सबैको परिचय भिडियो बनाउन रहर छ अहिलेसम्म बनि सकेका परिचय भिडियो : - भक्तराज आचार्य - उदय सोताङ, मनिला सोताङ - मिलन नेवार (मिलन अमात्य) - अम्बर गुरुङ - डेनि डेन्जोम्पा अरु को को छन - प्लिज भनिदिनुहोला भारत मा जन्मेर हुर्केकि - भारतमा चर्चित पनि भएकि, नेपालमा आएर एक छुट्टै स्थान लिन सफल https://youtu.be/WHxVD8VXGwM उदय र मनिला https://youtu.be/FNaX5dFbxN4 डेनिको परिचय https://youtu.be/NW-EikJMEAg तेस्तै नेपालमा जन्मेर भारतमा चर्चित भएका २ जनाको परिचय भिडियो बनाएको रहेछु - पुर्णिमा श्रेष्ठ - उदित नारायण झा
AnandNepal · Jan 5, 2021 11:48 AM · 17,911 views
धनकुटामा जन्मेका नेपाली पण्डितका छोरा नेपाली नगरिक्ताधारी कलेंगपोङ्गमा पढेका भक्तराज कसरि भारतीय भए ? मुद्दा हाल्दिम ?
logankobaje · Jan 5, 2021 11:55 AM
डेजी बराइलि ( भैसी लड्यो है ) , उगेन छोपेल, प्रकाश सायमी, अरुण थापा , अरुण लामा, गोपाल योञ्जन, थुप्तेन भुटिया, सुक्मित गुरुङ , पबित्र सुब्बा , Norden Tenzing Bhutia ( मुसु मुसु हासी देउ ) लिस्ट लामो छ
logankobaje · Jan 5, 2021 12:02 PM
Thank you .. कति धेरै रहेछन .. कसरि भ्याउने होला ? भक्तराज जन्मेको नेपालमै रहेछ .. हुर्केको भारतमा .. He was born in Dhankuta, Nepal and raised in Kalimpong, India. He moved to Nepal in 1970's during the flock of Darjeeling singers to Nepal.
AnandNepal · Jan 5, 2021 8:10 PM
रञ्जित गजमेर
dave_dat · Jan 5, 2021 8:12 PM
फिरोज स्याङ्देन नि हो क्यारे???
dave_dat · Jan 5, 2021 8:14 PM
आनन्द जी, यो भिड्यो धेरै ले मन पराउँदैनन् जस्तो लाग्छ । अरुण थापा मगर का बाउ बाजे नै नेपाली । उता बाट: सविन राई, सुरेश कुमार (क्षेत्री), एड्रियन प्रधान (?)
salamkrishne · Jan 5, 2021 8:52 PM
@salamkrishne अरुण थापा - जन्मेको मात्रै कलकत्तामा रहेछ नेपालि बाबुआमाबाट - ३ महिना हुँदा नेपाल आएको, अनि नेपालमै हुर्केको। Sabin Rai - Dharan, Nepal Adrian Pradhan - Born & raised in Kalimpong, India. He is the lead member of the Nepali rock band 1974 AD @dave_dat फिरोज स्याङ्देन ब्याण्ड मेम्बर Adrain Pradhan's 1974 AD ko रञ्जित गजमेर - Darjeeling, West Bengal, India @logankobaje डेजी बराइलि ( भैसी लड्यो है ) - भारतिय नै होला बिवरण प्राप्त भएन उगेन छोपेल - साइनो फिल्मका निर्देशक जस्तो लाग्यो - गायन संगितकार होइनन कि? प्रकाश सायमी - फिल्म निर्देशक, पत्रकार अरुणा लामा - (बायो बनाएको थिएँ) गोपाल योञ्जन - दार्जिलिङ जन्मेका सुक्मित गुरुङ - सिक्किम बाट पबित्र सुब्बा - Norden Tenzing Bhutia ( मुसु मुसु हासी देउ ) - - सुनेका गित रहेछन गाएक थाह नभएको 'Gajalu le Aakhai Chopne', 'Kaha Timro Mayalu Lai' २०१९ मा बितेछन ... अनि, अरु पनि रहेछन : Shanti Thatal - पनि दार्जिलिंग कि रहिछिन नितेश प्रधान - दिव्य खालिंङ -
AnandNepal · Jan 6, 2021 1:13 AM
मैले कतै सुन्या थें, महेन्द्र राजा हुँदा, नेपाली भाषाको कला र साहित्यलाई प्रोत्साहन गर्न सरकारी तहबाटै कदम चालेका थिए, त्यसैक्रममा दार्जिलिङ सिक्किमबाट पनि धेरै कलाकारहरूलाई नेपालमा काम गर्न बोलाका थिए रे।
dave_dat · Jan 6, 2021 9:09 AM
yes @dave_dat मैले यो बारेमा चर्चा गरेको थिएँ -- तलको भिडियोमा *११ मिनेटपछि* बिदेशमा बस्ने नेपालि भाषिहरुलाइ महेन्द्रले नेपाल बोलाएको बारेमा चर्चा गरेको छु https://youtu.be/pMRTR_xdML0
AnandNepal · Jan 6, 2021 12:28 PM
मूजि आनन्द ब्रो, भांग खाएर video बनाउनु हुन्छ कि क्या हो ? मूजि कुन यांगल बाट भक्तराज आचार्य भारतीय देख्नु भयो ? हो मूजि गल्ति हुन्छ , तर भक्तराज जस्तो पटठो सुद्द साकाहारी काठा बाहुन लाई सिधै भारतीय भन्दिने ? मूजि ट्रंपले नि भन्दिन सक्छ भक्ते नेपाली हो भनेर । भक्तराज जत्तिको सुद्द नेपाली उचारन गर्ने कोहि गायक छैनन् नेपालआ । यी मुजी आसामी, भुटानी , सिक्किमेली नेपाली/ भरितिये को बोलि चाली नै फरक हुन्छ , जति नेपाली भाको नाटक गरे पनि थाहा पाई हालिन्छ । मैले बिरोध नगरेको भए ब्रो ले भक्तराजको परिचय विडियो बनाई दि सक्नु हुन्थियो भारतीय गायक भनेर । तपाई को channel का फ्यान सबै लाटा गाँड़ा मात्र छैन , म जत्तिका allrounder ले पनि तपाईको video हेर्छन अलि विचार पुर्याउनु होला । जिस्किने कुरामा जति नि जिस्किन सकिन्छ, भद्दा पनि बन्न सकिन्छ तर धर्म, कला , संस्कृति आदि इत्यादीमा स्वाभिमान जोडिएर आउछ अलि विचार गर्नु होला ।
logankobaje · Jan 6, 2021 10:53 PM
okey .. @logankobaje .. Here you go .. The biography of Bhaktaraj Acharya .. https://youtu.be/b1Xi34IdHTI
AnandNepal · Jan 7, 2021 10:19 AM
okey .. @logankobaje .. Here you go .. The biography of Bhaktaraj Acharya .. https://www.youtube.com/watch?... & another biography is ... अम्बर गुरुङ https://youtu.be/wCP9vCOI5po
AnandNepal · Jan 7, 2021 10:23 AM
भक्तराज आचार्य माथि सांघातिक हमलाका मुख्य योजनाकार नारायण गोपाल र गोपाल योञ्जन थिए । यी दुवै मीत थिए । हमलाको कारण सांगीति छेत्रको सिंडीकेट थियो । नारायण गोपाल त्यो बेलाका असनका डन थिए , उनमा असल गुण जम्मा एउटामात्र थियो , त्यो भनेको गयिकी र सांगीतिक छेमता । नारायण गोपाल तेसबेला गीतकार र संगीतकार लाई सिन्को जति गन्दैन थिए । धेरै गीतकारहरु नारायणगोपालले आफ्नो गीत गाइदियोस भन्ने चाहान्थे तर उनि आफुलाई मन परेको गीत मात्र गाउथे , संगीतकार लाई नसोधी संगीत परिबर्तन गरिदिन्थे , गीतकार लाई नसोधी गीतको सब्द परिवर्तन गरि दिन्थे । कसैले चुइक्क समेत बोल्न सक्दैन थियो । नारन गोपाल र भक्तराज अचार्येको दुस्मनी चै " जति चोट दिन्छौ देउ मायालु" भन्ने गीत बाट भएको हो। यो गीतका रचनाकार सुबाश चन्द्र ढुंगेल हुन् । उनले यो गीत पहिले नारायण गोपाल लाई गाउन अनुरोध गरे , उनले सुरुमा गाउन मानेनन् , पछि आधा गीतको सब्द नै परिवर्तन गरेर गाउछु भने । गीतको मर्म नै मरे पछि सुबाश चन्द्र ढुंगेलले त्यो गीत नारायण गोपाललाई गाउन दिएनन् । "तेरो गीत मैले नगए अरु कसैले गाउदैन " भनेर नारायण गोपालले त्यो गीतको कागज फाली दिए । त्यो गीत लिएर उनि प्रेमधोज कहाँ गए उनले नारायण गोपालको डरले गाउन मानेनन् , पछि भक्तराजलाई दिए उनले गाए आफ्नै संगीतमा । गीत येति सफल भयो को भक्त राजको चर्चा नारायण गोपालको जति हुन थाल्यो , तेस्पछि हजार आखा हेर्ने मेरी मायालु लाई , जहाँ छन् बुद्ध का आखा , जस्ता धेरै गीत गएर भक्तराजले नारायण गोपालको सिंडीकेट धोस्त पारी दिए । अब नारन गोपालको विकल्प अरु पनि छ भन्ने भन हुन थाल्यो । येही पीर लाई थाम्न नसकेर नारायण गोपाल , गोपाल योञ्जन , प्रेमधोज एंड कम्पनीले भक्तराज माथि सांघातिक आक्रमण गय्रो । भक्तराज बिरामी भए पछि उनलाई भेट्न नजाने नारायण गोपाल र गोपाल योञ्जन मात्र थिए ।
logankobaje · Jan 7, 2021 11:11 AM
Logankobaje Jiu, Kunai srot pani prastut garnus na. Natra chiya pasal ko guff jasto hunchha
chicagoan · Jan 7, 2021 12:45 PM
chicagon हुन त साझाआ मैले बोले पछि रामबचन नै हुन्छ , केटाहरु मेरो नामको कसम खान्चन भन्नेनि सुन्ने गरेको छु तैपनि तपैले मेरो कुराको स्रोत खोज्नु भयो ठिकै छ म भन्दिन्छु , मेरो कुराको पहिलो स्रोत चै भक्तराज दाई कि श्रीमतीहुन् उनले नै एउटा अन्तरबार्तामा यो कुरा धेरै पैहिले भन्नु भाको थ्यो, त्यो बेलाँ ऐले जस्तो स्मार्ट फोन थिएन रेकोर्ड गर्न तैपनि वहाको अन्तरबार्ता TNV मा छ । अर्को स्रोत भनेको प्रकाश सायमी दाई हो , को प्रकाश भन्नु होला , मुजी अरुण सायमी त सुन्नु भा होला नि ? मेरो पुरानो घर कुपन्डोलआँ रेडियो सगरमाथा भन्ने FM बसेको थियो , त्यो FM मा प्रकाश सायमीले रति ९ -१० " अजर अमर गीतहरु " भन्ने कार्येक्रम चलौथे दसकौ अघि , तेही चिन जान भाको उनि संग ।
logankobaje · Jan 7, 2021 5:47 PM
Yes @chicagoan यो कुरा त्यति बिश्वासनिय छैन किनकि नारायणगोपाल ले भक्तराज आचार्यको डाढ गर्नु पर्ने र हमला गर्नु पर्ने केहि कारण छ जस्तो मलाइ लाग्दैन। Logankobaje को लागि मेरो बिश्लेषण : नारायणगोपाललाइ सामाजिक रुपमा होस या, कलाको मामलामा, अथवा पहुँचको मामला केहिमा पनि भक्तराजको डाढ गर्नु पर्ने थिएन। भक्तराज भजन गायक भनेर चिनिन्थे। भजन नारायणगोपालले वास्ता नगरेको बिधा थियो - उनको घर, छरछिमेकमा गाएर थाकेको बिषय थियो। भक्तराज शास्त्रिय संगितको पुजा गर्थे, नारायण गोपाललाइ त्यति वास्ता थिएन किनकि उनका पिता आशागोपाल नै सास्त्रिय संगितका एक गण्यमान्य ब्यक्ति थिए। भक्तराज बाहिर बाट आएर काठमाण्डौंमा संघर्ष गरेका, नारायण गोपाल काठमाण्डौंका रैथाने, सबैले चिन्ने, पहुँच पनि राजदरवार सम्म नै भएका। नारायण गोपाल भन्दा भक्तराजको राम्रो पक्ष उच्चारण मात्रै थियो - एउटा उच्चारण मिलाउनु पर्छ भन्ने अर्को वास्ता नगर्ने। मेरो बिचारमा, नारायणगोपाल र भक्तराज बिच प्रतिस्पर्धा भयो होला भन्नेमा चाँहि कुनै पनि कोँडबाट सम्भव देखिंदैन। तै पनि कुनै प्रमाण देखाउनु भयो भने थप सोधखोज गरौंला।
AnandNepal · Jan 7, 2021 5:50 PM
,,,बाजे भाइले नयाँ कुरा भन्यो । भक्तराज की श्रीमतीको NTV ko अन्तरवार्ता र प्रकाश सायमी लाई नै हवाला दियर पो ल्यायो त । ,,,बाजे भाइ ले भनेको रेडियो सगरमाथाको त्यो कार्यक्रमको म पनि रेगुलर श्रोता थिए । त्यो बेला भर्खर email address खोलेको मैले, नेपाली सङ्गीतको बारेमा प्रकाश सायमी लाई email लेखेको थिएँ, अनि आफ्नो नाम सहित email comment बाचन हुँदा दङ्ग परेको अझै याद छ । अनि ,,,,बाजे भाइ लाई थाह होला नि, दुइटा गोपाल हरु मित भए पनि रयाङ को ठ्याङ नमिल्ने खालका थिए, कट्टी नै गरेका । अर्को कुरा आचार्य पत्नीले " अस्पतालमा भेट्न आएनन् दुई मित हरु, अरु सप्पै आए" भनेको लाई नै हमला नै गराएको भन्ने बुझाइ रहेछ, भन्ने चाई हुन्न है । कुनै hints दिएको भए बेग्लै कुरा । आनन्द जी, नातिकाजीले भक्तराज को रेडियो नेपालको खरदार वा सुब्बा सरह को जागिर चैट पार्न खोजेको भन्ने त पढ्नु /सुन्नु भयो होला नि ।केही कुरा को पनि ग्यारेन्टी चाई लिन सकिन्न है । केही महिना पहिले ठूला कवि भूपी को बारेमा अमेरिका मै भएका (?) एकजना साहित्यकार ले जिब्रो टोक्नु पर्ने खालको लेख निकालेका थिए ।
salamkrishne · Jan 7, 2021 11:44 PM
भक्तराजका छोराहरुले एक अन्तरवार्तामा नारायण गोपालको बारेमा चर्चा गरिरहेका थिए .. हेर्न पनि भ्याएको छैन । @salamkrishne भुपिको बारेमा के लेख थियो ? लिंक भए पाउँन !
AnandNepal · Jan 11, 2021 11:02 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion