2nd Nepalese Street Festival - Bana 2nd Nepalese Street Festival - 2016
 
Date: Sunday, Oct 16, 2016
   
EVENT INFO:


"दोस्रो बृहत् नेपाली सडक महोत्सव तथा नेपाल मेला" को भब्य तयारी अन्तिम चरणमा..

मेरिल्याण्ड राज्यमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुको साथ र सहकार्यमा "दोश्रो खुल्ला सडक महोत्सव - 2016" भब्य हुने भएको छ। महोत्सवलाई भब्य बनाउनका लागि यहाँ रहेका स्थानीय विभिन्न संघ संस्थाहरु म्याग्दी समाज अमेरिका, बाग्लुङ समाज अमेरिका, चितवन समाज अमेरिका, Nepal Education and Cultural Center, TEC Group, कास्की समाज अमेरिका, नेवा अर्गनाइजेसन अफ् अमेरिका, पासा: पुच अमेरिकाये्, पर्वत समाज, बाल्टिमोर आमा समुह, तमु समाज अमेरिका, गुरुङ समाज अमेरिका, नासो कम्युनिटी अमेरिका, तनहुँ समाज अमेरिका, एभरेष्ट ब्याण्ड मेरिल्याण्ड, मगर समाज अमेरिका, एभरेष्ट वर्ड क्लास तेक्वान्दो, एभरेष्ट इन्टर्टेन्ट्मेन्ट लगायतले सहकार्य गरेका छन भने NRN -USA र NRN - USA Maryland Chapter ले सहयोग गर्ने भएका छन। कार्यक्रमको सम्पुर्ण तस्वीर तथा भिडियोको छायांकनको जिम्मेवारी Cmos Creation का साथीभाईहरुले गर्ने भएका छन भने "मेरिल्याण्डका हामी नेपाली" ले पनि यस महोत्सवको भब्य सफलताका लागि सम्पुर्ण मेरिल्याण्डवासीहरुका तर्फबाट कलाकार तथा खेलाडीहरु जुटाउने तथा प्रचारप्रसार लगायतमा "विशेष सहयोगी" भुमिका निभाईरहेको हामी सबैमा सहर्ष जानकारी गराउँदछौं।

यस महोत्सवमा नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरु देखि ख्यातिप्राप्त नेपाली चलचित्रकर्मीहरुको बाक्लो उपस्थिती रहने जनाएको छ। स्थानीय कलाकारहरुको विशेष प्रस्तुतीहरु पनि यस महोत्सवको मनोरञ्जनात्मक आकर्षण रहनेछ। महोत्सवमा गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि सुवर्ण पदक बिजेता कराँते खेलाडी उज्ज्वल ठकुरीको विशेष प्रस्तुति रहने पनि हामी सबैमा सहर्ष जानकारी गराउँदछौं।

     "हो, यो मन त आखिर नेपाली नै हो।
..संसारको जहाँ नै रहे पनि मातृभाषा र मातृभुमीको माया सधैं लागिरन्छ हामीलाई.." भाषा र संस्कृति रहे नै हाम्रो आफ्नो पहिचान रहन्छ, त्यसैले आउनुहोस् हाम्रो भाषा, संस्कृति र पहिचानको सम्बर्द्धन र प्रवर्द्धनको लागि अनि यस बाल्टिमोर मेरिल्याण्डमा बसोवास गर्ने सम्पुर्ण नेपालीजनहरुलाई एकताको लागि बानाको नेतृत्वमा गर्न लागिएको गरिएको यस दोश्रो प्रयासलाई भब्य बनाउन आउनुहोस् हामी सबैले हातेमालो गरौं। आफुले सक्दो साथ सहयोग गरौं र सहभागी बनौं।

मेरिल्याण्ड र यस वरपर रहनु हुने सम्पुर्ण बिद्यार्थी, व्यावसायी, कलाकार, पत्रकार, शिक्षक, कुटनैतिक तथा सर्वसाधारण सम्पुर्ण नेपालीजनहरुलाई उपस्थित भैइ साथ र सहयोग गरिदिनुहुन हामी सबैमा हार्दिक अनुरोध गर्दछौं। साथै परदेशमा नेपालीहरुको एकता र समृद्धिका लागि शुरु गरिएको यस पबित्र कार्यको लागि बाना कार्यसमिति 2015/17 का सम्पुर्ण कमिटीका सदस्य साथीहरूलाई विशेष धन्यवाद दिंदै कार्यक्रमको भब्य सफलताको लागि सम्पुर्ण "मेरिल्याण्डका हामी नेपाली" हरुका तर्फबाट हार्दिक शुभकामना !!

थप जानकारीका लागि सम्पर्क :
www.banaonline.org
Kul Mani Acharya, Kul Mani : 443-621-0477
Anu Shrestha Onta : 917-392-4147
Satish Chapagain: 443-760-8167
Debabrata Sharma: 410-499-3951
Srijan Tamrakar: 443-675-8889
Subodha Panta: 512-939-7172
Shalik Wagle: 484-225-1886
Indu Raj Regmi, Indu Raj Regmi: 410-562-2658
Bal Bdr. Gurung: 646-244-4563
Raju Anu Parajuli: 410-608-8859
Janak Paudel: 443-851-4244
CP Adhikari: 443-627-3052
Richa Ghimire: 443-653-3354
Shiva Raj Joshi: 443-525-6861

 ©मेरिल्याण्डका हामी नेपाली, 2016

 

Venue: 509 Washington Ave Towson MD 21204
Viewed 4213 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters