Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 नयाँ नेपालको यात्रा

[Please view other pages to see the rest of the postings. Total posts: 50]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 45367 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 01-06-14 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     12       ?     Liked by
 

नयाँ नेपालको यात्रा

नयाँ नेपाल कहिलिए पश्चातको दोस्रो नेपाल यात्राको संस्मरण लिपिबद्ध गर्ने प्रयास गरेको छु | यहाँहरुको साथ पाएँ भने यो क्रमलाई निरन्तरता दिने छु | आशा छ केही तीता पल र केही मीठा पलहरुसंग तपाइँहरुको साथ रहने छ |

जे एफ के , टर्किस इअर र इस्तानबुल हवाई अड्डा
-----------------------------------------------------

धेरै बर्ष तामेली रहेको नेपाल यात्राको लागि सस्तो टिकेट खोज्दै गर्दा टर्किस इअरले लोभलाग्दो प्रमोशन रेट दिएकोले मात्र हैन उडान अवधि को हिसाबले पनि इस्तानबुल हुँदै यात्रा गर्नु उपयुक्त थियो नै | सस्तो कस्तो हुन्छ भन्दा नि अमेरिकी भूमिबाट झारे झुरे प्लेन उड्ने हुँदैन भन्ने बिश्वास थियो | जेएफकेको टर्किस इअर दिपार्चार गेट पुगे पछी सस्तो मालको छनक देखिँदो रहेछ| इअर्लाइन्सका कर्मचारी गफैमा मस्त थिए, लाइन अस्तव्यस्त थिए | कुन लाईन बिजिनेस क्लासको कुन चाहि इकोनोमी, अझ इकोनोमीमा पनि कुन ग्रुपको कुनै संकेत- सूचना थिएन ...नेपालमा लाग्ने जुन सुकै लाइनको झझल्को दिने गरी अब्यबस्थित थियो | टाइम भयो ...
“ बिजिनेस क्लास दिस वे ....इकोनोमी ग्रुप ए इज द्याट वे “ भन्दै लाइनलाई खण्डित बनाउँदाको दृश्य हेरी नसक्नु थियो | बेलाइनबाट र बे-क्लासको बोर्ड गर्दा नि बाल थिएन | जहाजको ढोका मै २ जना टर्किस भुसतिघ्रेहरु ह्याण्डक्यारी ब्यागको साइज नाप्न बस्या रैछन | मेरो ब्याग अलि ठुलो देखिन्थ्यो, तर अन्तर्राष्ट्रिय मापदण्ड भित्रकै थियो | “ तपाइले यो ब्याग भित्र लान सक्नु हुन्न, ब्याग ठुलो छ” भन्दै रोके |

एक जनालेले बोर्डिंग पास को अधिकत्ति लिएर कुलेलाम ठोके र मैले किन ब्याग लान नमिल्ने भन्ने बहस सुरु गरि हालें |
मेरो ब्याग चेक इन गर्दा तौलिदा के हेरेर बसेको, अझ बोर्डिंग गर्दा न रोक्ने , प्लेनको मुखै मा रोक्ने के चाला हो यो – म पड्किए | इन्टर्नेशनल साइजको हो, कसरी लान न पाउने म पनि हेर्छु भने | त्यतिन्जेल अघि मेरो बोर्डिंग पासको टुक्रा लिएर जाने लौका ब्यागको ट्याग बनाएर आइहालेछ | “तपाइंको ब्याग कार्गोमा जान्छ , काठमाडौमा पाउनु हुन्छ” रे | म यो ब्याग कार्गोमा राख्न दिन्न, नाप तौल गरौँ कसरी मिल्दैन हेरम , मैले नि अड्डी लिएँ | त्यसो भए यसमा छिराउनुस भनेर गेट संगै ब्यागको साइज नाप्ने भाँडो देखाए | लौ हेर कसरी छिर्दैन भनेर मैले नि मज्जाले छिराई दिएँ | बेफ्वांकमा मलाई मात्र हैन अन्य यात्रुलाई समेत असुविधा हुने गरी अपरिपक्वता दर्शाए | सस्तो टिकेटको यात्रा कस्तो कस्तो लाग्न थालिसकेको थियो |


प्लेन उड्यो | प्लेन भित्र वितरण गर्नु पर्ने सबै आइटमहरु दिए | रातको ११.१५ को उडान, भोकले साउती गरी सकेको थियो | टाइम मै खाना ल्याए | खाना ठिकै थिए तर मात्रा .....| म जस्तो औसत नेपाली साइजको पेटलाई त पुग न पुग थियो तर ज्याङ्गो खैरेको सन्तानलाई चाही... म सोच्दै थिएँ | १० -११ घण्टाको उडान मा बीच मा केही खाने पिउने नाई....| भोक लाग्न थाले पछी यात्रुले विमान परिचारिकालाई बोलाउने वटन थिच्ने क्रम सुरु भयो | मलाई नि तिर्खा लाग्यो, मैले नि थिचें ...| बाल छैन बाई ...| त्यो घन्टीको कुनै जवाफ छैन | सब जना खाना राखेको सानो कक्षमा गएर स्यान्द्विच, पानी , जुस लिंदै फर्किंदै गरेको लाजमार्दो दृश्यमा आफु पनि समाहित हुन पुगें |


इस्तानबुल पुग्ने बेलामा फेरी खाजा खुवाए | इस्न्ताबुल पुगियो | प्लेनबाट निस्कदै ट्रान्जिट पेसेंजेर भन्ने सोचक हेर्दै गएँ | ट्रान्जिट पेसेंजेर भन्ने लेखिएको बाटोमा रातो रिबनले बन्द गरिएको भेटियो | सबजना त्यता रोकिए | किन बन्द, बन्द भए बैकल्पिक बाटो देखाउने कोइ आएन | धेरै बेर सप्पै जम्मा भैसक्दा पनि कोइ आएन | पाइलट महाशयहरु निस्कँदा बल्ल यही बाटो जाने भनेर देखाई दिए | निस्कने बित्तिकै फेरी सेक्युरिटी चेकजाँच | त्यो नि गरियो | अब्यबस्था यस्तो थियो कि पाइन्टको पेटी अर्कै डुकुलंथुकले लिएर हिडी हाले |


भर्यांग उक्लेर मुख्य ट्रान्जिट एरिया त फूड कोर्टको मुखैमा रहेछ | एक छिन आराम गर्नु पर्ला भनेर यसो निस्कें... बिसौनीको खोजीमा ...| बस्ने ठाउँ भए पो पाउनु ....हजारौं ट्रान्जिट यात्रीको लागि मुश्किल ले १०-१२ कुर्सिको ब्यबस्था रहेछ | ट्रान्जिट एरियामा यति मान्छे थियो कि मानौ दशैँ तिहारको बेला असन चोकको हाल जस्तो थियो | बाटोको बीच बीच मा खाने र पिउने पसलहरु | तपाईलाई थकाइ लागेको छ भने आउनुस , बस्नुस पैसा तिरेर जानुस भनेर स्वागत गर्न बसेका कफी शप र स्यन्द्विच पसल| नबसी धरै भएन | एक कप फिका चियाको ६ टर्किस लिरा ... एक्सचेन्ज रेट १ डलर बराबर २ लिरा | ३ डलर तेरेरै भए नि एक छिन त बस्नु पर्यो भनेर एक कप चिया मागें ..| ६ लिरा प्लिज – भने | मैले डलर डलर भनें, ४ डलर भन्छ बा टर्किस तरुनी ...| हाउ ४ डलर भनें , तरुनीले मस्किन्दै १ डलर इज १.५ लिरा पो भन्न थाली . ठग कहीं कि ....| त्यै पसल को सामुन्ने मैले पैसा साट्ने बैंक देखेको थिएँ | मलाइ नि झोंक चल्यो | १ मिनेट. आइ विल गिभ यु टर्किस लिरा भन्दै अगाडीको सराफीको पसलमा डलर साटेर दिएँ |


झन्डै ४ घण्टा ट्रान्जिट टाइम थियो | काठमाडौ फ्लाइटको लागि दिपार्चर गेट नै निर्धारण नगरेको अवस्थामा त्यो मूल एरियाको वरिपरी टहल्दै गेटको जानकारी प्रतिक्षारत थिएँ | ८.४५ बेलुकीको फ्लाइट, बल्ल साढे सातमा गेट नम्बर आयो ... दङ्ग परेको र फेरी खिस्स ....| ३.५ घण्टा ढिला भन्ने सूचना | ठिकै छ भोक लाग्या बेला खाएर आउनु पर्र्यो भनेर फूड कोर्ट तिर लागियो | दर भाउ चाहार्दा डर लाग्यो | एउटा क्यान कोक को ६ डलर, बर्गर किंगको डलर मेनु ५ डलर .... चाइनिज भात मासु को १५ डलर ... | भोकै मर्ने कुरा भएन | चिकेन भात नमिठो खाएँ |


१२.१५ राति उडान भएकोले ११ बजे तिरै निर्धारित गेट मा पुगें . एक जना तर्किस इअरको ब्याच लाउने आएर ... यु ह्याव फूड एत् बर्गर किंग पो भन्छ बा................| अघि नै भन्नु पर्दैन साले ...अब १० % यात्रु न भएको बेला खानाको ब्यबस्था छ भन्न आउनुको रहस्य र सस्तो टिकेटको बीच सम्बन्धन खोज्न कर लाग्यो नै |
प्लेन उड्यो | साढे ६ घण्टाको उडान | सिटमा टिभी थिएन | भित्ताको टिभी पनि अफ थियो | समय मुश्किलले कटाईयो | काठमाडौ पुगियो, तर प्लेन काठमाडौ वरिपरी घुमाएको घुमाए नै ... हुस्सु र ट्राफिक जामको दोहोरो मार |


जति कष्ट सहेर पनि आफ्नो माटोको सुगन्धको स्पर्शले दुख भुलियो | आफ्नी सुटकेस बोकी नयाँ नेपालको दर्शन भाग २ मा निस्कें........

क्रमश:

 
Posted on 01-14-14 8:57 AM     [Snapshot: 1696]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोरल अफ दी इपिसोड “ फेसबूके गफ मा बिश्वास गरे झ्याल धोका सब पाइन्छ “

--- हो रैछ ठुल्दाई हेर्स्यो त .... डित्तो त हैन तर लगभग सिमिलार अनुभव रह्यो मेरो नि फ़ेस्बुके साथीहरु बाट ....

ल अब अर्को भाग ठुल्दाई... एउटो कुरो नि ....फेसबुके साथी भन्दा त साझा क साथी भरपर्दा निस्कियेछन हगि ?
 
Posted on 01-16-14 10:24 AM     [Snapshot: 1950]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नयाँ नेपालको यात्रा भाग ५

बैज्ञानिक र प्राध्यापकहरु संग एक घण्टा

 यसपालीको नेपाल भ्रमणको क्रममा त्रि वि विका एक डिन साहेबको कार्यकक्षमा एकजान डाक्टर साहेब भेट भयो | अरु २ जना सम्मान्नित प्राध्यापकहरु पनि आउनु भयो साथै चिर परिचित महाबिर पुन पनि | रेडियो तथा टेलिभिजनमा कार्यक्रम चलाउने डाक्टर साहेबले सबैलाई एउटा कार्यक्रम मा उपस्थितिको लागि निम्तो बाड्नु भयो ....वरिष्ठ वातावरणविद .....को की नोट स्पीच छ , आउनु न भुल्नु होला रे ..

वरिष्ठ वातावरणविदको नाम सुन्ने बित्तिकै झनक्क रिस उठ्यो र डाक्टर साहेबसंग प्रश्न तेर्साएं - वरिष्ठ वातावरणविदको परिभाषा के हो ? के उहाँले वातारण सम्बन्धि कुनै उच्च शिक्षा हासिल गर्नु भएको छ ?? के उहाँले कुनै अनुसन्धान अध्ययन गर्नु भएको छ ?? एउटा बिज्ञ हुन अध्ययन अनुसन्धान जरुरी हुन्छ कि हुँदैन ?? हुँदैन भने तपाई ले आफ्नो नाम अगाडी डाक्टर लेख्न छोडे हुन्छ ... एक जना पर्यटन ब्यबसायी कसरी वातारण बिज्ञ त्यो पनि वरिष्ठ हुन सक्छ ?? अनि की नोट स्पीच सुन्ने चाहि तपाइँ प्राध्यापक महोदयहरु ............. त्यो पनि शुद्ध बैज्ञानिक बिषयमा ??

हो उहाँ एकजना वातारण प्रेमी हुनु हुन्छ होला, वातारण जागरण अभियानका अगुवा हुनु होला तर वातारणविद हुन सक्दैन | तपाईहरु जस्तो डाक्टरी झुन्ड्याउनेहरुले नै गलत मान्छेलाई प्रक्षेपण गर्नु हुन्छ भने के आश गर्ने , देशको बैज्ञानिकहरुबाट  ??

उपस्थित मध्ये प्राणि शास्त्रका प्राध्यापक महोदयले भन्नु भयो - भाइ ले भन्नु भएको कुरा एकदम सही हो तर के गर्नु डाक्टर साहेबको कार्यक्रममा सित्तैमा हल र चियानास्ताको ब्यबस्था उहाँले नै गरि दिनु हुन्छ , वरिष्ठ भन्नु पर्ने उहाँको बाध्यता होला नि | 

अझ डाक्टर साहेबले थप्नु भयो " उहाँ त अझ वरिष्ठ लेखक , महान विचारक हुनुहुन्छ  " |

मैले प्रतिबाद गरें - उहाँ ले लेख्नु भएको भनी ब्यापक प्रचारित पुस्तक उहाँले लेखेकै हैन ....उहाँको भनाइलाई एक जना माझिएका पत्रकार -लेखक भाइले लेखेका हुन् | कुनै कुरा भन्नु र राम्रो लेख्नु दुइ भिन्ना भिन्नै कुरा हुन् | विचार धेरैका राम्रा हुन सक्छन तर सवाल त्यसलाई अर्थपूर्ण र पठनीय ढंगले लिपिबद्ध जसले गर्न सक्छ त्यही मात्र लेखक हुन सक्छ | हरकोइ व्यक्ति कलाकार, लेखक , कबि , बन्न सक्दैन |

डाक्टर साहेब प्रतिबादमा उत्रिनु भयो | एक दुइ जना त्यस्ता हुँदैमा हामी सबैलाई लान्छना लगाउन मिल्दैन रे | मैले उहाँ संग प्रश्न गरें “ लौ भन्नुस न डाक्टर साहेब – राष्ट्रको  खानेपानी सम्बधी सम्पूर्ण जिम्मेवारी कसको ?”  खाने पानी संस्थान को – डाक्टर साहेबले तु. जवाफ फर्काउनु भयो |

गलत , बिलकुल गलत ..

खाने पानी सम्बन्धी सम्पूर्ण नीति नियम देखि लिएर गुणस्तर, मापदण्ड, अल्पकालीन तथा दीर्घकालीन योजना बनाउने एक मात्र निकाय भनेको खानेपानी तथा ढल निकास बिभाग हो |

येह , मैले  खाने पानी भनेको  एउटा मात्र भन्ठानेको |

खानेपानी बिभागमा भएका २०० भन्दा बढी इन्जिनियरहरु छन् जसमध्ये ९०% ले  Environmental Engineering वा Sanitary Engineering मा मास्टर्स गरेका छन्, केही ले PhD | तपाईंको आफ्नै कार्यक्रममा  खानेपानी सम्बन्धि विशेषज्ञ भनेर बनस्पति शास्त्रीलाई बोलाउनु हुन्छ र देशमा विद्यमान खानेपानी समस्या बारे असम्बन्धित गफाडी को गफ प्रसारित गर्नु हुन्छ |

उहाँ पर्यटन ब्यबसायीको कुरा छोड्नुस, वातावरण सम्बन्धि कुनै पनि  कार्यक्रम, सेमिनारमा २-३ जना वरिष्ठ भनौदाहरु कै हालिमुली हुने हुन्छ | तपाइंले कहिलेइ ती व्यक्तिहरुको पृष्ठभूमि चेक गर्नु भएको छ | एक जना  बिशेषज्ञ मेकानिकाल इन्जिनियर हुन्, अर्को वरिष्ठ ले स्नातकतहमा वातावरण सम्बन्धि एउटा/दुइटा कोर्स गरेका छन् | अंग्रेजी बोल्न सक्नु र अमेरिका बाट पढेर फर्केको मात्र योग्यता हो भने अर्कै कुरा हो नत्र तपाईंहरुले गलत मान्छेको गलत सल्लाहलाइ मेडिया हल्ला गर्दै हुनु हुन्छ |

यो देश बिग्रिनुमा नेताहरुलाइ दोष दिन्न म | बुद्धिजीवी भएर पनि स्वार्थको लागि गलत मान्छेलाई प्रक्षेपण गर्नेहरुको दोष हो | कालो लाई कालो र सेतो लाई सेतो किन भन्न सक्नु हुन्न ??

सम्भवत त्यस पछी डाक्टर साहेबलाई लाग्यो होला “ यो केटो संग बिबाद गर्नु ठिक छैन ? र चुप चाप बस्नु भयो |

डिन साहेब संग अघि नै कुराकानी कानी सकी सकेकोले बिदा माग्दै हिंडे |

आशा छ तपाइँहरुले यस इपिसोद्का सबै जस्तो पात्रहरुलाई चिन्नु हुने नै छ | 

क्रमश:

 

 


 
Posted on 01-16-14 11:01 AM     [Snapshot: 1966]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही चिने जस्तो लाग्यो केही त चिन्न सकिन ठुल्दाइ
 
Posted on 01-16-14 11:19 AM     [Snapshot: 1975]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<हरकोइ व्यक्ति कलाकार, लेखक , कबि , बन्न सक्दैन |>>

यस्तो हो र ठुल्दाई ??? मलाई त यहाँ हर कोइ कलाकार जस्तो लाग्छ ....सब नाटक गरिनै रहेकाछन ... आफ्नो आफ्नो कला जहाँ हुन्छ देखाकै छन् ..... अब कला र कलाकार के हो, को हो र को हैन भनेर छुट्टयाउने पनि कुनै मापदण्ड छ र...... मन पर्नु मन नपर्नु त्यो अलग कुरा हो .....

लेखक र कवि को परिभाषा के हो ठुल्दाई ?? - मेरो बिचारमा जसले लेख्छ आफ्नो मनोभाव अनि आफ्ना र अरु का कथा , व्यथा तेही लेखक या कवि हैन र ?? त्यो चित्ताकर्षक या साहित्यिक नहोला ... शायद अलंकार र सुगन्धले नसजियेको होला तर त्यो त लेख नै हो नि हैन र ? र लेख्ने मान्छे लेखक नै हो, हैन र ?

हुन त हजुरलाइ धेरै थाहा छ , धेरै भोटो फाटिसकेको छ .......यहाँ चै मा हजुर संग अलिक असहमति जनाउँछु ....
अनि रह्यो बरिष्ठता को कुरो ...... अब नयाँ नेपालाँ पर्या बेलाँ सप्पै बरिस्ठ , सप्पै उत्कृस्ट , सप्पै कनिष्ठ , सप्पै घनिष्ट ... चाप्लुसतन्त्र त उहिलेको पुरानो नेपाल देखि भइआकै कुरो हो ....

अर्को भाग को कुराई मा

भाइ ,
था'छैन
 
Posted on 01-24-14 11:49 AM     [Snapshot: 2282]     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

नयाँ नेपालको यात्रा भाग 6

टेम्पू, ट्याक्सी र कार

नयाँ नेपालको यात्रा पहिलो संस्करण २०१० बाट गतिलो पाठ सिकेर यसपाली एउटा गतिलो कारको {ड्राइभर सहित) ब्यबस्था गरियो | एक महिनाको ४५ हजार रूप्पे प्लस पेट्रोल खर्च | ट्याक्सीको मिटर संगै टाउको घुमाउनु र रिंगटा लागाउनु भन्दा कारको ब्यबस्था ठिक नै लाग्यो | बिहान १० बजे दखि रातको ८ बजे सम्म ड्राइभर उपलब्ध हुने र सो भन्दा ढिला भए वा चांडो जानु परे गुरुजीलाई भोजनको ब्यबस्था गर्नु पर्ने शर्त थियो | काठमाडौमा गुड्ने गाडी मध्ये चिल्ला देखिने टोयोटाको सानो गाडी जो अम्रिकामा देखिदैन उपलब्ध गरायो साहु ले |

काठमाडौको सडक र शहर युग्द पछीको खण्डहर जस्तो देखिन्छ अझै . आधा आधा ताछिएको घरहरु,... केही बनेका केही अधुरा ...केही अनाथ कोही हठात् ...| विश्व युग्द पछीको हिरोसिमा हो कि भानुभक्तको अमरावती ?? बाटा फराकिला देखिन्छन् मात्र ....थपिएका लेनहरु अझै सडक बन्ने तरखरमा छन् भने बीच को पिच त उही हो ... लाल्टिन बालेर नि भेटिदैन नि | त्यसमाथी दायाँबाँया नखान्दिएको माटो .. धुलोको भण्डार | कतै माटो र बाटो सम्याउन्दै कतै खाल्डो खन्दै | सडक व्यस्त छ | शहर अस्तव्यस्त छ |

 

क्रमबद्ध रुपमा एकचोटीमा एउटा खण्डलाई मात्र सडक चौडा बनाउने कार्य गरेको भए यो गति हुँदैनथ्यो | एक इन्जिनियरको अनुभवले त्यहि भन्दछ | भत्काउने र पड्काउने बिषयमा विद्यावारिधि गरेको व्यक्तिले देश चलाएर हो कि भत्काउने काम चाहि युग्द स्तरमा गरे ........... बनाउने काम ......... सडक बिभाग र ठेकेदारलाई दोष ?? बनाउन सजिलो छैन बाबा , बिगार्नु जस्तो हुन्न |  बिजुली को पोल सार्नु पर्र्यो , बिद्युत प्राधिकरण तात्नु पर्र्यो, बजेट र प्रक्रिया पुर्र्याउनु पर्र्यो | झूर संचार लाग्नु पर्र्यो टेलिफोनको तार भूमिगत गर्नु पर्र्यो | पोलमा झुन्दिएका अनेक तारहरु ...केवल टिभी, इन्टरनेट आदिको ब्यबस्था गर्नु पर्र्यो | मेलम्चीको लागि पाइप गाड्नु छ | सबै तिर समन्वय नगरी भत्काउने महान क्रान्तिकारी काम चाहिं भए  .. बनाउने काम चाहि  उही हो .....| मलाइ लाग्छ काठमाडौको यो समस्या अर्को ५ बर्षमा नि समाधान हुँदैन |

अर्को कुरा धेरै ठाउँमा सडक चौडा भए तर .........  पुल ?? हरेक २-३ किमी पछी एउटा पुल आउँछ नै ..| पुल को चौडाई भने जस्ताको तस्तै ... सडक २ लेन बाट  ४ र ६ लेन भए पुल भने २ लेन नै  अनि ....जाम न भए बटर हुन्छ त ??

पुल आयो कि फेरी गाडीहरुको लस्कर उही बोतलको घांटीबाट थोपा थोपा झरे जस्तो | जता ततै जाम |  धन्न ट्राफिक दाजु भाइ ( दिदी बहिनि हरु नि छन् है )ले धुँवा धुलो सहेर सक्दो ब्यबस्थापन गरि राख्या छन् नत्र ... अराजक काठमाडौका नेता ड्राइभरहरुले नियम र इमानलाई त उहिलेई पोलेर खाइसक्यो | जाम नहोस न कसरी ..? मोटर साइकलमात्र (निजी) बा अ प ६२ रे अर्थात ६ लाख बीस हजार बाइक | सबै मोटर बाइकहरु काठमाडौको सडकमा निस्क्यो भने ....??  एउटा बाइक को औसत लम्बाई १.५ मिटरमात्र राख्ने हो भने झन्डै १० लाख मिटर अर्थात १००० किलोमिटर, पूर्ब पश्चिम राजमार्ग बराबरको लम्बाई हुन्छ | निजी गाडी, सरकारी गाडी र भाँडा  गाडीहरु (सबै खाले) मात्रै १ लाख ८० हजार पुगिसक्यो | एउटा गाडी को औसत लम्बाई ३ मिटर राख्ने हो भने ५ लाख चालिस हजार मिटर अर्थात ५४० किलोमिटर हुने हुन्छ |  यतिका गाडी र बाइक गुड्ने सडक काठमाडौ मा छ त ??

 

गृह मन्त्रीज्यू संगै जानु पर्ने काम भए संगै  अघि भनिएको गाडीमा गइन्थ्यो | कतै निम्तोमा भोजन गर्न त्यहि गाडी उपयोग गरियो | त्यसमानेमा ट्याक्सी महाराजसंगको खुसामद मोलमोलाई र झगडा गर्नु परेन | दुइ जना दुइ तिर जानु परेको बेला म  चाहिं म टेम्पूको शयर गर्थें | घर बाहिरै टेम्पू आउने तर कहिले आउँछ त्यो चाहि ठेगान नहुने, आए नि जहिले नै प्याक | झुण्डिएर जानुको मज्जा बेग्लै , जोखिम त झन् अग्लै........|  ट्याक्सी चढ्ने हिम्मत मा हत्तपत्त गर्दिन | टेम्पूले १५ रूप्पे मा पुर्र्याउने ठाउँमा घटी मा १०० | मिटर चलाउने त नामै लिदैन|  बजार भाउ जति बढे  त्यसको हजुर बाउ , गुरुजीको भाउ बढ्या छ | मिटर बिग्रेको छ , जान्न- सिधै धावा बोल्छ |

एक दिन टेम्पूमा झुण्डीए केही बेर पछी भित्र सीट पाइयो | एक साइडमामा ३ जना मुश्किलले अट्ने सिंहासनमा ५ जना बस्नुबस्नु पर्ने, तै पनि बस्न पाउनु वा आंशिक नितम्बलाई आसन दिनु नै ठुलो कुरो | फेरी अर्को दुइजना अनि गन्तव्यमा ओर्लिए, टेम्पू हल्का भए | आफ्नो सीटको अगाडी पुरानो स्कूल पढ़द्दा देखि को साथि विराजमान |

अमेरिकाबाट आएर टेम्पूमा ?? आश्चर्य भावमा “ अघि देखि देख्या थिएँ तर बिश्वास नै भएन – रे भयो अब................ | अमेरिका बाट आयो भन्दैमा फरारी मा फरर हिड्ने हैसियत सबैमा हुन्न नि मित्र | ट्याक्सी चढ्ने हिम्मत छैन, टेम्पू जिन्दाबाद |

कहिले आइस, कति बस्ने भन्दा नि  साथीलाई अर्कै चासो | टेम्पू नै चढ्नु पर्ने भए किन अम्रिका जान्छस . यति बस | मित्रको आग्रह हो कि इर्ष्या, बुझ्न कठिन भएन|

गाडी भाँडामा लिए पनि ३-४ पल्ट ट्याक्सी महाराज कै शरण लिनु पर्र्यो | भोज भतेरमा बेलुकी अबेर हुँदा हाम्रो गुरुजीलाई असहज हुने रहेछ, ग्यारेजबाट घर जाने बाटो सुनसान र मशान छेउ पर्छ रे , लुटपाट गर्ने हाकु कालेहरु छन् रे |

एक दिन हाम्रै साझा डट कम कै मित्रको बिहे भोज ( ६-७ महिना पहिले नै भोज गरिसके पनि भोज बोलाउने ठुला हृदयका मित्र परिवारलाइ धन्यबाद ) जानु पर्यो | कालिमाटी पुल मा यसरी जाम मा फसियो कि ..२५ मिटरको पुल पार गर्न ६५ मिनेट लाग्यो|  मित्र को घर पुग्ने बित्तिकै बुबालाइ सोधें“ यहाँ ट्याक्सी कति बेला सम्म पाइएला ?”  सोही अनुसार भोजको लम्बाई मापन गरूँ भनेर | १० बजे सम्म पाइन्छ डराउनु पर्दैन भन्नु भयो | बडा मिठो नेवारी भोज खाइयो | नेपाल र अम्रिका बारे अनेक गफ हानियो | साढे नौ  बजेको हुँदो हो | बिदावारी भै निस्कें | एउटा ट्याक्सी त के चरो मुसो नि देखिन | लोड शेडिंगले चुक घोप्ट्या जस्तो अन्धकार | कुकुर को लगातार भुकाइ | हरर फिल्म को दरल्ग्दो सिङ जस्तो ...| एउटा पसल खुलेको देखियो र केही उज्यालो आश पलायो | ट्याक्सी पाइन्छ कि पाइन्दैन यति बेला दाई ? हतास मेरो मुखबाट त्यही निस्क्यो | पाउनु त पर्ने हो तर अचेल कम भा छ , एक छिन् कुर्नुस न | केही आश अनि केही त्रास देखाउनु भयो साहुजी ले | नभन्दै एउटा मारुती हुइंकेर आयो | रोकें |

गुरुजी – कहाँ जाने ?

म – कोपुण्डोल

गुरुजी – त्यता त गइन्न होला , बालाजु तिर भए........... ग्यारेज जान लागेको |

म – आपतै  पर्र्यो नि त्यसो न भन्नुस न |

गुरुजी – बस्नुस्... म तपाईंहरुलाई ट्याक्सी पाउने ठाउँसम्म पुर्र्याई दिन्छु |

के खोज्छस कानो .. ट्याक्सी भने जस्तै भो ....|

ट्याक्सी लाम लाग्ने चोक सम्म पुर्र्याई ...एक जना गुरुजीलाई उहाँहरुलाई घर पुर्र्याई दिनुस है भन्दै जानु भयो र एक पैसा लिन मान्नु भएन |

अझै पनि सबैमा मान्छे मरिसकेको रहेन छ भन्ने लाग्यो| झन्डै एउटा बिपतको अवस्थामा  सहयोग गर्ने उक्त ट्याक्सीका गुरुजी लाई सलाम छ | नत्र बाँकी ट्याक्सी चालकहरु त ......... मान्छे नै हैनन् को जस्तो लाग्छ |

एकदिन म एकदम हतारमा थिएँ ...माथि झम्सिखेल सम्म जानुथियो | हिड्या भए २० मिनेट नै लाग्दैन थ्यो तर म संग त्यो २० मिनेट थिएन | टेम्पू नि आएन ५ मिनेट सम्म | ट्याक्सीको शरणमा पुगें |

झम्सिखेल सम्म जाउँ न  भाइ ...

२०० लाग्छ |

बिहान को १० बजेको थियो , राति भए पो अर्को कुरा |

अति भयो नि भाइ , म संग टाइम नभएर मात्र हो नत्र हिडेर पुग्ने ठाउँ हो | १०० दिन्छु हुन्छ ?

कहाँ मान्नु डेढ सय दिनु भन्दै हुइक्यायो|

झम्सिखेल आर्मी चिफ साबको निवास पुग्ने बित्तिकै “लौ यहाँ सम्म को हो डेढ सय , यहाँ भन्दा माथि अर्को १०० लाग्छ | “

यहीं ओर्लिन्छु भन्दै डेढ सय मन मारी मारी दिएँ ... टाइम मै टेम्पू आएको भए १५ रूप्पे |

क्रमश:

 


 
Posted on 01-24-14 12:36 PM     [Snapshot: 2310]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सचित्र दृस्य देखेझै भयो !!

अरु पनि चाडै थप्नु होला ठुल्दाइ
 
Posted on 01-24-14 6:54 PM     [Snapshot: 2407]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

मोटर र मोटरसाइकल को गढ़ितिया प्रस्तुति पढ्दा हासो र दुख दुवैले आखा चिस्ययो ठुल्दाई / त्यो सानो काठमन्दु जहाँ खुल्ला रुप मा हिड्ने ठाउँ पनि छैन, तेस्तो ठाउमा तेतिका बिघ्न गाडी छन् है / हेय्य्य्य्य राम, कैले व्यवस्था गर्ने होला यो यातायात बिभाग ले तेतिका गाडीहरु /

ट्याक्सीमा यात्रा गर्न त घरबार नै बेच्न पर्ने रहेछ कि के हो ठुल्दाई / तीन वर्ष अघि नेपाल यात्रा गर्दा करिब करिब तेस्तै हालत भएको थियो मेरो पनि / धन्न दाजुले आफुले चलाउने फ़त्फ़ते बाहन दिएका थिए तर क गर्ने बाहनलै खुसि बनाउन घरि घरि दारु खुअयौनु पर्ने रहेछ फेरी त्यो कति महँगो दारु हो / बरु हामीले खाने दारु पुन सजिलो तर त्यो बाहनले खाने दारु किन्न त बिस्वजोति हलमा राजेश हमालको युगदेखि युगसम्म फिल्म हेर्दा टिकट काट्न बसेको लायन जस्तै लायन बस्नु पर्ने भन्या /

लौ ठुल्दाई आब भाग ७ को प्रतिछ्यामा छौ है / अल्चिदेव संगको मित्रता लै टाडई राखेर सिघ्र भाग ७ लिएर आउनु हुनेछ भन्ने हाम्रो पार्टी को मान्यता छ /
 
Posted on 01-24-14 8:22 PM     [Snapshot: 2430]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रा साहुजी पनि सरकारी कार्यालयका कारीन्दा भन्दा कतिनै फरक छन र ? कती पैसा भन्ने सोधाईको जबाफमा साहुजी कती हजार भनेर सोध्नुस् भन्ने खप्की  पनि पाइएको थियो |त्यो साङ्गुरिएको फुट पाथ पनि नाङ्ग्ले हैन तन्ने पसलेको सामान भरिएको हुन्छ ३/४ ओगटेर | फूट्पाथमा पनि मोहियानी हक लागि सक्यो र पेवा भै सक्यो | कथम कदाचित लड्नु भैं उनीहरुको पसल मा केहि भैं हाले बटुवाले हर्जाना तिनु पर्छ, तिर्न नसके नत्र लागौतिमा घर फर्कनु पर्छ |
आफुलाई आसाद्धै मिल्ने मित्र हुन् भन्ने लागि.  बिहानै भेट गर्न गएको भुल्भुलैयाको बाटो एक घण्टा पछि पुगे , मित्रको कार्यालय जाने बेला भएको मन्त्रीजीलाई दर्सन गर्न गएको जस्तो भयो | बाह्र बजे अर्को दाइको मा घर र कार्यालयमा पुगे , होटेलमा खाना खान पनि डर लागेकोले भोकै थिए | धन्न बाउजुले सोधिन र चाउ चाउ ले त्यो दिन गुजारियो |
बङ्गला खडा गरेका छन् , चटक्क परको गाडी अनि contract मा ड्राइभर राखेकै छन् , पदको हिसाबमा कामु CEO भए पनि इर्स्यालु पन लुकाउन नसकेको आभास पाएको थिए | यिनका  ( Deputy Director)  इ अबस्था छन् भने अरुका के कुरा ?
परिवर्तन आएको छ देशमा ! विदेश बसेर रास्ट्रभक्ति गान सुनाउदा खरैले  नेपालि पढाको जस्तो भयो होला ? 

Last edited: 25-Jan-14 11:48 AM

 
Posted on 01-25-14 1:03 PM     [Snapshot: 2558]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन हाम्रो थाने कता गयो भन्या / अस्ति सम्म ठुल्दाई लै नया भाग चहियो भनेर ख्यक ख्यक गर्ने अनि ऐले चै कथा पद्न नि न आउने / यो त भएन नि /
 
Posted on 01-27-14 10:00 AM     [Snapshot: 2754]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई पढेको अस्तिन हो ....लाइक नि तेही दिन ठोकेको .... यो ट्याक्सी, टेम्पो महात्म्यको सजिब अनि अजिब बर्णन लाइ....... के भनम र खै ......राम्रो लाग्यो भानुम भने दुख लाग्या छ ...... नेपाल अझ भनम काठमान्डू खाल्टोमा एकबर्ष अगाडी मैले भोगेको कुरो कस्तो मजाले लेख्नु भो दाइ...... बरु काठमाडौँ बाहिरको स्थिति अलिक राम्रो लाग्यो ... "धोका दिने लाइ के भनम र खै तिमि बस हासेर मै बसुम्ला रोइ" यस्तै छ आजकाल

अझै बाँकि पढ्ने इच्क्षा छ दाइ..... चांडै पस्कनुहोला ....

- थाने
 
Posted on 01-27-14 11:53 AM     [Snapshot: 2811]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

नयाँ नेपालको यात्रा भाग ७

मनकामना माईको दर्शन र पापीहरुको प्रदर्शन

एक जना चर्चित कबि महोदयले  एक ठाउँमा लेखेका थिए “ मंजुश्रीले काटेको भूगोल बाहेक अर्को भूगोल छैन,काठमाडौ”  | काठमाडौ खाल्डो बाहेक अन्त नगएको बात लाग्ला भन्ने डर भैराख्या बेला अन्त जन्त जाने निम्तो आयो | नारायणघाटमा बिहेको कार्यक्रममा जनै पर्ने भयो | हिसाब किताब गरें, चितवनबाट  फर्किंदा मनकामना माईको दर्शन गरेर फर्किंदा मनमा सन्तुष्टि पक्कै मिल्ने छ | मनकामना जाँदा शनिबारम मंगलबार र बिहीबार न पार्नु भनेर एकना भलादमी महोदयले सल्लाह दिएका थिए |

बिहेको निम्तो बृहस्पतिबार, भोलिपल्ट शुक्रबार बिहानै कुरिनटार, दिउसो आनन्दले माई संग केही भलाकुसारी गरम भन्ने सल्लाह बमोजिम कार्यतालिका बनाइयो| शुक्रबार सांझ फेरी दशकौं  अघि संगै आइ एस्सी पढेका देशका होनहार मित्रहरुले गेट टुगेदर राख्या थिए | समय बडा टाइट थियो |

मोफसलको पहिलो बिहे भोज खाइयो, देखियो | हाइब्रिड कर्मकाण्ड नि हेरियो | एउटा नौलो अनुभव|

शुक्रबार बिहानै फर्क्यौं....र मनकामना माई गन्तब्य | देश र विदेश संग काठमाडौ जोड्ने नारायणघाट मुग्लिन सडक यति जीर्ण कि भनेर , गनेर साध्ये थिएन | सानो गाडीको त हरिबिजोग नै हुने गरी खाल्डाखुल्डी | यस्तो सामरिक महत्वको बाटो समयमै मर्मत नहुनुमा दोष कसको? सरकार, ब्यापारी , जनता ?? देश जसरी नै चलेको छ, यो राजमार्ग जस्तै | त्रिशुलीमा २ ओटा ट्रक खसेको रे , आंग सिरिंग हुने दृश्य शायद दैनिकी हुँदो हो त्यता तिरकालाई |

४२-४३ किमीको बाटो छिचोल्न झन्डै दुइ घण्टा चानचुन लग्यो| केवलकार परिसरमा पुग्दा चढ्नेहरुको लाम बाइरोडको बाटो जस्तो  घुमाउरो र लामो | लाइन बसियो.....एकै छिन त होला भन्ठानेको २ घण्टा बसिए छ | लाइन बस्दा माग्नेकेटाहरुको लर्को अर्को | पाँच रुपैया देउ न साहुजी.....एउटा मायालाग्दो ८-१० बर्ष को केटो .. आयो |

“तिमीलाई मैले ५ रूप्पे किन दिने ?” कारण भन म पचास रूप्पे दिन्छु – मैले लोभ देखाएँ| केटो बोल्दैन....सुगाले जस्तै उही पाँच रुपैया देउ न ...|

मैले पटक पटक भनें “ तिमीलाई किन दिने ५ रूप्पे मैले “ , भोक लाग्या हो कि रोग लाग्या ??

प्लास्टिकको ब्यागमा के हो सोलुशन हालेर सुघ्नलाई पाँच रुपैया त के पाँच पैसा नि दिन्न, लौ जा भनें |

 

केवल कारमा १० मिनेटमा पुगियो हुस्सु छिचोल्दै | यसो हेरें लाम त लामै भैसके छ | त्यसो त तल नै २ घण्टा लाम बसे पछी माथि पनि २ घण्टा त बस्ने पर्छ भन्ने अनुमान थियो | पूजा सामग्री किन्ने पसलमै जुत्ता राखी लाइन बस्न गयौं | लाइन मन्दिर पछाडीको उकालोको कति पछाडी थियो हेक्का भएन | चिसो याममा खालि खुट्टा अझ माथि उक्लेयौं | बल्ल पुछार भेटियो|  लाइन लागियो | आधा घण्टा भो एक पाइला पनि सर्दैन बाइ .....|  नित्यपूजा गरिराख्या होलान नि पूजारी बाहरु भन्दै बसियो | एक घण्टा भो लाइन सर्ने नाम लिंदैन बा.......... | के भाको रहेछ, म हेरेर आउछु भनेर गृहमन्त्रीलाई लाइनमा छोडेर तल मन्दिर सम्म आएर हेरेको त .............................

दर्शनार्थीहरु दर्शन गरेर फोटो खिच्दै , धूप बाल्दै, दियो जलाउंदै रमाई बसेका ....|  त्यसो त माई लाई भेट्न आएको यो पहिलो पल्ट , दोस्रो पल्ट  हैन| हिडेरै सात पटक पुगेको यात्री म, केवलकारबाट पनि ७ नै पल्ट हेल्लो भन्न आइसकें हुँला | संसारकै सबै भन्दा फास्ट पूजा गर्ने पूजारी र दर्शन गर्ने दर्शनार्थी मनकामना मै होला भन्ने मेरो मान्यता छ | प्रति व्यक्ति  १० देखि २० सेकेन्ड भन्दा बढी लाग्दैन वा त्यो भन्दा बढी बस्ने अनुमति हुँदैन  मन्दिर भित्र | सन्चो बिसन्चो पनि सोध्न न भ्याउने भन्या .... पहिले को कामना पुरा भो भएन , लेखाजोखा नि गर्न नभ्याइने | उधारो कामनाहरु माथि अर्को एक कामना थप्ने बाहेक अर्थोक हुँदैन होला |

पूजा सुपर फास्ट , लाइन भने लास्टको लास्ट | दाल मे कुछ काला है मात्र हैन दाल पुरै कालो लाग्यो|  नियालेर हेर्दा देखियो, लाइनवालाहरुको हैन बेलाइनहरुको बोलवाला रहेछ | मन्दिर परिसर छेउछाउ लाइन लाग्न फलामे बार बनाएको ठाउँबाट घुसपैठ हुने रहेछ | अर्को एक जना चिनेको मान्छे छ भने एक हूल अतिक्रमणकारीहरु छिर्ने रहेछ | एकजना प्रहरी रोक्ने प्रयासरत देखिन्थ्यो| पापीहरुको हुलमा त्यो प्रहरीको के डेग चल्नु |

हैन पुलिस भाइ , यसरी बेलाइनबाट मान्छे जान दिने हो भने त लाइन भरे सम्म नि सर्दैन नि , रोक्नु पर्र्यो | मैले मौखिक उजुरी दर्ता गरें |

के गर्नु दाइ, सके सम्म रोक्ने हो , कडा गर्र्यो भने हामी माथि नै जाइलाग्छ, अनेक बात लाग्छ |

तपाईं आफ्नो डिउटी गर्नुस्, रोक्नुस ... हामी बिचमा घुसपैठ रोक्ने प्रयास गर्ने छौं |

त्यहाँबाट म भित्र आन्दोलनकारी जन्म्यो | प्रहरी संग बिबाद गर्दा गर्दै दुइ चार जना आन्दोलनकारीहरु जम्मा भैसकेका रैछन |

“ हो दाइ , हामीले नै रोक्नु पर्छ, पापीहरुलाई”  “ लाइनमा भन्दै जाम. कोइ पनि बीचमा न छिराउनुस , बस्न आयो भने निकाल्नुस , नत्र भरे सम्म पनि यो लाइन बाह्र हात सर्दैन भनेर “

त्यो आन्दोलन सुरु भयो | शंखनाद भो .  घुसपैठियालाई बहिष्कार गरौँ | लाइन सरे सरे जस्तो भो | तै पनि सोचे जस्तो भएन |  म संग संगै आन्दोलनकारीहरु लाइन लाई निगरानी गर्न थाल्यौं |  तै पनि घुसपैठ हुने रहेछ , त्यै प्रहरी बस्या ठाउँमा | हामी दुइ जना त्यता बस्यौं र बाँकी लाई अर्को १५-२० मिटर सम्म हाते सांग्लो बनेर बस्नु भन्यौं | घुसपैठिया चानसमा डानस गर्न आउने भन्या.......... लाज लाग्दैन तपाईं लाई .. भगवानकोमा आएर नि बेइमानी गर्न...... भन्दै कठालो समात्दै निकाल्दै गर्यौं | लाइन स्वाभाविक रुपमा सर्र्यो | आनोदालनकारी भोलिन्टियरहरु बढ्दै गयो |

आफ्नो पालो आयो, अर्को भाइलाई जिम्मा लगाउदै  माईको घर भित्र छिर्यौँ |  आँखा चिमेर निमेषमाई लाइ पुकारें |

“भाकल छ “ पुजारीले सोध्यो | छैन , हेल्लो भन्न आएको मात्र भनें | पूजारी झन्डै बेहोस........|

यसरी पापीहरु संग आन्दोलन गरी दर्शन गरी फर्किंदा साढे तिन भो | भोको पेट त्यसमाथी घांटी सुक्ने गरी नाराबाजी गरेको ...भोक लाग्यो बेस्मारी |

फर्किने बाटो वरपर खाना खाने होटल नै होटल ... आधा जति त छिमेकी देशबाट लोटा लिएर आएकाहरुको पसल | भाते नेपाली न ठहरियों  भात पसल भित्र हुलें|

मेनु लेउ बाबु भन्दा साहुनी संग छ भन्यो केटो ले |  साहुनी आयो ... मासु भात को कति साहुनी, मोल न सोधी खाँदा थुप्रै चोटी ठगिएको अनुभव थियो |

पहिला बस्नुस , मेनु आउंदै गर्छ | भोक लागेको सहनै नसक्ने गरी ... आग्ने अगाडी टेबुलमा मासु भात दन्काइ रहेको अरु भातेहरु देख्दा कुर्नै सकिन | थचक्क एउटा कुर्सीमा बसियो |  भात आयो तुरन्तै ... क्या प्रम्प्त सर्भिस | मासु नि ?? भात ल्याउने बहिनी ले सोधिन | के को मासु ?

लोकल कुखुराको | लोकल होस् कि ब्वाइलर , भोक लागे बेला जे भए नि हुन्थ्यो | मासु नि ल्याउ , झोल अलि बढी हालेर |

मासु भात , टिमुर हाल्य गोलभेडाको अचार अनि रातो मुलाको पिस पिस............... ढ्याउऊऊऊऊऊऊ हुने गरी खाइयो | साहुनीको पैसा तिर्न गइयो, बिना मेनु भात खाएको अपराध ............. ब्याज समेत असुल उपर गर्र्यो साहुनीले – मासु भात एक जनाको रु . पाँच सय ...................|

 

केवलकार चढी तल झर्यौं ...........समयले धेरै पछाडी छोडिसकेको रहेछ | साँझ ६-७ बजे भेला हुने अस्कलका साथीहरुको आग्रह .......८ बजे सम्म पुग्न सकिन्छ कि भन्ने आशले गाडीलाई गुड्न भनें | दशकौं पछी मेरो आगमनलाई बहाना बनाई भेटघाट गर्ने कार्यक्रममा आफै न पुगिएला भन्ने डरले गाडीको अघिल्लो सिट काँपेको थियो | अब भने मनकामना माईलाई सम्झे ........माई .....बाटोमा केही समस्या न होस् .. आठ बजे सम्म काठमाडौ पुग्न सकोस .....| घरीघरी घडी हेर्दै नाग ढुंगाको उकालो चढियो | नागढुंगा पुग्न ४ किमी बाकि हुँदा गाडी घ्याच्च रोकियो उकालोमा | आगे एउटा ट्रक पल्तिएकोले बाटो जाम .................कहिले खुल्ने ठेगान छैन .............|

क्रमश:

 

Last edited: 27-Jan-14 02:33 PM
Last edited: 27-Jan-14 02:34 PM

 
Posted on 01-27-14 1:39 PM     [Snapshot: 2854]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<“भाकल छ “ पुजारीले सोध्यो | छैन , हेल्लो भन्न आएको मात्र भनें | पूजारी झन्डै बेहोस........|>>>

- हाहाहाहाहा ....हाँस्दा हाँस्दा मरे .....

<<साहुनीको पैसा तिर्न गइयो, बिना मेनु भात खाएको अपराध ............. ब्याज समेत असुल उपर गर्र्यो साहुनीले – मासु भात एक जनाको रु . पाँच सय ...................|>>

----- ५ सय ???? आमामामा .... हैन कति चोटी थप्नु भो ठुल्दाई.... २-३ बोरा चामल र ३-४ वटा कुखुरा नै सकिया थ्यो कि क्या हो भोक को सुर मा........

ल दाइ अर्को भाग कुर्दै छु है..... रमाइलो गयो यो भाग ... हल्का तेही <<मासु भात , टिमुर हाल्य गोलभेडाको अचार अनि रातो मुलाको पिस पिस.....>> खाएपछि जस्तै मेरो नि भोक कम भो.......

- थाहा छैन (थाने)
 
Posted on 01-29-14 11:25 AM     [Snapshot: 3034]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो गइ रा छ ठुल्दाई, अझै पनि जाओस.....
भने पछि पहिले दर , मूल्य सोद्धा पनि सोझो उत्तर न आउने भयेछ नया नेपाल मा ......बम्बैया भैया हरु ले सिकायेछन कि क्या हो यिनी हरु लाइ ब्यापार गर्न .....
एक पटक मा बम्बै गएको बेला जुहू बीच मा औटा मधिशे ले चना चटपटे चाख भन्यो, खान्न भन्दा पनि जबर्जस्ति खा भन्यो अनि २-३ गेडा खाइयो, त्यस पछि त के चाहियो, मधिसे ले त जसरि पनि किन्नु पर्छ भनेर हैरान पार्यो, अनि १० रुपैया को नकिनी सुखै पाइयन......

यो धागो पुरियेला अनि मैले माथि उकासौला भनेर केहि नलेखेको....

सान दाइ लाइ भनेर , माथि नै रहने व्यवस्था गर्नु पर्यो....
 
Posted on 01-29-14 10:24 PM     [Snapshot: 3174]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाईको नेपाल सन्स्करद भाग ७ त हिजै पढेको हो तर बल्ल लेख्ने मेलोमेसो मिल्यो / भगवान को दर्सन गर्न पनि नाफा र घाटा हेर्ने अनि घुस खुवाउने प्रथा देखेर मनै अमिलो भयो / जय होस् नेपाल र नेपालीको /

सान दाइलाई धेरै धेरै धन्यवाद ठुल्दाईको कथा माथि नै भैरहने गरिदिनु भएकोमा / दुइ हात जोडेर जदौ /


 
Posted on 02-02-14 9:37 AM     [Snapshot: 3513]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाइको नेपाल यात्राको अन्तिम भाग पनि पढियो ...
गज्जब रमाइलो रहेछ ...

हुन अहिले श्रीमती साथमा छिन् तर मलाई एउटा गीत याद आयो ..
यात्रा रहेछ जिन्दगी एक्लै म हिडिदिन्छु ...
 
Posted on 02-03-14 11:13 AM     [Snapshot: 3641]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

नयाँ नेपालको यात्रा भाग ८

बोका , धोका र पोका

भाग सातमा मनकामना दर्शनको बयान गर्दा गर्दै केही रमाइला क्षणहरु लिपिबद्ध गर्न बिर्सेछु | केवलकारको लागि लाम लाग्दै गर्दा ढुवानी गर्ने केवलकारहरु पनि आउ जाउ गर्दै गरेको दृश्य देखिन्छ नै | प्रायमा बलि चढाउने अभिप्रायले “बोका” लाई त्यो चिसोमा खुल्ला कारमा सयर गराउने रहेछ , प्रति बोका रु २५० मा |  धर्म गर्ने नाउँमा पालो मिचेर , बेलाइनमा बसेर पाप कमाउनेहरु संग जुझदा अरुकुरामा ध्यान नै गएन |

फर्किने क्रममा केवल कारको लाइन छोटो नै थियो , ३०-४० जनाको | लाइन केवलकार छाड्ने भवनमा पुग्दा एक जना धर्मात्मा एउटा बोकालाई घिच्याई घिच्याई ल्याई राख्या देखें | घांटीमा केवलकारको टिकेटको ट्याग झुण्डीएको | बल्ल झाल्याँस भएँ |

“आज मन्दिर वरिपरी अलिकति पनि रगतको निशान भेटिएन नि है ?” मैले गृहमन्त्री संग आशंका कन्फर्म गर्न सोधें |

“आज एकादशी नि , मसान्त र एकादशी दुवै परेकोले आज शुक्रबार भए नि भीड भएको |” गृहमन्त्रीको प्रष्टीकरण पछी मलाई त्यो बोका घिच्याउने भाइ देखी दया लाग्यो |

“बोका ..... पनि धोका भए छ “ तलबाट माथि ल्याउँदा २५०, फर्किंदा २५० नि चेट... भाकल नि फाकल फुकल भए छ | लास्तई धोका पाए छ , क्यालेन्डर न हेरी आए छ | आदर्शको कुरा गर्दा बलि दिनु राम्रो हैन, त्यो नि निरही तरिकाले | आफ्नो इच्छा पूर्तिको लागि मान्छेको त अनेक रुपमा बलि  दिने समाजमा जनावरको कुरा गर्नु अलिकति कसो कसो लाग्छ नै | इमानको कुरा हाम्रो पुर्खाले कहिलेइ बलि दिएनन | परम्परा धान्न पनि अण्डा चढाउने गर्छन |

यो त भयो बोका र धोकाको कथा | अब पोकाको कुरा गरम |  केही छिमेकीको सरसामानको “पोका “ बोकेर आएका थियम | केही पोका बोकेर फर्किनु थियो | त्यसो त मेरो आफ्नो सिद्धान्त कसैलाई पनि सामानको पोको न दिने र कसैको पनि न लिने थियो तर पनि समाजमा बसे पछी त्यो सिद्धान्तमा अडिग भैरहन नसकिने रहेछ | छिमेकीको आग्रह , साथी भाइको साहयोगलाई पोकामा रुपान्तरण गर्ने पर्दो रहेछ | पहिलो नेपाल यात्राको क्रममा पनि एक जना छिमेकीको पोकाको साइजमा असहमति जनाउँदाको असर अझै भोग्दै छु |

फर्किने क्रममा आधा सुटकेस खालि नै हुने हुँदा कुनै खास अप्ठेरो नहुने | जजसको पोका लाने भाकल थियो, सबैलाई खबर गर्र्यौं | हिड्ने भन्दा २ दिन अघि सम्म पोका रेडी हुनु पर्छ , पुर्र्याई दिनुस वा लिन आउछु भनेर खबर गरें | पायक परे अनुसार लिने वा लिन जाने काम भयो , बिना झन्झट | लिएर आउने कुरा मात्र थिएन , यता पुगे पछी फेरी अर्को समस्या छदै छ |

फर्किन करिब एक हफ्ता बाकी थियो | निम्तोको ताँती लाग्न  थाल्यो | १-२ हफ्ता अघि देखि “बुक” गरेको ठाउँमा बाहेक हतारे निम्तोलाई धन्यबाद मै समापन गरि दिएँ | कोइ त एक दम रिसाए , कोइ दुइ दम | हरदम रिसाए पनि केही छैन, “मन” ले हफ्तौं अघि देखि निम्ता दिने सहृदयीको  गाँसलाई धोका दिनु हुन्न , मेरो मान्यता हो, मेरो वसुल हो | एउटा निम्ता बडा मुश्किलका साथ मिलाइएको थियो . शनिबार लन्चको | बिहानै गृहमन्त्रीको अन्यत्र भ्रमण कार्यक्रमलाई १२ बजे छोट्याई लन्चमा पुग्नु थियो | निम्ता दिने महानुभाव मेरो लागि आदरणीय नै थियो| जिन्दगीमा यावत दुख खाएर परिवार हुर्काएकी एकल महिला | असमयमै पति गुमाएकी| दुखको बेला सक्दो सहयोग गरेकोले पनि होला उहाँले बडा आदरपूर्बक निम्ता दिनु भएको | १२ बजे त कहाँ पुग्न सक्नु, नेपालमा नेपाली टाइम | १ बजे पुगियो, भोकले चूर भैसकेको बेलाँ मिठा मिठा परिकार | पहिला खाना खाउँ अनि गफ गरौला भन्ने सहमति अनुसार लन्च खाइयो | बडा मिठो |

खाना खाइ केही बेर गफिन थाल्यौं, समय पाबन्दी थियो नै ३ बजे चिया खाने निम्ता थियो , नगई नहुने | ३ त त्यै बज्न लागि सक्याथ्यो | नेपाली टाइमको ग्याप राखी अब हिड्नु पर्ला भनी कुराकानी टुंग्याएको के थियौं  ‘ एक छिन है “ भन्दै उहाँ माथि उक्लिनु भयो र एक पोका हातमा झुन्ड्याई आउनु भयो |

“ मेरो बहिनी उतै छिन , केही सामान मगाएको छ , लिएर जानुस है “ – पोकोको रहस्य खुल्यो | लन्चको मूल्य असुल्यो | म अक्क न बक्क | पुलुक्क गृहमन्त्रीको अनुहार हेरें | इशारा मै निराशा पोखे |  नाइँ भनुं, नून चर्को भात खाइ सकें |

कहाँ पुर्र्याई दिनु पर्ने हो ? धेरै टाढा त ... अलि गाह्रो नै हुन्छ , मैले आफ्नो असतुष्टि जाहेर गरि हालें |

“वाशिंगटन तिर बस्छन बहिनी, आफै लिन आउनु हुन्छ , मैले खबर गरि सकें” | माने बा मानें... सामान लिएर जाने मान्छे म , न लिएर पनि जान सक्छु | कति ढुक्क मान्छे......... लिन जानेलाइ खबर गरि सकेका रैछन |

त्येही हो पोका को कहानी ... | एउटा हुन्छ नि  ब्यबहार र तरिका भनेको |

“ अलिकति सामान बहिनीलाई पठाउनु थियो , अप्ठेरो  छैन भने लिएर गैदिनुस “ भन्ने आग्राह हो भने पोकाको साइज अनुसार हुन्छ हुँदैन भन्नु हुन्थ्यो | सिधै भात खुवाएर “पोका” लिएर जा भन्नु सोहरै आना  धोका हो | सन्तान थरिथरिका भन्छन हो रहेछ | कींकर्तब्यबिमूढ़ म बिचरा भातको बदला २ किलोको पोका बोकेर लुरुलुरु ओर्लें ५ वटा रेलिंग नभएको भर्र्यांग ....................

 

क्रमश: 


 
Posted on 02-03-14 1:23 PM     [Snapshot: 3662]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाई यो नि पढियो.....

हैन शिर्षक चैं दरो दरो राख्नु हुन्छ ठुल्दाई .....

पहिले चै मिठ्ठो खाएर पछि नुन चर्को भात रे हेर न ......

यो पोकाको महिमा सुनाएर सुनाइसक्नु छैन...... यहाँ बाट भिटामिनका सिसि देखि परफ्युमको बोत्तल सम्म र अम्रिकन मोजा देखि ल्यापटप, आइफोन , आइप्याड सम्मको भारि बोकिन्छ ..... लगिन्छ .... अनि वहाँ पुगेसि .. जसजसलाइ समान लागेको तेहितेही मान्छेले फेरी फर्कने बेलाँ फेरी गुन्द्रुक देखि हस्तकलाका समान अनि सिसिको अचार देखि नक्कली ब्रान्डेड समान सम्म आफ्नो अगाडी ल्याएर थाचारिदिन्छ्न..... अनि आँत सिरिङ्ग हुन्छ.....

ल दाइ अर्को भाग नि पढम ....

- थाहा छैन
 
Posted on 02-05-14 10:48 AM     [Snapshot: 3959]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ ठुल्दाई यो नि पढियो.....

ठुल्दाई लाइ त कम से कम दाल भात खुवायेछन......आफु त भोको पेट मै भरिया बनियो नि....
म आउने बेला मा साइ बाबा को बिभुत भनेर एक जना ले हालिदियेछन .....अब भगवान् को नाम भए पछि के नलिनु भनेर ल्यायियो . येहा देश छिर्ने ठाउ मा खैरे ले के हो यो, ल्याब मा लगेर टेस्ट गर्नु पर्छ भन्छ बा .....कम्ता दुख पाएको होइन मैले.....

अब त जादा र आउदा संख र डंका नपिटने कसम नै खाएको छु.....


ल दाइ अर्को भाग नि पढम ....

 
Posted on 02-06-14 2:48 PM     [Snapshot: 4106]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी छ.
 
Posted on 02-06-14 7:24 PM     [Snapshot: 4145]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोका र धोका भन्दा पनि पोकाको कहानी पो एकदमै मान्न पर्यो ठुल्दाई / पोकाको कहानीले हामी प्रबासी नेपालीहरुलाई सायद कहिलै छोडदैन होला /
 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters