लक्ष्मण गाम्नागे- Best

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

झटारो     लक्ष्मण गाम्नागे   बुई चढ्नूस्, भुइँ छाड्नूस् ! परम्परागत परभिाषामा 'बुई' भन्नाले 'केटाकेटीलाई पीठमा बोक्ने काम' भनिँदोरहेछ। यो परभिाषा संशोधनीय छ किनभने अचेल केटाकेटी बुईमा चढ्न मान्दैनन्। ठूलाठूला मानिसहरू नै बुईमा चढेर हिँड्न थालेपछि केटाकेटीहरू लाजले भुतुक्क भएर बुईको सट्टा जन्मेदेखि नै 'वाकर'मा छिरेर हिँड्न थालेका छन्। ठूला भन्नाले कदका मात्र होइन, पदका ठूला मानिसहरू पनि अर्काको बुई चढेर भुइँ छाड्न लालायित हुँदा रहेछन्। हाम्रा प्रधानमन्त्री झलनाथ कमरेडलाई नै हेर्नोस् न, उहाँ बुई चढ्नेमा मुलुककै एक नम्बर ठूला मान्छे हुनुहुन्छ। नानीदेखि लागेको बुई चढ्ने बानी झन्झन् गहिरोसँग बढिरहेको छ। जानिफकारहरूका अनुसार उहाँ सधैँ कसै न कसैको बुई चढेरै पार्टीको नेता, महासचिव, अध्यक्ष हुँदै प्रधानमन्त्रीसम्म बन्न सफल हुनुभएको हो। बुई चढेर बाटो काट्ने, बुई चढेर खोलो तर्ने, बुई चढेर फट्के फड्किने, बुई चढेरै भर्‍याङ् चढ्ने, बुई चढेरै पद प्राप्त गर्ने र कद बढाउने उहाँको सामान्य स्वभाव हो रे! पोहोर साल एक जना कार्यकर्ताको बुई चढेर खहरे तर्दाको ग्ल्यामरस फोटो पत्रपत्रिकामा प्रकाशित भएपछि नै कमरेडको बुईप्रेमी चरत्रि सार्वजनिक भएको हो। त्यसपछि भएका अनुसन्धानबाट थाहा भएको हो, उहाँ बुई नचढी एक पाइलै अघि बढ्न सक्नुहुन्न। बुई चढ्दाचढ्दै उहाँ यति संवेदनशील भइसक्नुभएको छ कि बुई नचढी केही गर्न खोज्दा बिरामी नै भइदिने। अस्ित एउटा रोपाइँको उद्घाटन गर्न पुग्नुभएका प्रधानमन्त्री लाजगाल कार्यकर्ताको बुई नचढी धान रोप्न हिलोमा पस्नुभएको र सात दिन थला परेर अस्पताल बस्नुभएको कुरा कसलाई थाहा छैन र ! कमरेड खनाल पार्टीको अध्यक्ष हुँदा वामदेवलगायतका कमरेडहरूको बुई चढेर हुनुभएको र अहिले पनि उहाँहरूकै बुईमा बसेर पार्टी सञ्चालन गररिहनुभएकाले बेलाबेला बुई असन्तुलित भई भुइँमा लड्न खोज्नुभएको हो भनिन्छ। झलक्क हेर्दा झलनाथ खनाल अहिले देशको प्रधानमन्त्री हुनुहुन्छ। तर, गहिरएिर हेर्दा उहाँ त कमरेड प्रचण्डको बुईमा बसेर उहाँकै निर्देशन अनुसार छाया प्रधानमन्त्री चलाइरहनुभएको छ। ल हेर्नूस् त, कस्तो आनन्द ! आफूले केही गर्नै नपर्ने। सोच्नै नपर्ने। बोक्नेले जे-जे भन्छ, त्यही-त्यही गरििदयो, टन्टै साफ! यसो भन्दैमा कमरेड झलनाथको आफ्नै अस्ितत्व छैन भन्न खोजिएको कदापि होइन। बुईमा बस्नु कम जोखिमपूर्ण छैन। बुईमा चढाउनेले भने अनुसार नगरे बीच बाटोमै पछार्ला भन्ने भय सधैँ भइरहन्छ। ठाउँकुठाउँ घत्र्याक्क पार्ला भन्ने डर भइरहन्छ। लौ हेर्नूस् त, प्रचण्डले जँघारका बीचमा कहिले गृह मन्त्रालय दिने कि झारििदउँ भन्नुहुन्छ, कहिले मन्त्रिमण्डल परविर्तन गर्ने कि पछारििदउँ भन्नुहुन्छ। बुई चढ्नु त्यो पनि प्रचण्डको, ठूलै खतरा मोल्नुभएको हो उहाँले। पिठमा झुन्डिएका झलनाथलाई प्रचण्डले बेलाबेला बन्दुक समाउन दिनुहुन्छ। समाउनैपर्‍यो। त्यो बन्दुक कहिले केपी-माधवतिर सोझ्याउन लगाउनुहुन्छ, कहिले वैद्य-बाबुरामतिर। नसोझ्याउँ जिप्ट्याइदिउ“ भनेर तर्साउनुहुन्छ। यसरी कमरेड झलनाथलाई बुई चढ्नु एकातिर आनन्दको विषय छ भने अर्कातिर जोखिम। भनिन्छ, व्यवसायमा जोखिम नमोली मुनाफा हुँदैन। जोखिम मोलेरै कमरेडले राम्रो मुनाफा आर्जन गर्नुभएको हो। जीवनमा नाफा कमाउनु छ भने तपाईं पनि कमरेडबाट सिक्नूस्- बुई चढ्नूस्, भुइँ छाड्नूस्।  

aman · Aug 1, 2011 9:34 AM · 19,807 views

3 Replies

This is interesting, communism in Hindu community is different from socialist country, like erstwhile. USSR and present China, it's only that Bam(e)Dev Gautam is the mediator for the two communist Mao-Uml,. The Bikram Betaal story will end if somebody irritates the Bamdev, the secret lies there to be frank. Ramro Prastuti cha boss, like it

Chanakya Niti · Aug 1, 2011 8:46 PM

Interesting writing. I had been missing Laksman Gamnage's articles since a long time. Thanks for sharing.

adhikari_bandhu · Aug 2, 2011 10:18 AM

Interesting writing. I liked it too. https://www.youtube.com/watch?... Last edited: 13-Nov-19 09:14 AM

Logan · Nov 12, 2019 11:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion