[Show all top banners]

lopchanlama
Replies to this thread:

More by lopchanlama
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

lopchanlama
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 आफ्नै चिहान

[Please view other pages to see the rest of the postings. Total posts: 37]
PAGE: <<  1 2  
[VIEWED 12530 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-22-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै चिहान खनी म आँफैलाई पुरी दिन्छु
तिम्रो खुशीको लागी म चितामा सुती दिन्छु

भरी दिउन तिम्रो सिउँदो अरु कसैले
तिम्रो खुशीको लागि म मुटु रेटी दिन्छु

सधैं खुशीयाली छाई रहुन तिम्रो आँगानमा
तिम्रो खुशीको लागी म आँशुमा रुझी दिन्छु


मुस्कुराई रहनु तिमी हिमाल जसरी
तिम्रो खुशीको लागि म पिडांमा  हाँसी दिन्छु

आफ्नै चिहान खनी म आँफैलाई पुरी दिन्छु
तिम्रो खुशीको लागी म चितामा सुती दिन्छु





 
Posted on 02-20-08 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lopchan-jee,

 

Yes, we have very similar sentiments as well.

 

I was also making a point that a prose-poetry (गद्य-कविता) does not have to be rhyme-less (अनुप्रासविहिन). In fact, a little bit of rhyme would make it sweeter than otherwise. I am much influenced by Bhupi Serchan’s rhyme-rich prose-poetry.

 

You might have noticed I have tried to play with rhyme in certain stanzas. It certainly takes a little bit of extra effort. However, the outcome would be rewarding.

 

So, I strongly suggest you to go for rhyme and quasi-meters (अपूर्ण छन्द) even when you compose pure prose-poetry.

 

Best,

 

Nepe

 

___________________________________

 

फूलहरु जथाभाबी कुल्चेर हिडेका छन् आँधी

म बगैचाको मोर्चामा छु

पुलहरुको निर्माण कर्मीहरु बिर्सेर हिडे आधी

म फट्केहरुको मोर्चामा छु

 

सपनाहरुको आखेटमा छन् केहि धुलोहरु

आँखाको मोर्चामा छु

सद्दामे सपना पुनर्जागरण रोक्ने माकुरे दुलोहरु

बनाउने पाखाको मोर्चामा छु

 

गोरेटा चिप्ला छन् पुरानो हिलो नयाँ वर्षा ले भिजेको

म गोडा र बाटाका मोर्चामा छु

फेरि हिसाब राखेर बेहिसाब काँढा बिझेको

घाउ, मलम र खाटाका मोर्चामा छु

 

___________________

Last edited: 20-Feb-08 07:34 PM

 
Posted on 02-20-08 7:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepeजि तपाईंको सुजावको म कदर गर्द्छु। मलाई तपाईंको यो लाइन खुब मन पर्‍यो

फूलहरु जथाभाबी कुल्चेर हिडेका छन् आँधी

म बगैचाको मोर्चामा छु

पुलहरुको निर्माण कर्मीहरु बिर्सेर हिडे आधी

म फट्केहरुको मोर्चामा छु


 
Posted on 02-20-08 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुद्धको आँशु

 

धेरै भयो जगंलमा स्याल कराउन छाडेको

खै कुन्नी  कता गयो सिहं राजा?

सुनिदैन गर्जेको

बन्दुक देखी तर्सेर हो कि ?

बारुद्-बम पढ्किएर

कोइली चरिको मिठो धुन सुन्न छाडेको

बुद्धकै आँशु पो हो कि?

बिना बादल  झरी परेको

 

शान्तिको धुन बज्न छाडियो

बुद्ध भुमी भएर पनि

पानीमा रगत मिसिन थाल्यो

जलस्वोतमा धनी भएर पनि

शान्तिको दिप निभेको हो कि?

सतिले सरापेको देश भएर?

सदा अटल भई मुस्कुराउने सगरमाथाको शिर झुकेको

बुद्धकै आँशु पो को कि?

बिना बादल झरी परेको

 

 पाइलै पिच्छे रगतको होली

हर श्वासमा बैरी बसेको

खै कसलाई विश्वाश गर्ने यहाँ?

हर धड्कनमा स्वार्थ लुकेको

अझै खुकुरिको प्यास नमेटे हो कि?

लादेनहरु धेरै जन्मिएर?

रगतको सागर भित्र धर्ती आमा लाजले मुख छोपेको

बुद्धकै आँशु पो को कि?

बिना बादल झरी परेको

 

 


 
Posted on 02-22-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पुनर्जन्म


बियोगान्ध जिन्दगीहरु
जिउन नसकी
आफ्नै हातले
आत्महत्या गरेका
मेरा जिजिबिषाहरु
फेरी अर्को उनिलाई भेट्दा
जुर्मुर्याएका छन
नयाँ उन्मत्त जवानी लिएर
लिप्त हुन
उनको अधरहरुमा
असीम प्यासहरु मेटाउन
उनको बहुपाशहरुमा।


 
Posted on 02-24-08 5:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बध-शालामा बध गर्न

बन्दी बनाइएका

पशु भन्दा

सस्तो भएको छ

आज-भोली जिन्दगीहरु

नत्र किन?

मारिन्थे

निर्दोस जिन्दगीहरु

बन्दुकहरुले

बमहरुले

किन पारीन्थे ?

क्षत-बिक्षत

निर्दोस शरीरहरु

निरंकुस एम्बुसहरुले


 
Posted on 02-24-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lamajee,

तपाईंको कबिता पढ्दा घोर निद्रा बाट झल्यास्स ब्युन्झिए जस्तो लाग्यो --  कबिताको भावहरुमा केही त छ जसले थाकेको पाइलाहरुलाई फेरी अगाडि बढ्न प्रेरित  गर्छ  --नेपेदाको निर्देशन ले त्यो लेखाइमा झन निखार ल्याउला नै --शुभकामना 

:)


 
Posted on 02-24-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

 

 

कविता यसको स्वरुप र संगठनले नै समान्यतया कम विचारप्रधान र बेसी भावनाप्रधान हुन्छ । तर भावनाप्रधान कविता दुनियामा यति धेरै रचिईसकिएको छ कि, केही भावना व्यक्त गर्न बाँकी होला जस्तो लाग्दैन मलाई । त्यसैले नयाँ योगदान गर्ने हो भने अलिक विचारप्रधान कविता लेख्नुपर्छ जस्तो लाग्छ । विचारप्रधान भनेको समस्यामात्र नदेखाएर त्यस समस्याको समाधान पनि सुझाउने खालको हो, सरल शब्दमा भन्नु पर्दा ।

 

अनि एउटा अर्को कुरा । गद्य कवितालाई अक्सर लाग्ने दोष के हो भने एक दुईवटा पूर्ण वाक्यहरुलाइ ट्याक ट्याक टुक्याएर कविता बनाईन्छ । जस्तो लोप्चनजीको पछिल्लो कविता निम्न वाक्यहरुको ट्याक ट्याक काटिएको टुक्रा जस्तो देखिन्छ ।

 

आज-भोली जिन्दगी बध-शालामा बध गर्न बन्दी बनाइएका पशु भन्दा सस्तो भएको छ । नत्र किन बन्दुकहरुले [] बमहरुले निर्दोष जिन्दगीहरु मारिन्थे ? किन निर्दोष शरीरहरु निरंकुश एम्बुसहरुले क्षत-विक्षत पारीन्थे ?

 

मान्छेहरुले के भन्न सक्छन् भने गद्य वाक्यमै जस्ताको तस्तै भन्न सकिने कुरा किन भाँचेर कविताजस्तो बनाउनु पर्‍यो ?

 

यस्तो प्रश्न सोध्नेको मुखमा बुझो लाग्ने खालको कविता लेख्नुपर्छ भन्ने मेरो आग्रह छ । अब के गर्दा बुझो लाग्ला त ? यो चाही कवि आफैले पत्ता लगाउने कुरा हो जस्तो लाग्छ मलाई । कविताका विभिन्न सांगठनिक उपकरणहरु (जस्तै: छन्दात्मकता) को प्रयोग गर्ने अभ्यास गर्दै जाँदा त्यो पहिलिएला ।

 

Nepe


 
Posted on 02-25-08 2:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्बप्रथम त miss me जी र nepe जी लाई धेरै-धेरै धन्यवाद,मेरो कबिता पढी प्रतिकृया लेखिदिनु भएकोमा। nepe जी, अन्यथा नलिनु होला। सबै कबिताले समस्या देखाएर समस्याको समाधान निकाल्न कठिनाई हुन्छ।कती कबिता आत्मा सन्तुस्तिको लागि लेखिन्छ, कुनै कबिता बर्णात्मक हुन्छ, कुनै कबिता बिद्रोहको हुन्छ त कुनै कबिता आवाज उठाउनको लागि अथवा जगरणको लागि लेखिन्छ। कुनै पनि कबिले कबिता लेख्दा यो सोचेर लेखेको हुँदैन कि म यो समस्या उठाउछु अनी यो समाधान निकाल्छु।nepe जी मैले तपाईंको प्रतिकृयामा तर्क्-बितर्क गर्न खोजेको होइन है। जहाँ सम्म मेरो यो सिर्जनाको सवाल छ, "आज-भोली जिन्दगी बध-शालामा बध गर्न बन्दी बनाइएका पशु भन्दा सस्तो भएको छ । नत्र किन बन्दुकहरुले र बमहरुले निर्दोष जिन्दगीहरु मारिन्थे ? किन निर्दोष शरीरहरु निरंकुश एम्बुसहरुले क्षत-विक्षत पारीन्थे ?" , हो यो गद्य वाक्यलाई भाचेर कबिताको रुप दिएको जस्तो देखिन्छ।तर हामीले यो कुरालाई पनि बिचार गर्नु पर्छ कि कुनै कुरालाई ब्यक्त गर्ने तरिका आफ्नै सिप अनी कला अनुसार गरिन्छ जस्तो लेखकले लेखबाट गरिन्छ, कथाकारले कथामा ढालिन्छ अनी हास्याकारले ब्यङ्यमा उतारिन्छ।एउटा छोटो कथा छ भने त्यसलाई कबिता जसरी  ढाल्न सकिन्छ।मेरो " शान्तिको कबिता" शिर्षकमा एउटा साप्ताहिकमा छापिएको थियो दुई बर्ष अगाडि। यसलाई पनि वाक्यमा जोडीयो भने एउटा लेखको अंश जस्तै बन्छ।मैले भन्न खोजेको के हो भने गद्य जस्तै देखिए पनि कबितामा उतार्द कती मिठास छ त्यही वाक्य पनि ( तर मैले वाक्य लाई कबितामा ढालेको चाँही हैन है) । गुण र अपगुण त हरेक पक्छ्यमा हुने गर्छ।

तर nepe जी, म तपाईंको प्रतिकृयाको सम्मान गर्छु अनी भबिस्यमा पनि तपाईंको सल्लाह र सुजावको अपेक्छ्या गर्दछु।

शान्ति को कबिता

पर क्षितिज पारी
सुर्य निदाउदै थियो
बरदलिमा बसी
शान्तिको कबिताहरु कोरिरहेको थिय
आस्था अनि बिश्वास
मेरो कबिता सँगै
शान्तिको किरणहरु झुल्किने छन
प्रत्यक नेपालीहरुको आगनहरुमा
विहानी अखबारहरु सँगै

 


 
Posted on 02-25-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lopchan-jee,

 

मैले कविता यस्तै हुनु पर्छ चाही भनेको होईन है । बरु कस्तो कविताको प्रभाव कस्तो हुन्छ भन्न चाहेको हुँ ।

 

कविता वा समग्र साहित्यमा स्वतन्त्रता र विविधता त हुनैपर्छ । एकनासे एक तमासको साहित्य त प्रचार साहित्य वा साम्यवादी साहित्य मात्र हुन्छन् । म त्यस्तो साहित्यको पक्षमा छुईन ।

 

स्वतन्त्रता र विविधता वर्तमान सभ्य साहित्यका आधारभूत गुणहरु हुन्, र हुनुपर्छ ।

 

कस्तो कविता उत्तम होला भन्नेमा चाही मेरो आफ्नै राय छ, र त्यही निकाल्न खोजेको हुँ ।

 

समसामयिक नेपाली मात्र होईन विश्व कवितामै तरलता अति नै र ठोस कुरा कम छन् र त्यो कुरा आम पाठकहरुले रुचाएका छैनन् भन्ने मेरो ठम्याई छ । पुस्तकका पाठकहरु जहिले पनि गद्य विधाकै पुस्तक किन्दछन् । Best seller किताबहरुको list मा poetry विरलै देखिन्छ । त्यो भनेको कविताको अलोकप्रियता नै हो र त्यसको कारण कवितारुमा लोकप्रियताका गुणहरुको अभाव नै हो र त्यो भनेको सम्भवत: कविताहरुमा हुने तरलता वा ठोस कुराहरुको कमी होला भन्ने मेरो तर्क छ ।

 

कवितालाई कसरी गद्य विधा जत्तिकै लोकप्रिय बनाउन सकिएला ? हो, यही हो मेरो तर्कना र सुझाव ।

 

नेपाली कविताको हकमा पुरानो कवितामा देवकोटाको मुनामदन र भूपिको घुम्ने मेच माथिको अन्धो मान्छे बाहेक शायदै अरु बिक्ने कविता होलान् । हालैका कतिपय गणतन्त्रवादी वा परिवर्तनवादी कविताहरु पनि बिक्ने कविता बन्न पुगेका छन् ( टिकट किनेर कविता सुन्ने घटनाहरु) । यसबाट पनि केही सारांश निकाल्न सकिन्छ । तर मेरो ठम्याई ठीक हो होईन म भन्न सक्तिन ।

 

ल मैले मेरो कुरा भद्रगोल तरीकाले पो राख्न पुगें । तर आसा छ केही कुराको अर्थ लाग्नेछ नै छ ।

 

अन्त्यमा, कविता सिर्जना जारी राख्नुहोला । मैले भनिहालें नि, विविधता स्वीकार्य मात्र होईन आवश्यक पनि छ साहित्यमा ।

 

Nepe


 
Posted on 02-26-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepe जी,   कबिता सरल हुनुपर्छ भन्ने मन्यता रख्दछु। गहन शब्दहरु थुपारेर पाठकले नबुज्ने लामो-लामो कबिताहरु धेरै भएर कबिता अलोकप्रिय भएको जस्तो लाग्छ मलाई। कबिता पढेर पनि भाव बुज्नलाई कठिनाई हुने कबिता पाठकले किन पढिरहोस्। जस्तो तपाईंले "मुना-मदन" को कुरा उठाउनु भएको ,हो  "मुना-मदन" जन-जिब्रोमा बस्न सफल भएको सरलता भएर हो।

मुक्तक कबिताको तुलनामा लोकप्रिया छन। जस्तो मुक्तक सबैले पढ्छन, कुनै जमघटमा साथी-भाईहरु सुनाउछन किनकी मुक्तक छोटो अनी मिठो पनि हुन्छन।र छोटो पंतिमा धेरै  कुरा  चित्रन गरेको हुन्छ।म जहिले कबिता कोर्दा त्यही कुरा मनन गरेर लेख्ने गर्छु मेरो कबिता सरल होस्, छोटो होस् ,सबै पाठकले पढुन अनी बुजुन। तर पनि कही कतै कमी कमजोरी भईरहेको जस्तो लाग्छ। तपाईंहरु जस्तै को सुजाव अनी सल्लाहले ति कमी कमजोरी हटाउन सफल हुन्छु जस्तो लाग्छ। nepe जी , सधैं तपाईं अनी तपाईं जस्तै दिग्गजहरुको सल्लाहको अपेक्छ गर्द्छु।

 


 
Posted on 02-27-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lopchan-jyu,

 

सोह्रै आना सही कुरा गर्नु भो ।

 

म पनि सरल कवितावादी हुँ (यद्यपि कहिलेकाही क्लिष्टता पनि हाल्ने गर्छु, खास गरेर ढाँट कुरा भन्नुपर्‍यो भने) । कविता सरल र सरस हुनुपर्छ । यही हो मेरो मान्यता । क्लिष्ट कविताको अपमान नै त गर्न खोज्या होईन (क्लिष्ट कविताको आफ्नै सौन्दर्य र उपयोगिता त छदैछ), तर जहाँसम्म म देख्न सक्छु, यस्तो कविता छलछाम कुरा गर्न वा भन्ने खास कुरा केही नहुँदा स्वाङ पारी पारी लेख्ने हो ।

 

कविता कस्तो हुनुपर्छ भन्नेबारे मेरो एउटा सानो मन्तव्य यहाँ राख्न भ्याएको रहेछु ।

 

http://www.sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=61&PageNum=3&forum=2&threadid=22320#363967

 

Nepe


 
Posted on 02-27-08 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepe जी, मलाई तपाईंको बिचार  मन पर्‍यो। हुन त म पनि कबिता सरल हुनुपर्छ भन्नेमा मन्याता राख्छु। तर पनि मैले कबिता कोर्द जहिले पनि के नपुगेको, के नपुगेको जस्तो लागिरन्छ। तपाईं जस्तै गुरुहरुले सल्लाह र सुजाव दिई रहनु भयो भने राम्रा सिर्जनाहरु गर्न सक्छु जस्तो लाग्छ। ल त nepe  गुरु, भबिस्यमा पनि मेरो रचनाहरु पढि सल्लाह सुजाव दिनु होला है।
lopchanlama
 
Posted on 02-27-08 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepe गुरु जी, केही कमि-कमजोरी  भए सुजाव को अपेक्क्षा गर्दछु

झुल्कने छन अखबारहरु

 

कामना शान्तिको

चाहना फेरी अर्को युद्धको

अर्को एउटा बुद्धको

अनी बुद्धत्त्वको

 

द्द्ढ आत्म-बिश्वास

ब्यग्र प्रतिक्षाहरुमा

पर्खिरहेछु

नयाँ बिहानिको

 

मेचीदेखी कालिसम्म

हिमाल देखी तराई सम्म

बन्दुकको नालहरुमा

गुराँस फुलाउदै

बमको गोलाईहरुमा

सुनगाभा झुलाउदै

ठेला उठेका हत्केलाहरुमा

दिपहरु बाल्दै

मौलाहरुमा

बसन्तको सुवास छर्दै

छहरा, पहरा, कुना-कन्दराहरुमा

बिकुल फुक्दै

झुल्कने छन अखबारहरु

नयाँ बिहानि साथ

इन्द्रेनी रंगमा

शान्ती उत्घोष गर्दै

प्रतेक नेपालीको आँगनहरुमा

खुशीयाली छाउदै

 

चिरायु शान्ती

नेपालीको चाहना यही

कामना यही

 

सजिने छन

बिस्पोटमा परेका

भग्ना बशेश

पुलहरु, भवनहरु, टावरहरु

पार्टी- पौवाहरु

यम्बुसमा परेका

क्षत- बिक्षत

हिमालहरु, पहाडहरु, तराइहरु

पखालिने छन

सडकहरुमा लागेका

रगतका टाटाहरु

जरुवाको पानीहरुले

फुट्नेछन मुहानहरु

चट्टानहरुबाट

पग्लने छन सगरमाथाहरु

 

 रोल्पा- रुकुमहरुमा

मलम लगाउदै

बिधुवाको साडिहरुमा

इन्द्रेनी भर्दै

बिबरिसे लाशहरुमा

अमृत छर्दै

रोधि-घरमा

शान्तिको दोहोरी घन्काउदै

झुल्कने छन अखबारहरु

नयाँ बिहानि साथ

अर्को एउटा बुद्ध लिएर

शान्ती उद्घोष गर्दै

प्रतेक नेपालीको आँगनहरुमा

खुशीयाली छाउदै

 


 


 
Posted on 03-04-08 7:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेकरी का सपनाहरु

 

अन्तिम दिन "ट्युसनको"

बेकरीमा तिमीहरुलाई पर्खि रहें

"ब्ल्याक  टि" को बाफहरु

उडिरहेका थिए

बुनेको सपनाहरु जस्तै

शायद

बाफहरु सपनाहरु

पर्यायवाची

हो तिमीहरुलाई

कुरी रहेको थिएँ

देखें

तिमीहरुको "ब्लक टि" बाट पनि

बाफहरु उडिरहेका थिए

शायद

हामीहरुले "ब्लक टि" मा

सपनाहरु घोलेका छौं

 


 
Posted on 03-04-08 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Few quick comments.

 

पहिलो कविता आशावादिताको सन्देश भएको देवदूतको वाणी जस्तो गुलियो, वास्तवमा अति गुलियो छ । एक दुई पंक्ति र विम्बमा हो कि हो कि जस्तो केही नयाँपन र मौलिकता भए पनि अधिकांश विम्वहरु र सन्देश अतिप्रचलित (cliché ) भए । त्यसो हुनु कुनै खराबै कुरा त होईन । तर नविनता र मौलिकता जहिले पनि वाञ्छनिय हुन्छ ।

 

दोश्रो कविता कुनै एक क्षणको चित्रण गर्ने कविता हो र यसमा भने तपाईले नविनता र मौलिकताको प्रदर्शन गर्नुभएको छ । बधाई !

 

Nepe


 
Posted on 03-04-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


nepe गुरु जी, तपाईंको प्रषंशाले म निकै गद्-गद भएको छु। यसरी तपाईं अनी तपाईं जस्तैहरुको मन जितिरहन पाएँ मात्र मेरो रचनाहरुले सार्थकता पाउनेछ।


 
Posted on 03-17-08 4:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 

      हत्या

 

निस्छ्न्द

आकाशमा उडिरहेका

एक हुल परेवाहरु

अनी

निशाना लगाइरहेका

हजारौ-लाखौं

शिकारी बन्दुकहरु

शहरहरुमा

जंगलहरुमा

ड्याम्-ड्याम

छर्रहरु बर्सियो

शहरहरुबाट

जंगलहरुबाट

अनी

एक्-एक गर्दै झर्यो

रक्तम्य

क्षत्- बिक्षत

परेवाहरु

छटपटिदै

स्तब्त

 बनेर

टुलु-टुलु हेरिरह्यो

लाखौं-करोडौ

मुक दर्शक

अनुहारहरु

शायद
बानी परी सकेकोछ

 



 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters