IT छोड भाई स्टोरे खोल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

consultancy बाट visa sponsorship चाहिने लाई यो कुरा लागु हुन्न बाकी dv pr citizehip assylum भाका साथी हरु अब यता नआउनु.. IT job भनेको सिजन मा डोल्पा तिर यार्सा खोज्न गको काम जस्तो हो...सुन्दा यार्सा किलो को येति लाख उति लाख भन्छन, टिप्ने लाई था हुन्छ जिन्दगि दाउ मा लगाएर वर्ष भरि काम गर्दा आदा पाउ हात पर्छ..३ मैना काम गर्यो ९ मैना खडेरी..मलाई यो बुज्न ४ वर्ष लाग्यो dv pr वाला ले दाया बाया नहेरी सिदै स्टोर मा काम गर्ने.. सकेको पैसा जम्मा गने, १ २ हजार dollar जम्मा हुन साथ नेपाल पठाउना नादौरिने, पैसा जम्मा गरेर येतै राख्ने, क्रेडिट स्कोरे सकेको राम्रो बनाउने, स्टोर मा घण्टा कटाउने होइन, काम सिक्ने, स्टोर कसोरी चलेको छ हेर्ने, ५० हजार जम्मा भए पछि र क्रेडिट average बाट good मा आए पछि स्टोर खोल्न सकिन्छ यो नै एस्तो देश हो जहाँ business गर्न पैसा( capital ) होइन, इमान ( क्रेडिट, goodwill ) जरुरि पर्छ,IT मा ४ वर्ष काम गरेर मैले जम्मा गरेको पैसा ३५००० हो, मा यहाँ १० वर्ष देखि छु, ३० मैना पैले एउटा भाई लाई येही idea देको ,dv परेर आको थ्यो, एक वर्ष grocery मा काम गर्यो, सायद १५००० जति बचायो होला, बाकी पैसा नेपाल बाट झिकायो... म चै उसको मज्जाक गर्दै बसे...मुल अमेरिका मा बसेर नेपाल बाट खेत बेचेर पैसा मगौछ भन्ने लग्थियो... अस्ति को तेस्को IRS tax filing देखेर मा चखित भए...म दश वर्ष देखि अमेरिका मा छु, ४ वर्ष भन्दि बडी देखि फुल time काम गरि र छु..अजो म भन्दा ८ वर्ष पछाडी करिब ८ वर्ष कान्छो ले मलाई business को idea दि रा ६, म कहाँ निर चुके मलाई नै था छैन, १० वर्ष देखि को मेरो मेहेनत को फल ४ खोस्टा कतै काम नलाग्ने certificate अनि लगभग ३५००० बैंक बलांस...त्यो भाई को २ ओटा स्टोर को नेट वोर्थ ३५० त होला, घर को २५० जति होला...म ऐले वु संग ४०००० इन्वेस्ट गरेर partnership मा स्टोर खोलि रा छु, management उसै को छ, मेरो फुल time consultancy जोब छ automation गर्छु, मेरो जोब को ८० percent जति पैसा मैले बसी बसी कामको छु, स्टोर operation को सबै idea बुजी सकेको छु, अर्को स्टोर को खोजि मा छु, सस्तो नपुगेको पैसा नेपाल बाट ल्याउने हो,, साला visa को अलिकति tension छ .. सारभूत : पैसा सबै कुरो होइन, त्यो भन्दा धेरै कुरा अरु नि हुने रैछ जस्तो आत्मासम्मान, परोपकार...अरु को काम बाट छुटकारा पाएर आफ्नो मालिक आफै हुनु को मज्जा नै बेग्लै रैछ,, आजो केइ काम बिग्रियो कि, job बाट fire हुने होकी भन्ने डर बाट मुक्ति पाउनु को मज्जा नै अर्को रैछ, परिवार संग फुल time बस्न पाउन को मज्जा नै बेग्लै रैछ.. आत्माविश्वास र इमान्दारिता को कमि न हिजो थियो न आजो छ, हिजो कसैलाई धनि बनौन रात दिन लगियो, अब आफु लाई धनि बनौन लाग्छु, ६ मैना मा अर्को स्टोर खोल्ने deadline राखेर आगि बढेको छु, न हात मा धेरै पैसा छ न कुनै स्टोर पाको छु तर खोजे पछि जे पनि पैंचा भन्ने आस मा छु, ४० हजार लगानी गरेको ६ मैना मै 68 जति भाको छ, चायो भने त्यो बेचेर आफ्नो सोलो स्टोर चलाउन सक्छु तर बेच्ने हैन जोड्ने काम मा लागेको छु. २ वर्ष आगि automation सुरु गर्दा कुन दिन काम बाट fire हुने हो भन्ने डर लग्थियो.. आजो उल्टो छ fire त हुन्न तर contract terminate भए consultancy बाट छुटकारा पाउने बहाना मिल्थियो...31 वर्ष को भए. single ,, बोका भए गनायेर टोल द्र्गंदित हुन्थियो होला. मुला भए छिप्पिएर काठ पसाइ सक्थे होला...सधै भरि contract को जोब ले जीबन चल्दैन..भोलि बाल बच्चा हुन्छन पारिबारिक दयित्तो आउछ.. त्यो भन्दा ठुलो कुरा म त deadline मा चल्ने मान्छे ४० काटेको भोलि पल्ट pr / passport सबै जिम्मा लगाएर गाउ जाने निर्णय ५ वर्ष अगि गरेको छु ..सुन्दर हरियाली ठाउँ मा ठुलो जमिन किन्ने हो, २ ३ ओटा गाई पाल्ने, थोरै खसी बोका, ८ १० ओटा कुखुरा..अलि अलि समाज सेवा, अनि जुन माटो को सुगन्द सुगेरा म हुर्किए तेइ माटो मा बिलाउने सपना छ..म संग धेरै समय छैन. जे गर्नु छ येही १० वर्ष मा गर्नु छ..अमेरिका मा बगाएको प्रत्येक पसिना को दाना को मुल्य ब्याज सहित नेपाल लाई फर्काउने चाहना छ / इमान्दारिता को कमि न हिजो थियो न आजो छ//

QAtester1 · Feb 14, 2018 3:00 PM · 20,145 views

3 Replies

Brother where are you mero ra timro Bihar eutai raicha..lu kholaum na ta store

ehho2 · Feb 14, 2018 6:17 PM

I see lot of people jumping to IT field just because of money. My suggestion is jump only if if you are passionate about coding and problem solving. Otherwise you are just wasting your time for nothing.

sajhamitra · Feb 15, 2018 5:33 PM

kuro thikai ho... dhoti majority bhako team ma kam garna sarai garo cha IT ma.. katai sajilo pani huncha tara praya garo banaucha..

samrock · Feb 15, 2018 8:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion