[Show all top banners]

Bennedict
Replies to this thread:

More by Bennedict
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Bir_Nepali
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरो नेपाल यात्रा

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 7135 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-09-22 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

हुन त साझाहुदो म आँफै फुक्दै बसे, म नेपाल पुगे १५ बर्षपछी भन्दै। अब धाक लाको त हैन, कयौ नेपाली हरेक बर्ष नेपाल पुग्छन नेपालबाट आउछन। तर मेरो भ्रमण् चाँही बिशेष नै रह्यो भनौ, किनभने म यो १५ बर्षको बिचमा एकचोटी नि नेपाल गईन, भित्रबाट जाउ जस्तो पनि कहिले लागेन या नेपाल त्यस्तो मिस पनि भएन। जे जस्तो नेपाल सम्बन्धी समाचार छ, न्युज छ अब युटुब, ईन्टरनेटबाट थाहा त भैहाल्थ्यो हैन, अनी अरु बेला साझा छदै थियो। अब कुनै स्क्यान्डल होस् या यस्तै कुनै भाईरल ब्यक्तीबिशेष साझाले त अगाडि नै ल्याइदिई हाल्थ्यो र हाल्छ पनि।

नेपाल जाने कुनै प्लान चै थिएन भन्नुपर्दा, तर अकस्मात् जाने कार्यक्रम बन्यो भनौ, यसमा आफ्नै ब्यक्तिगत कारणहरु पनि छन। जाने बेला त तर्साउनेहरु धेरै आए, अब मलाई कल्चरल शक हुन्छ, काठमाडौंको पानीले बिरामी बनाउछ यत्रो १५ बर्ष बाहिर बसेको मान्छेलाई, आफु गाँउबाट आएको जस्तो फिल गर्छस, जमाना धेरै अगाडि पुगिसक्यो आदी आदी। मेन्टल्ली म रेडी नै थिए। अब पलुशन, पपुलेशन त देखिराको हो, युट्युबमा, समाचारमा, कती नै गाहारो होला र? भन्दै म खन्डन गर्थे। तर म गलत थिए, मलाई नेपाल पुगेर थाहा भो।

खैर, दुइटा प्लेन, बिचमा लामै त्रान्जिट आदी खेपेर पुगे नेपाल। जेटल्यागले हो कि के हो, मलाई चै छाती पोलेर हुनुसम्म भईराको थियो। दुई दिन सम्म फ्लाइटमै रहेछी के के हुन्छ मान्छेलाई हेर्नुस् है। खैर, अब सफा एयरपोर्ट, बाटो घाटो, अर्गनाइज्ड बिल्डिङ प्लानिङ हेर्दा हेर्दा अभ्यस्त भएका मेरा आँखा काठमाडौं ल्यान्ड गर्न लाग्दा प्लेनको झ्यालबाट देखेको द्रिश्य देखेर झस्कदै त थियो नै। गुज्मुज्ज घरै घर, फोहोर देखिने तुवालोजस्तो माथि, के के हो जस्तो देखिने हुलै हुलको झुन्ड। उत्रिईयो नेपालको एयरपोर्टमा!

भित्रको आवश्यक फर्मालिटीपछी निस्कियो बाहिर। बाहिर ढोका खोली निस्कन्छु त एयरपोर्ट्को स्वरुप नै चेन्ज भएछ, अराइभल र डिपार्चर नै फरक ठाँउबाट बनाएका रहेछन। बाहिर त अजङको बस-टेम्पो-ट्याक्सी पार्क गर्ने ठाउँ पो बनाएका रहेछन, अनी चारै तिर घरै-घरले घेरेका। हे राम, अनी सबै तेस्तै फोहोर देखिने। म तर्सिसकेको थिए। अनी त्यो भन्दा नि बेसी, ट्याक्सी ड्राइभरहरुको हान्-थाप। सबैलाई हाम्रो मान्छे आउछ लिन भन्दा भन्दै पनि जो पनि पछि लागेर हैरान। मेरो कजनहरु आउन ढिलो भयो, तेसै केहीबेर उभिन पर्ने भयो। पछि आए पनि, सामान धेरै थियो अब नेपाल जाने भने पछि अमेरिका बासी आफन्तहरु के के भिडाउछन-भिडाउछन। कजन आएपछी सामान राख्न गाहरो भएकोले २-३ ट्याक्सी ड्राइभर हेल्प गर्न आए। अब हेल्प गरेछी त केही दिनै न पर्‍यो, नेपाली पैसा पहिले भएको हुनाले, नेपाली पैसा दिन खोज्दा त "यसो बाहिरको नोट पाउन हजुर" भन्दै एक जनाले आफ्नो डलर, पाउन्ड भाको वालेट पो देखाउछ हो। आफु त अहिले डलर बिल युज नगरेको धेरै भैसक्यो हो, जे कुरामा पनि क्रेडिट कार्ड चलाऊने बानी, अब कहाँ डलर राखेर हिंड्नु? छैन भन्दा त मुख बिगारेर मुख छाड्दै पो थियो हो। अब के भन्ने के? आफु त तेही जन्मियो केही नलाग्ला, अब बिदेशी, फरेनरहरुलाई के गर्दा हुन, त्यस्तो एत्तिट्युड देख्दा। एनिवे, दुइटा गाडीमा सामान राखियो अनी हुइकीयौ घरतर्फ। गाडीमा बस्ने बेला मेरो कजन भन्दै थिए, "यी ट्याक्सी ड्राइभरहरु तेस्तै हुन, को नेपाली अमेरिकाबाट आएको र को कतार, खाडी मुलुकबाट यिनिहरु हेरेर थाहा पाउछन अनी तेही अनुसार ट्रिट गर्छन्" यो सबै सुन्दा त दु:ख नै लाग्यो भनौ। नेपाली त नेपाली हौ नि हैन, जताबाट आए पनि।

अलिकती मेरो पूर्व लेखहरुको बारेमा फेरी भनौ। मैले पहिले पनि लेखिसके, मैले नेपाल छाड्दा माओवादीहरु भूमिगत थिए, दुर्गम जिल्लाहरुमा उधुम मच्चाइराका थिए, कहिले डोल्पा, कहिले दुनैमा हजारौ निर्दोष नेपालीहरुलाई मार्दै थिए, सो कल्ल्ड "जन-सफाइ"को नाममा, देशमा सन्त्रास थियो, अब कती खेर काठमाडौं पनि झडपमा पार्नेछौ भन्दै त्रास फैलाउदैथिए, भएका संरचनाहरु ध्वस्त बनाउने उपक्रममा थिए। काठमाडौंमा पानीको अभाव थियो, सबसे मेन कुरा बिजुलि-लोड शेडिङले उत्पात मच्चाईराको स्थितो थियो। स्कुलमा जाच हुँदा बत्ती गएर पढ्न काम गाहरो हुन्न थियो र, ओह हो मलाई याद आउछ, गर्मीमा लखतरान परेर आयो, अनी नुहाउन जादा पानी छैन, कम गाहरो थिएन र, राजधानी बसे पनि हालत खराब थियो। मैले देश छोड्दा चै म एक हिसाबले फ्रस्ट्रेटेड थिए। केही ब्यक्तिगत कारण्हरु पनि रहे। यहाँ केही हुने वाला छैन यस्तो ठाउमा बसेर भन्थे मनमनै। अनी आर्मिले पनि बेला बेला ब्याग चेक गरेर नराम्रो बिहेभ गर्थ्यो, झोला बोकेर साथीहरुसँग हिंडेको देखी कि माओवादीको कार्यकर्ता सम्झन्थ्यो कि क्या हो। मलाई कसैले सोध्छ भने माओवादीहरुप्रती बिशेष नै घ्रिणा छ है, अब कोही होला यहाँ माओवादी सपोर्टरहरु, तर हेर्नुस्, तेत्रो मान्छे मारेर, तेत्रो इन्फ्रा-स्ट्रक्चर भत्काएर, तर्साएर, त्रास देखाएर सत्तामा आएर नि के नै नापे त यिनिहरुले? आफु आफु मिल्न सकेको हैनन, अझ उनिहरुको घमन्ड चै के के न गर्छु भन्ने। अब पनि भनेको भएन भने जङल पसेर तान्डव देखाउछु भन्छन कि? कहिले काही लाग्छ तेत्रो मान्छे मारेको केही दण्ड, दोष केही लाग्दैन कि यिनिहरुलाई? अनी सबैभन्दा मलाई रिस चै तेती खेर उठेको थियो, जब मैले सुने, यो सब बर्षौ भईराको लोड्-शेडिङ चै सबै "कृत्रिम" थियो रे, सबै ठेकेदार, सरकारी घुस्या कर्मचारी मिलेर गरिएको नियोजित षडयन्त्र। हुनै नपर्ने लोड्-शेडिङको मार कती बर्ष खेपे मैले। ओह हो, अनी को को त्यो दोषीहरु भन्दा नि थाहा छैन, दन्ड पाउने कस्ले? तेही एयरपोर्टबाट कती किलोग्रामको सुन हराको जस्तै होला यो सबै काण्ड हैन?

खैर, यो कुराहरु त भईराख्लान नि हैन। गाडीमा चढे, थकित र अनभिग्य। गाडी निस्कदै थियो, तीन कुने, सिनामंगल हुँदै, अनी बिस्तारै सुरु भयो मैले पाउने "कल्चरल शक"हरुको सिलसिला....

क्रमश:
(नेपालीमा यती लामो लेख्न गाहरै हुन्छ, अनी फेरी ग्राम्मर मिलाई मिलाई, म लेख्दै गर्नेछु, ट्रोल गर्नेहरु अलिकती काइन्ड भइदिनु होला है।)

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-10-22 11:15 AM     [Snapshot: 298]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुजी बेने डिक, इल्लेगल अम्रिका छिरेर बल्ल बल्ल १५ वर्ष पछि advance parole मा नेपाल गाको मुजी लाइ आफु जन्मेर हुर्केर बढेको ठाउँ जादा shock पर्यो रे .......
 
Posted on 07-10-22 11:23 AM     [Snapshot: 308]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

यो लेख पढ्दा एकजाना मित्र्ले हत्तिको खाने दात एऔटा देखाउने अर्को हुन्छ भन्दा आफुले त्र दात भनेको दात नै त हो किने तेति सारो कस्रथ गर्नु हुन्छ हावा चिजमा भनेर सोधेको याद आयो । सम्झना पनि अनौठो चिज हुने रैछ । कुनै पनि लेखको भाव बुझ्न भासा मात्र बुझेर हुदैन रैछ । अब सझाका "जाने-बुझेका" भनौदाहरुले मैले नै यो लेख नबुझेको आरोप लाउनेछ्न अवश्य पनि, मलाई गाउँबाट आएको लठेब्रो, केहि नजानेको, ईन्ग्लिस गीत, र्याप, मेट्ल नसुनेको आदि भन्नेछन भनिरगुन झिन्गाले ईख गरेर डिन्गा मरेको कैले सुनेको छैन मैले। भुक्ने कुक्कुरहरु भुकेर मलाई केहि फरक पर्दैन । तर टुपाक सकुर देखि पोस्ट मलोन सम्म, ब्ल्याक सबाथ देखि मोट्ली क्रु सम्म सबई सुनेको छु, ब्राएन याडम्सको फ्यान हुँ।
 
Posted on 07-11-22 8:18 AM     [Snapshot: 478]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo thotro camry ,lathyabro yeta ni aayera halla garna thalecha . Otherwise writing is very nice and detailed tks
 
Posted on 07-11-22 7:25 PM     [Snapshot: 579]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डिके हनालजी,
केही कुरा खुलस्त गरौ।

म इल्लिगल अमेरिका छिरेको - गलत
एड्भान्स प्यारोलमा नेपाल गएको - गलत

प्लिज यसरी अजम्शन नगरिदिनुहोला।


@ब्रेन एयाडम ज्यु,
यदी तपाईं लोगनजि को अर्को रुप हो भने चै "this is the height of being pathetic " बाँकी तपाईंको बिचार। लोगनजिले तपाईंलाई सपोर्ट गर्नुभाको छ, केही बुझेर त होला नि, मैले चै तपाईंको नेपाली बुझेन, अनी तपाईंको छेड पनि बुझेन।

बाँकी सबैलाई मेरो ह्रिदय देखी धन्यवाद छ।

 
Posted on 07-11-22 7:31 PM     [Snapshot: 586]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भ्रमणमा म धेरै समय त नेपाल बसिन अनी अरु जिल्ला त्यस्तो त घुमिन। नत्र अरु कुराहरुको बारेमा पनि लेख्न सक्थे होला। पहिले हुँदा पनि त्यस्तो सार्हो त घुमेको थिएन। तेही घुमेका ठाउहरुमा अहिले भन्नुपर्दा चरिकोट, जिरी, बाजुरा, लुम्बिनी, भैरहवा, खस्यौली नै हुन। बरु छिमेकी मुलुक भारत चै तल देखी माथि सम्म अल्ल अराउन्ड सबै घुमे, स्कुलको एक्स्कर्सन यस्तैमा गईयो भनौ। अहिले कती पछी जाँदा पनि काठमाडौं बाहिर जान सकिएन। मैले लेखेका यि कुराहरु मलाई शकिङ लाग्दैन थियो होला यदी म टाइम मिलाएर बेला बेला नेपाल गएको भए, म चै कुवाँकै भ्यागुता जस्तो भए। तर मैले यहाँ लेखेका कुराहरुले चै नेपाल भएका-नभएका दाजु-भाइहरु अफ्फेन्ड चै नभैदिनुहोला। अब भर्खर अमेरिका आउने नेपालीहरुलाई त मेरो कुरा बकवास लाग्ला। यो लेख चै तेती सिरियसलि नलिदिनुहुन अनुरोध छ। जे भएनी आफु म स्वयम पनि तेहिको हावा, पानीमा हुर्केको नेपाली नै हुँँ। त्यो गीतले भने जस्तै, जसो गर, जे गर जतासुकै लैजाउ मलाई, यो मन त मेरो नेपाली हो नै। अहिले पनि नेपाली खाना नै खाइन्छ, नेपाली कल्चर, सन्क्स्रिती नै फलो गरिन्छ हजुर।

खैर,अब शकहरुको सिलसिला त भने, अनी अब माथि हेर्नुस् कस्ता कस्ता कमेन्ट पनि आउँदैछन। एक हिसाबले आई वज एक्स्पेक्टिङ दिस। अब जाउ मेरो रेभेलेशन तर्फ।

# शक ४
गाडी, मान्छे-मान्छेको भिडपछी मलाई सबैभन्दा अजिब लागेको चै पसलै पसलको लश्कर। कती धेरै पसल हो गाठे। जता हेर्यो तेतै पसल, ब्यापार गर्ने हरुको तछाड-मछाड। सिटिको कुनै बाइ-लज, रुल्स, रेगुलेशन भन्ने नै छैन कि क्या हो? अहिले त कुनै टोल हेर्यो भने, त्यहा सबै पाइने रहेछ। तेही ठाउमा गहना पसल, तेही कपडाको पसल, तेही रेस्टुरेन्टहरु, तेही मोमो पसल, तेही किराना पसल, तेही साइकल मर्मत पसल, तेही मासु पसल, तेही भाडाकुडा पसल। ओह हो। पहिले जस्तो अब गहना पसल खोज्न, खिचा-पोखरी या न्यु रोड जानुपर्ने जस्तो हैन रहेछ। कपडा किन्न बिशाल बजार या कुनै कम्प्लेक्स जानुपर्ने छैन रहेछ। सबै वरि-परी पाइने। तर १५ बर्ष अघी पनि प्लानर, आर्किटेक्टहरु काठमाडौं यस्तो बनाउने, उस्तो बनाउने भन्दै कुर्लन्थे हो, अहिले चै के भए होलान ती सबै ठुला ठुला गफहरु? बाटो-घाटो, जोनिङ गरिएको प्लानिङ भनेको कता गए? मलाई त यो १५ बर्षको टाइममा यहाँ के भएछ? के डिज्यास्टरले स्ट्राइक गरेछ नि जस्तो भो।
खाली हाउजिङ र अग्ला अग्ला बिल्डिङ कम्प्लेक्स बनाएर अनी आफ्नो डिजाइन भन्दा बाहिरको एरिया चै बाल्-मतलब गरे जस्तो फिल भो। हाउजिङभित्र, मोडेर्न बिल्डिङको ईन्टिरियर हेर्दा त ओह हो, बिदेशै पुगे जस्तो छ नि, अनी हाउजिङ, तेही बिल्डिङ बाहिर खुट्टा टेक्नु, फोहोर्-मैलाको डुङुर, तेही छाडा हिडिरहेका गाइहरु, भुस्याहा कुकुरहरुको बग्रेल्ती। एउटा समस्या देखे पो। मेरो घर-कम्पाउन्डबाहिर चै मेरो सरोकार हैन भने जस्तो देखे। हुन त यता पनि हामी तेस्तै सोच्छौ, गर्छौ होला, तर तेस्तरी फोहोरको डुङुर फाल्न, पब्लिक एरियामा हत्पती फोहोर गर्न चै डराउछौ नै। अब यहाँ प्राइभेट घरको र पब्लिक स्पेसको भित्तामा कोही आएर रातमा ग्र्याफ्फिट्टी कोर्यो भने कत्रो अफेन्स नै मानिन्छ, गर्नेले त गर्छन् रिस्क मोल लिएर, तर उता चै जता फोहोर नफाल भन्या छ तेही गएर रातिको समयमा फोहोर फाल्यो, कसले पो देख्या छ र? जहाँ जस्ता-पाताले बन्दै गरेको प्राइभेट प्रपर्टी घेरेको छ, तेही जस्ता-पातामा गएर फिल्मको पोस्टर टास्देको छ। गनगन गरेको लाग्ला तपाईंहरुलाई, गुनासो को पोको फुस्काउदैछु भनेर लीइदिनुहोला।

# शक ५
आफ्नो प्राइभेसीमा मान्छेहरु फोहोरी नै हुन्छन, यस्मा दुई मत नहोला, तर यहाँ त के हो, पब्लिक एरियामा खुलेआम "ह्याक थु" गरेर घाटिको खकार उक्काएर पब्लिक बाटोमा फालेको देखे, एक दुई केस भए पो कोही कोही तेस्तै हुन्छन भन्नु हो। म्याक्सिमम मान्छेहरु चै थुक्ने र सिङान फ्याल्ने बानी भाको देखे, बाहिरको फरेनरहरुले यो सबै देखेर के भन्छन होला। अजिब त तेतिखेर भो, गाडीमा थिए, एक्जना केटो एउटा हाथले एउटा नाकको प्वाल बन्द गरेर अर्को प्वालबाट बिना सिङान छोएर फोर्सका साथ गाडी अगाडि सिङान फ्याल्छ पो हो। हत्त। धन्न मलाई त उल्टी आउन मात्र बाँकी थियो यस्तो सबै देख्दा। किन यस्तो बानी राखेको होला मान्छेहरु? हावामा धेरै पल्युशन भर हो कि? म एक महिना बसे, मैले त बाटोमा थुक्ने, सिङान फाल्ने गरेको जस्तो त लागेन।
अनी अर्को सबैभन्दा मेन कुरा जसले गर्दा आइ वज सिरियस्ली डिस्गस्टेड। मैले देखे मोस्ट अफ दिज पिपल अन दि स्ट्रीट, जो आफ्नो सानो-तिनो ब्यापार गर्दै थिए, उनिहरु चै कुनै शेम बिना नाक कोट्याएर थिङ पसल कुर्दैथिए। इज दिज फर रियल, म्यान? कामलाई सानो ठुलो म भन्दिन, तर हेर्नुस्, तपाईं आफ्नो सामन बिकाउनुहुदैछ, अनी त्यस्तो हरकत गर्ने? सबैले देख्ने गरेर? किन्ने मान्छेहरुलाई घिन लाग्न सक्छ। तर मलाई लाग्यो, त्यहा पिपल आर डिसेन्सेटैज्ड, पब्लिक एरियामा थुक्नु, सिङान फ्याल्नु, नाक कोट्याउनु इज नो बिग डिल। एक्सेप्शनहरुमा चै अली राम्रो लुगा लगाउने, बाहिरकै जस्तो फैशन गर्ने, चाल्-धाल गर्नेहरु चै गर्दैन थिए त्यस्तो। तर दे आर डि माइनोरिटी होला यहाँ। मलाई यस्तो लाग्नुको कारण म अर्को प्याराग्राफमा भन्नेछु।

# शक छ 
पर्तिवर्तन त संसारको नियम नै भनिन्छ हैन, तर यहाँ चै मैले ठुलै परिवर्तन पाए काठमाडौंमा देखिने मान्छेहरुको केसमा। मैले के नोट् गरे भन्दा हुलका हुल बनाएर गैर-नेपालीहरु हिंडेको चै प्रशस्त देखे, नेपाली मधेसी हैन, बरु छिमेकी राष्ट्रको जनताहरु। मेरै टोलमा पनि कत्ती ठुलो ठुलो घर उनिहरुले किनेका रहेछन, पहिलेको नेपाली टोल त अहिले मदिसे टोल हुन लाको रहेछ। अनी मैले सुनेको चाइनिजहरु पनि टन्नै थुप्रेका छन रे, देख्न त देखिएन। यो अब राम्रो हो कि हैन, भविश्यको लागि तपाईंहरु बिचार गर्नुस् है। तपाईं हामी जस्ता काठमाडौं जन्मेका या पहिले देखिका रैथानेहरु मोस्ट्ली बाहिर मुलुक पुगेका छन हैन, अनी देशमा चाँही बिदेशीहरु थुप्रिएका छन, तेही बस्छन, काम गर्छन्, भाषा पनि सजिलै सिक्छन।
हामी चै अपर्च्युनिटीको तलाशमा कहाँ कहाँ छौ, अनी गैर्-नेपाली मान्छेहरु चै तेही नेपालमा अपर्च्युनिटी बनाउदैछन। खैर, पहिले यस्तो थिएन हो। माओवादीले काम गरेर खाने बातावरण नै बनाउन दिएको थिएन, काम गर्छु भन्नेलाई नि उठिबास लगाउनेहरु यिनिहरुको पालामा यस्तो बिधी छिमेकी राष्ट्रको मान्छे ओईरिएको थिएनन जस्तो लाग्छ मलाई। अनी त्यस्तो भनेर सबै काठमाडौं खाली भको छ पनि भन्न मिल्दैन। कती डक्टर, इन्जिनियर छन अझै राम्रो काम गर्दै। उनिहरुको लाइफ्-स्टाइल चै फरक देखे। अनी हुने खानेहरु यहिको जस्तै फैशन गरेको पनि देखे। बाहिर चै हत्पती हिड्दैनन, अब मोस्ट्ली गाडी बिना कतै जादैनन हैन। पहिलेको जस्तो हैन, अहिले गाडी आँफै चलाऊनु, गाडी राख्नु कुनै ठुलो कुरा हैन रहेछ। पैसा चै टन्न भको देखे मान्छेसँग।

क्रमश:

Last edited: 11-Jul-22 07:35 PM

 
Posted on 07-12-22 12:15 AM     [Snapshot: 671]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I felt like I was alien in my own town when I visited last year after like 3 years gap. Saw few old neighbour's and its just them.They alternate their time abroad and ktm for like every 3, 4 months. Horrendous traffic, uncontrolled urbanization that has reached up to base of valley hills , restaurants everywhere, not a single roadside house without shutters , not a single house without rent and mass of ppl everywhere. The only one thing that's not changed is nepali politicians. We still have Shere , Makune, Prachande, Oli, Baburam fighting for government as always. The biggest tragedy is they still winning in election and no party can rule its full term.

 
Posted on 07-12-22 9:02 AM     [Snapshot: 766]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Me is only me the "LOGAN".
साझामा पुराना सदस्य हरुले पुन कमेन्ट गरेको देख्दा खुसि लाग्यो |
यदा कदा कोहि नया नाम लिएर अनि साझालाइ दल दल बनाउने हरुलाइ झड्का दिने कमेण्ट आएकि लोगनले "नया अबतार लिएर" आयो ठान्ने हरु धेरै देखिए | धैर्यको पनि सिमा हुन्छ अनि लाटा छोरा बाउ भन्न सिके झैँ सधै काउसो झैँ त्यो पनि मलद्वारमा चुर्ना सरह सगबगाउदा क्षद्म नाम बाट उनीहरुकै लेबल मा उत्रेर लेखि दिउ नलागेको होइन |
बेनी ब्रो :कुनै बेला तपाइँ पनि मैले तेही श्रेणीमा राखेको थिए तर म त्यो ढेडु दिमाग लिएर बस्ने आदत छैन जो एक लेखमा भएको बिबादलाई साझामा बर्सौ बर्सौ नाम देख्ना साथ् अनाप सानाप लेखि मलाद्वारमा छिर्ने मानसिकता छैन र अहिले सम्म गरेको छुईन | अनि "गणितीय" सम्बन्ध लाइ म मान्दिन र हरेक धागा लाइ निस्पक्ष रुपमा हेरेर टिका टिप्पणी गर्छु नकि फलानो रहेछ भन्दै मानब बिस्टा लेपने काम गरिदैन |
सबै साझामा छिर्ने महानुभाब हरु: ढुक्क हुनुहोस, नया नया अबतार लिएर छिर्ने पर्दैन एक अबतारनै काफी छ भने पृथ्बी नारायण शाह का दिब्य उपदेश " जाइ कटक नगर्नु झिकि कटक गर्नु" भने मान्दै आएको छु |" मौनम स्वीकृतिम लक्षणम" भन्छन तेसैले जाबाफ भने फ़र्काउछु|

 
Posted on 07-12-22 9:44 AM     [Snapshot: 795]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

@बेनिडिक
तिमि जस्तो नकचरो मान्छे आज सम्म कोहि देखेको छैन हो मैले । आफुले चै डिकेहनाल लाई 'प्लिज यसरी अजम्शन नगरिदिनुहोला' रे, अनि मलाई चाई सिधै लोगनजिको अवतार रे बिना कुनै पुरुफ । के हो येस्तो 'अर्काको आगंको जुम्रा देख्ने, आफ्नो आगंको हात्ति नदेख्ने' पारा ? हद हुन्छ नि।

येहि साझामै प्रकाशित यौटा एक्दम रेलेभेन्ट लेख साभार गर्न मन लगेको थियो, तर तेसो गरे फेरि 'तिमि लोगनको अवतार हैन भने गाईको रगत खान्छु' भन्न थालिहाल्छौ तिमि। 'बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिंड, त्यो नि नबुझ्नेलाई सुन्गुरको लिंड' भन्थिन यौटी 'भाउजु', त्येस्तै भो
 
Posted on 07-12-22 10:45 AM     [Snapshot: 833]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगनजी,
मेरो ठम्याइ गलत भएछ, माफ पाउ होला। अब कोही त छ यहाँ छिन छिनमा नाम चेन्ज गर्दै आउने र अरुलाई इल्लि-बिल्ली गर्ने, खैर कसैलाई कती टाइम हो, गाठे।

अनी ब्रेन एयादम्स जी,
तपाईं को हो नि मलाई थाहा छैन, तपाईंले माथि के लेखेको हो नि मैले बुझिन, कसलाई छेड हानेको हो पनि बुझिन भनेर त मैले भनिसके। तपाईले त्यो हातिको दात देखाउने एउटा हुन्छ खाने एउटा रे अनी सम्झना अनौठो हुन्छ भन्नु भको छ अनी साथ साथै टुपाक देखी ब्राएन यादम्सको फ्यान हुँ भन्नुभको छ, कुनै लेखको भाव बुझ्न भाषा मात्र बुझेर हुँदैन रैछ भन्नुभको छ, पहिले यो सबै घुमाउरो शब्दहरुले के भनेको हो बुझाउनुस् त कृपया?
तेस्-पछी म तपाईंको बारेमा अजम्शन नगरुला, हस?

 
Posted on 07-12-22 10:56 AM     [Snapshot: 822]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो धागोमा छिरेर आफ्नै मुखमा आफ्नो मानब बिस्टा (आची) दल्न यो ढुसीले भ्याई सकेछ नत्र खानानै रुच्दैन| जिउनलाई खाने पर्यो हैन त ?
कसले हो यस्ता ढुसिलाई "खंदुकी" बन्नु हुन्थ्यो , साझामा खंदुकी हरु को जमातको कुनै कमि छैन , नभए पनि नया नया खाता खोलि बढाउदै छन् ?

मैले पनि बेनिब्रोलाई खंदुकी कै श्रेणीमा राखेको थिए (i have mentioned it) नकच्चरो शब्द ठ्याक्कै मिल्यो , कुनै बेला यिनी पनि मैले नकच्चरो कै श्रेणीमा राखे पनि बक्षिमि ( यो भुई अरिंगाल हो जो एक लखेट्न सुरु गरे पछि पानि मा पनि छिरेर टोक्छन र मार्न तयार हुन्छन) जस्तो हुनसकिन र हुने कुनै चाहना छैन , नत्र म (लोगन), म नै हुदिन | |


 
Posted on 07-13-22 12:43 AM     [Snapshot: 1019]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लास्ट पोस्टमा पैसाको कुरा गरेको थिए, पैसा चै टन्न देखे मान्छेसँग भने, अब त्यस्तो लाग्नुको केही कारणहरु छन। सबैजना सँग भक्कुमार पैसा छ भन्न खोजेको चै हैन, सुन्नमा त्यस्तो सुनियो होला। कती पटक केही अरु भन्न खोजेको हुन्छु तर एक्साइट्मेन्टमा लेखेको वाक्यले अर्कै अर्थ लाग्न जान सक्छ। फेरी म साहित्यकार पनि हैन, नेपालीमा यती लामो धेरै पछी लेख्दैछु। हाथले कलम समातेर लेखेको त धेरै भो भन्दा नि हुन्छ, शायद सबैलाई तेस्तै होला। मलाई चै यो मेरो पुराण कहिले सकाउ जस्तो पनि भैसक्यो। रोकिनेको त नाम नलिएको अवस्था छ। तैपनी पढ्नेहरुलाइ रमाइलो भैराको होला। रमाइलो नलागेर झ्याउ लागेको भए अब माफ गरिदिनुहोला।
अब जाउ फेरी शकहरुको सिलसिलातिर।

शक ७
मलाई अर्को ठुलो शक दिएको कुरा चै यहाँको आकाश छुदै महंगी हो। बिगत १५ बर्षमा त महंगी अच्चमै तरिकाले बढेको पाए। अब आफु १५ रुपैया प्रती प्लेट मोमो खाएको मान्छे अहिले चै २०० देखी ३०० रुपैया रे हो। स्टेशनरी पसलमा एउटा पाइलट पेन किन्न गाको थिए, मागे अनी कती होला भाउ भनेको त रु १२० रे हो, यो सुन्दा त अचम्मै लाग्यो, अब मैले १५-२० रुपैयामा किन्थे होला त्यो जमाना, अहिले त ओह हो। पैसाको भ्यालु धेरै भन्दा नि धेरै घटेको पाए। जहाँ यहाँ हामी अझ पनि सेन्ट्-सेन्ट को हिसाब गर्छौ भने त्यहा त १० रुपैया भन्दा तल त केही हैन जस्तो पो गर्छन् हो। भन्नेले भन्लान १२० रुपैया भनेर के भो त? यहाँको एक डलर त भयो नि, तर यसो सोच्नुस् त तपाईंहरु, खर्च चाँही सबै अमेरिकन शैलिमा रे, अनी कमाइ चै कती गर्छन् त औसत नेपालीहरु? बर्षको $५०,००० या $१००,००० गर्छन् त? डाउब्ट नै छ हो। हामीहरु चै यहाँ $१०० भनेको कस्तो महत्व दिन्छौ अझ पनि कुनै अमेरिकनबाट $२० सापट लिनुस् त, कती पटक त्यो मान्छेले "यु ओउ मि २० डलर" भन्दै घोटी बस्छ। हामी पैसाको महत्व दिन्छौ। अहिले हेर्नुस् ग्यासको भाउ बढीरको छ, ग्रोसरीको भाउ बढ्दै छ, हामी कती चिन्ता ब्यक्त गर्छौ। उता त सामानको भाउ बढ्न, बढाउन कुनै औसी या पुर्णे हुँदैन रहेछ।
भाउ बढ्छ अनी सजिलै नेपालीहरुले अस्सेप्ट पनि गरेको पाए। यस् अर्थमा मलाई लाग्यो मोस्ट अफ डि नेपलिज ह्याभ द गट्स टु अफ्फोर्ड द प्राइस इन्क्रिस अनी मोस्ट ईम्पोर्टेन्त्ली दे ह्यभ द मनी। महंगी छ तर पैसा खर्च गर्ने पनि आँट रहेछ मान्छेहरुमा। मेरो प्राइसको बारेमा सवाल-जवाफ देखेर चै मेरो आफन्तहरुले के भने भन्दा "तेरो माइन्ड तेही १५ बर्ष पहिले को स्टेटमा स्टक भको छ"। हो, जमाना धेरै अघी पुगिसक्यो भनेर मलाई उता हुँदा भनेको चै याद आईरह्यो। मेरो त्यो स्टक भको माइन्डले चै हरेक पटक केही किन्दावर्दा मेन्टल अन्तर्द्वन्द चै फेस गर्थ्यो। एक त म आँफै केही किन्न जादै जान्न थिए। अब १०,००० या २०,००० रुपैया लिएर ग्रोसरी गर्न जाने भनेको कुरा चै मैले कहिले पचाउन सकिन, अब कपडा, जुत्ता किन्ने भनेको त झन अर्को टेन्सन लिनु हुन्थ्यो मलाई। अनी फेरी ती सामानहरु अमेरिकन मेड जस्तो राम्रो नि मलाई कहिले लागेन। सरी घमन्ड गरेको हैन, तर कपडा, जुत्ता त यहिको राम्रो र सहि प्राइस तिरेको लाग्यो, नेपालमा त के हो हो।

शक ८
रिङ्गरोडको हालत त अब भगवान आएर केही गरे मात्र केही होला, त्यो ठाउमा। जामको त कुरै नगरौ। थरी थरीको होटल, लज, रेस्टुरेन्ट, घर, पसल, शट्टर, बहालमा बसेका ब्यापार-ब्यसाय के के हुन, सबैले उग्र रूपमा गाजेको पाए। यस्तै कुनै दिनमा एक रिङ्गरोडकै बासिन्दा पर्ने आफन्तसँग भेट्घाट थियो, अनी कुरा चल्दै थियो। उहा चै के भनिराख्नुभाको थियो भने, उहा बसेको तिर बाटोमा हरेक दिन २-४ वटा बाइक एक्सिडेण्ट भईराख्छ रे, मान्छे पनि मरि-राख्छ रे, बिशेष त प्लस टु पढ्ने बिद्यार्थीहरु रे। अब जसरी यो कुरा भन्दै हुनुहुन्थ्यो वहाँ, यो त कुनै क्याजुअल कुरा हो, आई मिन नथिङ स्पेशल जस्तो गरेर। अब हेर्नुस्, पहिले मान्छे मर्नु, एक्सिडेण्टमा पर्नु भनेको ठुलो कुरा हुन्थ्यो अब लाग्छ। अब त सिर्फ एउटा घटना मात्र भको पाए। भनेछी मान्छेको जिबनको महत्व पनि घटेको पाए, जुन चै साह्रै दु:खलाग्दो कुरा हो। अब मान्छे यती धेरै छन, ब्यक्तिगत मान्छेले, सरकारले क-कस्को मात्र केयर गरोस हैन? मैले चै पर्सनल रुपमा एउटा राम्रो लाइफ स्टाइल बिताउने चै ईन्भाइरन्मेन्ट त्यहा पाउन सकिन। अब डक्टर, ईन्जिनियरको लाइफ राम्रो देखे भने, तर यिनिहरु चै अली पोश एरिया जस्तो भैंसीपाटी आदी जस्तो ईलाकामा बसेको देखे, तर सबैजना त डक्टर, ईन्जिनियर हुन सक्तैनन नि हैन। फेरी त्यस्तो ईलाका पुग्न नि हिंड्नुपर्ने बाटो, पुलको हालत तेस्तै हो, के कुरा गर्नु? आफ्नो घर, नेबरहुड मात्र राम्रो अनी बाहिर फेरी तेस्तै छ। जे होस् मान्छेहरु बाचिरका रहेछन। मेरो पुरानो केही साथीहरु, जस्मा १००% मा ८५% बाहिर बिदेश नै छन, र बाँकी तेही भएका सँग कुरा गर्दा त अझ के भन्छन, के चेन्ज भको छ र? उस्तै त छ नि रे। १५ बर्षको ग्याप मैले जस्तो खेपेको भए उनिहरुले नि देख्थे होला जे मैले देखे, खैर।

शक ९
अर्को शकिङ रेवेलेशन मलाई चै भयो जब मैले च्याउ जस्तै फैलीएको हस्पिटल, स्कुल, कलेज, पार्टी प्यालेस र ब्यान्केट हल देखे। कुनै एउटा जोनमा एउटा हस्पिटल बनाउन फिजिबिलिटी स्टडी भन्ने हुन्छ होला, तेस्को कती आवश्यकता छ छैन, त्यस्तो एमिनिटीले कसलाई एड्रेस गर्छ आदी भनेर स्टडी गरिन्छ होला हैन? सिम्पल एक्जाम्पल, रिङ्गरोडको एकै लहरमा कतिवटा हस्पिटल नजिक नजिक बनेको देखे। अब भित्र भित्र त अरु पनि थिए अनगिन्ती। अनी तेस्तै स्कुल, कलेज, पार्टी प्यालेसमा पनि 'नीड अफ एनाल्यासिस" लागु हुन्छ होला हैन, मेरो सिम्पल आर्गुमेन्ट। तर त्यो चै मैले यहाँ देखिन है। अब कस्ले यस्तो नजिक नजिक, यती छोटो पेरिमिटरमा बनाउन दियो, आई ह्याभ नो आईडिया, तर बनेको छ अनी तेत्रो बढ्दो जन-घनत्वको भार पनि थेगेको छ भनौ। स्कुल, कलेज खोल्न त मिनिमम रीक्वाइरमेन्ट पुग्नुपर्ने हैन र लाइक, प्ले ग्राउन्ड, ओपेन स्पेस आदी, तर सबै स्कुल, कलेजले कहाँ मान्नु नि अब। ३ तले फ्यमिली हाउस नि स्कुल रे अब के भनौ।
पहिले पहिले घरमा पार्टी भोज हुँदा, घरकै ब्याक्ग्राउन्ड, नजिक को खेत या बाटो को केही भाग प्रयोग गर्थ्यौ हामी, अब त त्यस्तो स्पेस भको भै भो। अब तेही भएर होला, भएभरको पार्टी प्यालेस, ब्यान्केट हल बनेका। बिहेको मौसममा त युज होला, अनी अरु अफ सिजनमा के गर्छन् होला भनेको त राजनीतिक पार्टीको मिटिङ, सभा गर्छन् रे अफिसको कन्फरेन्स गर्छन् रे। जे होस् पार्टी प्यालेसको आईडिया चै ठिकै लाग्यो भनौ। पहिले भको जस्तो लाग्दैन, पछी पछी कुनै स्पोर्टस क्लब, या ठुलै होटेलमा पार्टी गर्ने, भेट्घाट गर्ने गरेको जस्तो लाग्छ। प्लानिङ गरेर मात्र यस्ता बिल्डिङहरु बनाएका भए अझ राम्रो हुन्थ्यो होला, तर सुन्ने कसले अब। जे हुनु भैसकेको छ। रिङ्गरोड्मै एउटा अर्को महाअजङको बिल्डिङ विथ वेरी लेस विन्डोज देखियो अनी त्यहा के बन्न लाको भनेर नजिकको मान्छेलाई सोधेको त ३००० स्टोर आउने चाइनिज मल रे। ओह हो, हामी त हेरेको हेर्यै भयौ। बाटो त बढ्नेवाला छैन हो, त्यहा आउने गाडी र मान्छेको हुलले रिङ्गरोड अझ कती ध्वस्त हुने हो।
यस्तै छ स्थिती।

वेल, म चाहन्छु यो गन्थन सकोस मेरो, तर अझ दुई किस्ता जान्छ जस्तो छ कि।
थ्याँक्स फर रिडिङ माइ र्यान्टिङ एज अल्वेज।

क्रमश:


 
Posted on 07-13-22 10:04 AM     [Snapshot: 1133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"You owe me twenty" मात्र होइन "you owe me buck" भन्ने कुरा पैसा मा मात्र जोडिएको र अड्किएको होईन यो संस्कार हो | अनि यसो गर्नु पर्ने आबस्यक्ता पनि देख्छु | मैले चिने जानेका २ - ४ जना विदेश गएर नेपाल पैसा पठाए भने बैंक मा बस्नुको सट्टा थाहा नै नदिई लगानी गरे १० -१२ बर्स पछि फिर्ता पाउदा हाल चलेको भाउले डलर पाए |
राहुलभाइले सटिक लेख पस्कनु भएको थियो " नेपालका साथि/मानिस हरुले खर्च गरेको देख्दा आफु गरिबी जीबन बिताएको आभाष गरायो" |जब बाउबाजेको सम्पत्तिमा गिर्खेल्न गर्न नपाउने , घर आफैले किन्नु पर्दा , Disposable Income हुदैन सधै बजेटिय हिसाब किताब गर्ने पर्ने हुनाले हामि खर्च गर्दा बिचार पुर्याउने बानि बसेको हुन्छ र बानाउनु पर्ने बध्याता हुन्छ नत्र भने संगै काम गर्ने खैरेले झैँ पे चेक पाएको दुई दिन " हनीमुन" झैँ गर्छन र तेश्रो वा चौथो दिन सोडाको लागि पैसा माग्नु पर्ने अबस्था आउछ | ट्याक्सी कति चडनु भो ? मिनी बस को प्रयोग गर्नु भएको भए आफन्तले ए त त ट्याक्सी पनि चडदैनस त भनेनन् ?
हरेक बर्स नेपाल जाने लाइ पनि नेपाल नौलो लाग्छ, बानि बसाउनु अघी फर्किनु पर्दा सधै नै नौलो लागि रहनछ | झन तेस्माथि एक ,डेड दशक पछि जादा आफै बसेको धर पनि नौलो लाग्नु स्वाभाविक नै हो |



 
Posted on 07-16-22 2:36 PM     [Snapshot: 1743]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाका कतीजनालाई यो के बड्बड गरेको होला, नेपाली भएर पनि, जे हो अब आफ्नो देश हो भन्ने लाग्ला। मैले देशको, हिस्ट्रिको बेइज्जती गरेको छुइन, आफु पनि तेस्तै धुलोमुलो खाँदै हुर्केको मान्छे परे। मेरो यो लेखले चै हामी के थियौ, र अहिले के भयौ, या भैइरका छौ, आफ्नो भित्र पनि हेर्नका लागि रिडरहरुलाई सोच्न लगाउछ कि भन्ने मात्र हो। अनी मेरो बोली, बचन, लेखले साझामा केही अचम्मैको आमुल परिवर्तन आउँला, यो मैले सोचेको पनि छैन। अब म कुनै रबी लामीछाने या महाबिर पुन परिन जो अमेरिकाको सभ्यता छोडेर नेपालमै केही गर्छु भनी फर्के र केही गरी पनि रहेका छन। यस्तो गट्स भाको मान्छेहरुलाई चै म स्यालुट नै गर्छु। उनिहरुको बोली, लेखले चै केही गर्ला मान्छेहरुलाई, म त त्यो लेभल, लिगको नै हैन नि। वेल... बिषयमा फेरी जाऔ।


शक १०
अमेरिकाको १५ बर्ष बसाइपछी मलाई लाइनमा वेट गर्नुपर्छ, आफ्नो पालो नआइकन कसैको लाइन मिच्न हुँदैन, नत्र मान्छेहरु रिसाउछन भन्ने राम्रै सिकायो। तर काठमाडौंको मान्छेहरु चै यो कुरा बहिर बिदेश नबसिकन कहिले सिक्लान जस्तो मलाई लाग्दैन हो। यस्तै फोटोकपी गर्न गईएको थियो, लाइनमा थिए, अनी पेपर निकाल्दैथिए, पछाडिबाट, "दिदी मेरो यो पेपर फोटोकपी गर्दिनुस् त" भन्दै पछाडिबाट हत्तारेर आफ्नो पेपर थमाउछन हो। म त हेरेको हेर्यै भो। म त एक्जिस्ट नै गर्दिन जस्तो फिल भो। मैले पनि तेस्तै गरेको थिए कि, शायद पहिले नेपाल हुँदा? आई डोन्ट रिकल। यस्तै रवैया अरु ठाउँमा पनि देखे। फार्मेसीमा औषधीको बारेमा, सोध्न, किन्न लाइनमा थिए, दुइटा झ्यालमा एउटामा मात्र फार्मेसिस्ट थियो। म भन्दा अघी अर्को कस्टमरलाई हेल्प गर्दै थियो पहिलो झ्यालकोले, म तेही कस्टमरको पछी थिए, पछाडिबाट अर्को लेडी आएर अचानक अर्को खाली झ्यालबाट औसधि माग्छिन हो, म त अवाक। यो कस्तो खालको एट्टिट्युड हो 'मी सर्भ्ड फर्स्ट' जता पनि। अमेरिकामा त्यस्तो गरोस कत्रो हल्लाखल्ला मच्चिन्छ। अब यो चलन लाइन वेट गर्दा मात्र हैन, सबैतिर देखे, ट्राफ्फिकमा गाडीहरुको, भिडहरुमा मान्छेहरुको, अड्डा-अदालतमा कस्टमरहरुको। सबैलाई हत्तार, सबैलाई आफ्नै काम ईम्पोर्टेन्ट, के भनौ?
दक्षिणकाली, कुलेखानी गएको थिए, पछाडिबाट टाटा सुमो जिपले हर्न बजाएर हैरान हो। अरु गाडी त गाडी नै हैनन जस्तो गर्ने। अहिले बस भन्दा १०-१२ जना चढ्ने टाटा सुमो ट्राभल्सको पब्लिक गाडी धेरै नै चलेको देखे। पहिले जस्तो नाइट बस, दिवा बस, अली कमनै देखे। मे बी आई मिस्ड इट। तर यो टाटा सुमोको ड्राइभिङ चै एकदम र्याश, केही भयो भने त सिधै तल, उफ्फ सोच्दा पनि सिरिङ्ग हुने, झन त्यहा गाडीमा, कच्ची बाटोमा त मेरो सातो धेरै पटक गयो। एक दिन कुलेखानीबाट फर्कदा रात पर्‍यो, अब बाटो तेस्तै हो, अनी तेसमा पानी, हिलो, अनी बाटोको जल्टिङ, दुइटा गाडी दुइतिर आए भने त हम्मे हम्मे। टाढा अली कतै गए भने त बाटोले नै तर्सायो मलाई भनौ। किन भने कोही नयाँ नयाँ बाटो यती उकालो हुन्थ्यो कि गाडीलाई पनि सकस उकालो काट्न, अनी फेरी कतै चै उकालो बाटो अनी फेरी घुमाउरो ठाउँ-ठाउमा। कती पटक त घुमाउदा फेरी मान्छे सहित् गाडी नै पल्टेला पल्टेला लाग्ने। हत्त। 'तिमीहरु यस्तो ठाउमा ड्राइभ गरेको मान्छे अमेरिका आयो भने त इट विल बी अ पिस अफ केक' भन्थे मैले मेरो कजनहरुलाई। वेल।


शक ११
खोलाहरुको स्थिती हेर्दा पनि शक नै भए। हुन त पहिले पनि खासै राम्रो त हैन, तर अहिले त झन ध्वस्त नै भएछन। सबैभन्दा असर चै कतिखेर फील गरे भन्दा, फोहोरी खोलाबाट साझपख नराम्रो, सहननसक्ने गन्ध आउथ्यो। उफ्फ। मेरो टोल चै खोलाकै आस्-पास थियो। अनी साझपख यसो झ्याल खोलौ या कौसी जाउ भन्दा त खोलाको गन्धले बसिनसक्नु बनाउथ्यो। खोलाकै नजिक नजिक यस्तो राम्रो राम्रो घर, बिल्डिङ देखे अनी खोला चै कसलाई मतलब अब। न सरकारलाई न मान्छेलाई। त्यस्तो राम्रो घर बनाको छ, कसरी मान्छे बस्दा हुन, कहिले काही म सोच्थे हो। यो त खोला हैन, एउटा बिग सिविर लाइन हो। सबैको घरको फोहोर फ्याल्ने पब्लिक एरिया हो। खैर।
म त्यहा हुँदाखेरी चुनावको चहलपहल थियो, अनी यङ्स्टर्सहरु पनि लागिपरेका देखिन्थे, बालेनको क्रेज ठुलै देखे पनि। न मैले पहिले कहिले बालेनको बारेमा थाहा पाए, न उहाको गीत नै सुने। कती कुरा चै बाहिर बसेर हामी अली अनभिग्य नै हुने रहेछौ। बालेनको चर्चा थियो सबैतिर। अब र्याप सिङर रे, स्ट्रक्चर ईन्जिनियर, ओह हो वहाँको रेजुमे त निक्कै इल्लुस्ट्रेशियस नै लागेको थियो। तर तेही हुँदा बालेनजी र सिस्डोलबासीसँग भाको चर्काचर्की युट्युबमा सुनेर चै म "रियल्ली" भन्न पुगे। "म महिनाको ३ लाख स्यालरी खाको मान्छे, पहिलेले गरेका गल्ती लिएर मसँग बाझ्न नआउनुस्" ओह हो, नेतामा हुनुपर्ने गुण शायद यही थियो कि?
काठमाडौंको तुलनामा ललितपुर चै ओह हो धेरै भन्दा धेरै सफा पाए। फोहोरको पहाड थुपारेको कतै पनि देखिन। म सोच्दै थिए, एयरपोर्ट ललितपुरमा हुनुपर्ने, बाहिरबाट आउने मान्छेहरुको इम्प्रेसन त राम्रो हुन्थ्यो। पछी थाहा पाए, ललितपुरको मेयर सार्है कडा छन रे, नितिनियम मान्छेहरुलाई फलो गराइछाड्न रे, फाइन लाउछन रे आदी। काठमाडौंमा त मान्छेहरु नै खग्गु भाको जस्तो लाग्यो, कोही, कोही सँग पनि नडराउने।


शक १२
यसलाई शक त नभनौ, तर एक हिसाबले डेभेलप्मेन्ट भनौ तर अब राम्रो डेभेलप्मेन्ट भन्ने कि नराम्रो अब। देशका युवाहरु चै फैशनको साथ्-साथै धेरै कुराहरुमा इन्भल्भ्ड भाको पाए। जस्तो टिक्-टक, फेस्बुक भित्र पनि अन्डर्ग्राउन्ड ग्रुप रे, नट ओपन फर एभ्रीवान आदी। मन्दिर गएको, मन्दिरको ढोकैमा उभिएर एउटा +२ पढ्ने होला केटो उफ्री उफ्री टिकटक बनाउदैथियो। कुलेखानीमा तेस्तै, भर्खरका फुच्चिहरु एउटा गीत बजायो फोनबाट अनी सबै नाचे, एक्जनाले एडिट गर्‍यो, टिकटक बनायो। रमाइलो रहेछ। आफु त यहाँ टिकटकको मेम्बर समेत छुइन, उता चै यस्ले गर्नु गरेको जस्तो लाग्यो। अर्को मैले नोट गरेको चै बोलिचालिमा नयाँ नयाँ शब्दको जन्म भाको रहेछ। "ल्याङ गर्‍यो", "ल्याङ हान्यो", "लोदर गरेछ" "खाना दबाएर खायो रे" यस्ता शब्दहरु त थिएनन पहिले, अहिले त ओह हो। अरु पनि थाहा हुन्थ्यो होला अझ बसेको भए। अनी अर्को चै रक्सी खाने कल्चर चै एकदम खुला खुला भएको पाए, बिशेष गरेर केटीहरुमा। आफु सानो हुँदा या छोड्नेबेला सम्म समाज यती उदार भाको जस्तो लाग्दैन। घरमा दिदी या बहिनिले बाहिर गएर क्लब, डिस्कोमा त रक्सी खाको खाइ भो। कुटाइ खाएर हाल बेहाल हुन्थ्यो होला। अनी अझ क्लबमा रात भरी बसिवरी नाचेर, मातेर अनी बिहानी पख पनि आउछन रे घर केटीहरु। म त अचम्मैमा परे हो। आमा-बाउले केही नभन्ने हुन कि? शायद यस्तै परीणामको नतिजा थियो, परमिता राणा र अमेरिका रिटर्न्ड केटाद्वारा बिहानी पख एक महिलाको गाडीले हानेर मृत्‍यु। कोही चै बिहान काममा निस्कदै अनी कोही चै क्लबमा रातभर बसेर बिहानपख घर फर्कदै खैर, अब म कसैको ब्यक्तिगत जिबन जिउने तरिकामा त कमेन्ट गर्न सक्दिन, तर यस्तै कती कुरामा चै कन्जर्भेटिभ नै छु कि? मैले सुने, हामी चै पाटन, बगालामुखी मन्दिर दर्शन गर्न श्रद्दाको साथ जान्छौ, केटीहरु चै लोकल रक्सी टेस्ट गर्न जान्छन रे, मन्दिर सन्दिर गोली मार। यस्तो कल्चर चै पक्कै राम्रो हैन नै होला। अनी अर्को नोटिस गरेको कमन मान्छेहरु पनि सेलेब्रिटी जस्तो ड्रेस अप गर्ने, ठाट्टिने, पोज मिलाई मिलाई फोटो खिचाउने चलन चलेको देखे। पहिले त रेगुलर मान्छेहरु रेगुलर सरह नै बिहेभ गर्थे जस्तो लाग्छ अहिले त सबै सेलेब्रिटीजस्तो गरेको पाए, अरुले चिनोस नचिनोस मतलब छैन। भनेची आफुलाई एकदम सेल्फ्-ईम्पोर्टेन्स दिने प्रबृति हावी भाको जस्तो लाग्यो।

अर्को किस्ता चै अन्तिम हुन्छ होला अब, किनभने कती लेख्नु, नेपालीमा एक त लेख्न गार्हो छ, अनी फेरी मेरो एक महिना बसाइमा भएको सबै कुरा यसरी लेखेर नि सकिन्न होला हैन? मेरो अन्तिम लेखमा चै मैले देखेका राम्रा कुराहरुको चर्चा गर्नेछु। आशा छ तपाईंहरुलाई मेरो लेखाइ रमाइलो नै लागिरको होला।

क्रमश:

 
Posted on 07-16-22 10:12 PM     [Snapshot: 1858]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अन्तिम अंश:

नेपाल त गईयो, तर त्यहा गएर म शक्ड मात्र भए भन्न चै मिल्दैन, कती राम्रा कुराहरु पनि देखे भनौ। अब अर्बनाइजेशन, जेन्ट्रिफिकेशन जे जस्तो छ त्यो त हुँदैछ नै, अनी भविश्यमा अझ कस्तो रुप लेला, त्यो चै म भन्न सक्दिन। सानो हुँदा मैले देखेको काठमाडौं, रिङ्गरोड, मान्छेहरुको भल्नरबीलिटी, इन्नोसेन्स त अब खोजेर पाइनेमा छैन। माथि रबवीनजीले भनेको जस्तो सारा कुरा चेन्ज भए, आदी इत्यादी भए, तर हाम्रा राजनीतिक नेताहरु अझै पनि तेही छन, त्यो लोभ, लस्ट फर पावर सबै तेही छन, न हामी एज जनता तिनिहरुलाई केही गर्न सक्या छौ बरु उल्टै भेडाजस्तो हो त नि, यस्लाई फलो गर्नुपर्छ, चान्स दिनुपर्छ भन्दै साथ दिदै थियौ र अझै छौ पनि। हुन सक्ने भए त म चाहन्थे, ती सब पावर को ट्रिपमा मात्तेका नेताहरुलाई अहिले श्रीलन्कामा भएको जस्तै एक एक गर्दै देशबाट निकाला गरेर सबै तिनिहरुको जाय-जेथा खोसेर फेरी नयाँ सिस्टम बसालु। तर यो मात्र एक "विस्ट्फुल थिन्किङ" न हो। अब रबी लामिछाने जस्ता ब्यक्तित्व आउँदैछन, केही भई पो हाल्छ कि?
आफ्नो ब्यक्तिगत कुरा गर्दा चै म आफु स्वयम त्यहा पेर्मानेन्ट सेटल हुन चै असम्भव नै देखे। फर्स्टमा कुरा चै हेल्थ पोलिसीको आउछ, कसरी त्यहा पैसा हाथमा नराखेसम्म कुनै डक्टरले तपाईंको चेक गर्दै गर्दैन्न। कुनै सरकारी काम गर्न गयो, सि डि यो कार्यालय, हालत तेस्तै छ। कसरी हुन्छ जनतालाई दु:ख दिउ लाग्छ ती कर्मचारीहरुको ध्याउन्न तेही मात्र छ। १५ बर्ष अघी पनि वडा, सि डि यो, अदालतको ताल तेही थियो अहिले पनि तेस्तै लाग्यो। जान पाको छैन टाउको दुख्न थाल्ने, अझ बाहिरबाट आएको या बाहिरको पास्पोर्ट छ भन्ने थाहा हुनुपर्छ तेसपछी त ती कर्मचारीहरुको दसैं हुन्छ हो। खैर.... तल चै केही राम्रो लागेका पक्षहरुको चर्चा गर्दैछु।


पक्ष १
अहिले चै नेपाली यङ्स्टरहरु बिशेष प्लस २, कलेजका विद्यार्थीहरुमा काम गर्ने कल्चर फैलिएको पाए, खुशी लाग्यो यो सबै देखेर। हाम्रो बेला स्कुलिङ नसकेसम्म काम गर्ने चलन थिएन। आमाले बनाएको खायो, बाउको घरमा मोज गरेर बस्यो। अरु बेला फैशन गर्‍यो, हिड्यो, पकेट मनी माग्यो, बाइक कुदायो अनी बाटो-बाटोमा बस्यो, ढुक्यो, बाटो हिडिरको केटीहरुलाई जिस्कायो। अनी अझ हुनेखानेहरु त काम गरेको गरै भो। कसरी हुन्छ आफु कुल र अरु भन्दा डिफ्फरेन्ट छु प्रुभ गर्‍यो बस्ने गर्थे। अहिले त्यस्तो गरेको पाईन। मोस्ट अफ देम काम गर्दो रहेछन। यो भएभरको रेस्टुरेन्ट, पार्टी प्यालेस, बाँकेट हलमा भर्खरका केटाकेटीहरु नै काम गरेको देखे। खुशी लाग्यो। अनी सबै भन्दा बिग चेन्ज चै यहाँको उबर र लिफ्ट जस्तै ट्याक्सी र मोटरसाइकलमा 'पठाओ' चल्दो रहेछ अनी धेरै यङ्स्टरहरु 'पठाओ' चलाऊदा रहेछन। कती सँग त बाइकमा कुरा गर्दै जादा धेरै आईडिया पनि भो भनौ। यस्तै एक पटक त ईन्जिनियरिङ पढ्दै भक्तपुरबाट काठमाडौंमा पठाओ चलाऊन आएको पनि भेटे। मोटरसाइकलमा फोन राखेर धेरै पठाओ ड्राइभ गरेर नि होला, शायद बाइकको सन्ख्या त्यस्तो बिधी बढेको।
तर जे होस्, मान्छेहरुमा इन्डिपेन्डेन्ट हुन खोजेको गुण चै मान्नै पर्छ। यो चै सुखद अनुभव लाग्यो मलाई। अनी फेरी तेस्तै म जस्तो मान्छेहरुलाई सजिलो पनि भयो, कतै एक्लै जान-आउन, पठाओ बोलायो, भनेको ठाउमा पुगियो। अब पहिलेको जस्तो साझा बस कुरेर भनेको ठाउमा पुग्ने भनेको चै कठिन नै देखे हो। अनी फेरी कोभिडको डर त थियो नै। पुरै मास्क लगाएर नै मैले मेरो भ्रमण् सके। भिड्-भाड्बाट बच्न त खोजे तर बाटोमा गयो ट्राफ्फिक र मान्छेको भिड त तेस्तै हो। जे होस्, यो अर्बनाइजेशनले ल्याएको सबैभन्दा ठुलो परिवर्तन मलाई चै म्याक्सिमम 'जब क्रिएशन' लाग्यो। तेस्तै म्युजिक भिडियो, मुभी कती बन्छन अहिलेको टाइममा हामी सबैले देखी आएका छौ। डान्सरहरु देखी लिएर एक्टर, क्रु मेम्बर सबैले काम पाइरका रहेछन, काम गरिरहेका रहेछन। मिडिया क्षेत्रमा हामीले चै बाहिर बसेर पनि ठुलै फड्का मार्दै गरेको देखिआएको नै हो।
अनी खाना होम-डेलिभरी गर्ने, अनलाइन सामन खरिद-बिक्री गर्ने अनी घरसम्म पठाउने आदी कल्चर पनि फस्टाएको देखे। पहिला त अब कहाँ हुनु नि सबैलाई थाहा भकै कुरा हो। धेरै मान्छेहरु बाहिर खाने, टेक आउट अर्डर गर्ने गर्दा रहेछन अहिले। अनी अफ कोर्स, धेरै कामहरु त क्रिएट भईरको नै छ। पहिलेको जस्तो टाइम रहेन, अब अमेरिका, युरोपमा चै २० बर्ष अघी नै यो सब शुरु भईसकेको थियो होला, नेपालमा चै अब हुँदैछ। तर पनि मान्नैपर्छ।


पक्ष २
अर्को बिशेष प्रगती भाको पक्ष चै मलाई 'इन्टर्नल टुरिज्म'को बिकास जस्तो लाग्यो। अहिले धेरै मुभी, म्युजिक भिडियो काठमाडौं बाहिर शुटिङ गर्ने गर्छन्, अब थाहा भकै हो, त्यो काठमाडौं खाल्डोमा हेर्न, देखाउन लायक केही बाँकी छ जस्तो त छैन हैन? अनी बाहिर टाढा टाढा शुटिङ गरेर नयाँ नयाँ ठाउँको बारेमा थाहा पाउदा, काठमाडौंबासीहरु र बाहिर जिल्लाकाहरु पनि शायद आँफै ती ठाउहरुमा जाने, बिदा मनाउने, भ्लग बनाउने चलन चलेको देखे। अब यस्ले पक्कै पनि देशको इन्टर्नल टुरिज्म त हेल्प गरिनै राको छ हैन, त्यो पनि देश भित्रै बस्ने नागरिकहरुबाट। आफु त यस्ता ठाउहरुमा पुग्न सकिएन पहिले पनि र अहिले पनि। नत्र त मुस्ताङ, अन्नपूर्ण बेस क्याम्प, लोमानथाङ आदी आदी एरियाको कुरा चै धेरै गरेका थिए आफन्तहरु। जान त सकिएन एक महिनाको बसाइमा, अनी खर्च गर्न नि आँट आएन। अब कसैले फेरी मलाई कन्जुस भन्न पछी पर्दैनन होला। अब यो सब प्रोग्राम चै पछीको भिजिट्को लागि होला। हेरौ।


पक्ष ३
भन्न त मैले भने केही सन्ख्याका केटीहरु पाटन, बगलामुखी लोकल रक्सी टेस्ट गर्न जान्छन रे तर पनि थाहा भाकोहरु यङ जमात पनि धर्म-कर्म गर्न चै अगाडि नै रहेको देखे। रमाइलो लाग्यो। किन भने पशुपती गए, त्यहा नि कहिले नसकिने लामै लाइन देखे, संकटा गए त्यहा नि तेस्तै, दक्षिणकाली तेस्तै। अब अघिल्लो जेनेरेशनको हरु त हुने नै भए, साथ साथै युवा पिढी पनि बाक्लै देखे। मलाई चै लागेको थियो, आजकलकाहरुले केयर गर्दैनन यस्ता धर्म्-कर्मका कुराहरु, तर त्यस्तो हैन रहेछ। मान्छेमा आस्था, भक्ती, विश्वाश चै पाए, अब जे जस्तो स्थिती छ देशको बाटो-घाटोको, ब्यक्तिगत सोचाइ जस्तो भए नि सबैलाई बाध्ने डोरी चै एउटै रहेछ।

अन्त्यमा मेरो नेपाल यात्रा चै नचाहदा नचाहदै छिट्टै ट्युङाउनु पर्ने भो, एक महिना मात्र बसे। शायद अरु पक्षहरु पनि राम्रा लाग्थे कि? आफु जन्मेको ठाउँमा अब शकै शक मात्र पाए नि भन्न मिल्दैन। राम्रा कामहरु पनि भाका नै छन। ठुला ठुला अफिसियल बिल्डिङ बनेका छन, हाउजिङहरुको भरमार भको छ, ठुला ठुला मल, कम्प्लेक्स बनेका छन। पहिले त कहाँ तेस्ता हुनु? लाइफ्-स्टाइल चेन्ज भाको छ, मान्छेहरुमा अर्कै एट्टिट्युड भएको पाए। धेरैको जिबन स्तर हेर्दा त उनिहरुलाई उही अमेरिका, युरोप भाको पाए, किन बिदेश भासिनु नि?
१०० मा १५ % तेही बसेका मेरो स्कुलका साथीहरु राम्रै काम गरिरहेको पाए, कोही बाणिज्य बैंकमा पुगेछन, कोही नगरपालिका, २-३ जना त लोक सेवा पास गरेर ठुल्-ठुलै काम गरेको पनि देखे, कोही बिदेशी प्रोजेक्ट्मा इन्भल्भ भाको पनि पाए, कती जना चै बिदेशी फन्ड्मा स्कलरशिप पाएर जापान, नेदर्ल्यान्ड, नर्वे आदी आदी देश पढ्न गएको पनि सुने। महेन्द्र मालामा कुनै कथामा पढेको लाइन याद आयो, 'नदिका भङालाहरु झै फुटेर कता कता लागे स्कुल छोडे पछी स्कुलका साथीहरु"। टाइम भको बेला पुरानो स्कुलतिर पनि गए, आफुले पढेको क्लासको कुर्सी टेबल छोएर आए। स्कुल बिल्डिङ तेही थिए, तेही छन, हामीहरु सबै मुभ अन गर्यौ।
पुरानो घर गए, अनी आफुले बन्द गरेर आएको किताबको दराज १५ बर्ष पछी खोलेर हेरे। लाग्यो म कुनै 'टाइम क्याप्सुल' खोल्दैछु। धेरै पुराना यादहरु, आवाजहरु मन्-मस्तिष्कमा ठोकिन्न पुगे। इट वज अ नोस्ट्याल्जिक मोमेन्ट रियल्ली। मान्छेले सोचेको जस्तो सधैं हुँदैन रहेछ। हरेक किताब र बाँकी बसेका, तर समयले ओईल्याईएका कुनै कपी, नोट-बुकले आफ्नै कथा बोकेको पाए। मैले त बिर्सी पनि सकेको थिए कि ती किताब, कपिहरु अझ छन मलाई कुरेर बसिरहेका छन। ओल्टाइ-पल्टाइ हेरे, हाथका औलाले छोएर लेखिएका शब्दहरु फील गर्न खोजे, तर टाइम नभएको हुनाले फेरी फर्केर म आउनेछु भन्दै त्यो टाइम क्याप्सुल तेस्तै स्थितिमा बन्द गरे, भारी मनका साथ। बाँकी बसेका पुराना केही फोटोहरु चै साथमा नै लिएर आए।

मैले बुझे, जिन्दगीमा ईम्पोर्टेन्ट भनेको 'साथ बिताईएका मोमेन्टहरु' नै हुन, बाँकी पैसा, गाडी, धन्-सम्पती भनेका त तेस्तै हुन। यिनिहरु त आउने जाने भईराख्छ तर मोमेन्टहरु भने फेरी फेरी आउँदैनन रहेछ।

म मेरो यो लामो यात्रा सस्मरण यही सकाउन चाहन्छु। यतीसम्म पढिदिनु हुने सबैलाई धेरै धन्यवाद छ। फेरी अर्को पटक यस्तै लेखमा भेटौँला नी। आफ्नो बिचारहरु राखिदिनु भए आभारी हुने छु।


 
Posted on 07-18-22 3:07 AM     [Snapshot: 2181]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बेनिडिक,

सुतेको मान्छेलाई उठाउन सकिन्छ, तर सुतेको नाटक गरेको मान्छेलाई उठाउन सकिन्न । अब मेरो लेखको भाव बुझ्न नचाहनेहरुलाई मैले त के महामुनि नारदजीले नि बुझाउन सक्दैनन।
 
Posted on 07-18-22 10:43 AM     [Snapshot: 2283]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रेन जी,
अब भाव बुझ्न चाहेनन भन्नुहुन्छ, तर यस्तो भनेर तपाईं भाग्न पाउन हुन्न ल। यहाँ को सुतेको छ र को सुतेको नाटक गर्दै छ? यस्तो छड्के हानेर कसलाई भनेको हो तपाईंले? यदी अब यो मेरो यात्रा सस्मरण पढ्नेहरुलाई सुतेको छन या सुतेको नाटक गर्दैछन भन्नुभको हो भने किन त्यस्तो भन्नुभको होला? बुझाउने कष्ट गर्नुस् त।

तपाईंले पहिला पनि हात्तीको देखाउने दात एउटा हुन्छ खाने एउटा भनेर भन्नुभको थियो, दात भनेको दात हो, मैले माने। कसैलाई यस्तै कुरामा कसरत गर्न मन लाग्छ अनी के गर्नुहुन्छ त हजुर? तपाईंले अनी जसले जे भने नि तपाईंलाई केही फरक पर्नेमा छैन भन्नुभो तैपनी मेरो यो लेखप्रती तपाईंको यस्तो पूर्वाग्रह किन होला, किन यस्तो उखान हाली हाली छेड हान्नुहुन्छ भनेर सोधेको थिए, तर तपाईं पुच्छर लुकाइ हिंडेको भुस्याहा कुकुर जस्तै भाग्नुभो। यसरी बेला बेलामा आएर किन तपाईं शान्त तलाउको पानीमा ढुङो हान्नुहुन्छ हँ? अनी ढुङो किन हानेको भन्दा नि जवाफ छैन, तपाईंको ईन्टेन्शन के हो?

 
Posted on 07-18-22 11:14 AM     [Snapshot: 2305]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बेनिबहदुर खकुरेल उपाध्धे
मेरो ईन्टेन्सन किलियर छ, मनमा पाप छैन, आफुलाई ठीक लागेको लेख्छु।तपाईंको लेखपर्ति मेरो कुनै पुर्व,पछिम, उत्तर, दछिन ग्रह छैन, चिन्ता नगर्नुस।अरुलाई भए म 'बन्चरोले घुँडाँ हान्लास है, होस गरेस' भन्थे, तपाईंलाई चाईँ 'घुँडोले बन्चरो ताकिराछ है होस गर्नोस' भन्न पर्ला।
 
Posted on 08-10-22 1:42 PM     [Snapshot: 3882]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

"टाइम भको बेला पुरानो स्कुलतिर पनि गए, आफुले पढेको क्लासको कुर्सी टेबल छोएर आए। स्कुल बिल्डिङ तेही थिए, तेही छन, हामीहरु सबै मुभ अन गर्यौ।

"सटिक अनि मार्मिक/ सायद सबैलाई येस्तै अनुभूति हुन्छ होला तर धेरैले एस्तो अनुभूति भावनामा ब्यक्त गर्न जान्दैनन / नेपाल सवारी हुदा म पनि पुरानो सरकारी स्कुल जान्छु ,खेल मैदान ,मेश,आफु बसेको टेबल , कुर्सि , कालोपाटी , टेबलमा खोपेका नामहरु हेर्ने प्रयास गर्छु / ७ वर्ष सम्म होस्टेलमा बसेर गरेको चक-चक ,रमाइलो ,झगडा ,गधाले जस्तो खाएको राम धुलाई सबै मानसपटलमा अतितका सम्झना लिएर आउछन /

१० सम्म संगै बेञ्चमा पढेको एउटा प्रिये साथी अब हामी बिच छैन , हामी सबै साथीहरु छौ, स्कुल छ , धेरै मास्टरहरु तेस्तै छन् , मात्र उ छैन / थप पिडा हुन्छ /
 
Posted on 08-11-22 1:16 PM     [Snapshot: 4030]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरकारी स्कुल पढनेलाइ तुक्ष ठान्ने हरु यो साझामा कम छैनन् ?
धेरै लामो समय पछि साझा छिरेर सरकारी स्कुल का कुरा लेख्नु भयो | यी लेखाइ पढेर प्राईभेट स्कुल जाने ले तपाईलाइ पनि गवारको लिस्टमा राख्ने त होईनन?

 
Posted on 08-12-22 11:16 PM     [Snapshot: 4283]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स् एस् के जी,
धेरै दिन पछी झुल्किनु भो। गायब नै हुनुभएछ त। काममा धेरै बिजी हो कि?
स्कुलका धेरै सम्झनाहरु छन, हो १५-२० बर्ष पछी स्कुल जाँदा छुट्टै अनुभव हुदोरहेछ। समय धेरै अघी बढीसकेको रहेछ, कुनै कुनै कुराहरु चै तेस्तै पाए। मेरो केसमा यता आएपछी म यताकै भएर हराए। अहिले फेरी उताको कम याद आउछ, फेरी गईयो भने अली कम कल्चरल शक होला कि यसपाली। तर नेपाल जाँदा चै अथाह इमोशन्सको सागर नै उर्ल्यो भनौ। अनी आफ्नै देशमा बाहिरको बिदेशी जस्तो फिल गरे।
कती अनुभुतिहरु भावनामा ब्यक्त गर्न त मलाई नि खासै आउन्न, अनी उसै त साझामा यहाँ मलाई "बाल-कबि" भनेर ट्याग दिएका छन, तैपनि ट्राइ गर्छु, केही भन्न, केही लेख्न यस्तै छ।
तपाईंको साथीको बारेमा पढेर दु:ख लाग्यो। मेरो जिन्दगीमा पनि तेस्तै घटना घटेको छ, जब आफ्नो नजिकको कोही मान्छे आफुबाट धेरै टाढा कहिले नफर्किने गरी गएका छन, बाचुन्जेल सम्म त कहिले यस्तो मीस गरिन होला, तर अहिले धेरै पटक उसको अनुपस्थितिमा चै धेरै प्रश्नहरु म गरिराख्छु तर सधैं कुनै निश्चित जवाफ चै पाउदिन। शायद अब आफ्नै जिबनको अन्त्य पछी नै भेटिन्छ होला उसलाई, कतै आकाश माथि....

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
🙏 दलाल स्ट्रिट 🙏
Conservative discussions
सालीको चाक
Intellect of Sajhaites and Nepali in general
साझाका लेखाईले आतंकित बनाउछ
श्रीमान प्रति घट्दो आकर्षण :(
जोईटिङ्रे को उदय
Mero USA yatra
मेरो नेपाल यात्रा
TPS EAD processing time.
Now we can have dual citizenship!!!
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
Nepali goat farm in Dallas, TX
लोगन पिडित संगर्ष समिति
Corona virus - how deadly is it really? and for whom?
What's this psychological condition called? And how do I get rid of it?
Is recession coming? if so, when?
Unlawfully Entered TPS holder can Apply for Green Card
भारी त गधा ले पनि बोक्छ. हामीलाई हर्केजस्तो गधा होइन सक्छम सिक्षित र सबल नेतृत्व चाहिएको छ
Ring Ring!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters