दसैं, मासु अनी झोल !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज जमरा राखियो साझमा खसीमासु खानु पर्छ भनी काम हिड्नु अघी काटकुट अनी मोलेर राखियो | म र बच्चा ग्रेभी भएको मासु मन पराउछौ भने गृह मन्त्रानीलाई रस नभै हुँदैन| हुन त बसमा चडेर् घर जादा बाटामा खाइने मासु भात् खसिको होस् वा कुखुराको २ चोक्टा मा पाइने त रस भनौ वा झोल मात्रै, त्यो पनि धेरै नै मिठो हुनथ्यो, महगिको बेलाको पैसा तिरेर खाएको ले हो वा स्वाद नै मिठो भएर हो छुट्याउन् सकेको छुईन|  तर पनि मासु भनेको कबाफ भनौ वा पक्कु मात्रै हो जस्तो लाग्छ | तर आज भने परिने भैयो झोलमा | शायद यो झोल सङ्को झड्का झड्को सानो हुँदाको घटनाले पनि भूमिका खेलेको छ कि ? मेरा ससुरा जि बेगनास ताल तिरका हुन | सासु स्वयम पाक्के भएको हुनाले ससुराज्यु को भोजनालयमा परियो| बुढाले प्रेससर कुकरमा बडो मजाले मरमसला हालेर पकाउदै थिए, खान पाइने भाईयो कबाफ भनेको त अन्त्यमा एक जग पानी खन्याए : शायद मेरी श्रीमतीले पनि एस्तै पकवान को बानी परेको हुनाले होला झोल बिनाको खसिको मासु पनि मासु हुन्छ र त्यो पनि दसैं चाड पर्ब को बेला | कही पढेको थिए घरमा खाए जस्तो पनि हुन्छ र ? ज्वाँईलाई बडो मान मनितो गरी सासुले मेजमान गराएर सोधिन खान पिन कस्तो भो ज्वाँई ? ज्वाँईले पनि घरमा खाए जस्तो का हुन्छ र भनी प्वाक्क खोकी हालेछ | सासुलाई पर्यो खुल्दुली ! छोरीलाई सोद्धा एकमुठी खोर्सानी राखिदिनु पर्थ्यो भनिन, | ससुराले  सानो हुँदाको कथा बाच्नु भयो | वहाँ सानो हुँदा कसैको विवाहमा भोज खान बस्दा काबुली काबुली भन्दै आयो रे काउली सुनेर या हाल भनेको फर्सि पो बर्सिन्छ रे , ल खा तेरो काबुली भनी तेही काबुलिको घुएत्रो हानेको अर्कोले लठ्ठी लिएर लखेट्दा का को बिहेको भोज खानु फुपुकोमा गरेर दही चिउरामा दिन बिताइेको कुरा सुन्दा आफ्नो पनि  तेस्तै कथा याद आयो | बिहेको भोजमा हरेक घरघर बाट जाने क्रममा मेरा बा, काका बा देखी दाजु भाई सबै मधेस छिरेका थिए : घरको प्रतिनिधित्व गर्न गैइन्थ्यो | यो जनै भन्ने कुरा एस्तो बेलामा क्या महत्वपूर्ण हुने ! मेरा बालसखा जो तिनीहरु मद्धे धेरैको ब्रतबन्ध गरेका थिए ठुला बडाको सरहिमा बसेर खाने हुँदा उनिहरुको सान अर्कै थियो| यही मात्रै एक बेला हो जनै लगाएको फाईदा: दिनहु पाठ नगरि खान नहुने : रहमा डुबुल्की मार्दा जनै हराउला भन्ने डर : अन्तरे जन्तरेको मा भुटेको मकै, चाम्रे अनी बेसारको पातमा डामेको रोटी, फापरको रोटा ,  हामीले रमाइ रमाइ खादा जनै फ्यालु फ्यालु हुने : कुरा कस्ले बिर्सियोस र ?  भतेरमा  आफु भने बाल बच्चा अनी अशिखाधारी सँग बसेर खानु पर्ने , खलो खेत वा बाझो बारीमा लाइन लागेर बसिन्थ्यो | टपरिमा खानु पर्ने : अनी भाग्य कती बलियो छ राम्रो टपरी पाउनुमा तेस्ले जनाउछ बिहे भोज ख्वाइ कस्तो भयो भनेर ! भात् , तरकारी (ताबुली) कालो दाल अनी मासु नै मुख्य पारीकार हुन ,  आफ्नो पालो आउुनजेल चोक्टा सिध्दी सकेको हुन्थ्यो भने दाडुको झोल ट्परिमा पर्न पाएको छैन चुहेर भुई भिजी सकेको हुन्थ्यो | यो एक पल्ट, दोश्रो पल्ट हैन तेश्रो पल्ट् दोहोरिएको हुनाले म ब्रतबन्ध नभैकन कसैको भोज भतेरमा जादिन भनी प्रतिग्या गरे |  लौ साथी हो दसैं सँग झोलको कथा याद आयो: आझको झोल को स्वाद कस्तो हुन्छ भन्दै नानी छदाको कुरा पोख्दै छु | Last edited: 25-Sep-14 01:02 PM Last edited: 06-Oct-14 12:09 PM

magorkhe1 · Sep 25, 2014 12:19 PM · 26,142 views

6 Replies

haha...I remember me and my sister used to fight for the masu with haddi....Good Old days:) Also my sister was more picky than me. She did not used to eat any meat without haddi.. Happy Dashain everyone

GoneCrazy · Sep 25, 2014 3:58 PM

kaile khasi ko masu khana napako jasto, I eat goat meat everyday

divorceguy · Sep 25, 2014 6:33 PM

मम को कुराकानीमा अदुवा भडुवा हो भनि राहुलभाइले लेख्नु भएको थियो : पकवान बिगार्नुछ भने गरम मसला हाल्नुस : यसले त स्वाद मात्र हैन मासु हो कि कटहर हो छुट्याउन गाह्रो भो | पकवान बिगार्नु छ भने हालौ गरम मसला | Last edited: 15-Oct-14 01:49 PM

maGorkhe1 · Sep 26, 2014 6:03 AM

दशैँ पनि सकियो, खसी होईन बोका कै मासुले मन बुझाइयो ( कहा बाट पाउनु खसी बनाएका बोका , सायद भारत तिर पनि खसी बनाउने चलन त्यति छ जस्तो लाग्दैन ) | पक्कु पकाउने बिधि पनि टासी सक्नु भएकोथियो र हेरी पनि सके, पाक कलामा केहि सहयोग पनि पाइयो | एस चोटि को दशैँ चै ह्याकुला ले नै चित्त बुझाइयो | हाकुला चपलाई बिचो बीच काटेर छुट्याए पछि एउटा कबाफ बनाउने र अर्को झोल बनाउने गज्जब का टुक्रा निस्किए | हड्डी धेरै भएको टुक्रा लाइ सके सम्म बोसो खुर्के र रस बनाइयो ( झोल मात्रै छुट्याएर फ्रिज मा केहि बेर राखेर तैरिएर बसको बोसो / तेल फ्यालि कम बोसो /तेल बनाउन सकिन्छ) , बाक्लो झोल बनाउन कुकुराको ब्रोथ हाली झुक्याए (झुक्क्याए नै भन्नु पर्ला ) | सके भने य़ोउट्योउब महाराज संग सहयोग मागी टासुला |

MaGorkhe1 · Oct 20, 2021 11:43 AM

गोर्खे पासा, आफु लाइ ट अम्रिकाको दशैं , दशैं जस्तै लाग्दैन, यशअर्थमा दसै नमनाएको ८ ९ वर्ष भयो । हामी ज्यापू समुदाएको दसैँ पो दसैँ , उखान नै छ, छेत्री बिग्रन्छ मोजले ज्यापू बिग्रन्छ भोज ले । उता हुदा दशैं आउनु १० दिन आगे नै भोज सुरु हुन्थियो। घटसथापनाको दिन चट्ट संग सामुहिक रुपमा कुल देउताको घरमा जमरा राखिन्थ्यो अनि तेइ दिन गुठि संस्त्थानले दिएको राँगो काटिनन्थ्यो ,अनि गुठि घरमा आइमाई खलक राँगोको अनेक परिकार छोइला, कचिला, सुकुटी देखि भात संग खाने झोल मासु बनाउन व्येस्ट हुन्थे । बुडा खलकहरु २० धार्नीको खर्कुलोमा टखा ( थलथले पर्वते भाषामा ) बनाउन ब्येस्ता हुन्थे ,हामी केटा खलक ठसी बाट भक्खर कुटेको मग मग बासन आउने टाईचिन चिउर ल्याउन व्येस्ट हुन्थेउ । अनि पुजा आजा सकेर बुडा बालक एकौ ठाउँमा लाम्बद्द बसेर "लप्टी भोए" ( सबै संगै बसेर टपरी जस्तोमा खाने ) गर्थेंउ । त्यो भोजमा राँगाको ४ ५ थरि मासु, आलु तामा, सागको २ थरि परिकार , ठो ( सेतो गुलिओ जाड ) , ऐला , काउली को तरकारी, हाँसको परिकार , टाईचिन चिउरा, छोइला देखि धेरै किसिमको खाने कुरा खाने गरेको ऐले जस्तो लाग्छ १० वर्ष भएछ । दशैँ भरि भोजै भोज, कैले मामाघरमा नख्ट्या, कैले ठुली आमाकोमा नख्ट्या, कैले काकाकोमा एबम रितले पुर्णिमासम्म अलि अलि गनाउने अस्टमीमा काटेको राँगोको टाउको र पुछर पनि सक्ने गरिन्थ्यो । हुन ट कैलिफोर्नियामा पनि हामी सानागाउले महर्जनहरुको जत्था नै छ र यहाँ हिजो भक्खर नख्ट्या( नेवारी भोज ) खाएर आएको। सबै बेवास्थित नै थियो तर छिमाबु लोगनचा ,यहाँ कहाँ पाउनु राँगाको ५ थरिको परिकार? यहाँ कहाँ पाउनु राँगाको थलथले ? यहाँ कहाँ पाउनु मग मग बास आउने टाईचिन चिउरा ? यहाँ कहाँ पाउनु गुलिओ "ठो "? यहाँ कहाँ पाउनु आलु तामा ? यहाँ कहाँ पाउनु लप्ति भोए ? मूजि राँगाको मासुको सट्टा कुहिएको पानि आउने बोइलेर कुखुरा, थलथलेको सट्टा आइस क्रिम , गुलियो "ठो " को सट्टा सोडा, लल्टीको सट्टा डीसपोजेबल प्लेटमा खाएर यो वर्षको दसैं समापन गरियो । मूजि अम्रिकाको दशैं खै के खै के ? २२ २५ रोपनी जग्गा हुने मान्छे यो बिरानो ठाउँमा २ इन्चको ढुक्कुर हल्लाएर के'का लागि संगर्ष गरि ऱा'को छु भन्न पुरानो प्रस्नले फेरी डिमाग ढक ढक गर्यो । सारै नमज्जा भो लोगनचा !!

haku is back · Oct 20, 2021 12:24 PM

राँगाको मासु त होईन बाइसन् को मासु पाइन्छ रे तेसैको मम बनाएर खानु पर्ला |

Logan · Oct 28, 2022 7:40 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion