Bishnu Gautam
More by Bishnu Gautam
What people are reading
Subscribers
Please log in to subscribe to Bishnu Gautam's postings.
:: Subscribe
|
[VIEWED 3038
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Bishnu Gautam
Please log in to subscribe to Bishnu Gautam's postings.
Posted on 05-07-13 10:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.....घर मालिक भनौं वा त्यस परिवारकी नेतृत्वकर्ता २२ दिनकी सुत्केरी ढोकामा उभिईन् । दैलोमा उभिएर उनी बाटो भन्दा पनि लाज छेक्दै थिईन् । सिलवालजीको अनुरोध पश्चात् उनले वास दिने निर्णय गरिन् । हुन्छ भने लगत्तै उनका सामु अर्को प्रश्न तेर्सियो – पाहुनालाई राख्ने चाँही कहाँ ? नौ जना जन्मिएकोमा १ जनाको मृत्यु भएपनि ८ बच्चा लहरै सुतेका थिए । सामल खोज्न गएका बाउ अनि २२ दिनकी सुत्केरी उनी बल्लतल्ल अटाउने त्यो झुप्रोमा सिलवालजीका लागि ठाउँ बनाउनु निकै मुश्किल थियो । तर पनि “मर्ता क्या नहि कर्ता” भने झैं सिलवालजी बलेसीको आडमा अडिए । विहानैदेखी उकालो चढेका उनीे, थकाईले चुर थिए । ढुंगा विछ्याएर भित्तामै अढेस लागे । उनको पेटले सामल माग्यो जुन त्यहाँ थिएन । बरु हिजैको सामलले दिएको शक्तिलाई पनि क्षिण पार्न गोटा दशेक जुकाहरु औंलाका कापैपिच्छे होडवाजी गर्दै उनको रगत दहन गर्न थाले । बाटाभरि र त्यो घरमा समेत देखेको दृष्यले गर्दा उनलाई आफुसँग भएको चाउचाउ झिकेर खाईहाल्न पनि मन लागेन ।केही बेरमा सामलको जोहो गर्न गएका घरभेटी कन्दमुलका जरालहरा बोकेर भित्रिए । भोकले दाम्रिएको भुँडि लिएर सुतेका बच्चाहरु ज¥याकजुरुक उठे । खान पाइने आशाले तिनका अनुहार उज्यालिए मानों उनीहरुले ठूलै युद्ध जितेका छन् । तिनको अनुहारले मेरा मित्रलाई द«वित बनायो । आफ्नो साथमा लगेका चार प्याकेट चाउचाउ उनले तिनैलाई दिए । उनले “लौ यो पनि खाऊ” भनेर भनिदिँदा ती बच्चाको जगत हल्लियो । लाग्दैथियो उनीहरु विश्वका किर्तिमानीहरु थिए ।जेठको महिना थियो त्यो । त्यहाँ टन्न पेट ढिंडो खान भदौको मकै कुर्नुको विकल्प थिएन । जसले भदौदेखी मंसिरसम्म मकैको जोहो गर्न सक्छ, ऊ त्यो ठाउँको साहुजी नै ठहर्छ । जसोतसो ३ महिना मकै खाएर ९ महिना कन्दमुलले बाँच्नु उनीहरुको संस्कार नै बनेको छ । सिलवालजीले चाउचाउ त दिए तर त्यसले घरभेटीको आत्मसम्मानमा चोट प¥यो । आफ्ना बचेराहरुको ख्याल गर्ने शुभचिन्तक पाहुना करेसामा भोकै थिए । उनले केहीबेरमा पाहुनालाई सोधे– सर हजुरले ज्युनार गर्नुभो ? उनले भने – गरें । तर त्यति पवित्र मनको मालिकले बुझिहाल्यो कि उनले खाएका थिएनन् भनेर । फेरि बोल्नु जरुरि ठानेनन् उसले । बरु बसेराबाट तलतिर हिंड्यो ।साढे नौ बजे एउटा पराले ढकियामा १ पाथी जति पिठो बोकेर फर्कियो तर पकाउने के मा ? अर्को समस्या देखियो । उसले निर्धक्क भन्यो – यो आरी (माटोको भाँडो) मा पकाएको ज्यूनार होला है । त्यो निश्वार्थ मायाले मन्त्रमुग्ध भएका सिलवालजीले भने– दाइ ठिक छ, मलाई चल्छ । भोलिपल्ट उनले सय रुपियाँ दिन खोज्दा ती घरभेटीले लिन मानेनन् । भने– पाहुनासँग दाम लिँदा पाप लाग्छ, लिन्न ।त्यसपछिको यात्रामा सिलवालजी लगायत थप २ साथी थिए । ८ जनाको मृत्यु भएको र एउटा सानो बालक अवशेषको रुपमा रहेको घरमा सबै पुगे । स्थानिय शिक्षक बालकृष्ण पनि त्यहाँ पुग्नुभयो र सबैको जिज्ञासालाई समाधान गर्दै उहाँले दारुणिक वृतान्त वताउनुभयो –त्यस दिन बा र आमा भदौको मकै पिस्नुपर्छ भनेर घट्ट मर्मत गरेर घर फर्कदै थिए । घरमा भएका ७ जना छोराछोरी भोकै छन् भन्ने सम्झेर मातापिताको मन द«वित भयो । उनीहरुले जङ्गलमा केही कन्दमुल खोजेर लग्ने निधो गरे र खोज्न पनि थाले । तर केही पनि फेला परेन । केबल एउटा ठूटोमा झपक्क फलेको च्याउ देखियो । बुढा खुशि हुँदै च्याउ टिप्न थाले । बुढीले आत्तिदै भनिन् – त्यो त विषालु च्याउ हो, नटिप । तर बुढाले जिद्धि गरे । भने– आज मैले अर्कै आँट गरेको छु । सर्पको विष त फुकेर झर्छ, यो च्याउको बिष त सजिलै झार्छु । अझै विष नझारी अरुलाई सरेमा उसैलाई फुकेर विष झार्छु । बुढीले जोखिम नलिन बिन्ति गर्दै भनिन्– क्यै गरी विष झरेन भने त मरिन्छ नि ।उनले टेरेनन् । विषालु छ भन्ने जान्दाजान्दै बोकेर घर गए । पकाउँदै गर्दा सामल जोहो गर्न गएको जेठो छोरो आईपुग्यो । उसले पनि बिरोध ग¥यो, खान्न भन्यो । तर बाबुले मानेनन् । १७ महिनाको छोरो बाहेक सबैले आखिरमा त्यो च्याउ खाए । परिणाम केही ढिलो गरी देखिएपनि भोलिपल्ट बिहान १ जना बच्चाको मृत्युबाट गोता शुरु भएछ । पुनः दिउँसो २ जना बुहारी बिते । अस्पताल समयमै पुग्न÷पु¥याउन सकिएको भए कोही बाँच्थे होला कि ? तेश्रो दिनमा बालकृष्ण सरले ऋणपान गरेर बाँचेका जनलाई अस्पताल पु¥याए । तिनजना अस्पतालमै बितेछन् । पर्सिपल्टै घरमा बुढी आमै बितिछन् । अलि कम च्याउ खाएको जेठो छोरालाई बालकृष्ण सरले ऋणमा चुर्लुम्मै डुबेर भए पनि बचाउन सकिएला कि भनी पाटन अस्पतालसम्म पु¥याउँदा पनि केही सीप लागेनछ । जिवित १७ महिने बालक कसैको सहयोगले एसओएसमा पुगेको छ ।
Last edited: 07-May-13 11:24 PM
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
Recommended Popular Threads |
Controvertial Threads |
श्राद्द |
TPS Re-registration |
सेक्सी कविता - पार्ट २ |
What are your first memories of when Nepal Television Began? |
पाप न साप घोप्टो पारि थाप !! |
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग |
निगुरो थाहा छ ?? |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
Lets play Antakshari........... |
What Happened to Dual Citizenship Bill |
Basnet or Basnyat ?? |
Sajha has turned into MAGATs nest |
NRN card pros and cons? |
मेरो अम्रिका यात्रा -२ |
Do nepalese really need TPS? |
कता जादै छ नेपाली समाज ?? |
susta manasthiti lai ke bhanchan english ma? |
कृष्ण नै अन्तिम सत्य |
पुलिसनी संग - आज शुक्रवार - भाग २ |
|
Nas and The Bokas: Coming to a Night Club near you |
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year. |
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks |
TPS Update : Jajarkot earthquake |
is Rato Bangala school cheating? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|