nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 124977 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-09-06 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! थन्क् यु चित्रे ,
मलाइ पुरस्कार् दिएको मा । :D
नमे लाइ नि बधाइ छ है

लूते तिमि नि बच्चा म कस्तो क्युट् ,ऐले नि तेस्तै छौ कि :p:P ? मेरो चै घर् बाट् आएछि टास्छु ल। :D
 
Posted on 09-09-06 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले लुतेकोबाच्चाको फोटु देखेकिम के रे अर्को धागोमा । कस्तो राम्रो रहेछ लुतेको बाच्चाको फोटो :P
:D:D:D
 
Posted on 09-09-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"प्यारा भाई बहिनी, दाजु, दिदी, काका, बुढापाकाहरुलाई यो पुरस्कार वितरण समारोहमा हार्दिक स्वागत छ" मिसले माइकमा सबैलाई स्वागत गरिरहनु भएको थियो।

चौतारीमा सबैजना हर्सोल्लासका साथ पुरस्कार बितरण समारोहमा बसिरहेका थिए। पुरस्कार पाउने भनेर नाम घोषणा भैसकेकाहरु सार्है खुशी देखिन्थे। टेबल भरी राम्रा राम्रा पुरस्कारहरु राखिएका थिए। सार्‍है राम्रा थिए ति पुरस्कारहरु। तर के गर्नु एउटा पनि पुरस्कार नपाउने भएपछि त्यो जत्ति राम्रो भए पनि हामीलाई के?

सबैजना कुर्सीमा बसेका थियौँ। पुरस्कार पाउनेहरु अघिल्ला कुर्सीहरुमा अनि हामी पुरस्कार नपाउनेहरु चाँहि पछिल्ला कुर्सीमा बसेका थियौँ। मेरो छेउमा दिक्क मान्दै भउते बसिरहेको थियो।

"ए भउते! के भो त्यस्तो? किन उदास भएर बसेको नि?" मैले भउतेको मलिन अनुहार देखेर उस्लाई सोधेँ।

"के गर्ने कुम्ले, आफ्नो त कर्मै उस्तो। कथा लेख्न, कविता लेख्न, ताल परे नाँच्न सबैमा म जस्तो मान्छे पाउन १० वटा गाम घुम्न पर्छ, तर आज आफ्नै चौतारीको महोत्सवमा सबै पुरस्कार अरुले लाने भए" टाउकोमा लगाएको ढाका टोपी झिकेर एकबार कपाल पुरै कन्याउदै उस्ले मलाई भन्यो।

"हो त भन्या, तिमी जस्तो मान्छे यो पछिल्लो कुर्सीमा बस्नु पर्दा चाँहि मलाई नि दु:ख लाग्या छ" भउतेलाई पिर परेको देखेपछि त उस्लाई यत्ति त भन्नै पर्ने थियो मैले।

"कहिले काँहि त वाक्क लाग्छ भन्या यो जिन्दगी देखि" भउतेले त्यो हातको ढाका टोपी मुठ्ठीमा कच्याक कुचुक्क पार्यो।

"किन नि? के भयो त्यस्तो जिन्दगी देखि नै वाक्क हुने गरी?" मैले कुरो जान्न खोजेँ।

"यत्तिका दिनसम्म केहि थिएन। गाममा घुम्थेँ, जुरेलीसङ नि मेला घुम्थेँ, चौतारीमा आएर कविता भन्थे, सबैले राम्रो मान्थे, ठिकै थियो। ठ्याक्क यो चौतारी महोत्सव भाको बेलाँ आफ्ना बा लाई के काम गर्न पर्ने भन्या, एकछिन फुर्सद दिया होइन।" उस्ले फेरि त्यो ढाका टोपीलाई झ्यारझुर पारुँला जस्तो गर्यो।

उता मिसले पुरस्कार जित्नेको नाम बोलाँउदै हुनुहुन्थ्यो। आफ्नै फुटो टाँस्ने कम्पिटिसनमा पून्टेदाईलाई उछिनेर चित्रेले पुरस्कार हात पारेछ। पून्टे दाई उ पर फतफताउदै हुनुहुन्थ्यो,"मेरा फोटा नि कम थिएनन् के, त्यो बज्जेले बालखको राखेर सबैलाई फकायो, आफ्नो यो तक्लु फोटोलाई कसैले माया गरेनन्।" त्यत्तिकैमा ग्वाँचेले उहाँलाई गार्हो पर्यो होला भनेर गिलासमा सर्वत दिएर थुम्थुमायो।

"हैन! बिहान एकछिन चौतारीमा जान्छु अनि अरुबेला तपाईका काम गरौँला भनेको मानेकै होइन। ठ्याक्कै आतन्ककारी जस्ता छन् भन्या, उनले जे भन्यो त्यहि गर्न पर्ने।" भउतेलाई अझै चित्त बुझेको थिएन।

एकछिन म नि चूप बसेँ अनि भउतेपनि चूप भएर बस्यो।

मिसले फेरि पुरस्कार जित्नेको नाम बोलाउन थाल्नु भयो। उत्कृस्ट चित्र अनि कविताको प्रश्नपनि धेरै मिलाएको पुरस्कार चाँहि तितौरीलाई दिने भन्ने घोषणा भयो।

तितौरी गइन पुरस्कार लिन। जिम्माल बा गामका ठुला बडा भएकाले उनले पुरस्कार दिए। तितौरीले पुरस्कार लिइन, पुरस्कारलाई म्वाई खाइन् अनि माया गरेर सङै राखिन्।

भउतेले अनि मलाई सोध्यो, "साँच्चि कविताको प्रश्नमा त तितौरीले तिमीलाई पो उछिनेकी हुन नि, हैन त?"

मैले "हो!" भन्ने इशारामात्र गरेँ केहि बोलिन।

"ए! त्यसो भएर पो तिम्रो पनि अनुहार सानो भा'रेछ त कुम्ले", उस्ले नि मौका पायो मलाई जिस्काउने।

"मलाई त त्यो पुरस्कार देखि डाहा लागेर आयो, सबैले त्यस्लाई 'राम्रो राम्रो' पनि भने, त्यस्ले म्वाईपनि पायो अनि अझ हेर न छेउमै कस्तो टाँस्सिएर बसेको छ। हामी भन्दा कस्तो भाग्यमानी है त्यो पुरस्कार?" मैले खुइया गर्दै भनेँ।

भउते मलाई हेरेर मरी मरी हाँस्न थाल्यो।

म नि उ सङसङ्गै हासेँ।

"ल ल अब सामुहिक फोटो खिचम्" दादाले सबैलाई बोलाउनु भयो।

सान्नानी अनि ठुल्नानी एक अर्काको गाजल मिलाउन थाले।


अस्तु (हे हे हे! :पि)
 
Posted on 09-09-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले,
हा हा हा, कति कथा बनाउन आएको हो तिमीलाई! हसायौ! :D :D

यो चौतारी महोत्सवलाइ एकदम सफल मान्नुपर्छ। अनगिन्ती कथा, कविता, चुट्किला, प्रश्नहरू, हाँसो ठट्टा, तस्वीरको वर्षाले चौतारीलाई तीन दिनसम्म सिंगारीरह्यो। तीन दिनको अन्त्यमा करीब ३३० पोस्टिङ् पुगिसकेको थियो!

चौतारी महोत्सव सफल पारीदिनुभएकोमा सम्पूर्ण गाम्लेहरूलाई बधाई तथा धन्यवाद!!!
 
Posted on 09-09-06 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहेहे कुम्ले हसायौ :O:O ,अझ आउन त बाकि अनि होला नि अरु पुरस्कार् अनि कथा बनाइ हाल्नु पर्छ - आशुकथाकार् को त तिमिले लान्छौ नि पक्कै हेहेहे
 
Posted on 09-09-06 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब्बै पोस्टिङ पढेर सक्काए!
मज्जा आयो ।
सबै चौतारीका दम्तरी, मिस्, आदर्णीय दाजु हरुलाई जदौ, अनि नमस्ते बाइ बाइ ।:)
पुन्टे दाइ ले मेरो तेस्तो मन् पर्ने गीत् को सत्यनाश् गर्देको?
च्याट् म भेट् त होस् न, मैले जान्या छ!


मिस्टे
रोल न १५
 
Posted on 09-09-06 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे!!

चित्रे र तितौरीलाई बधाई अनि धन्यवाद!

क्यार्ने नि? एउटो पुरस्कार पा'होइन आफुँले। ताली बजाम्दा बजाम्दा हात दुखिसके।

अनि साच्चि! पुरस्कार पाउनेहरुले भोज चाँहि कुन दिन खुवाउने नि? आफुँलाई त भोज खान पाइने कुराले मात्र अलि मन शान्त पारेको छ।

:-)
 
Posted on 09-09-06 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मउसब पनि गज्जब रमाईलो भ' गाँठे। अब यो चौतारीको थान्को लगाएर दशैंको पिङ हाल्नुपर्ला, कसो नमे?

मउसब भरि दादा गायब भए स्यालको सिङ जस्तै! यो मिष्टे पनि खासै आएन!

मिस, शुभको नाम मिसले टाँसेको फोटाका 'फाईल नेम' बाट थाहा भएको हो।
 
Posted on 09-09-06 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!
 
Posted on 09-09-06 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!
 
Posted on 09-09-06 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-09-06 11:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-09-06 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-09-06 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D
लौजा!!!! म नि हास्दिन्छु

लौन के भनेको होला त्यस्तो ( kumleko katha ma)सबैले केहि न केहिमा पएको छ नि त् पुरस्कार्

ग्वाँचे---जिवन्त कथा लेखेको र समारोहमा सबैलै स्वागत गरेको
नमे--चौतरीबनाएर
भौते र पुन्टेदा----हसाएको
कुम्ले---चौतारीकै पात्र राखेर कहानी बनाएर्
साइलो-- पुरानो कथा टाँसेर
गौतम्--जोकस् सुनाएर
बिर्खे माइला --बुढोभएर
प्रीति, ठुलि, लुते, फुलौरे, दिप , मिस्टे,गालव, कैले , भट्टे,काइलो,कलंकि---तालि बजाएर
नेपेदा-- एकपटक् मात्र लेखेर्
सुरज,मनेपालीकेटो----? ( था नै भएन)
दादा-- झल्याक् झुलुक् मात्र गरेर
अरु कोहि छुट्नु भएको भए माफि चाहान्छु है ।)(कास् मैले नि पुरस्कार् पाउने काम् गरेको हुन्थे :(:(:
 
Posted on 09-09-06 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss lai ni chha ni life time achievement award +2.25 ko chasmaa :D :D
 
Posted on 09-09-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिती- सितम्बर ०९, २००६

सम्पूर्ण चौतारीबासिहरु
साझा चौतारी
साझापुर, इन्टरनेट

बिषय - बुढेसकालको पुरस्कार चौतारोको हक हितकोलागि सुम्पिएको बारे

आदरणिय गाम्लेहरु,

उपरोक्त सम्बन्धमा, म सा.जी.(साझा जिल्ला) चौतारेगाउँ वडा नम्बर १ बस्ने बर्ष ७० को जिम्माल भन्ने बिर्खे माईलाले प्रथम चौतारी महोत्सवको उपलक्षमा बुढो भएकोले पाएको पुरस्कार चौतारीको हकहितको लागि चौतारीलाई नै टक्र्र्याउने निर्णय गरेको छु। पुरस्कारमा मैले प्राप्त गरेको जुनसुकै, नगद, जिन्सि, तक्मा, दोसल्ला, फूल, माला तथा सम्मान यसै निबेदन मार्फत चौतारीको सम्पत्ती भएको घोषणा गर्दछु। यसबाट अरु पुरस्कार पाउने महानुभावहरुले पनि चौतारीलाई कुनै न कुनै रुपमा सहयोग गर्नुहुनेछ भन्ने आशा गर्दछु। यो चौतारी फलोस फुलोस र सधैँ यसैगरि दुख-सुख, आँशु-हाँसो बाँडचुड गर्ने थलो बनोस भन्ने कामना गर्दछु। अन्त्यमा चौतारी महोत्सव भव्यताका साथ मनाउन सहयोग गर्नुभएकोमा सबै चौतारीबसिलाई हार्दिक धन्यवाद् दिन चाहन्छु।
धन्यवाद्

सहि-----------------
बिर्खे माईला
:)
 
Posted on 09-10-06 12:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन, जुन दिन पनि राति मै बुडो मात्तै हुँदोरहेछु चौतारीआँ!!
एउडा गजल गाउनु परो।

थोडि सि पि शराब थोडि उछाल दि
कुछ इस तरह से हमने जवानी गुजार दि

मै चुर हुँ नशेमे मुझे कुछ खबर नहिँ
मुझपे निगाह ए' शोख कब तुमने डाल दि

हमने सिया है ईश्कमे होठोँको इस तरह
जिसने भि दि जहाँमे हमारि मिसाल दि

अब डर नहिँ किसिका जमाने मे दोस्तोँ
हमने तो दुश्मनि भि मुहब्बतमे ढाल दि

यु मुझको था तुम्हारे हि आनेका ईन्तजार
गुमनाम हमने मौत भि रसते मे टाल दि

 
Posted on 09-10-06 12:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो गजल चाइँ गुलाम अलि को है गाम्लेओ भन्नै बिर्सिराको :)
 
Posted on 09-10-06 12:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah Wah, Birkhe!
दिलका खिलौना हाय टुट गया
कोई लुटेरा आके लुत्त गया।।। लुत्यो बिर्खेले लुत्यो!! :D

कुम्ले ले नि क्या द्या वाह!! सकिन म।।। Trivia ma Wd Wd garya taal bho. :D

त्यो पुरस्कार कस् कस् ले पा हो, खबर पाम -- झ्याप हान्नु पर्छ :P
 
Posted on 09-10-06 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
whats wrong living with your parents ?
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters