Meeting - पशुपतिनाथ बुद्ध फाउन्डेसन् अफ न्यु – इंगलैंडको: आवहान
 
Date: Monday, Feb 11, 2013
   
EVENT INFO:


पशुपतिनाथ बुद्ध फाउन्डेसन् अफ न्यु – इंगलैंडको: 
आवहान 

आदरणीय न्यु-इंगलैंड बासी नेपाली दाजु भाई तथा दिदी  बहिनीहरु, ग्रेटर बस्टन नेपाली कम्युनिटी, हिमालयन लायन्स क्लब, बोस्टन लोक शुसेली समूह लगायत यहाँ क्रियाशिल संघ सँस्था र व्यक्तिहरुको सहभागितामा न्यु-इंगलैंड क्षेत्र कै महत्वपुर्ण कार्यक्रमको रुपमा नेपाली कम्युनिटी सेन्टर साथमा पशुपतिनाथ र बुद्धनाथ मन्दिरको स्थापना गर्ने बृहत उद्देस्यले संम्युक्त देउसी भैलो कर्यक्रम तपाईँहरुकै सहयोगमा सम्पन्न गरि उल्लेखनिय रूपमा आर्थिक संकलन गर्न पनि सफल भएका छौं। उक्त कार्यक्रमबाट उठेको पैसा सुरक्क्षित गर्न र अन्य- कार्यक्रम अगाडी बढाउन पशुपतिनाथ बुद्ध फाउन्डेसन् अफ न्यु- इंगलैंड नामक सँस्था दर्ता गरिएको र सोहि सँस्थाको नाममा बैंक खाता खोलि देउसी भैलोबाट संकलित रकम सुरक्क्षित गरिएको कुरा सहर्ष जानकारी गराउदै उक्त  फाउन्डेसन्को हालसम्म सम्पन्न र भाबी कार्यक्रमको बारेमा सम्पूर्ण महानुभावहरुबाट सहयोग सल्लाहा लिने तथा जानकारी गराउने उद्देस्यले आगामी फेब्रुवरी 11 तारिख सोमबारका दिन बेलुका 5 बजे मसला रेस्टुरेन्टमा (1127 Broadway Somerville MA) आम भेला (Town Hall Meeting ) बोलाईएको छ। उक्त भेलामा यहाँहरुको उपस्थितिकालागी हार्दिक अनुरोध गर्दछौँ।

समय : साँझ 5 बजे
स्थान : 1127 Broadway Somerville MA
मिती: 02/11/2013
एजेन्डाहरु:
1.  फाउन्डेसन् द्वारा हाल सम्म सम्पन कार्यक्रमको जानकारी।
2.  फाउन्डेसन्को भावी कार्यक्रमको बारे छलफल तय र जानकारी
3. बिबिध ……
                                                                          सहयोग र समझदारीकालागि धन्यवाद!
 
आयोजक: पशुपतिनाथबुद्ध फाउन्डेसन् अफ न्यु-इंगलैंड
 

Venue: 1127 Broadway Somerville MA
Viewed 2318 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters