काठमाडौं, साउन ३० - आपर्ूर्ति मन्त्री श्यामसुन्दर गुप्ताले अपहरण गर्ने धम्की दिएपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक दिगम्बर झा सुरक्षाका कारण भूमिगत भएका छन् ।
स्रोतका अनुसार दर्ुइवटा ग्यास कम्पनी र पा“चवटा पेट्रोलपम्पलाई अनुमति दिन दिएको दबाब झाले नमानेपछि मन्त्री गुप्ताले महाप्रबन्धक झालाई अपहरणको धम्की दिएका हुन् । दबाब दिएका ग्यास कम्पनी अनुमतिका लागि सूचीभित्रै नपरेका थिए भने पेट्रोलपम्म मापदण्ड बाहिरका थिए । दबाब दिन मन्त्री गुप्ता बुधबार निगमको कार्यालय बबरमहलस्थित झाको कार्यकक्ष पुगेका थिए । उनले बुधबार झालाई कार्यकारी निर्देशकबाट कारबाही गर्दै हटाउने प्रयाससमेत गरेका थिए ।
मन्त्री गुप्ताले बिहीबार बिहानै मन्त्रालयका सहसचिवलाई झामाथि कारबाही गर्दै मन्त्रालयमा सरुवा गर्ने आदेश तयार गर्ने गरी टिप्पणी उठाउन आदेश दिएका थिए ।
त्यसरी अह्राएका सहसचिव कार्यालय छाडेर हि“डेका कारण मन्त्री गुप्ताले सचिव जनकराज जोशीलाई झाको सरुवा आदेश बनाउन निर्देशन दिए । सचिवले पनि झाले गरेका कार्य ठीकै हो भन्दै आदेश नमानेपछि मन्त्री आफैंले टिप्पणी लेखेर सदर गर्दै झालाई मन्त्रालयमा सरुवा हुन आदेश बनाएर निगममा बुझाउन पठाएका थिए । मन्त्री गुप्ताले झालाई कारबाही गरेको बेहोराको बोधार्थ सचिवलाई आफैंले लेखेर दिएका थिए ।
तर झाले उक्त पत्र आउ“दै गरेको थाहा पाएपछि आफैंले तीन दिनको बिदा स्वीकृत गरेर घर बस्न गएका थिए ।
घर बसेका झालाई मन्त्री गुप्ताले पत्र नबुझे अपहरण गर्ने धम्की दिएपछि गृह मन्त्रालयको उच्च पदाधिकारीको सल्लाहमा उनी सबै सर्म्पर्क विच्छेद गरेर घरबाहिर तीन दिन भूमिगत बस्ने गरी गायब भएका छन् । झाले पत्र नबुझेका कारण उनको स्थानमा कसलाई ल्याउन लागिएको थियो भन्ने खुल्न सकेन ।