[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 फोर्ब्स सूचीमा परेका नेपाली ‘टेक मास्टर्स’को घतलाग्दो कथा
[VIEWED 8267 TIMES]
SAVE! for ease of future access.
Posted on 04-14-17 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोर्ब्स सूचीमा परेका नेपाली ‘टेक मास्टर्स’को घतलाग्दो कथा

सानो मुलुकमा बसेर संसारको ध्यान तान्ने प्रभातको नालीबेली

शिव मुखिया

‘एक नेपाली युट्युवरको रुपमा मलाई यो भन्दा ठूलो खुशीको कुरा केही हुन सक्दैन । हामीसँग एउटा उत्कृष्ट टिम छ र मलाई आशा छ, हामीले लामो यात्रा तय गर्नेछौं ।’

फोर्ब्सले जारी गरेको एशियाका लागि ‘३० भित्रका ३०’ सूचीको २०१७ को संस्करणमा आफ्नो नाम समेटिएपछि नेपाली युवा प्रभात यादवले यसरी नै खुसी व्यक्त गरे । उनी ‘मीडिया, मार्केटिङ एन्ड एडभर्टाइजिङ’ बिधामा छनौट भएका हुन् । उनले साथीहरूसँग मिलेर ‘एक्सप्लोर ग्याजेट’ नामको युट्युब च्यानल चलाएका छन्, विगत ५ बर्षदेखि ।

प्रविधिमा चासो राख्नेहरु चार लाख बढीले अहिले प्रभात र उनको टिमलाई पछ्याइरहेका छन्, युट्युबमार्फत । यसमध्ये युरोप, अमेरिकाका अधिक तन्नेरीले यसलाई रुचाएका छन् । ४ लाख १५ हजार सब्सक्राइब रहेको युट्युब च्यानल ‘एक्स्प्लोर ग्याजेट’बाटै प्रभातको टिम धानिएका छन् । युट्युबको एडसेन्स र बिभिन्न कम्पनीसँगको साझेदारीबाट प्राप्त हुने पैसाले उनीहरुको गोजी भरिएको छ । प्रभात भन्छन्, ‘अहिले हामी पूर्णकालिन यसैमा लागेका छौं ।’

फोर्ब्सले लेखेजस्तै, प्रभात र उनको टिमले एक्सप्लोर ग्याजेट्समार्फत नेपाली दर्शकलाई पछिल्ला ग्याजेट्सँग परिचित गराइरहेका छन्, जुन सामान्यतया नेपालमा कठिन र महंगो हुन्छ । ‘हामी जेन्युन कन्टेन मात्र राख्छौं, त्यो पनि एकदमै सन्तुलित ढंगले’ टिमका आयुशध्वज विष्ट भन्छन्, ‘त्यही कारण सबैले हामीलाई पत्याएका हुन् ।’

नेपालको एकमात्र ‘युट्युब भेरिफाइड’ टेक च्यानल हो यो, जसले २०१४ मा गुगलको ‘सिल्भर प्ले बटन अवार्ड’ प्राप्त गरेको छ । यो अवार्ड प्राप्त गर्ने उनी नेपालकै पहिलो युट्युबर हुन् । एक लाख सब्सक्राईब, पृथक एवं वैधानिक सामग्री पस्कने च्यानलले मात्र यस्तो अवार्ड प्राप्त गर्छ । यो च्यानल जुलाई २०१२ बाट सञ्चालनमा आएको हो ।

प्रविधिका तात्तातो खुराक पस्किन रातभर जागै

एक्स्प्लोर ग्याजेट च्यानलमार्फत प्रविधिबारे तात्तातो जानकारी पस्कन उनीहरु तैनाथ छन्, हरदम । जब प्रविधि बजारमा कुनैपनि उत्पादन सार्बजनिक हुन्छ, यो टिम जागिहाल्छ । नतिजा, केहि समयमै उक्त प्रविधिबारे यावत् जानकारी दिइन्छ । त्यो पनि श्रव्यदृश्य । कस्तो प्रविधि के हो, कसरी चलाउने, फिचर्स कस्तो छ, सबल पक्ष के हो, मूल्य कति हो इत्यादि ।

‘प्रविधिमा मानिसको सबैभन्दा के कुरामा चासो हुन्छ, के कुरा खोजिन्छ ?’ प्रभात भन्छन्, ‘त्यही कुरा सरल र स्पष्ट ढंगले बिस्तृतमा बताउने प्रयास गर्छौं ।’

चाहे त्यो एप्पलको कुनै उत्पादन होस् वा लजिटेकको सानो उपकरण नै, उनीहरु त्यसको शल्यक्रिया गर्छन् । राम्रो/नराम्रो छुट्याउँछन् । चलाउने विधी र दायराहरु खोतल्छन् । अनि श्रव्यदृश्य सामग्री बनाएर आफ्नो च्यानलमा अपलोड गर्छन् ।

त्यती मात्र उनीहरु खुम्चिएका छैनन् । प्रविधिका बारेमा आउने कुनैपनि जिज्ञासा मेट्न उनीहरु फेसबुकमा चौबिसै घण्टा उपलब्ध हुन्छन् । प्रविधि सम्बन्धीको जति जटिल कुरा होस् वा जति सुक्ष्म नै, उनीहरु त्यसको जबाफ खोजेर प्रयोगकर्ताको चित्त बुझाउने काम गर्छन् । ‘नयाँ टेक्नोलोजीबारे थुप्रै प्रश्न आउँछन्, हामी छिटो र सजिलो तरिकाले जानेको कुरा शेयर गर्छौं’ प्रभात भन्छन् ।

उनीहरुको अनुभवमा एप्स सम्बन्धीको जानकारी अहिलेका तन्नेरीले धेरै खोज्छन् । उनीहरुले अपलोड गरेकामध्ये प्लेस्टेशन भीआर, थ्रीडी स्क्यानर, मानवीय प्रवृत्तिका रोबोट, ड्रोन र सिमुलेसन गेमका श्रव्यदृश्य सामग्री धेरैले रुचाएका छन् । यससँगै उनीहरुले सस्तो र गुणस्तरीय प्रविधिबारे पनि सामग्री पस्कन थालेका छन् । नयाँ गेमिङ डिभाईस, गेमिङ एप्स, खेल्ने तरिकादेखि फिल्म मेकिङका सरल विधीहरु समेत उनीहरुले आफ्नो च्यानलमा राखेका छन् ।

प्रभात यादव र आयुशध्वाज विष्ट

च्यानलका लागि कन्टेन्ट खोज्ने वा त्यसको अवधारणा बनाउने काम प्रभातको हो । श्रव्यदृश्य सामग्रीलाई सम्पादन पनि उनैले गर्छन् । आयुशध्वाज विष्टले आवाज दिन्छन्, सम्मान विष्टले गेम्स र अडियो उपकरणको समीक्षा गर्छन्, सफल अधिकारीले एप्सको समीक्षा गर्छन् । पब्लिक रिलेसन र स्क्रिप्टको जिम्मा सोहिल श्रेष्ठको हो ।

आ-आफ्नो घरको कोठालाई नै कार्यालय बनाउने उनीहरू विभिन्न स्थानमा गई छायांकन गर्छन् । ‘धेरैजसो सबै सुतेपछि मध्यरातमा भिडियो खिच्छौं’ प्रभात भन्छन् ।

ख्यालख्यालैमा फुरेको आइडिया

लिटल एन्जल्स कलेजवाट बिबिए गरिरहेका प्रभात केही नयाँ काम गर्ने सोचमा थिए, जसलाई सहपाठीहरुले ‘वाह्’ भनेर तारिफ गरोस् । त्यही वेला उनको दिमागमा एउटा आइडिया ‘क्लिक’ भयो, युट्युब च्यानल चलाउने, त्यो पनि एकदमै फरक स्वादको । अहिले सर्वाधिक जे खोजिन्छ, त्यही पस्कने ।

संयोग कस्तो जुर्‍यो भने, त्यहीवेला उनकी आमाले सामसुङको ग्यलेक्सी एस चलाउन थालेकी थिइन् । त्यही फोनको ‘रुट प्रोसेस’ वारे केही सामग्री राख्ने निधो गरे । कम्पनीले स्मार्टफोनको सवै सिस्टम फाइल चलाउन उपभोक्तालाई पूर्ण एक्सेस दिएको हुँदैन । त्यस्तै सिस्टम फाइल चलाउनका निम्ति रुट प्रोसेस चाहिन्छ ।

‘रुट प्रोसेसकबारे धेरैले जान्न खोजिरहेका हुन्थे’ प्रभात भन्छन्, ‘त्यसैले मैले सुरुमा हाउ टु रुट ग्यालेक्सी एस भनेर एउटा भिडियो वनाएँ ।’ त्यो भिडियो एक महिनामै १० हजारले हेरे । उनी फुरुङ्ग भए ।

तर, उनले केहि समयपछि भिडियो हटाए । उनलाई लाग्यो, यसरी बनाइएको भिडियो अबैधानिक हुनसक्छ । त्यसपछि भने उनी ‘जेन्युन’ हिसाबले काम गर्न थाले । नतिजा सोचेजस्तै भयो । त्यो पेज छोटो अवधिमै गगुलद्वारा भेरिफाइड भयो ।

टेक्नोलोजीका कस्ता कुरामा वढी चासो हुन्छ ? त्यसैलाई उनीहरुले भिडियोमार्फत प्रस्तुत गर्न थाले । सम्वन्धित कम्पनीले नदेखाएको हिडन फिचर्सलाई देखाइदिए । नेपाली बजारमा आइपुग्नुअघि नै स्मार्टफोन, त्यससँग सम्वन्धित एप्स्, गेमिङका वारेमा सिलसिलावद्ध जानकारी पस्किए । यस्तै हट सामग्रीले टेक च्यानल ‘युट्युब एक्प्लोरग्याजेट्स’ रातारात हिट भयो । यहि च्यानलवाट सेवाग्राहीले आफूलाई चाहिँदो सूचना र जानकारी हासिल गर्न सक्ने भए ।

यसरी अपेक्षित सफलता मिल्दै गएपछि उनीहरुलाई लाग्यो, हामी अझ जवाफदेही, उत्तरदायी र रचनात्मक हुन जरुरी छ । अन्ततः यी तीनै जनाले आ-आफ्नो घरमा छुट्टाछुट्टै कोठालाई कार्यालयको रुपमा खडा गरे । कुपन्डोलमा अर्को कार्यलय स्थापना गरे र अहोरात्र खटिन थाले ।

अनि विश्वले खोज्न थाल्यो

अहिले उनीहरुको च्यानलमार्फत आफ्नो उत्पादनको विज्ञापन गराउन किङस्टोन, लजिटेक, सेनाइजर जस्ता आधा दर्जन अन्तर्राष्ट्रिय ब्रान्डले बजार प्रवर्द्धनका लागि एक्सप्लोर ग्याजेटसँग साझेदारी गरिरहेका छन् । ‘थुप्रै कम्पनीले कुनै पनि ग्याजेट, एक्सेसरिज उत्पादन बजार पठाउनुअघि नै हामीलाई उपलब्ध गराउँछन्’ प्रभात भन्छन्, ‘हामी त्यसको राम्रो, नराम्रो पक्ष समेटेर यूट्यूबमा भिडियो अपलोड गर्छौ ।’

उनी अहिलेसम्म पाँच सयभन्दा बढी भिडियो यूट्युब च्यानलमा अपलोड गरिसकेको बताउँछन् ।


http://www.onlinekhabar.com/2017/04/571016/


 
Posted on 04-14-17 2:37 PM     [Snapshot: 280]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

people copy another, anything new what they are doing ? there are similar channels plenty and they all copy each other. Reviewing gadget seriously is this some thing like innovation ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
Ushering in new era of communism ...
Does he deserve Noble Peace prize??
ChatSansar.com Naya Nepal Chat
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Kamala Devi Harris chosen as Biden Running Mate
Dufferent types of people who hate Trump
Example of how media controls the sheeps
Love trumps Hate
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
Trump is a winner
Michael Kobold's expose on Nimsdai Purja
The delusion created by mainstream media is creating fake reality for biden supporters
Democrats cannot think for themselves
BIDEN: BORDER is CLOSED. THAT MEANS TRUMP BORDER POLICY IS GREAT!!!
Supporting issues on principle instead of blind brainwashed support
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
The Battle of the Titans
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters