[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 !! षड्यन्त्र! !!

[Please view other pages to see the rest of the postings. Total posts: 96]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 33996 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 10-20-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

!!!!!!!!!!!!!!षड्यन्त्र!!!!!!!!

" सिर्जना " को बिषयमा भन्नु पर्दा हाम्रो देशकी धेरै थोरै महिला इन्जिनियर मध्येकी एक हुन। मैले काम गर्ने अड्डामा जम्मा जम्मी ३ महिला इन्जिनियर्हरु मध्ये सबै भन्दा जुनियर्। उनी मेरै स्कूल कि जुनियर मात्र थिइनन्, त्यो ब्याचकि टपर् पनि थिइ। अझ भन्नु पर्दा उनकी दिदी स्म्रिति मेरो सहपाठि। त्यही भएर धेरै थोर् जानकारी थियो म मा सिर्जनाको बारेमा।

एक्लि आमा त्यो पनि  मामा घरमा दुखले हुर्केकी दुइ दिदी बहिनी।किन कसरि सिङ्गल मदरको पर्बरिशमा परिन् सरोकारको बिषय थिएन।  दिदी भन्दा बहिनी पढाइमा अब्बल।२२-२३ बर्षकी हुंदा दिदी स्म्रितिले जिउदै जलाइन्, म्रित्यु पनि कुरिनन्। कारण थाहा भएन। थाहा पाउने चेष्टा पनि गरिन।
मानसिक पीडा र अनमेल परिबेश बीच पनि सिर्जनाको यात्रा जारि थियो। एस् एल् सी मा स्कूल कै सर्बोच्च अंक। आइ एस्सि हो कि इन्जिनियरिङ् डिप्लोमा गरिन् त्यो पनि थाहा भएन तर इन्जिनियरिङ् मा महिलाहरु मध्ये सर्बोच्च अंक ल्याइन्। लोक सेवा पनि पास् गरिन्।
संभवत स्कूलको नाताले होला कहिले काहिं बिभागमा काम् बिषेशले आउदा मलाई हाइ हेल्लो भन्ने औपचारिकता चाहि निभाउने गर्थी। महिला इन्जिनियर भएकोले काठ्माडौ,  भक्तपुर, ललितपुर वा बिभाग वा अन्य केन्द्रिय कार्यालय मै पोस्टिङ् हुने गर्थ्यो। ललितपुरबाट् बिभागमा सरुवा हुंदा उनी मेरो ठाउमा सरुवा भएर आइन।

हाम्रो परिचय र सम्बन्ध को बिस्त्रित बर्णन यति नै थियो।

१० बर्ष काम गरे-नगरे पछि उच्च अध्ययनको सनक चढ्यो म मा। फर्म सर्म भरें। युरोपिय मुलुकमा मास्टर्स् गर्ने मौका मिल्यो। गएं। पढें- पढे जस्तो गरें। सफलतापूर्बक डिग्री लिएर स्वदेश फर्कें। फेरि बिभाग मै पोस्टिङ् मिलाएं।


त्यतिन्जेल मेरो युरोप यात्राले धेरै को घैंटामा घाम लागिसकेको रहेछ। राहुले ले त चान्स् पायो हामीले किन न पाउने? सबैले आफुलाई तीसमार् खाँ, चालिसमार् खाँ सम्झने गर्थे। आफु बाहेक सबै जना फुच्चे लाग्ने राष्ट्रिय गुण जाग्नु स्वाभाबिक थियो र राम्रो नै लाग्यो। धेरै ले फारम भरे। म फर्केको साल सबैले आराम् गरे अर्थात कसैको पनि कुनै पनि मुलुकबाट् बोलावट आएन।
अर्को साल नयाँ घाम झुल्क्यो। एक एक जना गरी कसरि फारम भर्ने, कसरी फेलोशिप हातपार्ने इलाहाबादी बिद्या सिक्न आउन थाले।  त्यो साल मात्र १०-१२ जनाले हिम्मत गरे, आराम संग फारम भरे। निबन्धहरु लेख्नु पर्थ्यो। त्यसको नक्कल मात्र होइन सक्कल पनि दिएं, गरी खा भन्दै।
म संग मुफ्त बिद्या माग्ने ६-७ जना थिए। तिनमा सिर्जना र मुकुन्द श्याम पनि थिए।

कन्फर्मेशन को समय आयो। सिर्जना सेलेक्ट भइन रे, मुकुन्द श्यामले खबर ल्यायो। आफु चाहि बैकल्पिक एक नम्बर् रे। कत्ति को चान्स छ दाइ भनेर सोध्न आएका थिए, मुकुन्द श्याम। "बैकल्पिक १ नम्बर् होस् या १०० नम्बर्, मुख्य उम्मेदबार् ले छोडे पाउने हो क्या रे। सिर्जनाले के छोड्थी। अर्को साल ट्राइ मार भन्ने सल्लाह दिएं, मुफ्त मै।"


 
सेप्टेम्बरको दोस्रो हफ्ता सेशन सुरु हुने गर्थ्यो ति बिश्वबिद्यालयमा।जुलाइ को अन्तमा हो कि अगष्टको सुरु मा मुकुन्द श्याम हस्याङ फस्याङ गर्दै आयो मेरो कोठामा।
"दाइ ! मेरो नि कन्फर्मेशन आयो। अब के के गर्नु पर्छ? "


कसरी आयो? सिर्जनाले छोडी त त्यो सीट?
म छक्क परें।


त्यसै होला दाई, थाहा भएन।

जे होस् राम्रो नै भयो। मुकुन्द श्याम पनि जेहेन्दार, मेहनति र इमान्दार् इन्जिनियर मात्र थिएनन्, साह्रै नै सोझो र निष्कपट स्वभावका थिए।
आसेप्टेन्स लेटर् भरेर पठाए। उताबाट भिसा सम्बन्धि कागजात आउने प्रतिक्षामा थिए।
त्यसको केही दिन मै बिभाग भरि हल्ला फैलियो। एक् जना जानु पर्ने ठाउँमा अर्कैले ट्याण्टर्म्यान्टर् गरी जान लागेको र ठुलो षड्यन्त्रको पर्दाफास् भएको रे।
मुकन्द श्याम को चर्तिकला बारे ब्यापक टिकाटिप्पणि चल्यो। मलाई भने पटक्कै बिश्वास लागेन। मैले चिनेको मुकुनद श्याम् त्यस्तो ब्यक्ती हुंदै होइन। तै पनि के भरोसा, मान्छेको मन न हो, सम्हाल्न सकेन भने मानव पनि दानव हुन सक्छ।

मन को खुल्दुली मेटाउन अनुसन्धान गर्नै पर्ने भो। कहिं न कहिं षडयन्त्र भाको छ। तर को बाट कसरि भयो? खोज्न तिर लागें।

 

क्रमश:


 
Posted on 11-03-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldai,
A great story, well presented and well-kept suspense.

Thuldailai suspense create vayedekhi solve garna jati time lageko thiyo, aba climax thaha pauna hamile pani tetinai wait garnu parne ho? yeso kanma khussa vanna mildaina vanya, dimag ta PHD (pagal hogaya Dimag) nagari pagal vo?

N.M.

 
Posted on 11-03-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sansanka purna waatawaran bhayo.....malai ta srijana maathi nai saanka cha aaja pani,...!!!!

 
Posted on 11-03-08 3:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulbhai, tapai ko yo story le film banla jasto cha hai, exact yehi story nabhaye ni yeslai dayabaya gari script lekhdai chu maile............
 
Posted on 11-04-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली मान्छेजी,
हतार हतार PhD नगरनुस्। दिमाग धेरै नखियाउनुस्, छिट्टै पर्दाफास हुने छ।

Oblivious जी,
शंका धेरै नगरनुस्, शंकाले लंका जलाउछ रे ।

माइला जी,
फिलिम बनाउनुस् , सिरियल बनाउनुस्। अग्रिम शुभकामना।

मित्रहरु, षड्यन्त्र को पाँचौं भाग अब को केही छिनमा आउने जानकारी गराउन चाहन्छु। प्रतिक्षा गर्नु होस्।
 

 


 
Posted on 11-04-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

षड्यन्त्र
भाग ५

 श्यामक्रिष्ण माथि शंका को तलवार गिर्नुमा घर बानेश्वर हुनु वा त्यो फाक्स गरिएको पत्र उनकै घर् छेउबाट गरिएको मात्र कराक तत्वहरु  थिएनन्।  श्याम क्रिष्ण कम्पुटर सम्बन्धी इन्जिनियर हुनुले झन शंका माथि लंका पलंका थपेको थियो।

तर किन गर्छ श्याम् क्रिष्णले त्यस्तो नीच अपराध? त्यो पनि आफ्नै जीवनसंगिनीको बिरुद्ध। करारको सम्बन्ध थिएन, सम्बन्धमा दरार थिएनन्। जलन को कुनै धुंवा थिएन। पल पलमा संगै रहने मायालु साथमा यो अपराधको तानाबाना लुकेको होला भन्ने कुरामा बिश्वास्  पटक्कै गर्न सकिने खालको थिएन । तै पनि कहिं कतै हामीले थाहा नपाएका गोप्य कारणहरुको पुलिन्दा पनि त हुन सक्दछ। मन लाई पाप सम्झायो।

ह्या यस्ता कुरामा ब्यर्थै किन न दुखेको टाउको दुखाउने? आफैलाई  सम्झाएं। मान्यो पनि। न आमा पट्टिको नाता न बाउ पट्टिको, के को चासो? ब्यर्थै गल पासो हुन बेर् छैन।

धेरै दिन सम्म यो काण्डबारे सोच्दै सोच्दिन, सरोकार राख्दै राख्दिन भनेर कहाँ चुप लाग्न सक्नु र। जो कोइ पनि हाम्रो कक्षमा सवारी हुने अनि  मुकुन्द श्याम् र सिर्जनाको बारे मा कुरा निकाली हाल्ने। मानौं यो काण्डको प्रवक्ता यो राहुले हो।

यता मुकुन्द श्याम को हालत पतला थियो नै । जो कोइ पनि यस्तो गर्नु नहुने, राम्रो गरेनौ, अर्ति उपदेशले उनको धरति बोझिलो भैसकेको थियो।  एक दिन अड्डामा हस्याङ फस्याङग गर्दै भर्‍याङ उक्लदै गरेको मुकुन्द श्याम संग भेट भयो। हतास हातास् अनि निरास स्वरले "दाई एउटा गजबको इमेल आएको छ, हेर्नुस्न" भने।
कोठा मा गएर हेरेको त यस्तो आशयको इमेल आएको रहेछ।

 "हामीलाई बिश्वास छ, यो षडयन्त्रको सुत्रधार तपाई नै हो। यो अपराध गरेको हुं भने स्विकार्नु भए मा तपाईको नाम हाम्रो युनिभर्सिटीमा मात्र कालो सूचीमा रहने छ, अन्यथा पुरै युरोपियन युनियनको युनिभर्सिटीहरुमा तपाईको नाम कालो सूचिमा राख्न अनुरोध गरिने छ।"


यो त अति नराम्रो भयो, तर चिन्ता नलिनु। अब तिमीलाई मात्र होइन यो बिभाग को कसैलाई पनि स्कोलरशिप् दिने छैनन् तिनीहरुले। संभवत इमेलको प्रमाणिकता जाँच नगरेको कारण,युनिभर्सिटिका कर्मचारीले आफु कार्यबाहिबाट् जोगिनको लागि डकारेको इमेल हो जस्तो लाग्यो।

त्यो दिन मुकुन्द श्याम को अनुहार अस्ताउंदो आकाश जस्तो थियो नै। मैले चिन्ता न लिनु , जे पर्ला टर्ला।खाएको बिष पो लाग्छ, स्विकार् गर्नु पर्दैन।  सके सम्म म सह्योग गर्छु भनी घर जान सल्लाह दिएं।


 मुकुन्द श्यामको मनमा अनेक तर्कना थियो क्या रे बिभागबाट् सिधै साइबर क्याफे मा गएछ। बिस्मयकारी आवाजमा साइअबर क्याफे बाट्  फोन मलाई गर्दै  " दाई एक छिन तपाईं नजानु होला कतै, म आउदै छु। " भने।

"के पर्‍यो त्यस्तो? अड्डा बन्द हुनै लाग्यो।" भन्दै पन्छिन खोजें

"होइन दाई, एउटा अचम्मको मेल आएको छ, के गरुं के गरुं भयो, त्यसैले"।

"त्यसो भए, त्यो इमेल मेरो मा फरवार्ड गरि देउ, म हेर्छु अनि फोनमा कुरा गरौला। बेक्कारमा यहाँ सम्म आइरहनु पर्दैन। बरु छिटो गर, मलाई नि घर जानु छ अलि छिटो नै।"।

मुकुन्द श्यामले  फरवार्ड गरेको मेल हेर्दा म पनि हेरेको हेरै भएं।
मुकुन्द श्यामलाई अर्को मुकुन्द श्यामले मेल गरेको रहेछ।
"हे मुकुन्दे, युनिभर्सिटीले लेखेको मेल् को रिप्लाइ किन नदिएको अहिले सम्म?खुरुक्क मैले नै सबै गरेको हुं भनेर लेखि हाल, नत्र राम्रो हुने छैन।"

त्यो इमेल mukunda _shyama@cmail.com (मुकुन्द श्यामको असली मेल आइडि)लाई mukanda_shyam@cmail.com ले गरेको रहेछ।

यो मेल पढे पछि ब्रम्हाण्ड घुमे सरि टाउको  रन्थनियो कि सम्साँझ मै चार् तारा देखियो।

क्रमश:


 
Posted on 11-04-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो सस्पेन्स हो ठुल्दै। मेरो नि टाउको घुमी सक्यो। कही त्यो मुकुन्दे मोरो dual personality भएको मान्छे त परेन?

 
Posted on 11-04-08 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

यो त कुन्नी के भन्थे नि, जती बुझ्यो उती नबुझिने भने जस्तो पो भयो राहुलदाइ!  जे होस् कौतुहलता अझै बढी रहेको छ। को होला त षड्यन्त्रकारी? 

 


 
Posted on 11-04-08 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It appears the culprit had access to Mukund Shyam's emails.  Why Mukunda Shyam did not change his password to long into his email account? If he did change the password and the culprit still had access to Mukund Shyam's email account, then the  culprit has to be either office computer system analyst/operator or higher up boss who can see anyones emails in the office. 
 
Posted on 11-05-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Auta Ajay Devgan ko film thyo ni dual personality wala!! testai jasto chha!

 
Posted on 11-05-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो यो त रहस्य मात्र नभै ठुलो मिस्ट्री नै भयो नि। को हो त्यो खडेन्त्रकारी, चाँडै सार्वजनिक गरी हदै सम्मको कारवाही हुनु पर्‍यो ठुल्दाइ।   

 
Posted on 11-05-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रबी जी,
अहिले सम्म को ताल हेर्दा मुकुन्दे त्यती जाली लाग्दइन। तै पनि................... । धेरै टाउको न घुमानुस्, भोली सम्म मा पर्दाफास हुन्छ नै।

मधीसेजी,
ठीक भन्नु भयो, षड्यन्त्रकारी को पहुच मुकुन्द श्याम को ईमेल सम्म थियो। बिचरा मुकुन्द श्याम लाई के थाहा उनको ईमेल चोरि चोरी हेर्ने षड्यन्त्रकारी पनि छ भनेर। अर्को कुरा, त्यतिबेला अफिस मा ईमेल एकाउण्ट को ब्यबस्था थिएन। ब्यक्तिगत ईमेल अनी जम्मै अफिस बाहिर बाटै आदन प्रदान भएका थिए।

भूगोलको बाघ जी (Geology Tiger) ,

हो भन्या, जती बुझ्यो त्यती नै जटिल लाग्ने भन्या। ठ्याकै ब्रम्हाण्ड को रहस्य जस्ताइ।
भोली सम्म मा सबै कुरा खुलिन्छ होला।

चेली जी,
खै कुन चाँही सिनेमा को कुरा गर्नु भएको थाहा भएन। यसैलाई फिलिम बनाए कसो होला? चिलिम को खर्च उठ्थ्यो कि ?
 

 


 
Posted on 11-05-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो षड्यन्त्रकारी ( मलाई आँफै टाईप गर्न आएन तेसैले तपाईंकै शिर्सक copy past गरेको) त श्रीजनाकै बुढो पो रहिछ कि क्या हो? बुढीले छोडेर जाली भनेर तेसो गर्या जस्तो छ। कि male ego हो?
 
Posted on 11-05-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nAyAni जी,
पुरुषत्वको अहम ( मेल इगो ) पनि हुन सक्दछ , कुनै शंका छैन। तर त्यस्तो इगोले दाम्पत्य जीवन दीगो होला र? त्यती सोच्न नसक्ने इन्जियर साहेब होइन कि ? भोली प्रतिक्षा गरम।


 
Posted on 11-06-08 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

षडयन्त्रकारीका चाल नै धेरै के। उसोभा भोलि सम्म रहस्य खुल्ने भो त राहुल्दाइ :)


 
Posted on 11-06-08 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुकुन्दश्याम र मुकन्दश्याम!

हाहाहाहा कुरा चाखलाग्दो छ! ल ठुल्दाई सस्पेन्सको पर्दा खोल्दिउँ प्रभो!

 


 
Posted on 11-06-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldai,  ko hola shadayantrakari? story jhan jhan interesting hudai gako cha . ending padhna manlagisakyo.
 
Posted on 11-06-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समयको अभाव ले तातातो प्रकाशन पढ्न नपाए पनि आज पलेटिकसेर ५ भाग पढि भ्याए। एउटा फाईदा चाइ एक भाग पछी अर्को भाग कुर्नु परेन,सलल पढेर भ्याए तर ५ औ भाग मा आएर टक्क अडियो दिमाग अनी फनफन्ती घुम्न थालयो को होला त त्यो दुस्ट मान्छे भनेर।
साह्रै राम्रो सस्पेन्स्कारी कथा राख्नु भो ठुल्दाइ,अनी यो सत्य घट्ना मा आधारित हो कि कपोकल्पित मात्र हो? तपाईं को अतित पनि निकै चाख लाग्दा घट्ना हरु ले घेरिएका रइछन।

 मलाई चै श्रीजना को पती ले नभएर श्रीजनाको रिस गर्ने कुनै अरु (महिला) कर्मचारी ले गरेको हुनुपर्छ जस्तो लाग्छ। लौ ठुल्दाइ अर्को भाग छिट्टै पस्किनु होला।

ps: अनी अर्को कुरा तपाईं चै Detective Rahul जस्तो लागिराछ।


 
Posted on 11-06-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RahulDaju, Namaskar, good article, i will call u soon. bye for now.
 
Posted on 11-06-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 "षड्यन्त्र"
अन्तिम भाग।

 

मुकन्द श्यामले मुकुन्द श्यामलाई लेखेको मेल ले सिर्जनाको नाममा इमेल गर्ने सिरिजना एकै हुन्। दुबै छद्मभेषि मेल को पहिचानमा एक मात्र अक्षर चलाखिपूर्ण ढंगले परिवर्तन गरिनु एकै खुराफाती दिमागको उपज हो भन्ने लाग्यो नै। साथै उक्त ब्यक्ती संग सिर्जना र मुकुन्दश्याम दुबै को निजी मेल सम्म निर्बाध पहुंच थियो। दुबैको बारेमा येथेष्ट जानकारी थियो। संभावनाको सुइ अब सिर्जना र मुकुन्द श्यामको साझा शत्रु तिर्  देखियो नै। को होला त ? यही यक्ष प्रश्न को उत्तर कसै सित छैन।  अनुमानहरुको अथाह सागरमा धेरै बुलबुल हरु देखिए र बिलाए।

समय बित्दै गतो। सिर्जना अध्ययनको लागि जाने दिन पनि आए। बिदा स्विक्रित भए।
जाने दिन भन्दा केही दिन अगाडि शायद शुक्रबार थियो क्या रे, सिर्जना र उनको पतिदेब बिभाग आएका थिए, शायद सबै हाकिम साहेब एवं सहकर्मिहरु संग बिदावारी गर्न आएका होलन्।

हाम्रो कोठामा सवारी नहुने कुरै थिएन। काम् हुने  नहुने जो सुकै पनि एकछिन आराम गर्ने थलो ( शायद एक मात्र वातानुकुलित कक्ष भएर हो कि ?हाम्रो कक्ष।

सिर्जना दम्पति पनि अपबाद रहेन। सबै संग बिदा मागिन्। तर मुकुन्द श्यामलाई सराप्न भने छोडिनन्। अझै बिष बाकी , अझै रीस बाकी देखियो।

"राहुलदाई भरे फुर्सद छ तपाईंको?"

फुर्सद ? किन होला? ( खान बोलाउन लाग्या होला, भोको मन ले अन्दाज गरि हाल्यो।)

"यसो संगै बसेर् गफ सफ गरौं भनेर" पतिदेब श्यामक्रिष्णजी ले थप्नु भयो।

तपाईंहरुले बोलाउने अनि राहुलभाइ न आउने , यो हुनै सक्दैन। ( यो षडयन्त्रको चुरो सम्म पुग्ने अन्तिम अबसर हुन सक्दछ, नछोड मौका, नछोड। मन भित्र जुलुस् करायो।)

"भरे साढे ६ बजे एलिनाज् बेकरी मा हामी तपाईलाई कुरि राख्या हुन्छौ। बानेश्वर चोक को एलिनाज"

हुन्छ, म टाइम मै आउला।

शुक्रबार ३ बजे नै छुट्टी, घर गएं।
साँझ ६ बजे तिर तयार भएं  मलाई भात पकाउन पर्दैन बाहिर खान बोलाको छ भन्दै सरकारी मोटरसाइकल पुछपाछ गर्न तल झरें। साढे ६  को ठिक समयमा एलिनाज पुगें।

अझै सिर्जना दम्पती आइनसके रहेछ। एक छिन को प्रतिक्षा पछि झुल्किए। 

एलिनाजको पछाडि तिरको बगैचाको एउटा टेबिलमा बस्यौं। अरुलाई पनि निम्ता छ कि जस्तो लाग्याथियो तर ७ बजिसक्दा पनि अरु कोइ पनि नआएकोले लाग्यो, मलाई मात्र बोलाएको रहेछ। औपचारिक कुराकानीबाट गफ् को सुरुवाट भयो। 

युरोपको जीवनशैली देखि पढाइ को प्रेसरको कुरा सम्म यावत बिषयमा कुराकानी भयो।

"झन्डै जान नपाएको, त्यो मुकुन्द श्यामले गर्दा।" सिर्जनाले असली मुद्दाको सुरुवात गरिन्।

"हेर्दा कस्तो सोझो त्यो मुकुन्दे, महा जाली रहेछ है दाइ?" श्यामक्रिष्णले थपे।

मुकुन्द श्यामले नै यो सब गरेको होला र ? मैले अज्ञानताको नाटक पोखें।

"त्यो बाहेक अरु हुनै सक्दैन। उसलाई जान नदिएर आफु जाने षडयन्त्र हो। नराम्रो संग झट्का खाए। अब कतै पढ्न पाउदैन त्यसले। पापको फल पाइहाल्यो, चोर् मुकुन्देले।"
श्यामक्रिष्णको मुखराबिन्दमा अनौठो आक्रोश देखियो।

एक प्लेट भेज पकौदा, एक प्लेट चिकेन चिल्ली, एक प्लेट फिङ्गरचिप्स्  आइपुग्यो।
"बियर मगाउने कि दाई, हामी त पिउन्नौ?"
 
"अहं, ब्लड प्रेशरको रोगीले बिष पिउन मिल्दैन। कोक सम्म हुन्छ।"

आठ बज्यो, साढे आठ बज्यो। टेबल मा ३ प्लेट बाहेक अरु प्लेट थपिएन। थपिने छाँट नि देखिएन।

"अब जानु पर्ला, जमाना खराब छ। टाइम मै घर पुग्नु छ।" मैले लम्बिदै गरेको कुराकानी अनि रित्तिदै गरेको प्लेटलाई समापन गर्ने जमर्को गरें।


"धन्यबाद दाई, दाईको सहयोगले आज पढ्न जादै छु। हाम्रो निम्तोलाई स्विकारेर यहाँ सम्म आइदिनु भयो। धन्यबाद।"

"मलाई आफ्नो सम्झेर बोलाउनु भयो, यो भन्दा बढि के चाहियो। राम्रो संग जानु, पढ्नु, सबैको इज्जत राख्नु।"
मैले पनि सरर आफ्नो भागको मन्तब्य ब्यक्त गरि दिएं।

एलिनाज बाट निस्किने क्रममा सिर्जना एक छिन रेस्ट रुप तिर् लागिन्। मौका कुरेर बसेको श्यामक्रिष्ण महोदयले चौका हानी हाले।

"त्यो मुकुन्दे ले युनिभर्सिटीमा मैले नै गरेको भनेर अझै सम्म स्विकारेन, साले ले।"
 "म आफै पठाइ दिउं कि क्या हो ?"

"तपाईले? कसरी? " मैले आश्चर्यचकित भावमा सोधें?

"म कसैको पनि इमेल ह्याक गर्न सक्छु ।" घमण्ड संगसंगै धोति फुस्कियो।

"म मुकुन्देको इमेल ह्याक गरेर पठाइ दिन्छु।"
 
"श्यामक्रिष्ण जी, जति भयो अति भयो। अब यो अपराध चाहिं नगरम् है। म हिंडे।"
 
कुन बेला घर् पुगें , पत्तो भएन। श्यामक्रिष्णको " ह्याक" शब्दले घाँटि प्याकप्याक भैराखेको थियो भने पेट पनि आधा खालि थियो नै।
घर पुग्ने बित्तिकै आमालाई भात बाकी छ भनि सोधें।

"अघि पार्टीमा जान्छु भन्थ्यो नि के भयो? भात र दाल मात्र छ, तरकारी छैन, आफै तताएर खाउ।"

भात र दाल मात्र पनि मिठो मानेर खाएं। पहेंलो दाल संग संगै कालो दाल नि देखें। "दाल मे कुछ काला है" भन्थ्यो आज कालो दाल नै भेटेर आएं।

अस्तु!!!!


 
Posted on 11-06-08 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो पाजी रइछ त श्यामकिस्ने नि, किन तेत्रो नाटक गरेको रइछ त तेस्ले,बेक्कार मा मुकुन्द श्याम लाई नराम्रो बनाएर,आखिर श्रीजना त जान लागि हाली।
ल मजा आयो दाई खस खस गरी राथ्यो घाँटी बल्ल ठीक भो। बिचरा ठुल्दाइ चै दाल भात मा डल्लिनु भएछ तेत्रो बेर एलिनाजमा बसेर नि।
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Are you ready to know the truth?
Does the 180 day auto extension apply for TPS?
lost $3500 on penny stocks !!!
Another Song Playing In My Mind
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters