स्वतन्त्र मधेसको वकालत गर्दै आन्दोलनरत डा. सिके राउत राज्य विप्लवको आरोपमा बेलाबेलामा पक्राउ पर्छन । सिके आँफुलाइ एक कम्प्युटर साइन्टिस्ट, सोसल एक्टिभिस्ट र लेखक भन्छन । सप्तरि मा जन्मे र हुर्केका रावतले बेलायतको प्रतिष्ठित बिस्वविद्यालय क्याम्ब्रिज विश्वविध्यालय बाट PhD गरेका छन । त्यस अघि उनले त्रिभुवन बिश्वविध्यालयबाट स्नातक र नेपाल सरकारको स्कलरशिपमा जापान गएर मास्टर्स पनि गरेका थिए । त्यसपछि उनि अमेरिकामा साइन्टिष्ट भएर काम गरेको अनुभव पनि भएको बताउँछन । रावत सन २०११मा नेपाल फर्केका थिए । सिके राउतको बारेमा अरु जानकारिको लागि उनैले लेखेको उनको आत्मकथा डाउनलोड गर्ने लिंक भिडियोको कमेन्टमा राखिएको छ । https://www.youtube.com/watch?...
AnandNepal · Oct 8, 2018 1:04 PM · 20,679 views
धेरै प्रचार गरेर हिरो बनाउन जरुरी छैन साथी| पढेर कोही ठुलो हुन्न दिल विषले भरिएको छ भने| कयौं मान्छे छन विश्वमा उनीहरु क्षमतावान छन तर जीवनको पुरानो तुष र विषले गर्दा जिन्दगी र क्षमता त्यही रिस साँध्न बिताईदिन्छन| यो मान्छेलाई त्यस्तै केही भएको हुनुपर्छ तर Past नराम्रो कसको हुन्न, आदर्णीय त ति हुन जो ठिकै क्षमता भएर पनि ठिकै योगदान ठुलो क्षमता हुनेले ठुलै योगदान दिंदै जीवन लाई अगाडी बढाउँछन|
Altijdgoede · Oct 8, 2018 4:05 PM
दिसेम्बर २००९ मा थेसिस सक्काको, २०१० मा रेथोन मा जागिर खाको, पि एच डि, गर्ने बित्तिकै बैज्ञानीक काम पाइदैन अमेरिका मा, अस्थाइ जागिर मात्र पाईन्छ त्यो पनी जुनइएर एसोसियट को, जागिर बाट खुशकिने थाह पाएर डर ले भागेर आको मान्छे २०११ मा, जागिर खाको देढ बर्ष कोइ बैज्ञानीक भा छ? तेसै बैज्ञानीक रे, हाबा कुरा बाउ भएर समात्ला भनेर नाबालक छोरी लाई ढाल बनाएर हिद्छ त्यो भन्दा तल्लो के हुन सक्छ तर सोझा तराइ का जनता लाई मुर्ख बनएर भारत को दलाली गरी रेछ, त्यस्तो
_____ · Oct 8, 2018 8:02 PM
@Altijdgoede Thank you for your comment. मेरो बिचारमा सत्यता त लुकाएर लुक्दैन । मलाइ चित्त नबुझेको मान्छे भए पनि सकेसम्म सकारात्मक नै भएर भिडियो बनाउन प्रयास गरेको हुँ । भिडियोको अन्त्यमा आँफ्नो बिचार नराखि चित्तै बुझेन। मैले यस्ता मान्छे पनि हुन्छन भन्ने जानकारि दिन खोजेको हुँ । @____ सहि कुरा -> "बाउ भएर समात्ला भनेर नाबालक छोरी लाई ढाल बनाएर हिद्छ त्यो भन्दा तल्लो के हुन सक्छ"
AnandNepal · Oct 9, 2018 11:22 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion