[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 216436 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
Posted on 02-20-08 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै भो भो भन्नु पर्दैन,
रिट्ठे लाई म: म: बनाउन आए पो,
त्यो जए कीसन को म: म: के खाइ भो र,

 
Posted on 02-20-08 12:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिट्ठे लाई म:म बनाउन आए पो रे?
गयो जमाना १० रुपैयाको चाउचाउको लहरे
रिट्ठेलाई म:म मात्र होइन, बहुत खुब म:म बनाउन आउछ (संगत कस्को छ आजकाल?)


 
Posted on 02-20-08 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बासघारिमा ठुंगा हानेको, लागेन।

संगत कस्तो, ठुल्दाइको।
ठुल्दाइ कस्को, हाम्रो।
हाम्रो संगत कस्को, ठुल्दाइको।
यो अर्थमा हामी पनि बहुत खुव म:म बनाउन जानी हुनुपर्छ। बेलुका घर पुगेर टिराइ मार्नु परो। देखा जाए।


 
Posted on 02-20-08 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे बौचालाई के भो, चौतारो त उडाएछ त। बर पिपल केही देख्दिन।
 
Posted on 02-20-08 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फगत् एक नजरमा ....... ekjana budha budha gayak thiye, Anuhar ta yaad chha. Naam chhin Hari Prasad Rimal jasto lagchha, but not sure. Hari Prasad Rimal ho?
 
Posted on 02-20-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चेलीले मिलाइछिन, बधाई छ
अब म:म खान चाँही यतै आउनु पर्छ है त
कि हैन भने मेलिङ एड्रेस पाएमा, मेल गर्दिन पनि सकिन्छ



 
Posted on 02-20-08 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ चैं फिमेल मेल गरूम् त पिट्ठू राम पण्डित!
 
Posted on 02-20-08 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पै गाम्ले लाई
के हुँदै छ रिठ्ठे सान अनी चित्रे बोरो को?
चेली ले भने पछी जे पनि ठीक हुन्छ भनेर 'ठिक' भन्न पाइन्न है रिठ्ठे, एक्चोटि ठुल्दाइ लाई सोध्नु पर्छ
अहिले त खास हाम्रो जिम्माल बा लाई

शुभयात्रा तथा शुभकामना

 भन्नलाई झुल्किएको


 
Posted on 02-20-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वत पर्साद ज्यू, मेरो त ठीकै छ हो। चलिरा'छ!

सुन्तले, लहरे, चेली र अरू सबैलाइ जदौ!


 
Posted on 02-20-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौ का साथै तारेमाम फ्री।

फगत एक नजर मा ................................................


यो गीत हरी प्रशाद रिमाल ले गाएका थिए भने गीतकार र संगितकार को को हुन?

hint: दुबइ जना स्वर्गिय भाईसक्नु भाका प्रतिभा हुन।

अर्को पनि hint: एक जना प्रख्यात हास्यब्यङकार हुन।
 


 
Posted on 02-20-08 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>मलाइ चैं फिमेल मेल गरूम् त पिट्ठू राम पण्डित<<<

अब का बाट ल्याउनी होला मैले फिमेल
रि-सोच नै गर्नु पर्ने भो त ठुल्दाइ यस्मा


>>>चेली ले भने पछी जे पनि ठीक हुन्छ भनेर 'ठिक' भन्न पाइन्न है रिठ्ठे,<<<

अब के गर्नु त पर्बते, सबैको त चेली, चेली भनेको त सबै भन्दा प्यारो हुन्छ रे
तर उत्तर शाही हो चेलीले देको, जैले सहि लेख्न खोज्दा शाही हुन्छ के भाको


 
Posted on 02-20-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाम्रो जिम्माल नि जान ला'छन के रे नेपाल
त्यो नली खुट्टो चाँही के मा पार्ने हो पोको पारेर जाउ है बुढा
पिटिक्क पार्देलान नि केटाहरुले, आन्दोलन चर्किरछ


 
Posted on 02-20-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मलाई हो त्यो प्रश्न ठुल्दाइ? हो भने भन्दिन्छु है म
पछी पछुताउन पाइन्न भन्द्या छ--म:म पुरस्कार पनि चल्दैन मलाई



 
Posted on 02-20-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ,
गीतकार चैं केशवराज पिंडाली होलान्
संगीतकार चैं नातिकाजी हुन सक्लान् 
(वाइल्ड गेस!) हे हे!


 
Posted on 02-20-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चित्रे ले 'फिमेल म:म' मेल गर्ने भनेको होला, आफुलाई त थाहा छैन, के फरक हुन्छ मेल र फिमेल म:म मा, ठुल्दाइ लाई सोध्नु पर्ला
 
Posted on 02-20-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लहरे पहरेलाइ आज के भएछ? अघि चौतारीको टुप्पो काटेर फ्याकिरा'थ्यो। अहिले फेरी चौतारीलाइ 'बुटिफुल फोटू'
को क्याटेगोरिमा पो जाकिदेछ!

हा हा पर्वते! हँसाउँछन् केटाहरू!


 
Posted on 02-20-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-20-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूलीईईईईईईईईईईईईईईईईई!!!
किन सुतेकी? तिम्रो साहु आयोओओओओओ!!!
उठ! उठ!!


 
Posted on 02-20-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेरि तीर्थ बर्त चाइन्जो अर्न जान लाइओ के रे, बस रिजाप अर्या छ, ब्यानै आम्नु भनेर किलेन्डरले उर्दि कस्या छ के रे, अब चौतारीआट हिन्छु! राउँरो यात्रा होस भन्ने सपैलाई धन्देबात दिएँ! हेरि यो बुडो छैन भनेर चाइन्जो नानाभाँती मुख छोडेर बात नमार्नु के रे ठिटाहरु हो! गामको जगेर्ना अर्नु, सफा सुग्गर चाइन्जो पार्नु। तो डिलको बुटा मर्न लाग्या छ एसो पानी हाल्दै अर्नु के रे, म फर्केर आम्दा झुप्प परेको देख्न पाए हुन्तो। तिमेरु सपैलाई तो मकैफुले पर्साद र गरधनाँ बाँध्न धागो ल्याइदिम्ला बद्रि केदाराटि। नयाँ मुन्छे चाइन्जो कोइ आए भन्देखुन न्वारन स्वारन अरेर राख्नु के रे गाममा, तर्सार नभगाऊनु! जाने बेलाँ सानि नातिनीलाई दोटा रुप्पे दिम्ला भन्या छैनिन के रे, बरु नयाँ नातिनी चेली रेछे, लु बा एसो पिप्लामेठ , पापा किनेर खानु दुइ रुप्पे दिन्छु, धेरै नरुनु, पड्नु, म फर्केर आम्दा कखरा कन्ठ पार्या हुन पर्छ!!  लु त...

सारंगी रेटौँला, मौका मिले फेरि भेटौँला!


 
Posted on 02-20-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, शुभ यात्राशुभ जात्राशुभ विवाह!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters