finally justice is served,,,,, शल्यक्रियामा लापरबाही भएको ठहरपछि अमेरिकामा अध्ययन गर्ने एक नेपाली विद्यार्थीले ११ करोड १० लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने भएका छन्। यो १३ अर्ब ७६ करोड रूपैयाँ बराबर हुन्छ। अमेरिकाको मिनियसोटास्थित अदालतले नेपाली विद्यार्थी अनुज थापालाई उक्त रकम बराबर क्षतिपूर्ति तिर्न त्यहाँको सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालका नाममा आदेश दिएको हो। मिनियसोटा अदालतले गत साता गरेको उक्त फैसला राज्यको अहिलेसम्मकै ठूलो व्यक्तिगत क्षतिपूर्ति हुनसक्ने अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी) ले जनाएको छ। एपीका अनुसार २५ वर्षीय नेपाली विद्यार्थी थापाले सन् २०१९ मा अस्पतालविरूद्ध क्षतिपूर्ति दाबी गर्दै मुद्दा हालेका थिए। थापा मिनियसोटाकै सेन्ट क्लाउड विश्वविद्यालयमा पढ्छन्। सन् २०१७ जनवरीमा कलेजभित्र फुटबल खेल्दा उनको देब्रे खुट्टा भाँच्चिएको थियो। त्यति बेला थापा पहिलो वर्षका विद्यार्थी थिए। प्रतिद्वन्द्वी खेलाडीले बल खोस्ने क्रममा उनको खुट्टामा जोडले हिर्काएपछि उनी मैदानमा लडे। उनको देब्रे खुट्टामा तीव्र पीडा भयो। उनलाई तुरून्तै सेन्ट क्लाउड अस्पतालको सेन्ट्राकेयर सेन्टरमा लगियो। अस्पतालका डाक्टरले उनको खुट्टा भाँच्चिएको निष्कर्ष निकाले। त्यसपछि अस्पतालले हाडजोर्नीका शल्यचिकित्सक डा. चाड होलियनलाई डाकेर थापाको थप जाँच गरायो। डा. होलियनले थापाको खुट्टा शल्यक्रिया गर्नुपर्ने निष्कर्ष निकाले। थापाले शल्यक्रिया गर्न अस्वीकार गरेका थिए। अस्पतालले कुरा नसुनेको उनले अदालतमा दिएको उजुरीमा उल्लेख छ। उजुरीअनुसार त्यसै रात डा. होलियनकै नेतृत्वमा उनको खुट्टा शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएको भोलिपल्ट बिहान खुट्टा सहनै नसक्ने गरी दुखेको, भित्रभित्रै जलन भएको र मांसपेसीका अन्य भागमा पनि समस्या आएको थापाले उजुरीमा भनेका छन्। तीव्र दुखाइका बाबजुद त्यसै दिन बेलुकी थापालाई अस्पतालबाट डिस्चार्ज गरियो। घर पुगेपछि उनको पीडा बल्झँदै गयो। उनी सहेर बस्न सकेनन्। छ दिनपछि उनी फेरि अस्पताल भर्ना भए। दोस्रोचोटि अस्पताल भर्ना भएपछि हाडजोर्नी विभागकै अर्का डाक्टरले उनको जाँच गर्यो। जाँचपछि उनको खुट्टामा हड्डी र मांसपेसीको पुरानो समस्या रहेछ भन्ने थाहा भयो। समस्या हुँदाहुँदै शल्यक्रिया गरिएकाले बिरामीलाई अचाक्ली पीडा र थप समस्या आएको पत्ता लाग्यो। यो समस्या निवारण गर्न अहिलेसम्म थापाको खुट्टा कम्तीमा १२ पटक शल्यक्रिया गरिएको एपीले जनाएको छ। पटकपटक शल्यक्रिया गर्दा पनि समस्या कम भएन। बरू झन् झन् बढ्दै गयो र अन्ततः उनको खुट्टा सधैंका लागि चलाउन नसक्ने भयो। उनी हिँडडुल गर्न असमर्थ भए। त्यसपछि सन् २०१९ मा थापाले सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालमा शल्यक्रिया गर्दा चिकित्सकीय लापरबाहीका कारण आफू शारीरिक रूपले अपांगता भएको दाबी गर्दै मिनियसोटा अदालतमा मुद्दा हाले। उनले शल्यक्रियामा भएको लापरबाहीबापत् क्षतिपूर्ति माग गरेका थिए। करिब दुई वर्ष लामो सुनुवाइपछि मिनियसोटा अदालतले थापाको पक्षमा फैसला गरेको हो। यो मुद्दामा सेन्ट क्लाउड अस्पतालका पक्षबाट बहस गरिरहेका अधिवक्ता स्टिभेन स्कयूगम्यानले थापाको उपचार र शल्यक्रिया निर्धारित मापदण्डअनुसार नै भएको दाबी गरेका छन्। अदालतको आदेशपछि कसरी अगाडि बढ्ने भनेर विभिन्न विकल्पमाथि विचार भइरहेको उनले एपीलाई बताएका छन्। थापाका वकिल ब्रान्डन थम्प्सनले भने अस्पतालले यो मुद्दा अदालतबाहिर छिनोफानो गर्ने कोसिस नै नगरेको बताए। ‘उनीहरू सुरूदेखि पीडित बिरामीलाई क्षतिपूर्ति नदिने मनस्थितिमा थिए,’ उनले भने। sorce online
log on · May 26, 2022 8:30 AM · 18,113 views
Talai dahaa laagera sajha ma post garna aayis hai gajamunte
Gabbar aka sanaklaal is back · May 26, 2022 7:30 PM
Attorney is going to take a big chunk of it. I think it is usually 60-40. My cousin had also consulated an attorney to sue his dentist for negligence.
harkhe7 · May 27, 2022 8:58 AM
correct !!! in injury cases if you are not willing to pay attorney fees they have common agreement in practice .... plaintiff gets 100% of the compensation below 10 thousand and anything more than that goes half and half split which is likely to be in this case .
log on · May 27, 2022 9:33 AM
Log on haija ta sali ko chaak, condominiums lai kando sochera chholni manchey lai Aru le yatro paisa paayeko sunda dahaaa le marnu swabhaabikai ho
Gabbar aka sanaklaal is back · May 27, 2022 2:04 PM
गब्बर , तेरो दिमागमा "गु " भरिएको छ . तै मात्र एकजना पैसाले मरेको पिचास होलस .. पैसाको लागि तेती मरिहत्ते गर्छस भने रेलको पटरिमा एउटा खुट्टा काट जीवन भर social security पाउछस . तलाई लाग्छ त्यो भाईले पैसाको लागि यो सबै गरेको हो ? उसको एउटा खुट्टा काम नलाग्ने भएको छ , यदी उसलाई तेस्को १०० गुना बढी पैसा कि सद्दे खुट्टा भन्यो भने उसले खुट्टा रोज्छ . मेरी बुढी नर्स हो मासिक १३ देखि १७ हजार कमाउछे , मेरो ( FBA , FBM ) startpup business छ , ४ देखि ७ हजार म घर बसी बसी कमाउछु . भगवानको कृपाले हामी सबै स्वस्थ छौ , A1 HEALTH इन्सुरेन्स छ , 401 matching , roth IRA सबै छ , जमेर खर्च गर्दा नि मासिक १२ १३ हजार बचत हुन्छ , श्रीमती को semi yearly bonus ( ३५ हजार *२ ) छ . अब भन त्यो भाग्य ले ठगिएको भाईको पैसा देखेर मलाई के को डाहा ? कुनै दिन तेरो परिवारमा अकल्पनिय घटना पर्यो भने gofundme खोल अनि येही thread मा आएर लिंक टाँस ५००० डलर म सहयोग गर्दिम्ला . येदि मैले तलाइ तेती सहयोग गर्न सकिन भने मेरो स्वास्नी त लैजा .
log on · May 27, 2022 2:57 PM
Tyo khutta 111 millions ma ni kinna paudaina k garnu tyo paisa le? Uhi najkali khutta hale natra ho 4-5 lakh ko
shekhar143 · May 27, 2022 11:57 PM
I see a lot of jealousy here. Some are saying “oh no he won’t get that much. He will lose 40% to his attorney”, others who already are jealous of everyone else (even travel nurses) are talking about how much they make how much their wife makes. That’s a standard response for them in every conversation. I wonder what is the reason for their insecurity? Only a few are showing empathy to Mr Thapa. He must have gone through hell and this is just a monetary compensation as a punitive damage.
chicagoan · May 28, 2022 8:45 AM
Chicagoan, well said.
sajhamitra · May 28, 2022 10:28 AM
तेरो बुढीले , तेरो बाउले, तेरो आमाले , तेरो हजुरबाले , तेरो हजुरआमाले कत्ति कमाउछ त्यो मलाई भनि रहनु पर्दैन साढे लग अन। मैले कहाँ भनेको छु र त्यो भाई ले पैसाको लागि गरेको भनेर. मैले भनेको कुरा सुन पैला , त साढेलै डाहा र इर्ष्या पक्कै लागेको हो। तैले माथि कपी एंड पेस्ट गरेको कुनै वाक्यमा त्यो भाई प्रति दुखेसो पोखायीस। काही तैले बिचरा भाई भनिस . त जस्तो मान्छेहरु लै मा लेखाई बाट नै चिन्छु। साला शो ओफ को त किङ्ग होश त. तैले ऐले सम्म ५ चोटी भन्दा पनि बढी लेखि सकिस कि मेरो बुढी यो, यत्ति कमाउछ, येस्ती छे , अनि आफ्नो स्यालरी , तैले हग्या पादया सबै लेख्न भ्याएको छस। अब भन त एक हिसाब ले को डाहा र इर्स्या ले मर्न लाको भनेर। अनि आर्को कुरा त जस्तो भविस्यमा संकट परेको अवस्था मा त साढे को हेल्प चाहिदैन बुझिस ,तेरो परिवार ले ३०० वर्ष सम्म कमाएर सेविंग गर्ने पैसाभएको फ्यामली बाट जन्मेको एक मात्र छोरो हु बुझिस परमेश्वोर ले तेरो आखा चाडै खोलिदेउम। धेरै लोभ डाहा गर्ने बानि हटा।
Gabbar aka sanaklaal is back · May 28, 2022 11:06 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion