[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 विदेशमा उपचार होइन देशमा राम्रो अस्पताल खोलौं
[VIEWED 5824 TIMES]
SAVE! for ease of future access.
Posted on 08-09-18 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सञ्चारमाध्यममा वीर अस्पतालको बिरानो भीभीआईपी कक्षका तस्वीर सार्वजनिक भएको दिन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ‘पेटको उपचार गर्न’ सिङ्गापुर उडे । देउवा उड्न दुई घण्टाअघि मात्र अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल ‘थाइराइड र मृगौलाको पत्थरी’ को उपचार सकेर चीनबाट फर्केका थिए । केही महिनाअघि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नी श्रीमतीको उपचारको सिलसिलामा सिङ्गापुर पुगेका थिए । प्रधानमन्त्री केपी ओली पनि आफ्नो स्वास्थ्योपचारको सिलसिलामा बरोबर विदेश उडिरहन्छन् । विदेशमा उपचारका लागि नेपाली नेताहरू जाने–आउने समाचार दिन बिराएर सञ्चारमाध्यममा आइरहेका छन् । यसरी स्वास्थ्योपचारका लागि विदेशमा जाने नेपाली नेताहरूमा आफ्नै खर्चमा जानेहरू हातमा गन्नलाई पुग्दैन । राज्यकोषबाट खर्च लिएर उनीहरू जाने गर्दछन् । ‘देश र जनताको लागि जीवन अर्पण गरेका’ नेताहरूको स्वास्थ्य राम्रो हुनुपर्ने कुरामा विवाद छैन । सबैले उनीहरूको दीर्घआयुको कामना गर्दछन् ।
तर नेपालमै उपचार हुने रोगको समेत राज्यकोष खर्च गरेर विदेशमा महङ्गो उपचार गर्न जानु नेताहरूको अनैतिकता हो । नेताले विदेश जानुको सट्टा स्वदेशमै उपचार गरेको अवस्थामा हाम्रा बिग्रे–भत्केका अस्पतालमा सुधार हुँदै जाने आशा गर्न सकिन्छ । अस्पतालका समस्या र सीमितताबारे नेता स्वयं अस्पतालमा उपचार गराए अझ प्रत्यक्ष अनुभव हुन्छ । यसले अस्पतालको भौतिक तथा अन्य सुधारको सम्भावना रहन्छ । जुत्ता लगाउनेलाई जुत्तामा कहाँ पोल्छ भन्ने कुरा थाहा हुन्छ भने जस्तै नेतृत्वमा बसेका व्यक्तिले नै सरकारी अस्पताल र चिकित्सकलाई विश्वास गरेर उपचार गराएको खण्डमा जनस्वास्थ्य र स्वास्थ्य उपचारमा केही परिवर्तन हुनेछ ।
नेताले विदेशमा उपचारका लागि खर्च भएको राज्यकोष देशभित्रै कुनै राम्रो अस्पताल बनाउन वा भएका अस्पतालको स्तरवृद्धिमा लगाउन सके केही नेताले मात्र नभई लाखौंलाख नेपाली जनताले पनि त्यसको उपचार पाउने थिए । नेता स्वयं अस्पतालमा उपचार गराउन आउने परिस्थितिमा अस्पतालभित्र सजगता र आत्मविश्वासको विकास हुने गर्दछ ।
नेतालाई विदेशमा उपचार गराउन राज्यकोष दिने सन्दर्भमा सरकारले कडाई गर्न जरुरी छ । नेपाली जनता सामान्त्न्दा सामान्य रोगको समेत उपचार गराउन नसक्ने अवस्थामा नेताले महङ्गा अस्पतालमा गएर उपचार गराउने विभेदकारी अवस्थाको अन्त्य गर्न जरुरी छ । जनताको नेता वास्तवमा त्यही हो जसले जनताकै तहबाट आफ्नो जीवन अघि बढाउने गर्दछ । जनताभन्दा माथि बस्ने नेता जनताको नेता बन्न सक्दैन । जनताको नेता र राजा सामन्तबीच भिन्नता हुने गर्दछ । सामन्त र राजामहाराजाले आफूलाई जनताभन्दा माथि ठान्छ । जनतालाई तल र आफूलाई माथि राखेर चिन्तन नै सामन्ती चिन्तन हो । नेताले समग्र नेपाली जनताको लागि गुणस्तरीय स्वास्थ्य सेवाको बारेमा चिन्तन गर्नुको सट्टा आफ्नो स्वास्थ्यलाई नै मात्र महत्वपूर्ण र देशको लागि आवश्यक ठान्ने र जनताको स्वास्थ्यको मूल्य नभएको जस्तो व्यवहार गर्नु जनताको नेताको स्वभाव कदापि हुन सक्दैन ।
वीर अस्पताललगायत सरकारी अस्पतालमा अति विशिष्ट व्यक्तिको उपचारको लागि अलग विशेष कक्षको बन्दोबस्त गरेको छ । ती कोठामा आज धूलोको पत्र जमेको अवस्था छ । अनि नेताहरू वीर अस्पतालमै हुन सक्ने उपचारको लागि समेत विदेशमा जानु सामन्ती चिन्तनकै निरन्तरता हो । धेरै नेपाली नेता विदेशमा उपचारका लागि गए । तर कोही एक जना नेताले विदेशमा यस्तो रहेछ, हाम्रो देशमा पनि यस्तो बन्दोबस्त गरौं भनेर केही नयाँ स्वास्थ्य उपचारको बन्दोबस्त गरेका छन् ? कुनै दृष्तान्त छैन । यसले हाम्रा शासक दलका नेताहरू राजनीतिलाई व्यापक जनताको सेवा गर्ने माध्यम बनाइरहेका छैनन् बरु आफ्नो स्वार्थपूर्तिको साधन बनाइरहेको प्रष्ट हुन्छ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
2020 : Why No Trump !
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Tps decision coming or not nov 18
अब के हाेला त?
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
Funny when Nepalis talk about Epstein and injustice
EAD Filing
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
Work Permit
H1B
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters