shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 बन्द गर सम्भोगहरु !

[Please view other pages to see the rest of the postings. Total posts: 68]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 29040 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 11-17-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्द गर सम्भोगहरु
बेन्जु शर्मा


सम्पूर्ण हाबामा बारूदको गन्ध
फैलि‍एको बेला
चिसा खोला र नदीहरु
ताता रगत भएर बगेको बेला
मानिसको मन भित्र
आगोका बिउहरु रोपिएर
आगोहरु बम गोला भएर
बिबेकहरु बिचलित भएर
पाशबिकाता नै पौरुषता भएको बेला
एलएसडीको लागुले
युग चम्काइ रहेको बेला
नौजबानका लाशहरु
यत्र तत्र बेबारिस
क्षतबिक्षत छरिएको बेला
सिर्जने र सृष्टिलाई नै हांक दिएको बेला
गोलीको होलीमा
चीरदाह गर्नकालागी
के जन्माउनु सन्तानहरु !
ए सम्फूर्ण महिलाहरु हो!
बन्द गर कोखहरु
अब कुनै बच्चाहरु
लोरी सुन्दै
झोलुङ्गामा झुल्ने छैनन्
यो नपंसक समयसंग
बन्द गर संभोगहरु !
 
Posted on 07-30-07 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice comment sirish.....! but PANDHERA is also the ok to ....patan. Pandhera is still the only place to take a bath in Nepali rural villages.
congrats HARAINCHE BAAHUN.............! Nice Kabita!
 
Posted on 07-30-07 10:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

abc

I understood the Shiva jee's poetry and you should not be calling him a "bahun". That will begot hatred.

How can you accept some one ejaculating in a public water source ?

I don't think you should support things blindly based upon who wrote it....
 
Posted on 07-30-07 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Stupid thread ever seen. Whoever started the thread must be khasi..
 
Posted on 07-30-07 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेन्जु शर्मा त ढोङी पो रहिछ
 
Posted on 07-30-07 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त बेन्जु शर्माको पारिवारिक स्थिति , मानसिक र ब्यबहारिक स्थितिबारे अनभिज्ञ नै छु । तर उनका साहित्यिक रचनाहरु २०४० साल देखि पढ्दै आएको छु । नेपाली साहित्यका सशक्त नारी हस्ताक्षर हुन् तिनी। त्यबेलाका साहित्यिक पत्रिका पढ्नेहरुमा उनका "अस्ताउंदो आकाशमा बांचिरहेको बिश्वास" शीर्षक कथाको संझना हुनु पर्दछ।

उनकी बुहारीले उनी माथी लगाएका गम्भीर आरोपले सोच्न भने बाध्य भएको छु। तर जुन बेला यो खबरले बजार लियो, त्यति बेला नै बेन्जु जीको पनि पक्ष सारंशमा पढेको थिएं। मित्रहरु एक पक्षिय कुराको आधारमा निर्क्यौल गरि हाल्न अलि हतार हुन्छ कि? बेन्जु शर्मा को भनाइ अनुसार् जस्मिन शर्मा चरित्र हिन की छे रे, कुल घरानको इज्जतको खातिर सम्झाउंदा उल्टै सासू माथि जाइ लागिन रे।
समाजमा इज्जत भाको ब्यक्ति माथि चरित्र हत्या गर्ने प्रयास रे।
अब भन्नुस कस्को कुरा बिश्वास गर्ने?
हावा न चली पात हल्लिएको पक्कै होइन। अब बेन्जु जी असली रुप साहित्यमा देखिएकी भन्दा प्रिथक हुन वा उनकी बुहारीको बाङो तर नाङो चरित्र। समयमा बाहिर अौने नै छ। त्यतिन्जेल सम्म दुबै पक्षलाई benifit of doubt
दिनु नै उपयुक्त होला कि? अस्तु!
 
Posted on 07-30-07 11:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

benefit of doubt batsman le paunu parne ho...batsman kallai bhanne yaha...chorolai bhanne ho bhane buhari keeper sasu umpire ....
yo pani milena...ma ta confused again....mero ta tauko ghumyo baaa.....
 
Posted on 07-30-07 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Trying to follow the discussions as a new member having interest in these all. Enjoying reading all postings and the poets as a passive member. Slowly, wanted to be active. So, trying to write some of my feelings.

In these tow lines,

पतन (स्खलन) गर तिम्रा वीर्यहरु
भड्खालामा, खोल्सामा, पँधेरामा, !

My understanding is: The word पँधेरामा does not mean the water body itself. It is the place where you take bath, wash clothes and wash face every morning. The poluted water flows downsteam towards a nearby stream, it never polute the पँधेरा.

SurNaTal
 
Posted on 07-31-07 6:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुर न ताल
त्यसो भए त ठीकै होला !
 
Posted on 07-31-07 6:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

surnatal

Shiva jee is basically trying to say- Instead of having offsprings who are morally depleted, it better to ejaculate where there will be no conception and creation.

But if you yourself , who is morally right and if you ejaculate or perform self satisfying acts in the public places like "padhera" where mostly women garher to collect drinking water, sorta conveys conflicting message.

my two cents.
 
Posted on 07-31-07 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पँधेरो विवादमा आयो । सूर न तालदजीले पँधेरो लूगाधुने देखि लिएर नुहाउनेसम्मको स्थान हो भजस्तै मेरो विचारमा पनि पतनको लागि पधँरो पनि उपयुक्त हो । किनभने पँधेरामा भयो भने सफा गर्न धुन पखाल्न पाइन्छ । अनि पानीले बगाएर पनि लैजान्छ । कविले पनि यसै विचारले पँधेरोको जीकिर गरेका होलान् जसमा सहमति एवीसीले पनि जनाइ सकेका छन् ।
शिरिशजी यसलाई यसरी सकारात्मक रुपले पनि हेर्न बुझ्न सकिन्छ जस्तो लाग्छ ।

 
Posted on 07-31-07 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"poetry is what is lost in translation" बिबादको कुरा हैन यो !

कबिले जुन मनशायले जे लेख्छन् त्यो बाहेक अरु कुरा बुझ्ने अधिकार पाठकलाई हुन्छ !

चरित्रमा खोट देखेर - त्यस्ता सन्तान नजन्माउ भन्ने सुन्दर तथा अति ऊच्चतम बिचार प्रकट गर्ने तर आफै "पंधेरा" जस्तो खुल्ला ठाउ, त्यसमाथी आईमाईहरु जम्मा हुने ठाउंमा बीर्य स्खलन गर्नु हुन्छ भन्ने हो भने मेरो भन्नु केही छैन !

बांकी बिम्बहरुमा केही न केहि privacy छन् !
 
Posted on 07-31-07 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले बेन्जुजिको निजि जिन्दगिको उपहास गर्न नचाहदा नचाहादै पनि दुइचार कुरा ले गर्दा यो खुलस्त गर्न बाध्य भये । पहिलो त लोग्ने मान्छेले गर्ने चिरपरिचित ब्यापक अत्याचार् , अनि नेपालि समाजमा भित्रियको दाइजो जस्तो कुख्यात चलन । भनिन्छ कबिता मनबाट प्रस्फुतित् हुन्छ, टाउकोबाट होइन । हुनत टाउकोबाट लेख्ने थुप्रै छन, त्यस्को पर्दाफाश् गर्न निक्कै गार्हो हुन्छ । त्यसैले जब हरिभक्त कटुवालले गरिबिको केन्द्रबिन्दुमा कविता लेख्छन त्यो मलाइ चित्त बुझ्छ अनि चादनि शाहलाइ पत्यार गर्न चै गार्हो हुन्छ । रह्यो सत्यता को कुरा, को ठिक को बेठिक कसलाइ के थाह ? एुउटा छोरो समेत भयेकि बुहारिको स्वर्थिक मनशाय यस बिषयमा कम्ति देखिन्छ, फेरि पढे लिखेकि पनि रहिछिन । बाहिरबाट अवलोकन गर्ने कुरा यस्तै हुन, सप्पै कुरा त कसरि थाह हुनु । अर्को, सासु बिख्यात नारि समस्या बुज्ने, अत्याचार को बिरुद्द लेख्ने भयेकाले समग्र जटिलताको समाधानको भार पनि उनि माथि नै थुपरियेको देख्छु । उनि त नारिको समस्या बुझ्ने लिडर् पो हुन् नकि आरोप पत्यारोप् को लखेडा गर्ने नेता।

त्यो पधेराको झमेला चै निक्कै चासो बिषय बनेछ । जे भनेनि ठिकै हुन्छ, खालि समानताको जटिलता मात्रै हो । जब नेपालमा पुरुषहरु पधेरामा जान सुरु गर्छ्न् त्यसबेला देखि कामदेव कबि बिबादमा पर्नु हुदैनन ।


सरि है शिवप्रकाशजि, कविता राम्रो छ ।

 
Posted on 07-31-07 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Source: http://www.weeklynepal.com/newsindex/columns/?npID=c9f0f895fb98ab9159f51fd0297e236d|50&colID=cedebb6e872f539bef8c3f919874e9d7|594000&newsID=c68c9c8258ea7d85472dd6fd0015f047|5a410202&pubDate=f56c3541665e007591f6a5afdad79fcd|5a4803074e411a5a4b

 
Posted on 07-31-07 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I'm sorry for screwing up the thread by pasting the source; I didn't intend to do that.

 
Posted on 08-02-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाका एक प्रयोगकर्ता मित्रले फोन गरेर भनेका थिए साझामा गरमागरम भइरहेको छ । उनले भनेको पनि तीन दिन भइसक्यो तर बेफूर्सदका कारण यो गरमागरम हेर्न पाएको थिँइन । आज बल्ल अलिकति फुर्सद भएर साझामा भ्रमण गर्दा सबैका विचारहरु पढेँ । खुशी लाग्यो ।
चेतनाको स्तर ब्यक्तिब्यक्तिबीच फरक हुन्छ । बुझाइमा आआफ्नै परिधी र परिवेश हुन्छ । र त्यो स्वतन्त्र हुन्छ । मेरो विचारमा त्यो स्वतन्त्रताको उपयोग सबैले गर्न पाउनु पर्छ ।
सबै मित्रहरुलाई धन्यावाद । नमस्कार ।
 
Posted on 08-04-07 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(((यो चाँही साह्रै नै घत् लागेर सभार गरेको है...)))


भुक्तान गर सम्भोगका मूल्यहरु


:::::शिव प्रकाश (हरैंचा/मोरङ)

खेल्यौ, धेरै खेल्यौ
नाङ्गा शरीरका आदिम खेलहरु
यौवनका उर्जाहरु
विषाक्त वीर्य बनेर
धेरै पॊखिए तिम्रा
कुलघरानाहरुमा, दरवारहरुमा, महलहरुमा, कोठीहरुमा
हाम्रा झुप्राहरुमा, वस्तीहरुमा……।
थकायौ, धेरै थकायौ
आफ्ना वलिष्ट पाखुराहरु
आधुनिक उर्वसीहरुका उर्ध्र्वमुखी
वक्षका पोटिला पिण्डहरुमा
उत्तेजनाको आगोहरु झोस्यौ
जताततै सेता/कालाकुण्डहरुमा ।
आन्दित भयौ, धेरैधेरै आनन्दित भयौ
लिङ्गपानका कामुक स्वादहरुमा
यौवनका रापहरु तप्त भए
तिम्रा अनियन्त्रित सम्भोका फगत खुशीहरुमा ।
जन्मायौ, धेरै जन्मायौ सहसा
यो निरिह धरतीमा
मान्छे चिथोर्ने मान्छेहरु
मान्छे टोक्ने मान्छेहरु
पशुत्वलाई पुरुषत्व ठान्नेहरु
नग्नतालाई नारित्व मान्नेहरु
उस्तादहरु, वीर-वीरङ्गनाहरु,
नायक-नायिकाहरु……… मान्छेबिनाका मान्छेहरु ।
तमासा हेरिहरेछौ आफ्नै
अहिले अनाहक बाँचेर
भुक्तान् गर सम्भोका मूल्यहरु
अब हाँसेर‌‌‌‌.. बौलाएर …… आफूभित्र आफैं मरेर ।

हाल -बोस्टन /अमेरिका । अगष्ट ३, २००७ ।
 
Posted on 08-10-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is one of the better reviews I read in a long time. However, it also fails to point out the weaknesses of the poet.

The job of the reviewer is not to emphasize or say good things about the poet but to make the poet better with pointing out the weaknesses.

कवि मनु र उनका पहाड चढिरहने कविता

कृष्ण धरावासी

अर्थबेगर हामी जीवनमा कत्ति पनि अघि बढ्न सक्दैनौं । अर्थ नभए आफ्नै नाम पनि हामी चिन्दैनौं । अर्थ भनेको सङ्केत हो, जसले वस्तुलाई चिनाउँछ । जीवनको यात्रा नै अर्थको खोजीमा छ । के हो < किन हो < भन्न खोजेको के हो < आदि । अर्थ र उत्तरहरूले जीवनलाई परिभाषित गरिरहेका हुन्छन् तर के ती अर्थ र उत्तरहरूले कहिल्यै पूर्णता पाउँछन् < तिनले दिएका अर्थहरू नै जीवनलाई बुझन अन्तिम उत्तर हुन् त < यही छ समस्या । र कविताको त वास्तवमा के अर्थ हुन्छ र < बरु, त्यसमा त भाव, सङ्केत, संवेग कल्पनाहरू नै हुन्छन् । वास्तवमा तिनमा हाम्रा आफ्नै कल्पनाहरू अटाउने कत्ति ठाउँहरू पनि हुन्छन्, जसले हामीलाई रमाउन मद्दत गर्छन् ।

आज पनि हामी रुमल्लिइरहेका हुन्छौं । काव्यहरूभित्र अर्थको खोजमा आ-आफ्नै अर्थहरू भेट्टाएर रमाइरहेका पनि हुन्छौं । आत्मपरक अर्थहरूले कवितालाई ज्यादै गतिशील र चिप्लो पनि बनाइरहेको हुन्छ । तर कवितामा आत्मपरक अर्थ भेट्टाउन कठिन कविता आफैं विम्ब र प्रतीकको जङ्गलमा कतै अल्झिएकाले पनि हो । रूढ कविताका रूढ अर्थहरू सहजै भेटिन्छन् । र ती रूढ अविधात्मक कविता वास्तवमा कविता नभएर कविताको ढाँचामा लेखिएका कुराहरू मात्र हुन्छन् । कुरालाई नै कविता मान्ने जमातका अघि-विम्ब-प्रतीक र मिथकको कविता यात्रा दुर्बोध्य लाग्नु स्वाभाविक नै छ ।

पाठकहरू भन्छन् - "नेपाली कवितामा क्लिष्टता एउटा पीडा भएर रहेको छ । नबुझिनुको समस्याले हामी ग्रस्त छौं ।"

केही कविताहरू त्यस्ता नबुझिने छन् होला तर ती किन बुझिएनन् भन्ने पनि प्रश्न सँगै छ । पाठकको कल्पनाको सीमाभन्दा अलिक परैको दूरीमा यदि कविता-चेत् उभिएको भए ती बुझिँदैनन् वा पाठकको पढ्ने परम्परागत अभ्यासभन्दा भिन्दै शैलीमा आएका भए पनि ती बुझिँदैनन् । आज नबुझिएको कुरा सधैं नबुझिने त हुँदैन नि ! हामी नबुझिएकोलाई बुझदै, रमाउँदै, थाहा पाउँदै त अघि बढिरहेका छौं, जीवनमा । नबुझेको कुरा बुझेको क्षण कति खुशी पनि भएका छौं । कविता नबुझदै फेरि बुझदै आइरहेकै हुन्छौं, सधैं । जीवन नै त्यस्तै नबुझिने- अलिक दिनपछि बुझिने, फेरि नबुझिने भइरहेको हुन्छ ।

अपरम्परित शब्दको प्रयोग, मिथकहरूको नयाँ अर्थ-प्रक्षेपण आदिमात्र दुर्बोध्यताको कारण बन्दैनन् कवितामा । अत्यन्त सरल भाषामा लेखिएका र सरल प्रतीक-मिथकले पनि तर कविता दुर्बोध्य हुन्छन् । भावको सघनताले, कविको भावसँग पाठकको भावको सामीप्य नहुनाले पनि कविता बुझिँदैनन् तर नबुझिएरै पनि ती राम्रा लागिरहेका, पढ्न मन भइरहेका हुन्छन् नै ।

आजका कविता बीसको दशकका कविताका तुलनामा धेरै नै सरल र सुबोध छन् तर यिनको सुबोधताभित्र पनि क्लिष्टताको मात्रा भने कमजोर भएको छैन । पढ्दै गयो बुझेको जस्तो लाग्दै मेटिँदै जाने चरित्रका कविता धेरै छन् । आज भावको गम्भीरता र प्रतीक विम्बको प्रधानताका यी नूतन विशेषता हुन् ।

बीसको दशकको प्रयोगवादी कविताको युगले क्लिष्टताको धेरै लामो आरोप खप्नुपरेको थियो । आज पनि क्लिष्टताको कुरा उठ्दा मोहन कोइराला, वैरागी काइँला र इश्वर बल्लभका नामहरू उदाहरणमा आउँछन् । त्यस कालका अरू पनि धेरै कविहरू क्लिष्टताको आरोपले सुशोभित छन् नै तर तीसको दशकमा प्रवेश गरेपछि कविताहरूले क्लिष्टताको मार्गबाट क्रमशः मुक्ति पाएको अनुभव गरेका हुन् पाठकले । यद्यपि समकालीन कविताको नाम पाएका तीसको दशकका कवितालाई पनि त्यति सरल त कहाँ मान्न सकिएला र < तर समकालीन नेपाली कविताले २०४६ सालसम्मको प्रतिनिधित्व गर्दा यस १५ वर्ष भित्रको नेपाली राजनैतिक जीवनलाई पनि नजिकैबाट हेरेको देखिन्छ । शान्ति क्षेत्र, युद्धको विरोध, मानवतावाद, अन्तर्राष्ट्रियतावाद, विकासको चाहना, राष्ट्रवादी सोच प्रजातन्त्रको आग्रह आदि यस कालका कविताका मूल स्वर सुनिन्छन् ।

२०४६ सालपछि नेपाली राजनीतिमा आमूल परिवर्तन आयो । कविहरूका आग्रह र कविताले रोजेका क्षेत्रहरू भताभुङ्ग भए । प्रजातन्त्र प्राप्ति पछि हिजोका कुण्ठाहरू स्थगित भए । खुल्ला संसारमा प्रवेश भएको अचम्मको युग आयो । समकालीन कवि र तिनका कविताहरू २०४६ सालकै लक्ष्मणरेखामा थुनिए; तिनले त्यो रेखा नाघेर यता पस्नै सकेनन् । हिंडिरहेको बाटो अलमलिएझैं, सदा सुत्ने ओछयान साटिएझैं, आसन बदलिएको शरीरझैं भए कविहरू । तर नयाँ युगमा नयाँ चेतले नयाँ कविहरू फेरि पलाएर आए । हिजोको आदर्शवादी सोच, चेत् र आग्रहभन्दा भिन्दै प्रकारको माग र समस्याहरू देख्न थाले, नयाँ आँखाहरूले । अचम्मै राम्रा र अनौठा कविताहरू पनि आउन थाले । त्यसो त त्यत्तिकै नाप्पिएका, पात्तिएका नारा, गाली र फोहोरी कविताहरू पनि आए । सबै खाले अनुशासनका बाँधहरू भत्किएका गैरजिम्मेवार कवि पनि देखा पर्न थाले, तर आउने, उभिने र वास्तवमै नवचेतना बोकी आएकाहरू भने बिस्तारै जुँगा पलाउँदै, दारी पस्दै, छिप्पिँदै गइरहे ।

पचासको दशक नेपाली कविताको गौरवमय दशक हो । त्यसो त यस दशकले साहित्यका सबै विधालाई नै अत्यन्तै मुक्त र स्वतन्त्र आकाश दिएको हो । कविताले त झन् खुल्ला मैदान पायो । यसै आकाशमा कावा खाँदै विचरण गरिरहने एक्लै, छुट्टै र स्वतन्त्र उडिरहेको देखिने कवि हुन् - मनु मन्जिल । राजधानी बाहिर रहेर कवितालाई एउटा कलाकारले झैं बडा मेहनतका साथ गोड्ने परिस्कार गर्ने र सुन्दर प्रस्तुतिले भावको सम्प्रेषण गर्ने कलम पाएका, 'आँधीको आवेग' नामक कृतिका स्रष्टा आजका युवा कवि हुन् - मनु मन्जिल ।

हरेक युगमा कविताले नयाँ नयाँ परिभाषाहरू टेक्दै हिँड्नुपरेको छ । कहीँ चट्टानमा कहीँ सिस्नोघारीमा, कहीँ खुल्ला राजमार्गमा जहाँ जसरी हिँड्नु परे पनि तर यसले हिँड्नु परेकै छ, उभिन पाएको छैन । पाठकहरू यसका विशिष्ट छन्, पाठकीय विशिष्टता पनि कविताको समस्या बन्दछ । पाठक जति बौद्धिक र स्वयम् कल्पनाशील हुन्छ- कविताले त्यति नै द्रुत गतिमा अघि भाग्नुपर्छ । पाठकबाट भेटिनु हुँदैन कविताले । तर आजका पाठक स्वयम् यति गतिशील छन्, झण्डै-झण्डै छुन खोजिहाल्छन् चेतनाले । कविताको स्तरीयताको सधैँ प्रश्न उठिरहन्छ । सधैं कवितामा असन्तुष्टिहरू आइरहन्छन् । बोध गर्नुपर्छ त्यसबेला पाठकीय चेतनाले कविताको संवेगलाई भेट्न खोजिरहेको छ कि -

आजको एउटा समस्या यो पनि हो । पाठकीय प्रतिक्रिया वर्तमान कवितातिर भन्दा विगत तिरै फेरि फर्किएको पनि हामी पाउँछौं । अझै पनि देवकोटा, सम, लेखनाथ, रिमाल, मोहन कोइराला र वैरागीकै कविताका पुस्तक किन बाक्लै खोजिइन्छन् < के ती धेरै राम्रा भएर हो ? वा हाम्रा आजका कविताले तिनको भन्दा अघिल्लो चेतना दिन नसकेर हो ? युग आजको टेकेर बोध हिजोकै बोक्नुपर्ने बाध्यता पाठकलाई छोडिरहेका छौं कि हामी वर्तमान कविहरूले ? हाम्रा कवितामा शाश्वतताको कमी र क्षेत्रिक समसामयिकताको मात्र व्याप्ति भयो कि ? भरेनै भोलिनै पुरानो भइजाने विषयहरू पो हाम्रा कविताको मूलधार हुन पुगे कि ? यो आजको कविको लागि चुनौती हो ।

कविता कस्ता लेख्ने वा किन लेख्ने ? कवितामा के लेख्ने र कसका लागि लेख्ने ? यी शाश्वत प्रश्नहरू हुन् । तर यिनका उत्तरले कहिल्यै पूर्णता पाएका छैनन् । जसको उत्तर हुँदैन त्यसले के पूर्णता पाउनु ? एउटा प्रश्नका अनेक उत्तरहरू उहिलेदेखि नै छन् । धेरै विकल्पहरूले सुशोभित छौं हामी । विकल्प धेरै भएकैले बाँच्न सजिलो भएको पनि हो । यिनै अनेक वैकल्पिक उत्तरहरूको सुगमताले नै हामीलाई दिनदिनै नयाँ कविता लेखिरहन मन लाग्छ, पढिरहन मन लाग्छ । केही रूढ उत्तरहरू पनि छन् , जसले भन्छन्- 'कविता खास वस्तुका लागि, खास समूहका लागि र खास उद्देश्यका लागि लेख्नुपर्छ ।' त्यसरी लेखिन्छन् पनि, त्यसरी लेखिएका कविताहरू कुनै जन्मोत्सव-अङ्क, स्मृति-अङ्क वा स्मारिकाको सजावट जस्तोमात्र भएर रहन्छन् । त्यस्ता कवितामा गति हुँदैन । ती चेप्टा हुन्छन्, गुड्दैनन् । त्यहीँको त्यहीँ बसिरहन्छन् । सदा कालका लागि लेखिएको महान् भ्रममा तत्कालै मरिरहेका हुन्छन्, कैयौं यस्ता कविताहरू ।

"अर्थ" नै कविता हो ? गहिरिएर हेरे प्रष्ट हुन्छ - अर्थ कविता होइन । ती अर्थहरूले जन्माउन सकेका भावहरू, कल्पनाहरू, सङ्केतहरू कविता हुन् । कवितामा कविता जन्माउने सघन अर्थ छ ।' (इ.ब.राई – सन्दर्भमा इश्वर बल्लभको कविता)

इन्द्रबहादुर राईको यो भनाइ कविहरू र कविताका समीक्षकहरूका लागि एउटा निकै ठूलो चुनौती हो । कवितामा अर्थको खोजी एउटा व्यर्थ यात्रा देखाउँछ यस भनाइले । र वास्तवमै एउटा प्रश्न जन्मन्छ नै- साँच्चै के अर्थ नै कविता हो त ?

मन्जिलको तुलना कसैसँग गरिरहन पर्दैन । उनकै कविता पनि कतिपय उनका आफ्नै कविताहरूसँग अतुलनीय छन् । गहिरो अध्ययन, गम्भीर चिन्तन र विषयप्रतिको मोहनीय अनुरागले कवि मनु एउटा छुट्टै चिनिने प्रतिभा हुन् । प्रकृतिले उनलाई दिएको गला र शरीर पनि एउटा व्यक्तित्ववान् कविको लागि सुहाउँदो छ । मनु मन्जिल मञ्चमा पुगेपछि सारा श्रोताहरू चुपचाप हुन्छन् र मनुमात्र एक्लै कवितापाठ गरिरहन्छन् । गहिरो कुवाबाट निस्किएर आएको कुनै तापसीको गूढ रहस्य बोकेको जस्तो ध्वनिले वातावरणलाई च्याप्पै समातेको हुन्छ र कविता ..... । ती त त्यसै पनि चम्किलो चेतनाका ज्योतिजस्ता लाग्छन् । सुन्दै गयो कहाँकहाँबाट आइरहेको देववाणीजस्तो कानमा र मनमा ठोकिन्छन्, सूक्तिमय भएर कविताका पङ्क्तिहरू ।

मञ्चहरूमा उनले पाठ गरी सुनाएका र पत्रपत्रिकामा फाट्टफुट्ट प्रकाशित उनका कविताहरू पढेर सधैं खुसी भइरहन्थें म । गहिरै प्रभाव पारेका थिए मनुका कविताले । एकताका विष्णुविभु, अशेष मल्ल, मिन बहादुर विष्ट र कृष्णभूषण बलका कविताले यस्तै लठ्ठ पर्थें म । निकै लामो समयपछि गाँजाको जस्तो नशा लाग्यो मनुका यी कविता पढेर ।

साह्रै आह्रिस लागेर आयो मलाई मनुका कविताहरूको । निकै मन परेको वस्तु जे पनि आफ्नै होस्, आफ्नै पारूँ जस्तो लोभ जसलाई पनि लाग्छ । मन परेको वस्तु अर्काको नहोस् । खुसी, रमाइलो र प्रशंसाहरू आफूसँगै मात्र रहून् जस्तो लागिरहन्छ मलाई सधैँ । मनुका कविताले त्यस्तै पार्‍यो । जुन हेर्‍यो- 'यो त मैले लेख्नसकेको भए ..... ।' जस्तो लागि हाल्ने । धेरै राम्रो र मनपर्दो वस्तु बढ्तै आफ्नो पार्न खोज्दा नष्ट पनि गरिन्छ नि हगि ! मलाई कुनैकुनै कविता त च्यातिनै दिऊँ जस्तो पनि लाग्यो - किन त्यति राम्रा, मीठा त ती ।

मनुका कवितालाई कहाँबाट चर्चा प्रारम्भ गर्ने ? उनका कविताको विषय, स्वर, सनदर्भ यति सशक्त र सुस्पष्ट छन्, ती प्रत्येक पाठकलाई पारदर्शी संगीत हुन्छन् । उनका कविता बुझन सहयोगीको आवश्यकता पर्दैन तर बुझिसकेपछि बुझन पो फेरि अर्कोपल्ट नदोहोर्‍याई हुँदैहुँदैन । यो बुझिसकेर फेरि बुझनुपर्ने, बोधभित्रको दुर्बोध्य परतचाहिं मनुले कसरी बुनेहोलान् ? मलाई अचम्म लाग्यो । यसै त मनुका कवितामा, भूपी, कृष्णभूषण वल, विष्णुविभु, कालीप्रसादका जस्तै सजिला विम्ब, प्रतीक र वाक्य संरचनाहरू छन् तर मीठो दुख्नेगरी च्याप्प मुटु समात्ने उनको बानी पो खराब । कविता पढ्दापढ्दै खै कहाँ त्यो गाँठो पर्छ - आफैं हुरुक्क ।

उनका कवितालाई प्रशंसाको यति लामो पुल नै किन हालिरहनुपर्ला र ! ती आफैं उठेर जुरुक्क - जुरुक्क कुद्न थालिहाल्छन्, संवेदनशील पाठकीय भावनाको मैदानमा । उछिनपाछिन गर्दै आउने पाठक मनलाई पनि एकछिन छेउमै चुपचाप उभिन बाध्य गर्राई जिम्नाष्टिक गर्छन् मनुका कविता । धेरै लामो अवधिपछि कवितामा यो सन्तुष्टि प्राप्त गरें मैले ।

कवितालाई विचारको भारी, सिद्धान्तको नोकर, आदर्शको हली बनाएर हिंडाउने परम्पराले दिक्क भएको यो पाठकमन कुनै कविता यसो शीर्षक र केही वाक्य पढ्दै थन्क्याउने भइसकेको थियो । छिचोल्नै मन नलाग्ने वाक्यहरूले पोतिएका चट्ट मिलाई बाइन्डिङ गरिएका आकर्षक चित्र खोलसहितका कागजको प्याकेट हातमा परिरहन्थे । हेर्दै थन्क्याउँदै । कविता मानिएकाहरूमा कुरा हुन्थे, कुरा भन्दा धेरै नारा हुन्थे, नाराभन्दा धेरै' प्यारा' हुन्थे । साँच्चै भनेको यो पचासको दशकले यति धेरै कविता लेख्यो कि वास्तवमा कवितै लेखेन कागजमा अक्षरहरू लेख्यो, वाक्यहरू लेख्यो ।

तर मनुका यी कविताले मेरो पूर्वाग्रही दृष्टिकोणलाई ठूलो धक्का दिएका छन् । मैले कवितामाथि नै अयोग्यताको आरोप लगाउनु गल्ती थियो भन्ने बोध गराएको छ । वास्तवमा कविताको आफ्नो छुट्टै पहिचान हुन्छ र त्यो मरेको छैन । नेपाली भावना र चेतनामा कविता नमरेको यी कविताहरू उदाहरण हुन् ।

तीसको दशकका कविताले विकास गरेको विम्ब र प्रतीकको प्रयोगको निरन्तरतामा छन् अधिकांश कविताहरू । मोहन कोइरालाका कविताहरूले जन्माउने गरेका विम्ब, प्रतीकहरूलाई नाघ्दै बीसको दशकमा प्रयोगवादी कविताले मिथकको ज्यादा प्रयोग गरे । नेपाली कवितामा अत्यधिक मिथकको प्रयोग बीसकै दशकमा भएको छ । अझ खोलेरै भन्दा नेपाली कवितामा मिथकको प्रयोगलाई व्यवस्थित गरिएको दशक नै बीसको थियो । मिथकका कारण दुर्बोधताको धेरै आरोप बोके त्यस कालका कविताले । एउटा-एउटा शब्दले युगयुगको पुरा कथा बोक्ने हुँदा पाठकको ज्ञानको सीमाका अघि ती जङ्गल जस्ता लाग्थे । तर कविता धेरै नै शक्तिशाली र सघन बनेको पनि मिथकले नै थियो ।

तीसको दशकका समकालीन कविताले मिथकलाई भन्दा प्रतीक र विम्बलाई बढी महत्व प्रदान गरे । यसबाट दुर्बोधताको अघिल्लो दशकको खुड्किलो एउटा उक्लिए कविहरू । जनजीवनले देखे-भोगेका विम्ब र प्रतीकहरू कवितालाई बुझाउन सक्नेथिए । धेरै नै लोकप्रिय बने तीसको दशकमा कविताहरू । अझ प्रजातान्त्रिक आन्दोलनका क्रममा होमिएका कविहरूको चेतनयात्राले पनि पाठकमा नयाँ उत्साह र पढ्ने जाँगर थप्यो । सडक कविता-आन्दोलन तीसको दशकका कविहरूका लागि एउटा ठूलो चौतारी बन्यो जहाँ आएर भेट भए सबै विचार र चेतनाले हिंडिरहेका कविहरू ।

मनुका कविताले हिँडेको बाटो पनि प्रतीक र विम्बकै राजमार्ग हो तर नयाँ नयाँ विम्ब प्रतीकहरूको सिर्जना गरी यी कविता चेतनामा मार्तोलझैं 'ठङ-ठङ' ठोक्किन आइरहन्छन् । परम्परागत विम्बहरू झन्डै बहिस्कृत छन् यहाँ । आजको सन्दर्भमा आजकै नव प्रतीकहरू पाठकलाई झस्काउन र छ्याङ्ग पार्न उभिन्छन् अगाडि ।

आख्यानले उभिएका यी कविताहरू कतिकति बेला आफ्नै प्यारी बहिनीजस्ता लाग्छन्, जसलाई माया गरेर हेरिरहूँ, छेउमा बसाऊँ र सोधूँ- "बहिनी कस्तो छ ? खुसी नै छौ त ?"

तर कविताहरू कुनै ठाउँमा दुःख पाएर, गलाभरि अवरुद्धता र आँखाभरि आँसु बोकेर माइत आएकी बहिनीजस्ता छन्, कुनै बेला रोइ पनि हाल्छन् कुनै बेला मनमा एकथोक भए पनि मुखले अर्थोक नै भनी ढाँट्न खोजिरहेका हुन्छन् । कुनैकुनै कविता-बहिनीले मज्जाले रुन आमा खोजिरहेजस्ता पनि छन् । केही ठाउँमा निक्कै रिसाएकी र अब त्यस घरमा मर्दा पनि फर्किएर जान्न भन्न खोजेकी जस्ता पनि छन् । जे होस् कविता पढ्दै जाँदा प्रत्येक कविताले भित्र कहाँ कहाँ भावुक, संवेदनशील, विद्रोही के - के, के- के बनाइरहन्छ ।

नारीलाई हेर्ने दृष्टिकोण राष्ट्रलाई हेर्ने दृष्टिकोण, युग र समयको मूल्याङ्कन, प्रजातन्त्रप्रतिको सचेतना यी कविताका आधार भूमिहरू हुन् । झन् मज्जाले नै दिल खोलेर कुरा गर्ने हो भने - मनुका कविता प्रजातन्त्रका लागि मर्न तयार सहीदीय आकाङ्क्षाले प्रेरित पनि हुन् । उनले समसामयिक विकृति र विडम्बनामा अल्झेर, अलमलिएर प्रजातन्त्रको खिल्ली उडाइरहने आजको कराँसे बौद्धिकहरूको सोचलाई आफूछेऊ आउन दिएका छैनन्, स्पष्ट छन् उनी आफूसँग र समय चेतसँग । इतिहासका हरेक उचाइ र गहिराइलाई चिनेका तिनले समसामयिक संवेग नै युगान्तकारी निर्णय होइन भन्ने बुझेका रहेछन् । त्यसैले उनका कविता आत्तिएका पनि छैनन्, हतारिएका पनि छैनन्, निराश पनि छैनन् । एउटा धैर्यशील र दूरदर्शी तापसीझैं शान्त र त्रिकालीय दृष्टि चेतले उभिएका लाग्छन् यी कविता ।.....
 
Posted on 08-10-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....पत्नी, छोराछोरी, आमाबाबु, समाज सबै छन् कवितामा । पत्नीको घरभित्रको जीवनलाई मिहिनपाराले हेरिएको कविता 'उनी कविता जीवनको रङ्गले लेख्छिन्'ले प्रत्येक पाठकलाई आफ्नी पत्नीप्रति सोच्न र तिनको जीवनलाई हेर्न बाध्य गराउँछन् आज तिनै पत्नी रिसाउँदा- 'घरको आँधी' कस्तो हुन्छले छर्लङ्ग पार्छ । तिनले केही नबोली सुरुसुरु काम गरिरहँदाको घर र तिनले चित्त दुखाई रिसाउँदाको घरभित्रको चित्रण प्रत्येक परिवारको जीवन्त कथा हुन्छ । सरदर समयमा उनी -

उनी अक्षर जान्दिनन्

तर सुन्दर कविताहरू लेख्छिन् ।

सबेरै अँध्यारालाई घरबाट खेदिसक्छिन्

घामले मझेरी र आँगन पोतिसक्छिन्

अँगेनामा न्यानो पोखिसक्छिन्

बिहानै घरभरि बिहान छिरिसक्छ

पूजाकोठामा बलेको धूप

आशीर्वादको महक बोकेर चोटाकोठा पुगिसक्छ

म ब्यूँझदा उनी घरभरि जीवन लेखिसक्छिन् ।

(उनी कविता जीवनको रङ्गले लेख्छिन्)

तर उनी रिसाइन् भने-

उनी रिसाउँदा घरभित्र यौटा आँधी पस्छ

झयाल-ढोका, थाल र रिकापीहरू

मस्तिष्क चर्कने गरी बज्छन् ।

सारीको सप्को उनको पटुकीभित्र खाँदिन्छ

चुल्ठो फुक्छ असरल्ल

तूफान उठ्ताको कालो बादलजस्तो ।

(घरको आँधी)

ला ..... । उनी रिसाएको यस्तो बेला अब कतिञ्जेल रहला ? घर अब के होला ? मन त्यसै डराइरहेकोमा -

तर एकैछिन हो,

आँधी घर हल्लाएर गैसकेको हुन्छ

हेर्नू, अझै उनको अधरबाट जून खसेको हुँदैन ।

(घरको आँधी)

ए ..... । तर त्यो आँधी एकैछिनको हुँदो रहेछ । विस्तारै उनी फेरि जीवनको रङ्गले कविता लेख्न थाल्दिरहिछन् । घरभित्रको जीवनलाई कविले यी दुइवटा कविताबाट दुइ अवस्थाको चित्रण गरेका छन् । घरभित्र पत्नीको महत्व, हैसियत र स्थानको सुन्दर मीमांसा भएको छ यहाँ । तिनको सामान्यताको जीवन जो घरको प्राण हो, तिनको असन्तुष्टि र विद्रोह घरको एउटा भयङ्कर आँधी । आमाहरूको महत्वलाई हेरिएको यस कविताले नारीको जीवन पुरुषसँग कसरी अविभाज्य रहेछ चिनाउन खोज्दछ ।

पत्नीबाट केटाकेटीतिर सर्छन् उनी -

लुकामारी खेल्दाखेल्दै केटाकेटीहरू

मेरो बस्तीमा बाक्लै लाग्ने हुस्सुमा गएर हराउँछन्

बताससँगै कहाँकहाँ कुदेर आउँछन्

घरी पानीसँगै रुझेर आउँछन्

घरी यी मसिना साँढेहरू

चोटै लाग्ने गरी कतै जुधेर आउँछन् ।

लाग्छ- मकैबारीबाट

बट्टाई लखेटेझैं लखेटूँ सैतानहरूलाई

र ढुक्क बसूँ !

तर बालक बिनाको घर

धुन रित्तिएको सारङ्गी बन्छ

तारा नभएको रातको आकाश बन्छ

म के गरुँ -

(केटाकेटीहरू)

बालकहरूको चकचके जीवनलाई सरल र मिहिन पाराले हेरेका तिनले तर यो केटाकेटीपनलाई राष्ट्रको बेथितिसँग पनि जोडी व्यङ्ग्य गरेका छन् -

केटाकेटीहरू त चकचके नै राम्रा !

केटाकेटीलाई जत्तिको कसैलाई सुहाउँदैन

बदमासी, होहल्ला, झूट र केटाकेटीपन ।

तर केटाकेटीहरूबाहेक

यो देशका अरू मान्छेहरूले चाहिँ

अलिक गम्भीर भैदिएकै सुहाउँथ्यो कि -

(केटाकेटीहरू )

यो देशका ठूला मान्छेहरू केटाकेटीभन्दा पनि गैर-जिम्मेवार भएका र राष्ट्रमाथि धेरै नै बदमासी, होहल्ला, झुठ र केटाकेटीपना गरेका माथि चित्त दुखाएका छन् । कवि कवितामैं यति राम्ररी कुराहरू भन्न सक्छन् कि तिनलाई लामै व्याख्या गर्दा पनि नपुगेको भान हुन्छ ।

पुर्खाले कमाएर छोडिदिएको पैतृक सम्पत्तिले परितृप्त भई बसिरहेको अल्छी सन्तानका रूपमा नेपाली राष्ट्रिय जीवनलाई देखेका छन् कविले । यथार्थमा अवस्था यस्तै छ आजको हाम्रो । हामीलाई पुर्खाले छँदै नभएको देश बनाइदिएका थिए तर त्यसलाई सिङ्गारपेटार समेत गर्न नसकी त्यत्तिकै बसिरहेका हामीलाई कवि भन्छन् -

म पुर्खाले छाएको छानोले वर्षात् रोक्छु

पुर्खाहरूले उभ्याएको आँगनले आँधी छेक्छु

मसित मैले नबनाएको यौटा सुन्दर घर छ

मैले नकमाएको ऐश्वर्य छ ।

(पुर्खाहरूप्रति)

देशको वर्तमान स्थितिलाई कति सरल पाराले तर डरलाग्दोसँग देखेका छन् तिनले तिनी भन्छन्-

खुसीको कुरा

यो रात पनि सरकारले

कर्फ्यूको आदेश जारी गरेन ।

(कर्फ्यू नलागेको रात)

प्रत्येक रात कर्फ्यू भोगिरहन बाध्य भएको हाम्रो जीवन कुनै रात कर्फ्यू नलाग्दा कति खुसी हुन थालेको छ । देश आफ्नो भएर पनि अब नागरिकहरू देशका हुनसकेका छैनन् । एक ठाउँबाट अर्को ठाउँमा जान प्रतिबन्ध छ । आतङ्कको अज्ञात भयले मानिसहरू आफ्नै घरभित्र स्वकैद जीवन भोगिरहेको आजको वर्तमानलाई भन्न यत्ति तीन हरफ अभिव्यक्तिनै पूर्ण देखिन्छ । त्यसमा अर्को कविताले थप्छ केही कुरा यसरी -

यो बेला

जीवन बोधले ओतप्रोत

उत्साहित मान्छेहरूको लहर सम्भव छैन

र, तानाशाह प्रसन्न छ

आज जुलुस निक्लने सम्भावना छैन ।

(शीतलहर)

यी दुइ कविताले भिन्दाभिन्दै पृष्ठबाट एउटै कुरा भन्दै छन् अलगअलग शीर्षकमा कर्फ्यू आदेश जारी नहुनुमा जुलुस निक्लने सम्भावना नहुनुरहेछ । प्रत्येक जुलुस कर्फ्यूको उत्पादक बन्दो रहेछ अचेल । अचेल यहाँ स्वतन्त्रताको र मानवीय मूल्यको अनायासै ह्रास भएको बेला हो । उनी वर्तमान नेपाली राजनैतिक जीवनमाथि व्यङ्ग्य प्रहार गर्दै भन्छन् -

- धरतीमा साँझ ओर्लेको समय

मेरो देशको

सबभन्दा शालीन र सुन्दर समय हो ।

(साँझ)

अर्थात्, प्रजातन्त्रका सबै अधिकारहरू निलम्वित जस्तो भएको भावनात्मक रूपमा अन्धकारबोध हुने यो समय तर कसैलाई त सबैभन्दा शालीन र सुन्दर नै लागेको छ । त्यसैमा प्रफुल्ल र सन्तुष्ट पनि छन् । तानाशाहीभित्र पनि प्रजातन्त्र हुन्छ, त्यसलाई स्वीकार गरेपछि । तानाशाहीलाई स्वीकार गर्नेहरूलाई कहाँ छ जेल, नेल र हत्कडी, कहाँ छ रोकटोक, कहाँ छ स्थानहद - संसारमै प्रजातन्त्र भनेको आफ्नो तन्त्रप्रतिको समर्थकलाई उपलब्ध हुने अधिकार त हो नि ।

तर प्रजातन्त्र प्रतिको उनको विश्वास यति अटल देखिन्छ, उनी लेख्छन्-

बगून समयका यी बगरमा केही उत्ताल भेलहरू

केही त बगोस् पनि पग्लेर

ज्यादै भो जमेको यो आँसुको हिमाल

लागोस् केही चोट यो लाटोपन उँगिबसेको पनि धेरै भो ।

भरिएनन् दुखद् कहानीले इतिहासका केही पृष्ठहरू

यति अप्ठेरो कुदेर नथाक्ला समय

केही त्रासद् अनुच्छेदहरू लेखिएर इतिहासको बिट नमारिएला ।

नयाँ पृष्ठहरूमा फेरि मान्छेका अनगिन्ती सुखद् कथाहरू पढ्न पाइने तिर्खामा

म एक दुइ घुड्को अमिलो पानी प्यूँन तयार छु ।

(उज्यालाको गीत)

कुनै दिन उज्यालो आउलाको प्रतीक्षामा वर्तमान अँध्यारोलाई स्वीकार गर्दै बाँचिरहेको एक प्रतीक्षित मन यहाँ उभिएको छ । निराशा, कुण्ठा र हीनताले ग्रस्त नभई, आशाजनक जीवन बोकेको छ कविले आफ्नो मनमा ।

प्रत्येक कविताले छुट्टाछुट्टै व्याख्या माग्छन् । लामो-लामो व्याख्याका पृष्ठहरू मागिबसेका मनुका कवितालाई म हृदयदेखि नै स्वागत गर्छु

पचासको दशकको मध्यतिर देखि साठीको प्रवेश वर्षसम्म लेखिएका कविताहरू समाहित मन्जिलको कवितासंग्रह २०६२ भदौ ३१, विराटनगर वाणी प्रकाशनबाट प्रकाशित भएको हो । यस संग्रहभित्रका कविताले (२०५६-०६१) ६ वर्षको कविको र देशको मनस्थितिको चित्रण गरेका छन् । तर कविताले समसामयिकताको घेरोलाई यसरी नाघेका छन् कि यिनलाई जहिले र जुन युगमा पनि रमाउँदै आफ्नो जीवन पढ्न सक्नेछ भविष्यले ।

नकारात्मक सोच नभएका, अनियन्त्रित विद्रोह नबोकेका, हीनता, पलायनता र निराशा वर्जित रहेका, जीवनसँग ज्यादै घनिष्ठ सम्बन्ध राख्ने यी कविता जति पढ्यो त्यति मीठो र रमाइलो हुन्छ यहाँ । विषयलाई हेर्ने मनुको कोल्टे आँखै रमाइलो । 'दुस्मन' शीर्षकको कवितामा उनले देखेको दुस्मन कति प्यारोप्यारो -

दुस्मन नहुनु भनेको त

आफूतिर हरदम फर्किरहने

जीवनको यौटा रमाइलो पाटै नहुनु हो रहेछ

म त्यो पाटोलाई फूलजत्तिकै मन पराउँछु ।

(दुस्मन)


ओ ! दार्शनिक कवि ! बधाई छ ।

जीवनलाई हेर्ने यो दृष्टिचेतको स्वागत गर्दछु ।

नेपाली कवितामा एउटा थप भो यो इँटा

माथि चढ्न प्रेरित गर्ने लिस्नो बनोस्

उठौं तिम्रै कविताहरू पनि टेक्दै माथि-माथि जीवनमा ।

अस्तु
 
Posted on 10-10-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

www.gorkhapatra.org.np

सजाय

-मनु मन्जिल


तिमीले मेरो मन चर्कने गरी हकार्‍यौ
मेरो घरको झ्याल खस्ने गरी
ढुङ्गाले हान्यौ र गयौ,
मैले उहीबेला त्रि्रा लागि यौटा सजाय सोचेको थिएँ ।

पछि एकपटक भेटेँ
तिमी तुषाराले आफैँ भत्कने गरी काँपिरहेका थियौ
अर्कोपटक भेटेँ
वैशाखको आगो मिसिएको घाममा जलिरहेका थियौ
फेरि एकपटक कुनै उकालामा भेटेँ
तिमी दुःखको यौटा पर्वत चढिरहेका थियौ
अर्कोपटक देउरालीबाट देखेँ-
आँसुझैँ त...ल तल झरिरहेका थियौ ।

कहिले आफैँदेखि भागेर तिमी
सहरका साँघुरा गल्लीहरूमा छिरिरहेको देखेँ
कहिले सपनाहरू बेचेर टाट,
यसै हल्लिइरहेको भेटेँ र्।र्
इश्वरलाई चढाउने फूल उमार्ने
आफ्नो जमिन नरहेको झोँकमा,
काखको नानीलाई हातमा राखिदिन
आफूसित यौटै हरियो पात नभएको झोँकमा
तिमी जुलुसमा

आवाज बोकेर हिँडिरहेको पनि देखेँ ।

पोहोरै त हो
जीवनको पल्लो किनारसम्म पुग्ने गरी
राज्यले लखेटिरहेको भेटेथेँ
पछि व्रि्रोहीहरूले खेदिरहेको पनि भेटेँ
जहाँ भेटेँ, दुःखले आत्मासम्म भिजेको भेटेँ
जिन्दगी दुख्ने गरी, पाइला-पाइलामा
काँढामात्रै बिझेको देखेँ ।

साँच्चै, यो समय, यो परिवेशमा
तिमीलाई बाँच्न दिनुभन्दा ठूलो सजाय
अर्को के हुन सक्थ्यो, हँ -
म बेवकुफ !
त्रि्रा लागि
सजाय पो सोचिरहेको थिएँ ।


 
Posted on 10-18-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बन्दी र सपना
-गोबिन्द विमली
अभिव्यक्ती, अंक १३३

 

टाढा
म भन्दा धेरै टाढा छ
त्यो....सङ्गीत
अनन्त फाँटहरुभन्दा पर छोडिएको
र,
त्यति नै टाढा छु म
चार किल्लाहरुमा कैद
सिमाना रहतले मात्र अङ्कित गर्छ
भावनाले कहिल्यै गर्दैन
म रेटिएको छु भ्वाइलिन
मक्किएको काठभन्दा मधुरो एकान्तमा
एउटा प्राचिन घाम
सुदूर चिर्दे होला सबेरै
निलो आकाशमा उपस्थितिका खातिर
र त्यो, किल्लाहरु भित्र बेकार छ
रिदम नमिलेको अल्पधुन
आजित-
भित्तो, भित्तो अनि भित्तो
यहि हो मेरो भुगोल
म कसरि पुग्न सकौँला
फाँटहरु भन्दा पर अनन्त
भावना भन्दा चार कदन अगाडि
रगतका सिमाहरु मेट्दै
रिदम नमिलेको अल्पधुन रेटेर
त्यो...सङ्गीत भेट्न
सधैँभरिलाई।


 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
पाप न साप घोप्टो पारि थाप !!
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters