रोजको पुरा हुन नसकेको अनित्म भाग - १३
जे होस् जिन्दगीमा एउटा रमाइलो अनुभव भयो, एकै रातमा दुइजना केटीसाथिहरु
सँग सुते, एसको फाईदा भने पछी धेरै नै भयो
११ बजे उठे, अब Leicester ma बस्न ३-४ दिन
मात्र बाँकी थियो, त्य्सैले अबको २० दिन को
यात्रााको टुङगो लगाउनु थियो मलाई,
२-३ घण्टा नेटमा
बिताये, www.hospitlatyclub.org
र www.lonelyplanet.com मार्फत धेरैले मेरो मेलको रिप्लाई गरेका रहेछन…..तीन वटा साइटमा सकेसम्म सबै
टाइम बित्यो। जहाँ जहाँ फ्री र सस्तोमा बस्न पाईन्छ त्यतै त्यताइ जाने बिचार थियो, lonelyplanet बाट एउटा बुढा ले Essay भन्दा लामो email reply गरेछ, उ 70s मा नेपालमा ४ बर्श बसेको
रे, अबको २ दिन उस्को (Birmingham) मा बस्ने निर्णय गरे, ट्यस्पछी Coventry मा एउटा केटीको घरमा ३ दिन अनी लन्डन हुँदै पेरिस जाउ
जस्तो लाग्यो। पेरिसमा मान्छे खोज्न थाले, जन्हा इच्चा त्यहा उपाय, १०-१५ जनाको profile हेरे, एउटै मेलमा नाम चेन्ज गर्दै copy paste गरी पठाये, अर्को option को रुपमा Edinburgh (Scotland), Porto (Portugal) र Malaga (Spain) तिर पनि contact गरी राखे , अब शुरु भयो टिकेट हेर्ने काम, (खल्तिमा पैसा छैन) tara युरोपमा ट्राभल गर्न पैसा हैन idea चाहिन्छ भन्ने कुरा थाहा
थियो। Budget
airlines को
साइट हरु हेर्न थाले, मेरो सबै भन्दा फेब्रेटे
हरु थिए
Ryanair, ThompsonFly ra Easy jet.
आज इङ्ल्याण्डमा ठुलो चाड जस्तै छ, जताततै हल्लाई हल्ला,
के हुने hola कसले के गर्ला भनेर। किनकी
आज इङ्लाय्ण्ड र ग्रिसको फुटबल म्याच हुँदै रहेछ।
दिउसो पत्रकार हरु सँग भेट्ने कार्यक्रम थियो ,
ठुलै मान्छेए बने जस्तो
लाग्यो, अनी
फेरी साँझ ३ बजे सिटी मेयरले हामीहरुलाई लन्च्को लागि बोलायको थियो। हामीले धेरैनै
काम गरेका थियो सिटिमा। फेरी यो Amazing मोरो त volunteer गर्न गएको रे तरुनिहरुसँग मात्रै मस्ती गरेछ भन्ने हो कि भनेर
एसो लेखेको तर तिनी कुराहरु लेख्यो भने त कसले पढ्ला र मेरो यो अनुभव्
सिटी मेयरलाई सिटिहल्मा भेटियो, पत्रकारहरु पनि आए,
रमाईलै भयो,
साझको फुटबल पनि हेरियो,
इङ्ल्यान्ड्ले जित्यो,
बार र पब्को बिज्नेस
बढ्यो। आफुलाई भने रोजकै ध्याउन्न छ।
हिजोको राती, त्यो धकेलेको कुरा, अनी फेरी मेरै बिस्तारमा सुतेको कुरा सम्झिन्थे के
के सोच्थे के के। जे होस् उनिहरुलाई छोडेर आएको कुरामा उनिथरुले त्यती mind नगरे जस्तो लाग्यो,
मलाई पनि एस बारेमा
कुरै निकल्न मन लागेन। घर पुगेपछी उनिहरुले नै कुरा खोतल्न थाले 'Why did u
leave us yesterday suddenly?
मैले पनि सिधा तरिकाले भने ‘Just I was feeling
sleepy and I don’t wanaa be obstacle’
रोज बिचमा फेरी प्वाक्क बोली 'But you walked
away like chicken’ मलाई त अब रोज पक्कै आफ्नै भइसकी जस्तो लागि सक्या थियो तर त्यो कुरा सुनेर साह्रै
नराम्रो लाग्यो, मैले त उनिहरुकै मस्तिको लागि त्यसो गरेको थिए तर के थाहा त्यस्तो सोच्लान भनेर।
अझ त्यसइमा फेरी थपी 'That was not good at all’ म केही बोलिन।
ल आज सबै जना फेरी क्लब जाने भन्न थाले, आज सबै ग्रुप्मा जने रे अनी
ड्रिन्क्स्को पैसा पनि हाम्ले तिर्नु नपर्ने, म त क्लब जादा जादा दिक्क भाई सक्या
थिए, बिना कामको
टेन्सन मात्र, तर सबै जाने भएपछी एक्लै बस्न पनि मन लागेन। मैले रोज र डिम्पल्लाई स्पटिकरण दिदै
थिए।
क्लब्मा त्य्स्तै त हो नि, केटीहरु भुत लागे जस्तो गरी नाच्छन,
अझ Serbian त जस्लाई देख्यो यू सँगइ
दुबइ हात उसको कम्मरमा मा टाउको को वरपर राखेर आँखा झिम झिम पार्दै नाच्ने,
१० मिनेटमा ३ वटा केटा
त फेरी होली उसले।
रोज पनि एक्लै एक्लै नाच्दै थीइ, एउटा तालु खुइले ले उसलाई
साइड दिदै थियो, रोज जता जता नाच्छे उतै उतै जाने, अनी आँखाको ईशारा पनि दिदै थियो। रोज भने आफ्नै शुरमा
थीइ, गर्दा
गर्दा त्यो खुइले रोजकै अगाडि पुग्यो, उ भने थाहा नपाए जस्तो गरी नाच्दै थीइ। मैले त्यो द्रिश्य
हेरिरहे. १० मिनेट जती भयो त्यो खिलेले
छोड्दैन, रोज
प्रतिकृया बिहिन थीइ, पछी उसले रोजको कानमा के भनेछ, रोजले हातको ईशाराले के के भन्दै थीइ त्यो खुइलेलाई। मलाई पनि
अती भयो, रोज
र उ नाचेको बिचमा गये र बिस्तारइ रोज तिर नै फर्कदै नाच्न थाले। उ सँग अरु कोइ नाच्यो
कि मलाई इर्श्या लाग्थ्यो, उ पनि म सँग हात समाइ समाइ मस्ती नै मानेर नाची। प्रत्यक अङ
अङ्ग्ग थाहा भाई सक्या थियो जाबो हात त के ठुलो कुरा भो र।
मैले त्यही बेल उसलाई चुम्बन गर्ने कोशीस गरे उसले रेड
सिग्नल दीई, खै किन हो दैब जानुन, फेरी अर्को काले केटा रोज
र म भएतिर आएर रोज सँग नाच्ने कोशीस गर्दै थियो, काले मोराले आँखाको ईशारा दिदै थियो, मैले उसले नजानिदो किसिमले
त्यो काले केटालाई छेके, उसले मेरो कानै निर आएर भनी, ' I know how to protect myself’' मलाई अती नै झोक चल्यो,
त्यै बेला उसको हात
समातेर ताने, उ पनि पछी पछी अैइ, त्यो डिस्को को चर्को आवाजमा कुरा गर्न नमिल्ने भएकोले ट्वाइलेट्
जाने गल्लिमा ल्यायको थियो जन्हा जोडा जोडीहरु थुतुनो जोड्न र चुस्न मै मस्ती थिए।
मलाई पनि रिस अती नै भाईस्क्य थियो, ‘Wot the
Fccck, Im just trying to help you out’ भने
उ पनि जङिदै भनी ‘I don’t need any
security , I know how to handle the things’
‘Ok go and save yourself, go go’ एस्पाली धकेल्ने पालो मेरो
थियो, उ पनी
मलाई हेर्दई नहेरी मस्केर गइ, मलाई अती रिस उठे पनि बिस्तारइ धकेलेछु, के गर्नु माया त लाग्छ नि
फेरी कतै चोट पर्छ कि भन्नु पनि सोच्नै पर्यो .मन फेरी
गरुङगो भयो, हिजो राती अर्थात आज बिहान मात्रै त्य्स्तो भएको फेरी अहिलेनै झगडा, तर सहनु पनि सिमा हुन्छ नि।
म अाफु नै अती झुके जस्तो लाग्यो, तर फेरी अर्को मनले सोचे हिजो राती किन मेरो रुममा अैइ त उ?
जती हिंड्न नसक्ने
भएपनी राती राती घरसम्मा हिंडेर आउन सक्नेले आफ्नो कोठामा जान सक्दैनन? के मलाई जोकर बनाउनु उसको
टार्गेट थियो, म एक्लै सोचिरहे।
कहिले अपिल गर्न सकेन रे, कहिले भित्तमा ठोक्किने गरी धकेल्या
छे, कहिलेय
लिभ मि अलोन, अब मैले के बुझ्ने। सोझो मनले सोचे, आँफै प्रती दया लाग्यो, उसले मलाई बाल नै दिएकी हो। म अब
उ सँग बोल्दै बोल्दिन भने, हुन त उसलाई के नै हुन्थ्यो र, पर्ने पिर मलाई हो, मन पराएको मैले हो,
त्यही पनि म त्यती
झुकेर दबिएर माया पाउन चाहन्नथे जहाँ मेरो कुर्नै उपस्तिथिको कुनै महत्व नै छैन। उसलाई एक्लै छोडेर गयो भने Chicken जस्तो रे, Protect गर्न खोज्यो Overreacting गर्यो रे। केटीहरुलाई बुझ्नै गाह्रो,…. मलाई सिम्पल केटी बुझ्न गाह्रो पर्दैन तर यि रोज जस्ता
अती सुन्दर नारिहरु भने अती नै complicated हुन्छन। जती बुझ्यो उती गहिरो
त्यही झोकमा म सर्बियन सँग नाच्न थाले, उ बबाआल केटी रहिछे,
५ सेकेन्ड मै दुबइ
हातले मेरो गर्धन मा समाइ अनी कपाल पनि हल्का हल्का हल्लाउदै नाच्न थाली, सँगइ रोज थीइ देखे पनि नदेखे
जस्तो गर्दै थीइ। सर्बियन सँग मस्ती भयो, भित्र भित्रै मन जलेपनी ओठ हासी रह्यो मेरो। त्यो रात
पनि रोज र डिम्पल सबै भन्दा ढिला घर आए, म सर्बिएन सँग आए।
मेरो प्रतिशोध अनी रोज पर्तिको इर्श्या सबै सर्बियनमा
आएर पोखियो।उ सँगको रात अती नै रमाइलो भयो, अहिले उ र म किचन मा छौ, म सदा झै आफ्नै ठाउमा छु, रोजको ठाउँ उसले ओगटिके छे.
कुरा घुमाइ फिराइ गर्न आउदैन, म त सोझो मान्छे। एउटा जवान केटो, मलाई सर्बिएनले धेरै ठुलो आश देखाइ। रोजसँग ५ दिन
को संघर्शमा पाउन नसकेको कुरा सर्बिएनले ३० मिनेटको गफमै देली जस्ती गरी। रोजले दिएको
तिरस्कार अनी, भित्र भित्रै जलेको मेरो
मनलाई त्यो भन्दा ठुलो बदला लिने मौका शायदै मिल्थ्यो।
मध्यानतर (अहिलेको लागि समाप्त )
सर्वप्रथम त यो मेरो डाएरी पढिदिनुहुने सबैलाई धेरै धन्यवाद, त्यसइमा जस जसले पढिदिनु भयो आफ्ना अमुल्य दुई
शब्द हौसलाका राखिदिनु भयो, सबैलाई धन्यवाद। साझाक एक से एक राइटरहरुको
कमेन्ट पाउदा मेरो मन अती नै हर्सित छ
रोज डाएरी साह्रै लामो छ, हुन त मैले यि सबैलाई सट्कट्मा लेखेको
भये पनि हुन्थ्यो तर मलाई त्यसो गर्न मन लागेन र प्रर्त्यक दिनको अप्डेट गर्दै छु किनकी
रोजसँग बितेका मेरा हर पल, हर दिन अती नै महत्वपूर्ण छन, शायद जीवन्भर सम्झिरहन्छु होला।
तर अचानक मैले यो डाएरीलाई एही बिसाउनु पर्ने बेला भएको
छ, कुनै कारणबस
म अहिले अरु लेख्न असमर्थ छु। अहिले डाएरी बल्ल पाचौ दिनमा चल्दै छ। लेख्नु पर्ने कती
छ कती। नमरी बचेँ कालले साचे कुनै दिन फेरी निरन्तरता दिनेछु। तर जिन्दगीकै भर छैन
भने जाबो मान्छेएको के भर, आज यहाँ भोली कहाँ हो कहाँ, त्यसैले के थाहा यो डाएरी पनि एत्तिकैमा
पूर्ण बिराम लाग्छ कि।
तर अहिलेको लागि भने म सबै तपाइहरुबाट बिदा हुन्छु। मैले
सोचे भन्दा धेरै धेरै राम्रो रेस्पोन्स पाये, गल्ती त अवस्य कती छ कती तर यो मेरो
नेपालीमा लेखेको पहिलो प्रयास हो, भाषा, शुद्द, अशुद्ध को कुरै नगरु प्रत्एक वाक्य पिच्छे गल्ती छ तर पनि भाषा
एउटा माध्यम मात्र हो भनी पढिदिनु भयो, त्य्सैमा खुशी छु। शायद धेरैले रोज डाएरी पढ्नु भयो होला
अहिलेसम्मा ७२००+ क्लिक भैसकेछ। अब यो बिदाइको बेलामा एसो यो डाएरी प्रती तपाईंलाई
लागेको दुई शब्द कोरिदिनु होला, कस्तो लाग्यो भनेर ताकी मलाई पनि थाहा होस् तपाईंले पनि यो पढनु
भो भनेर। अहिले सम्म Silent Readers को को हुनुदोरहेछ मलाई पनि चिन्ने मौका मिल्थ्यो कि, अनी फेरी तपाईंहरुको सुझाव र सल्लाह पाये भने पछी पछी
आफुलाई सुधारने प्रयास गर्ने छु.
थालैमा अक्षता पाती
बिदा बादी भएर जाम साथी