[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Jaysmi
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
[VIEWED 2282 TIMES]
SAVE! for ease of future access.
Posted on 08-23-20 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कतिले पढ्नु भयो .. कतिले पढ्नु भएन
तर धेरैले चाँहि पक्कै सुन्नु भएको होला यि कथाहरु
एनिमेसन बनाउने आउने भए एनिमेसन पनि बनाउनु हुन्थ्यो .. आउँदैन !
तेसैले चित्र बनाउने प्रयास जारि छ ।

धेरै त सुनिसकेकै कथा हुन । तर, फेरि सुन्दा झन पुरानो समय याद आउने रहेछ ।
कतिपय दर्शक हरुले कथा फर्माइस पनि गर्नु भएको छ - फर्माइस कथा वाचन गर्न झन रमाइलो लाग्ने रहेछ ।

अहिले सम्म वाचन भै सकेका कथाहरु:

१) शिशिर बसन्तको कथा 
२) टाउकोको मोल - Aug 1
३) चिल र बाठो स्यालको कथा (आँफैले बनाएको - बच्चाबेलामा सुनेको आधारमा) 
४) खसिको तौल
५) डुहुरे मुसाको कथा
६) म्याङ्लुङ् को कथा
७) दिवास्वप्न उपन्यास (आधा मात्रै - हेर्ने दर्शक नपाएकोले पुरा गर्न जाँगर नचलेको)
८) पाण्डव र यक्ष प्रश्न
९) मोति भैंसिको कथा
१०) गणेश र कुमारमा को बाठो - Aug 3
११) नारद को कारण रामायण शुरु भएको कथा - Aug 5
१२) श्रिकृष्णले राधालाइ किन बिहे गरेनन भन्ने तथ्य - Aug 18
१३) बिक्रमादित्य र ४ दैत्यहरु  - Aug 8 
१४) ज्युँदो मान्छे र यमराज - Aug 11 
१५) सुगा र कर्मको फल - Aug 14 
१६) हात्ति र लाटोकोसेरो मितको कथा - Aug 14 
१७) सरौं, राजा र पुलिसको कथा  - Aug 16
१८) गौरि - माधव घिमिरेको (पुरै बनाउन भ्याएको छैन) - Aug 18  
१९) भुतको शिकार (कक्षा ८ - महेन्द्रमाला)  - Aug 23 
२०) महादेवले पनि हार्नुपरेछ (कक्षा ९ - महेन्द्रमाला) - Aug 27 
*अपडेट* 
२१) श्रवणकुमारको कथा - Aug 31
२२) सुन केशरिको कथा - (sept 2, 7, 12 मा भाग १, भाग २, भाग ३ पोष्ट भयो, अरु बाँकि छन)
२३) राति बास्ने कुखुरो (Sept 9)
२४) भाँड कुकायो कथा  (Sept 10)

यिनमा सबै भन्दा हेरिएको शिशिर बसन्तको कथा हो भने दोश्रो धेरै हेरिएको खसिको तौल !

शिशिर बसन्तको कथा 
https://www.youtube.com/watch?v=_LWTGqZi_WI

यो कथामा चाँहि एनिमेसन पनि छ ।
https://youtu.be/nT4eJRw4sTg

भुतको शिकार
https://youtu.be/WhLB0_vA5H4

Last edited: 19-Sep-20 01:48 PM

 
Posted on 08-24-20 1:55 PM     [Snapshot: 125]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

उहिले हाम्रो पालामा सुनेका कथा हरुमा सौतेनी आमा र उनी बाट सताइेका र यातना भोगेका,घर बाट निकालिएका बालबालिका का कथाहरु धेरै थिए भने यि कथा बाट बाल बालिकाले कस्तो शिक्षा पाए र उनिहरुको मानसिक बिकासमा सकारात्मक् र नाकारात्मक प्रभाब पर्छ भन्ने कुरामा ध्यान दीईेएको थिएन | पुस्तक हरु लेख्ने हरुको सन्ख्या र प्रकाशन बाट फाईदा कती हुन्छ जस्ता कुराले कती पुस्तक प्रकाशित भए र हुन्छ भन्ने कुरा बिक्रिबितरणमा भर पर्ने कुरा हुन | हाम्रो पालामा स्कुल का किताब बाहेक अरु पुस्तक हरु भनेको दाई दिदी हरुले पढेका र किनेका बाहेक हुँदैन थिए भने निम्न आम्दानी हुने र गाउघर बस्ने हरुलाई बिबिध पुस्तक किनेर पढने बानी आजभोलि पनि अझै कम् छ भन्दा गलत नहोला ?
भुतको कथामा उद्देस्य, सन्देश र शिक्षाप्रद भएको पाए |


 
Posted on 08-24-20 4:29 PM     [Snapshot: 179]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

@Logan Thank you.
पढ्ने चलन् त अझै पनि कम छ - जबर्जस्ति पढ्न बाध्य पार्ने भएर पनि होला .. किताव त लट्ठि देखाएर जबर्जस्ति नगरि पल्टाउनै हुँदैन भन्ने सोच्छन् धेरैले ..

यो चैं मैले आँफै वाचन गरेको र मन परेको कथा :
https://youtu.be/y1IMeDGyXJ8
 
Posted on 08-24-20 6:53 PM     [Snapshot: 227]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Nice effort... keep it on!!! :)
 
Posted on 08-24-20 7:00 PM     [Snapshot: 229]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Sunkeshra rajkumari ko katha pani ramro cha if you want to add!!
 
Posted on 08-24-20 8:32 PM     [Snapshot: 265]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Sunkeshri maiya ko katha maile kati khoje katai bhetina..kahan hola?

Orlana orla sunkeshri maiya biha ko lagan taryo hai

Orlana ta orlanthe hey mera daju, daju thiyou jethaju huna gaigayeu
 
Posted on 08-24-20 11:55 PM     [Snapshot: 324]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Sunkesri story so far I recall is sibling (sister and brother) who separated for some reason, I can not recall the the story of their departure but they were united.
Last edited: 24-Aug-20 11:59 PM

 
Posted on 08-25-20 10:59 AM     [Snapshot: 429]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

@AnandNepal Im pretty sure its not adult katha... adult bhayeko bhaye bacha belama elders bata na sunnu parne ho... I think its about some girl with blonde golden hair... Tara complete story chai birse maile :)
 
Posted on 08-25-20 11:43 AM     [Snapshot: 443]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Ananda ji, yo kitab kahan kinna payinchha? Ma dui guna 18 bhanda badhi bhayekole adult theme pir bhayena tara tapainko chinta sahin chha, ali video banauna hunna hola, 18 munikale herne puge bhane pheri hamile balak kaal ma swasthani katha suneko jasto hunchha
 
Posted on 08-25-20 3:43 PM     [Snapshot: 481]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

@chicagoan - I will send you the book - in message ... tomorrow.

@pandeyji - एडल्ट जस्तो सुनिने भागलाइ हटाएर वाचन गर्दा पनि हुन्छ कि - ट्राइ गर्नु पर्ला :)
 
Posted on 08-26-20 11:49 AM     [Snapshot: 546]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Dhanyabad Ananada ji maile kitab paye
 
Posted on 08-26-20 8:15 PM     [Snapshot: 604]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Ananda ji, tyo katha arkai rahechha, maile bhaneko yo ho

https://youtu.be/qjcDtBxkPuU
 
Posted on 09-02-20 8:47 AM     [Snapshot: 1136]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सुनकेसरिको कथाको कितावलाइ शशिले वाचन गर्न शुरु गरेकि छिन ।

अलि रुढिबादि, महिलालाइ मान्छे नगन्ने बेलाको कथा रहेछ । अनि १०० पेज भन्दा लामो कितावको वाचन। दर्शकहरुले मन पराए भने बिस्तारै बिस्तारै - हप्ताको एक एक भाग गरेर पोष्ट गर्नु पर्ला। अनौठो अनौठो बर्णनहरुको कारण शशिलाइ पढ्न पनि त्यति सजिलो चाँहि भएको छैन।


अनि @chicagoan ले सुनेको भिन्दै खालको कथा मा के के भएको थियो भन्ने याद भएमा त्यसलाइ पनि कथा बनाउन सकिन्थ्यो कि ? गित सुनेर खासै आइडिया आएन । त्यो राजा राजकुमारिको कथा होइन र? 
@Logan को कथा अर्कै जस्तो छ - "Sunkesri story so far I recall is sibling (sister and brother) who separated for some reason, I can not recall the the story of their departure but they were united." 

 "सुनकेसरि मैयाका १०० थरि कथा" भनेर बनाउन हुन्छ जस्तो छ ;) 

कितावको कथा चैं
भाग १:
https://www.youtube.com/watch?v=Jgtac8GzDes

सुनकेशरिको कथाको  (अपडेट - सबै भाग यहिँ छन ) 

भाग २ 
यो चैं अलि अश्लिल 
https://youtu.be/lAeuaSGbDyk

भाग ३
https://youtu.be/wDm8ZPr12Tg

भाग ४ 

https://www.youtube.com/watch?v=fwGztI9r-VI

भाग ५ 
https://www.youtube.com/watch?v=-pw3hLybkRQ

Last edited: 19-Sep-20 01:44 PM

 
Posted on 09-02-20 11:56 AM     [Snapshot: 1153]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Ananda ji, maile pani bachcha belama suneko, yo geet ma jasto mama le baljafati gareko bhanne thaha thiyena, geet le kathalai twist gareko ho ki?
 
Posted on 09-04-20 12:23 PM     [Snapshot: 1257]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सुनकेसरिको कथा पत्ता लगाउन सकिन .. तर, मधुमालतिको कथा चाँहि एकजनाले सुनाइदिनुभएको छ । उहाँले भने अनुसार मैले लेख्दैछु - ओरिजिनल कथा भन्दा चाँहि पक्कै पनि फरक हुन्छ होला । अति लामो कथालाइ छोटो बनाउने प्रयास गरिरहेको छु :

** मधु मालतीको कथा ** (अहिले पुरा छैन .. बिस्तारै अरु भाग शेयर गरुँला)

१) यो आज भन्दा धेरै धेरै अघिको कथा हो। त्यसबेला नेपालमा विरबुद्धि नाम गरेका एक राजा थिए। उनका सात भाइ छोरा मध्थे सबै भन्दा कान्छा भाइ मधुकर निकै बाठा थिए। उनले आँफ्ना प्रतापि दाइहरुले गरेका गल्तिबाट शिक्षा लिन्थे, तेसैले उनि झन बढि शक्तिसालि र बुद्धिमान थिए

२) एक दिन, सातै भाई जङ्गलमा सिकार खेल्न गएका थिए। घनघोर जङ्गलमा शिकार खेल्दै गर्दा उनिहरुले सुनका सिङ भएका सात ओटा सुन्दर मृगहरु देखे। ति सात भाइले मृगहरु लखेट्दा लखेट्दै निकै नै पर पुगे। जति वाण हाने पनि नलाग्ने, समाउन पनि नसकिने ति मृगलाइ लखेट्दा लखेट्दै झमक्कै साँझ पर्यो।

३) मृगहरु खोला तरेर पारि पट्टिको जङगलमा पुगेपछि बल्ल राजकुमारहरुले जंगलमा नै हराएको पत्तो पाए। रात परिसक्यो, फर्कने कसरि पनि थाह छैन। बास बस्ने जस्तो ठाउँपनि छैन। मधुकरले एउटा अग्लो रुखमा चढेर चारैतिर हेरे, खोलापारि मृग गए तिर अलि पर मधुरो बत्ति देखियो।

४) खोला तर्न डुंगा नभएपनि मधुकरले उपाय निकाले। खोला तिर ढल्किएको खोला पारिको रुखमा बाँड हाने, दाजुहरुलाइ त्यहि बाँडको टुप्पामा अर्को बाँण हान्न लगाए। यसरि बाँडको पुल बनाएर खोला तरे। निकै बेर हिँडेपछि बल्ल उनिहरु उज्यालो आएको स्थानमा पुगे। उज्यालो ओडार भित्रबाट आएको रहेछ

५) बाहिरबाट हेर्दा एक साधारण ओडार जस्तो मात्रै देखिएपनि अलिक जनिक पुगेपछि उनिहरु आश्चर्यचकित भए । त्यहाँ भित्र त एक बिशाल र आलिशान दरवार पो रहेछ। जंगलको बिचमा एक झिलिमिलि बत्ति बलिरहेको एक सुन्दर र अलौकिक दरवार देख्दा राजकुमारहरु निकै नै हैरान र हर्षित भए।

६) राजकुमारहरुलाइ लाग्यो, त्यहाँ त पक्कै पनि कुनै राजा महाराजा बस्छन होला भन्ने। "भित्र को हुनुहुन्छ? हामी परदेशि। जङगलमा बाटो बिराएर अल्लमल्ल पर्यौं। यहाँ बास पाईन्छ होला?"
भित्रबाट एक महिलाको आवाज आयो।
"हे राजकुमारहरु, मेरो एक शर्त पुरा गर्यौ भने मात्रै बास पाउँछौ"

७) "शर्त सुनाउनुहवस। सम्भव भए मान्छौं।" रात निकै परिसकेको, थाकेर लखतरान परेका राजकुमार जुनसुकै शर्त पनि मान्न तयार थिए।
"तिमिहरुले मेरा सात छोरीहरु बिहे गर्न मन्जुर भए मात्रै बास पाउँछौ।
नत्र पाउँदैनौ। बिहे गर्ने हो भने ढोका खोल्छु, नगर्ने हो भने जताबाट आएका हौ उतै तिर फर्क।"

८) मध्यरातको समय, आरामदायि बिस्तरा छोडेर घनघोर जंगल तिर फर्कन कसैलाइ पनि मन थिएन। भोकले आत्तिएका ति राजकुमारहरुले ति सात बहिनी कन्याहरुको अनुहार नै नहेरि बिहे गर्न तयार भए। तर, जव भित्र बाट ति छोरिहरुकी आमा, बुढी आइमाइ बाहिर निस्किन ति सातै दाजुभाइ नराम्रोसंग तर्से।

९) त्यस्तो राम्रो महलमा हेर्दै तर्साउने, डरलाग्दो अनुहार भएकि कुटुनि बुढि बस्छिन भन्ने त उनिहरुले सपनामा पनि चिताएका थिएनन। अझ, त्यस्ति डरलाग्दि आइमाइका छोरिहरु झन कति कुरुप होलान भन्ने सोचले नै तिनिहरुलाइ उल्टी आउला जस्तो भयो। उनिहरुलाइ डरले झपक्कै छोप्यो।

१०) लेख्दै छु ..
 
Posted on 09-11-20 11:18 AM     [Snapshot: 1710]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

१००० भ्यु पुग्ने बित्तिकै अर्को कथा बनाउँछु भनेको नभ्याइने भयो । १२ घण्टा नहुँदै १००० भ्यु पुग्यो, त्यसरि त दिनमै दुइ दुइ कथाको भिडियो बनाउँन कसरि भ्याउनु?

अब ५००० को थ्रेसहोल्ड बनाउनु पर्ला जस्तो भयो।


सुनकेसराको कथामा भर्खर १००० भ्यु नपुगेको हुनाले

अरु नै दुइटा कथा वाचन गरें -- दुबै १००० भ्यु पुगिसकेको हुनाले अर्को कथा बनाउन लाग्नु पर्ने भयो ।

भाँड कुकायो भन्ने :
https://youtu.be/zZoXi03Cs5U

अनि, राति बास्ने कुखुरा

https://youtu.be/N5L2a-ShXCQ
 
Posted on 09-19-20 9:32 AM     [Snapshot: 2199]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ढुकुर र कमिलोको कथा कस्ले पढ्नु भएको थियो ?
पढेको भए पनि बिर्सि सकेको हुन सक्छ

१ कक्षामा पढेको कुरा के याद होस् !! तै पनि कसैले सम्झनु भएको छ कि?

अति नै छोटो कथा छ ! २ मिनेट मात्रै :

https://www.youtube.com/watch?v=SOAOEdZeA5A


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
ट्रंप २०२०
हाकिमनी संग- आज सुक्रबार -३
दलित जगारण मोर्चा
❤️ चिक्नी चमेली ❤️
आयाहूआस्का
श्राद्द
640 doctors come forward to claim Covid 19 is a global scam
Sajha Chat
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Face mask नपाइने भए bra तथा underwear ले काम चलाउन अनुरोध
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
Nepalese for JOE BIDEN
साम्राज्ञीले दुर्ब्यबहार भयो, भन्दा भुवन केसिलाइ किन रिस उठ्यो ??
Nas!!! this one's for you
Help Aryan fight brain cancer!
what benefit/financial aid/discount GC holder can get for education(Master's in computer science)
बचत होइन लगानी गरौ !!!
Visit Reeyas Kitchen for Nepali Food Recipes
अमेरिकन citizenship
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters