिने योग्येता लेखेकै होला त्यो योग्येता अनुसार मूल भट्ट को लागि बिज्ञापन गर्ने,

applicant हरु बाट सबैभन्दा योग्येता पुगेका छान्ने र तिनीहरु लाई ल हामीले दिन सक्ने येति हो तलब भत्ता
तपाई हरु तिन जना छानिनु भो अब तपाई मधे जसले कम मा काम गर्छ तेस्क्लाई दिन्छु जागिर भन्ने

जुनसुकै देश , जात भएका भएपनि योग्येता पुगेका लै दिन पर्छ

जस्तो एउटा कुइरे ले योग्यता पुर्याएर पशिपति को मूल भट्ट हुन किन नपाउने ?
एकजना गुरुङ ले योग्येता पुराएर पशुपति को मूल भट्ट हुन किन नपाउने ?

अब गणतन्रा आएपछि एउटा वर्ग को मान्छे ले मात्र मूल भट्ट हुन पाउने नियेम हटाउन पर्छ

यो काम अब सरकारी कर्मचारी निउक्ति गर्दा पनि गर्न जरुरि भै सकेको छ
नेपाल मा बेरोजगार टन्न छन् , जसले काम तलब र सेवा मा काम गर्चू भन्छ उसिलाई दिने हो जागिर
नत्र जनता ले तिरे को कर को पैसा केहि बेक्ती को परिवार लाई निजि स्कूल , राम्रो घर , मोटर साइकल आदो को लागि किन खर्छ गर्नी ?
कसै ले कम मा तेती कम गर्छु भनेर कबुल कागत गर्छ भने उसै लाई दिने , युगेता छै पुग्न पर्छ तेती हो







 
Posted on 05-16-14 8:58 AM     [Snapshot: 914]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धर्के जी ,

यो सरकारी नियुक्ति अनि पशुपति जी मूल पुजारी जस्तो धेरैनै सम्मान दिनु पर्ने जस्तो ठाउमा लिलाम घटा-घट गर्दा राम्रो काम हुन्छ भनेर कसले तपाई को दिमाग भर्दियो भन्या ? ठिक छ सेक्शन officer भनेर नियुक्ति दिदा योग्यता र अनुभब भनेर विभिन्न grade मा राखी २० हजार देखि २५ हजार सम्म तलब दिन सकिन्छ , तर यो लिलाम घटा-घट ले कामको स्तर पनि घटा-घट नै हुन्छ क्या |

प्रतिस्पर्धा गरेर (लोकसेवा र अरु तेस्तै संस्था ले योग्य छ भनेर सिफारिस गरेको ) आएको मान्छेलाई सरकारी तलब सुब्धिदा राम्रो दिनु पर्छ अनि पो अझ राम्रा मान्छे आउछन् र आएका मान्छेले पनि सरकारी निर्धक्क संग गर्ब गरेर काम गर्छन |

धेरै बेरोजगार छन् भन्नु भो , अनि BA , MA पास गरेका मान्छे पनि कतार , मल्येसिया काम गर्न जानछन् १०/१५ हजार को लागि | तर अस्ति भर्खर पद्नु भएन , २० हजार तलब हुने ASI को लागि १००० जना मागेकोमा जम्मा ३५० मात्र पास भए, ४/५ हजारले जांच दिएकोमा बाँकी ले ४० पनि कटाउन सकेनन |


 
Posted on 05-16-14 9:10 AM     [Snapshot: 924]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जस्तो एउटा कुइरे ले योग्यता पुर्याएर पशिपति को मूल भट्ट हुन किन नपाउने ?
एकजना गुरुङ ले योग्येता पुराएर पशुपति को मूल भट्ट हुन किन नपाउने ?"

अनि , हुन त यो प्रश्न मलाई होइन होला , तर अल्लि गारो हुन्छ एस्तो कुरो होइन ? गुरुङ लाइ त नहुने कुरै भएन मैले चिनेकै छन् गुरुङ हरु हजुर बाको पाला देखि 'शिव भक्त ", तर कुइरे लाइ चै ?? hehehe

ढुङ्गो त बोल्न सक्दैन , तर एस्तो निर्यण गर्दा 'भक्तजन' को आस्थामा ठेस पुराउने काम त गर्न हुन्न | बैदिक, तान्त्रिक ज्ञान भएको भोले भक्त , बुज्ने भए देखि माछा, मासु , लसुन , प्याज आदि नाखाय्को अनि पशुपति नाथको मूल पुजारी हुनको लागि सित्तैमा तयार हुने खैरे पनि निकै छन् होला , तेस्ताले निबेदन दिए त नेपाली त out नै होलान है |
 
Posted on 05-18-14 4:01 PM     [Snapshot: 968]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो प्रस्न तपाई लै होइन येसो बादबिबाद गर्न को लागि मात्र हो
मैले यो नेपाल मा मात्र गर्नु पर्छ भन्या होइन. जस्तै
भारतीय हरु लै क्रिस्टियन बनाउन सुरु गरेको १९०० वर्ष भन्दा बढी भयो , खोइ भारतीय पोप ?
ल्याटिन अमेरिकी त भर्खर भयो पोप
चाइनिज हरु क्रिस्टियन भाको कति भो खोइ चाइनिज पोप ?
नेपाली हरु पनि क्रिस्टियन भाको धेरै भो कहिले हुने नेपाली पोप ?
काला हरु कहिले हुने पोप

अब आस्था मा अली अली परिबर्तन त ल्याउन पर्छ किन भने पश्चिम नेपाल तिर छाउपडी प्रथा छ क्यारे , महिना बारी हुदा घर मा बस्न नहुने-- त्यो पनि कतिपय को आस्था नै हो
फेरी पश्चिम पूर्व सबै नेपाल तिर दलित हरुले चिया मा दुध हालेर खाए भागबान रिसाउछन भन्ने पनि छ , कतिपय को आस्था तेस्मथी पनि छ
अब हिन्दु धर्म शास्त्र मा पनि बिस्वामित्र भन्ने छेत्री प्रख्यात ऋषि भए, ब्रम्हिन मात्र ऋषि हुन्छ भन्ने आस्था लै तोड दै
हिन्दु सिद्दार्थ गौतम ले राजकाज को आस्था लै तोडे, बौद्ध धर्म खडा गरे
येहुदी जिसुस क्रैस्ट ले येहुदी आस्था लै तोड्दै इशाई धर्म खडा गरे

तेसकारण आस्था समय अनुसार परिबर्तन हुदै जनचा, हुन पर्छ
तेसै ले कुइरे किन हुन नसक्ने भन्या हो
तर किन हो कुन्नि भारतीय पोप हुन र कुइरे मूल भट्ट हुन गारई पर्ला जस्तो छ

अब रह्यो लिलाम घटाघट को

योग्येता त पुर्याउने पर्छ योगेय्ता पुगेका हरु मध्हे बाट भन्या मात्रै
कोइ सख अधिकृत ले २०, ००० तलब चाहिन्छ भन्ला कसैले मा १५ हजार मा गरिदिन्छु भन्ला कम तलब मा काम गर्ने लै दिए भै हाल्यो

अब तेस्पची अचिभमेन्ट हेरेर पछि बढाए भै हाल्यो , यहाँ त सरकारी जागिर खाएपछि तलब पुगेन भन्यो आनी घुस खायो
पुग्ने गरि तलब दिन्छु भनेर कागज त गर्या छैन नि सुरु मा,




















 
Posted on 05-18-14 7:24 PM     [Snapshot: 1008]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Guys,
I really dont think it should be raised as india vs Nepal or India's influence over Nepal.
We should talk how it can be regulated with decent pay to the priest maintaining traditional aspect as religion itself assumes mythic power on traditional rites and rituals. Regarding money, a major source of earnings in Pashupatinath is from the Indian Hindus and we can exploit those indian priest to attract more Indian Hindus in Pashupatinath and other Nepali temples.

I have seen many Nepali Priest in indian temples who bring millions of Indian rupee and indians dont seem to worry whether the priest in their temple is Nepali or Indian. Actually I heard they prefer Nepali priest over other.
 
Posted on 05-19-14 6:38 AM     [Snapshot: 1124]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Paradox,

This is just financial and behavioral matter. The priest just happened to be Indian  that's all. if some one raise question about some financial and behavioral matters which involves Indian citizen should not be considered as against Indians/India otherwise it wont be possible to raise question about the topic where Indian are involved.  Are we heading towards that?

PPl are raising question about foreign aid to Nepal where donating countries are taking big portion of the aid back to their country in the name of consultancy. Nepal is a open democratic country where ppl talk about everything.

Pasupatinath priest is getting incentive which is more than the prime minister or even the President of Nepal.

In such case him asking more and more is not suitable for the post of priest. If he is acting purely on monetary basis then ppl start raising questions, that is very normal, no one should take it as Nepal vs India or vice versa.

There are two version regarding  the tradition of making Keralites a main priest in Pashupatinath temple.

It started by Aadi Shankaracharya when he visited Nepal. But the life story of Adi Shankaracharye does not says he visited Nepal.

Another version is one of Malla king or his wife was from South India so in order to make it easier for the King or queen the priest were recruited from kingdom of  the Travancore which is part of south India now a days.

I don't mind priest from India or from any other country /race for that matter. Priests asking more money for the priestly action when he is already receiving  a attractive remuneration is not the priestly action.
on the top of that stopping the rituals means he is acting no more like a priest but like a pure business men.

I such case we should think likewise. Now they increase the  commission to 17% that will make his earnings about 300k per month. Who don't want to get that job? It has become very attractive position and the Priest has acted commercially.

In such case it is not Nepal vs India or something similar. Just because someone started tradition few hundreds years back does not mean that we should continue such practice specially when it has become a commercial.

In this modern era no post should be reserved for special cast/race.

And according to Hindu religion Priests are not supposed to inclined towards material gain they are supposed to be involved in spiritual practice. Once you become materialistic you cant blame others others for wanting the same.

 








 
Posted on 05-19-14 6:59 AM     [Snapshot: 1138]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुजारीले १७ प्रतिशत कमिसन पाउने

कान्तिपुर संवाददाता


काठमाडौ, जेष्ठ ४ - विशेष पूजा गरेबापत मूल भट्ट र अन्य तीन भट्टलाई १७ प्रतिशत कमिसन उपलब्ध गराउन पशुपति क्षेत्र विकास कोष तयार भएको छ । कोषका पदाधिकारी र पुजारीबीच बिहीबार भएको छलफलमा कोषले यसमा सहमति जनाएको हो ।

पुजारीहरूले २५ प्रतिशत कमिसन माग्दै ३७ दिनदेखि विशेष पूजा ठप्प पारेका छन् । 'समस्या समाधानका लागि भए पनि कमिसन दिनुपर्ने भयो । त्यसैअनुसार हामीले छलफल गर्‍यौं । पुजारीहरू पनि सहमत भए,' बैठकका एक सहभागीले भने, 'प्रत्येक दिन दर्शनार्थी खिन्न भएर जाने अवस्था आएको छ । जसरी पनि समाधान निकाल्न कमिसन दिन तयार भएका हौं । अब अनुमोदनका लागि पर्यटन तथा संस्कृति मन्त्रालयमा पठाउँछौं ।'

पूजा गरेबापत कमिसन दाबी गर्दै मूलबाहेकका अन्य तीन भट्टले बालुवाटार पुगेर प्रधानमन्त्री सुशील कोइरालालाई गुहारेका थिए । कोषका सदस्य सचिव गोविन्द टन्डनले भट्टसँग संवाद जारी रहेको बताए । 'बैठकमा छलफल भयो । पुजारी सकारात्मक छन् । चाँडै विशेष पूजा सुचारु हुन्छ,' उनले भने ।

२५ प्रतिशत कमिसन लिइछाड्ने अडानमा रहेका तीनजना भट्ट पनि केही लचिलो भएका छन् । 'उहाँहरू सबै सकारात्मक छन् । पूरा गर्न सक्ने माग हामी पूरा गर्छाैं,' उनले भने ।

विशेष पूजा ठप्प हुँदा वैशाख महिनामा मात्र १ करोड १५ लाख रुपैयाँभन्दा बढी कोषलाई घाटा भएको छ । प्रत्येक दिन मन्दिरमा १ सय २० भन्दा बढी विशेष

पूजा हुने गर्छन् । यसबापत हरेक दर्शनार्थीले कम्तीमा १ हजार १ सय रुपैयाँ बुझाउनुपर्छ । कोषका अनुसार यसका लागि २५ लाख रुपैयाँ खर्चनेसमेत छन् । कोषको मुख्य आम्दानी स्रोत नै विशेष पूजा हो । वैशाख र साउनमा सबभन्दा बढी यस्तो पूजा हुन्छ ।

पशुपतिमा वासुकी पञ्चामृत, बालभोग पञ्चामृत, रुद्रीसहित पञ्चामृत, लघुरुद्री पञ्चामृत र सवा लाख बत्ती नामक विशेष पूजा गरिन्छ । यस्तो पूजा रोकिएकाले हिजोआज दर्शनार्थी फूलमाला मात्र चढाएर र्फकन्छन् । कोषका कर्मचारी र सदस्य भट्टलाई कमिसन दिने पक्षमा छैनन् ।

प्रकाशित मिति: २०७१ जेष्ठ ४ ०९:२१

- See more at: http://www.ekantipur.com/np/2071/2/4/full-story/389362.html#sthash.9EEGm4Vx.dpuf
 
Posted on 05-20-14 4:22 AM     [Snapshot: 1237]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२० प्रतिशतमा मानेनन् पशुपतिका पुजारी


    pashupatinath

    काठमाडौ, जेष्ठ ६ - मूल र अन्य तीन भट्टले २० प्रतिशत कमिसन अस्वीकार गरेका छन् । पशुपति क्षेत्र विकास कोष कार्यसम्पादन मूल्यांकन समिति र भट्टबीच आइतबार राति अबेरसम्म भएको बैठकमा भट्टले कमिसन कम भएको भन्दै अस्वीकार गरेका हुन् । बैठकमा संस्कृति तथा नागरिक पर्यटन मन्त्रालय प्रतिनिधिसमेत सहभागी थिए । मूल भट्ट कोषका सदस्य भए पनि बैठकमा उपस्थित थिएनन् । 'मूल भट्ट सहभागी हुनुपर्ने हो, उहाँ नै आउनुभएन । समस्या जति लम्बिन्छ हामीलाई घाटा त्यति नै हुन्छ,' बैठकका एक सहभागी सदस्यले भने, 'हामीले भट्टसँग धेरै अनुरोध गर्‍यौं, निर्णयमा हस्ताक्षर नगरी हिंड्नुभयो । समस्या सुल्झाउन गाह्रो भयो ।'  बैठकमा भट्टहरूले राजीनामा दिने चेतावनीसमेत दिएको ती सदस्यले बताए ।

    यसअघि बिहीबार भएको छलफलमा कोषले १७ प्रतिशत कमिसन दिने तयारी गरेको थियो । पुजारीहरूले कमिसनको माग गर्दै ४० दिनदेखि विशेष पूजा ठप्प पारेका छन् । पूजा गरेबापत उनीहरूले कोषसँग २५ प्रतिशत थप तलब भत्ता लगायतका सेवा सुविधा दिनुपर्ने माग गरेका छन् । विशेष पूजा ठप्प हुँदा प्रत्येक दिन दर्शनार्थी निराश भएर र्फकन बाध्य छन् । वैशाख महिनामा मात्र १ करोड २० लाख रुपैयाँभन्दा बढी कोषलाई घाटा भएको छ ।

    कोषका सदस्य सचिव गोविन्द टन्डनले भट्टसँग संवाद जारी रहेको बताए । विशेष पूजा ठप्प भएकाले कोषलाई दैनिक ३ लाख रुपैयाँ घाटा भएको उनले जनाए ।

    प्रत्येक दिन मन्दिरमा १ सय २० भन्दा बढी विशेष पूजा हुने गर्छन् । त्यसबापत हरेक दर्शनार्थीले कम्तीमा १ हजार १ सय रुपैयाँ बुझाउनुपर्छ । कोषका अनुसार यसका लागि २५ लाख रुपैयाँ खर्चने समेत छन् । कोषको मुख्य आम्दानी स्रोत नै विशेष पूजा हो । वैशाख र साउनमा सबभन्दा बढी यस्तो पूजा हुन्छ । पशुपतिमा वासुकी पञ्चामृत, बालभोग पञ्चामृत, रुद्रीसहित पञ्चामृत, लघुरुद्री पञ्चामृत र सवा लाख बत्ती नामक विशेष पूजा गरिन्छ । यस्तो पूजा रोकिएकाले हिजोआज दर्शनार्थी फूलमाला मात्र चढाएर र्फकन्छन् । कोषका कर्मचारी र सदस्य भट्टलाई कमिसन दिने पक्षमा छैनन् । कोषले मूल भट्टलाई मासिक तीन लाख रुपैयाँभन्दा बढी तलब भत्तालगायत सेवा सुविधा प्रदान गर्दै आएको छ । अतिरिक्त पारिश्रमिक दिने व्यवस्था 'मन्दिर तथा पूजा व्यवस्था नियमावली' मा छैन । मूल भट्टले आफ्नी श्रीमती र दुई सन्तानलाई विदेश जाँदा-आउँदा जहाज भाडासमेत दिनुपर्ने माग गरेका छन् ।

     

    प्रकाशित मिति: २०७१ जेष्ठ ६ ०८:५५

    - See more at: http://www.ekantipur.com/np/2071/2/6/full-story/389471.html#sthash.7MNpQWZg.dpuf
     



    PAGE: <<  1 2  
    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 30 days
    Recommended Popular Threads Controvertial Threads
    What are your first memories of when Nepal Television Began?
    मन भित्र को पत्रै पत्र!
    काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
    TPS Work Permit/How long your took?
    चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
    Nepali doctors future black or white usa ?
    Another Song Playing In My Mind
    nrn citizenship
    TPS Renewal Reregistration
    हेर अमेरिकामा नेपालीहरुको बेज्जत
    WHAT DO YOU GUYS THINK ABOUT THIS?
    Send Parcels from USA to Nepal & Worldwide.
    Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
    Is money sent to support family tax deductible?
    Nearly one-third of Americans support autocracy, poll finds
    Alert: Turbo Cancers: A Rising Global Threat
    महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
    Informatica consultancy share
    Travelling on TPS advance travel document to different country...
    Are you ready to know the truth?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters