I liked this poem very much have a go guys. ( writtn by Himal rai not me)
..........................
स्वदेशमा काम पाउन सार्है गार्हो
विदेशमा काम त पाइन्छ तर पेट पाल्नै गार्हो
सोच्दा त धेरै समय बितेछ विदेशिएको पनि
आज आउछन् कि भोली आउछन् भन्दै बाटो हेर्छन्
यहाँ काम गर्दा गर्दै समय बितेको पत्तै हुँदैन
उता सबैले हामीलाई बिर्सेछ भन्दै गुनासो गर्छन्
अब के गर्ने?
नजिकमा छिमेकीको घर सस्तोमा बेच्दैछ रे
पैसा पठाईदिनु भन्छन्
जग्गा पास गर्यो भनेर सोध्नलाई फोन गर्दा
घरमा अझै एक तला थप्ने रे
अझै पैसा पठाईदिनु भन्छन्
आफु चाँही बिहान काममा, बेलुका काममा
कताको जमिन, कताको घर, उही एउटा कोठा
अब के गर्ने?
पात्रो पल्टाएर हेर्छु
दशै, तिहार, अन्य चार पर्व आउँदा
गाउँ घरतिरको सम्झना आउँछ
न आफूलाई दशै आउँछ, न तिहार नै आउँछ
विदेशीकोमा आफ्नो हात पाऊ धस्नु परेको छ
न आफ्नो चाड पर्वमा छुट्टी नै पाईन्छ
अब यिनिहरुका कृस्मस कहिले आउँछ भनेर कुरी बस्नुपरेकोछ
अब के गर्ने?
अस्तीसम्म त उताबाट श्रीमतीले
बेला बेलामा इमेल पठाउदै थिइन्
फोनमा पनी कुरा हुदै थियो
अब चाँडै घर आउँछु भन्दा
रुन्चे स्वरमा उनको मनको कुराहरु पोख्दै थिइन्
आजकल् त न इमेल, न चिट्ठी, फोन त परै जाओस्
अब के गर्ने?
हिमाल राई