मुस्सूओरी काउन्टी
मा अशोक भट्टराई को ग्यास् station मा एक हत्यारा ले राईफल प्रहार गरी भएको हत्यपछी
९/२९/२००८
सजाय दे दैब
जीवन र मरड को बिच हुने त्यो झिनो रेखा,
जबर्जस्ती मेटाइदिने त्येस् नरभक्छी लाई//
एक आमा को कोख आँखै नझिम्क्याइ रित्त्याइदिने,
निरन्कुश तेस पापी लाई//
एक बाबु को मन, अब कहिले हर्शित नहुने गरी फुटाइदिने,
तेस निस्कर्मी आघोरी लाई//
छोरा को शरीर लाई दशै को मुख्यान्जी दागबत्ती दिन वाध्य गराउने,
तेस लुटेरा गिद्द लाई//
आधा पनि नबलेको साथी को दियो रुपी जीवन,
गोली हनी फुकिदिने त्एस लाछी लाई//
आफ्नो नशा को निम्ती कयौ मुटु कचक्क कुल्चिदिनेलाई,
तेस तामसी चोर् लाई//
साजये दे भगवान आज,
मेटाइदे त्एस धर्ती को बोझ लाई//
हावा बनी अाइज अनी उडा तेस्लाई कसिङर जस्तै,
या रुप बद्लेर अाइज अनी निलिदे त्एस्लाई आजिङर जस्तै,
या अाइज काली को आवतर लिएर,
तेस्को मुटुले आफ्नो प्यास मेटाइदे//
या अाइज बाढी बनी,
र त्एस्को फोक्सोभित्रबाट प्राड निकली आफुलाई बहाइदे//
अनी त्एती पनि गर्न सक्दैनस भने ए कठोर,
त्येस्ता हत्यारा लाई मेरा सामु उभ्याइदे अनी एक खून माफ गराइदे//
अशोक र उजस्तै बिदेशी माटोमा आकल मै जीवन गुमएका नेपाली हरुप्रती समर्पित |
अशोक को आत्मले चीर शान्ति पाओश|