[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी

[Please view other pages to see the rest of the postings. Total posts: 204]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
[VIEWED 131853 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 11 pages, View Last 20 replies.
Posted on 05-12-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोनको घन्टी बज्दै थियो कस्ले गरेको रहेछ भन्दा नचिनेको नम्बर देखियो, - "हलो " भन्दै मैले सम्भोदन गरे


" के छ काजी "


सुनेको आवाज तर ठम्म्याउन सकिन , मैले प्रश्न गरे - "को हो मैले त चिनिन नि ? "


"कहाँ चिन्थीस, त जस्तो ठुला बडाले हामीलाई "


"ओहो च्याङ्ग्रा , कहाँ बाट सम्झिस आज, " हामी दुई नङ र मासु छुटेको करीब करीब, ४ बर्ष भएको थियो, समय र परिस्थितीले हामीलाई एक अर्का बाट निकै टाढा लगेको थियो । यहाँ सम्म कि हामीलाई एक अर्काको खबर नै थिएन, तर उसले मेरो नम्बर चाँही भेट्या रहेछ ।


" के छ तेरो, के गर्दै छस आजकाल ? " उसले प्रश्न गर्‍यो


"के हुनु त्यही त हो नि अमेरिकाको जिन्दगी घर काम, काम घर । अनी तेरो के छ सुना न त "


"केही छैन यार मेरो पनि उही पहिलेको जस्तै नै हो चली रहा छ । अनी सुन न मैले विवाह गर्न आट्या छु, त आउनु पर्छ है ? "


म अच्चम्म परे " कहिले, को सँग ? " भनी मैले फेरी प्रश्न गरे


" यही सेप्टेम्बर ४ तारीक , केरेन सँग "


को केरेन मैले चिन्या थियिन, केटोले खैरिनी पट्टाएछ भनी मन मनै सोचे ।


च्याङ्ग्रा - " त अली चाडै आउनु पर्छ , यहाँ केही नभएनी २ दिन अघी आउनु पर्छ र विवाह सक्के पछी ४-५ दिन अरु बस्ने प्लान मिला । टिकेटको पर्वा नगर म पठाइ दिन्छु, अनी सुट पनि ल्याउनु पर्दैन, यही मैले मिलाको छु,   त मेरो बेस्ट म्यान होस् "


हामी दुई बिच धेरै दुरी फैलेको थियो तर उसले मलाई आफ्नो बेस्ट म्यान बनाएर त्यो दुरी लाई तुरुन्तै मेटेको थियो । मलाई च्याङ्ग्रा कहाँ थियो पनि थाहा थिएन तर नम्बर देखेर चाँही अमेरिका मै छ भन्ने चाँही थाहा थियो । जमानामा उ सबै छोडेर नेपाल फर्केको सुन्या थिए कहिले फिर्ता आयो त्यो पनि थाहा थिएन । मैले त्यही थाहा पाउन उसलाई सोधे । उु अहिले टेनेसी मा रहेछ । हाम्रो निकै लामो गफ भयो त्यही बिच पुराना कुरा हरु पनि भए र आफु बिच को त्यो ४ बर्षे दुरीलाई त्यही केही घण्टामा मेटाउने प्रयास पनि ।


मैले उसलाई म त्यहाँ हुने आश्वासन दिए र जसरी भए नि एक हप्ता को थप छुट्टी मिलाई आउने बचन दिए । लेबर डे को लामो छुट्टीमा आफुले ३-४ दिन थप छुट्टी लिए उु सँग १० दिन बिताउन मिल्थ्यो र मैले त्यही गर्ने निर्णय गरे ।


फोन राख्नु अघी मैले उसलाई सोधे - " मैले चिन्या चाँही को को आउँदै छ नि ? "


उसले हाँस्दै - " सबै भन्यो, उु पनि आउँदै छे " मेरो प्रश्नको "को" र च्याङ्ग्राले जनाएको उु चाँही रिया थियो । म, च्याङ्ग्रा र रिया चाँही सँगै एउटै कलेजमा पढेका थियौ । च्याङ्ग्राले " ल ल अब बाँकी कुरा यही आएपछी कुरा गरुला , उु पनि विवाह सक्के पछी अझै बस्छे " भनी फोन राख्यो ।


सेप्टेम्बर ४ तारिक आउन १५ दिन बाँकी थियो, तर जानु पर्ने २ दिन अगाडि , भित्ते पात्रो पल्टाएर हेर्दा ४ तरिक सोमबार परेको रहेछ भने पछी म १ तारिक जानु पर्ने थियो । तर अब मनमा अनेक कुरा हरु खेल्न थाले, अतितका कुराहरु झल झली पुरानो सिनेमा हेर्या झै आँखा प्रतक्ष आउन थाले ।


आज भन्दा  ८ बर्ष अगाडिका कुराहरु याद आए .....................


 
Posted on 06-22-09 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire,


Honacha ko kasam,yo pali chahin jhyahin parnu parcha hai.


Khub gayinthyo ma pani honacha ko ma,ke garne ghar bata najik jo paryo.11 number chadhyo bhane 5 minute ma pugine.lol.


 
Posted on 06-23-09 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे ज्यु,


माफि माग्ने कुरै छैन, बिस्तारै कथा अनी रियालाई लिएर आउनु। 


जो सुकैको नुन खाए पनि छिटो गर्दा दुर्घटना हुन्छ भन्ने कुरा सबैलाई थाहा छ। त्यसैले ढिलो भए पनि छोरा नै पाओस भन्ने कामना...


यति भए पछि रियाले नछोड्ने नै होला भन्ने आसा छ।


"तपाईंहरुको माया दुबो सरि फैलियोस"


खैरेनीको माया भन्दा रियाको माया बलियो होस्। पशुपतिनाथले सदा कल्याण गरुन.


प्रभुहरुको जय होस् ............


कालेदाइ
 


 
Posted on 06-23-09 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी सबै हास्यौ , बार्दलीमा गएर फेरी हामी चुरोट सल्काउन लाग्यौ , अहिले न त रिया न त उसका आँखा र मुख हरु केही बोल्ने स्थिती मा थिए , उसका आँखा मुख हरु आफ्नो लाज छोप्नै ब्यस्त थियो ।


केही छिन को गफ गाफ पछी सबै जना आ-आफ्नो पुरानो कोठा मा सुस्ताउन गयौ । बिहान त के भनौ दिउसो उही पहिले को झै काप्दै उठे, पकाउने समान नभएकोले हामी बाहिर नै खान गयौ । खाना खाइ हामी भेगस शहर को भ्रमणको लागि निस्क्यौ, जुवा खेल्ने त होइन एसै होटेल भित्र गयो रमिता हेर्यौ र फेरी अर्को होटेल तिर लाग्यौ । MGM , Cesar's Palace , New York , Luxor, Mirage लगायत अरु नभ्याको भन्ने ठाउँ नै थिएन । हिडाइ को थकान मार्न हामी Venetian गयौ त्यहाँ भित्रै खुला आकाश, इटली को गल्ली हरु जस्तै, त्यहाँ कै घर हरु र त्यहाँ बहने Grand Canal को बातावरण बनाएको थियो ।


केरेन त्यो Gondola Ride मा चढ्ने भन्न थाली , नमान्ने त कुरै थिएन , हामी ४ जना त्यो डुङ्गा चढ्यौ, नाउँ चालकले खै इटलिअन मा के गाउदै थियो बुझ्या भए मारिदिए हुन्छ ।  त्यही पनि लौ त लौ रोम्यान्टिक गाना नै हो भनी सुनी बसे, फोटो हरु पनि खिचियो कत्ती एक्लै कत्ती दुक्लै , अब दुक्लै खिच्दा चाँही खिच्न भन्दा नि रिया को नाटक सकिन समय धेरै लाग्थ्यो ।


तर त्यो दिन उु र मेरो बिचको सम्बन्ध को कुरा थिएन, हामी त्यो सम्बन्ध लाई जतनको साथ आफ्नो मन को कुनै कुना मा लुकाइ बसेका थियौ । त्यो पल त्यो क्षण हामी पुरानो साथी हरु को थियो । हुन त कसै सँग २ सम्बन्ध कसरी गास्न सकिएला र ? त्यही पनि ति पल हरु रिया मेरो लागि केवल मेरो मिल्ने साथी मात्रै थियो , र उसले पनि मलाई त्यही नजर ले नै हेर्थ्यो ।


समयले हामी लाई कहिले काही चाँही चुनौती गर्थ्यो र समय को प्रतिनिधित्व चाँही केरेन र उसको क्यामरा ले गर्थ्यो । हाम्रो हिडाइ सँगै घाम ले नि कदम मा कदम मिलाई रहेको थियो र आफ्नो लक्ष्य सम्म पुग्न उु पनि सफल भएको थियो, घाम को तेजिलो किरण लाई सितल पार्न जुन बादलबाट चिहाउदै आयो । त्यही घाम को किरणको रुप एउटा चाँही छाला नै पोल्ने हुने र अर्को चाँही मलम लगाएको झै सितल  भएर जुन ले बोकी आउछ भने हाम्रो सम्बन्ध २ रुप लिन कुन ठुलो कुरा हो र ?


जुन को सितल किरण सँगै आफुले सम्हाली राखेको सम्बन्ध फेरी निकाल्न कस्ट गर्नु पर्‍यो , ननीकाल्ने पनि कसरी , छेउ मा उ थियो भने आँखा अगाडि Bellagio को पानी को नाच ले Love is in the Air भन्या झै गरिदिएको थियो । म उु तर्फ फर्के , उसका आँखा र मेरा जुध्न पुगे , उसले पनि साची राखेको सम्बन्ध केही क्षणको लागि पैचो मागेको रहेछ । आँखा र मन ले उसको सपर्श पाए पनि शरीर भने परै थियो ।


आकाशमा हेरियो, केही छोटो दुरी भएको दुई तारालाई देखाए , उसले कुरा बुझ्यो । हामी पनि त्यो तारा झै थियौ मन बाट नजिक तर वास्तबिक्तामा धेरै टाढा । केही क्षण त्यही वरी परी हिडि हामी फेरी खाने र पिउने बन्दो बस्त गर्न गयौ । भोली पल्ट Hoover Dam जाने प्लान थियो त्यसै ले हामी कान पिन पछी सिधै आफ्नो कोठा तिर लाग्यौ ।


Hoover Dam नि पुगियो, खासै बिशेष केही भएन, हाम्रो रुप ले साथी को रुप जो धारे को थियो । च्याङ्ग्राले नि परिस्थिती बुझेको थियो, हामी Hoover Dam बाट फर्किदा उसले मलाई - "ल त चला, म चलाऊदा चलाऊदै थाकी सके " भनेर गाडी को साँचो मलाई दियो । च्याङ्ग्रा अगाडि बस्छ भन्ने सोच ले रिया पछाडि गई ।


च्याङ्ग्रा रिया लाई हेर्दै - " त अगाडि बस, म पनि आफ्नो हनी सँग बस्न पाउ न, बिहा भयो तर सँगै बस्नै पाको छैन "


रिया हिच्किचाउदै थी , तर च्याङ्ग्राको अगाडि उसको केही लागेन , उु आइ अगाडि बसी । हामी गफ गाफमा ब्यस्त थियौ, म पनि गफ र बाटो मा ध्यान दिदै थिए । मेरो नजर बाटो बाट हटी रिया तर्फ पुग्यो , उसको आँखा रसाको देखे । मन मनै पानी को धारै लिएर जन्म्या रहेछे जस्तो लाग्यो , तर झसंग त्यो रात याद आयो , जब रिया ले मैले गाडी किने पछी म सँग अगाडि बस्छु भनेकी थीई, त्यो कुरा उसको सत्यता बन्न ४ बर्ष लाग्यो । मेरो मन मा उसको लागि माया पलाएर आयो । मेरो एउटा हात स्टेरिङ्ग मा थियो भने अर्को चाँही स्वचालित (Automatic) गाडी भए नि गेर मा थियो । हात उु तर्फ बढाउन निकै प्रयास गरे, उसलाई सान्त्वोना दिन मन थियो तर सकिन । आफुले आफुलाई र आफ्नो पुरुषर्थ लाई धिक्कारे ।


केही दिन हरु आँखा मिचे झै मिच्यो , अब हामी सँग बाँकी भनेको एक दिन मात्रै बाँकी थियो । हामी भोली पल्ट फर्किने थियौ , उठ्न पनि दिउसो भएको ले त्यो दिन पनि अब सकिन मात्रै बाँकी थियो । अन्तीम दिन भएको ले च्याङ्ग्राले Golden Nugget, Four Queens गएर क्यासिनोमा जुवा खेल्ने कुरा उठायो ।


अब माफिया भने पछी हुरुक्कै हुने मान्छे, लुका ब्रासी हुने मौका पाको थियो नाइ कसरी भन्ने ? हुन्छ भनियो । म पनि तयार हुन गए , गर्मी त गर्मी नै थियो तर आए देखी लाउछु भया फोर्मल कोट लाउनै पाको होइन , झन PE को कोट क्या महँगोमा किन्या झल्काउनै पेन भन्दै त्यही कोट ढल्काउने बिचार  गरे ।


कोठा बाट बाहिर निस्क्या त सब जना हास्न थाले, केरेनले नि - " You think its going to freeze ?" भनी पेच हानी । "If you go out wearing that then certainly it will be cold " भनी


-"This is my lucky jacket, Nothing happened for the past week may be this will bring luck " भनी मैले नि दिए दिन पाको बेला ।


रिया मेरो छेउ मा आइ ," पाखे " भनी बाहिर निस्की । हुन पनि हो बाहिर त बितपात गर्मी थियो , तर क्यासिनो मा त चिसै हुन्छ भनी आफु लाई नै सान्त्वोना दिए । क्यासिनो मा लुक ब्रासी पर्सिन समय नै लागेन , तुरुन्तै भुक्का बनाईदियो क्यासिनो ले । अब खेल खतम पैसा हजम , कहाँ जाने कुरा उठ्यो । केरेन ले - "How about we go to the club ?" भनी । हामी भेगस आएर पनि हाम्रो दोस्रो घर कहिले गएको थिएनौ । च्याङ्ग्रा र म दँग ।


पहिले पो सबैले चिन्थे छिर्न पनि गाह्रो हुँदैन थियो , अहिले त छिर्न नि गाह्रो भयो तर यसो त्यसो भित्र चाँही पसियो । फोर ओल्ड टाईम भन्दै २-३ घुट्काइयो एक छिन नाचियो पनि , तर मोज हामीले धेरै गर्या हो कि भन्ने डर ले फेरी केरेन र रिया भए ठाउँमा गयौ । २-३ घण्टा पछी हामी त्यहाँ बाट निस्क्यौ । गाडी रोकेको ठाउँ त टाढै थियो ,नलागे पनि नाटक गरेर कैची कट हान्दै " ए दोस्ती हम नही छोडेङ्गे " भनी लागि रहेका थियौ । पछाडि फर्केर हेर्दा रिया फुलेल थि , बिस्फोट नै होला कि भन्ने डर, केरेन पनि साँढे झै राता राता आँखा ले हेर्दै थि ।


-"ओये केटो तरुनी हरु रिसाइ जस्तो छ राता राता आँखा ले हेर्दै छ , हिड पछाडि जाउ "


च्यङ्ग्रा - "तिनी हरु लाई नि लाग्या होला त्यसै ले आँखा राता भाको हो , हिड हिड " --------- " अलिकती मात्रै हो पिएको , मात्रै हो पिएको लौ न मैले जात्रा नै देखेको ....."


पछाडि गएन भने जात्रा सुरु हुने निस्चित थियो , फेरी झ्वाम पार्ने मेरो सोचाइ च्वाम होला भन्ने डर लागेर कदम अली ढिलो अघी सारे र तरुनी हरु को प्रतिक्षा गरे  


हिड्दै गर्दा मौसम अचानक अली अली चिसो चिसो हुँदै गयो , रिया हात बाधी न्यानो पन ल्याउन खोज्दै थि । आशिकी जमानामा हेर्या कहिले राहुल रोए बन्न पाउने भनेर सोच्थे आज मौका पाउदा गुमाउने त चान्स नै थिएन, कोट फुकालेर उसलाई दिए । उसलाई निकै चिसो भएको हुनु पर्छ नाटक नै नगरी थपक्क लगाइ । दिउसो मलाई हान्या "पाखे" डाइलग को जवाफ दिउ कि झै लाग्या थियो , तर होश भनी केही भनिन ।


केही समय पछी हामी कोठामा पुग्यौ र ४ बर्ष अगाडिको द्रिश्य फेरी स्मक्ष्य आयो । "आज अन्तिम दिन होइन त ?" च्याङ्ग्रा ले सोध्यो


 


क्रमश :


 
Posted on 06-23-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयोSSSSSSSSS, पढियो पनि, क्या दीतैलमा बयान गर्छौ प्रभो, माने तिम्लाई त, पुरा-पुर भरपुर फिलिम हियर झैँ लाग्छ, ओहो, भनु के अब! सब्दै त छैन। भोली फर्किने रे, अब त केइ होला यो रातमा जस्तो छ, फर्केर च्याङ्राको मै त जानी हो कि त्याहीं बाट आफ्नो आफ्नो घर तिर लाग्नी हो? त्यो चाँही थाहा भेन। ल जे होस्, यो कडा गयो।

अझ फ्ल्याश ब्याकमा गाको क्या खतरा याद दिलाइदियौ प्रभो, रियालाई पनि सब याद रइछ। ल गुरु छिटो आइ लोप यू भन्न पर्‍यो नत्र रियाका लागि लाइन लामो भैसक्यो एता, एउटा कुरो नि!
 
Posted on 06-23-09 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्तारै आउनु भन्दै थिए आइ सकेको पो रहेछ।


अब एकै दिन मात्र बाँकी रहेछ कतै बिछोड हुने त होइन?


पुरानो घाउलाई कोट्याएर मात्र भएन, यति धेरै माया गर्नेलाई किन आइ लभ यू नभन्या हो कुन्नी?


जे होस् कथा दामी गैराछ। 


कालेदाइ


 
Posted on 06-23-09 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक दिन बाँकी छ अब त्यो दिनको सदुपयोग गर्छ होला


लास्ट टाईम मुटु टुक्रा पारेर रुवाको थियो रिया लाई


अब को पाली चाँही माया दिएर रुवाउने हुन्छ होला -


अब त्यो दिन मा पनि केही गर्ने सकेन भने यो बैरे ले केही गरेर खाँदैन


ल बैरे अन्तिम भाग पनि छिट्टै लेखु क्यारे
 


 
Posted on 06-23-09 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire, seriously now i cant wait for the ending bro. Plz post that soon huncha.. Thank you.


bd.


 


 
Posted on 06-24-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist
<<आयोSSSSSSSSS, पढियो पनि, क्या दीतैलमा बयान गर्छौ प्रभो, माने तिम्लाई त, पुरा-पुर भरपुर फिलिम हियर झैँ लाग्छ, ओहो, भनु के अब! सब्दै त छैन। भोली फर्किने रे, अब त केइ होला यो रातमा जस्तो छ, फर्केर च्याङ्राको मै त जानी हो कि त्याहीं बाट आफ्नो आफ्नो घर तिर लाग्नी हो? त्यो चाँही थाहा भेन। ल जे होस्, यो कडा गयो।


अझ फ्ल्याश ब्याकमा गाको क्या खतरा याद दिलाइदियौ प्रभो, रियालाई पनि सब याद रइछ। ल गुरु छिटो आइ लोप यू भन्न पर्‍यो नत्र रियाका लागि लाइन लामो भैसक्यो एता, एउटा कुरो नि!>>


अब हुने भए त त्यही बाँकी रात मा त केही गर्नु पर्ला नि प्रभु , प्लान चौपट नहोश भन्ने आशा छ । के गर्ने प्रभु बैरे को लागि लाम भएन रिया को लागि मात्रै बन्यो , रिया लाई आइ लोप यू भन्ने लाम लामो छ बैरे लाई लोप्प खोवाउने लाम झन लामो छ


kAledai
<<बिस्तारै आउनु भन्दै थिए आइ सकेको पो रहेछ।
अब एकै दिन मात्र बाँकी रहेछ कतै बिछोड हुने त होइन?
पुरानो घाउलाई कोट्याएर मात्र भएन, यति धेरै माया गर्नेलाई किन आइ लभ यू नभन्या हो कुन्नी?
जे होस् कथा दामी गैराछ।  >>


बिछोड त नहोला काले दाई भयो भने त चोक्टा खान गाको बुढी झोल मा डुबेर मरी जस्तै हुन्छ नि । खै घाऊ कोट्टाको मलम लगाइ दिन्छ कि भनेर हो , बाँदरले घाऊ कोट्टाइ कोट्टाइ मर्छ भन्थे कतै आफ्नो खप्परा त्यही त लेख्या छैन ?


serial
<<एक दिन बाँकी छ अब त्यो दिनको सदुपयोग गर्छ होला
लास्ट टाईम मुटु टुक्रा पारेर रुवाको थियो रिया लाई
अब को पाली चाँही माया दिएर रुवाउने हुन्छ होला -
अब त्यो दिन मा पनि केही गर्ने सकेन भने यो बैरे ले केही गरेर खाँदैन
ल बैरे अन्तिम भाग पनि छिट्टै लेखु क्यारे >>


सदुपयोग त गर्नै पर्‍यो नि बौचा नभए त जिन्दगी खत्तम हुन्छ , मखुला ? माया दिएर रुवाउन पाए त झकास हुन्थ्यो , खै म रुने कि रिया रुने हो हेर्दै जाम । लौ हप्ता दिनको प्लान यही एक रात मा कोर्नु छ हेरुम के हुन्छ ।


boulevard dreams
<<Baire, seriously now i cant wait for the ending bro. Plz post that soon huncha.. Thank you.>>


प्रभु खै तपाई को नाम झै आफ्नो कथा नि सपना मा सकिने हो कि भन्ने डर छ यसो कुरा नि ! हेरुम यो रात को कमाल कि जिन्दगी बिगारछ कि सपार्छ नभए फेरी गणेशमान ।


 


 
Posted on 06-25-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही समय पछी हामी कोठामा पुग्यौ र ४ बर्ष अगाडिको द्रिश्य फेरी स्मक्ष्य आयो । "आज अन्तिम दिन होइन त ?" च्याङ्ग्रा ले सोध्यो


माहोल मा कहाली थियो त्यसैले रंग भर्न मैले - फेरी भिड्ने हो कि ?" सोधे , च्याङ्ग्रा र रिया हासे , केरेन ले कुरा नबुझे को हुना ले उसलाई ४ बर्ष अघी को घटना को जानकारी गरायौ । कुरा को अन्त्य मा केरेन ले - " This ain't the ending , its now a new begining for us and for our friendship "


उसको कुरा को समर्थन हामी सबै ले गर्यौ ।


आफ्नो पुरानो बास स्थान सँग सहि बिछोड गर्नु पनि पर्ने थियो , सब से पहिले बार्दली लाई नै बिदा माग्न गयौ हामी । बाहिर बसी चुरोट को धुवा सँगै ख्याल ठट्टा गरियो ।


केरेन - "So Baire, any improvements? did this trip help you settle your ghosts ?"


- "Definetely, I found my lost friends and found a new member to my family . This was worth the wait "


केरेनले रिया तिर हेरी ,


रिया - " I agree, this was all worth it. Some relations will never change, some has been modified , but still there are some relations that are even stronger than the bond of intimacy "


यो कुरा पचाउन भन्दा नि बुझ्नै गाह्रो भयो एक छिन त घुम्या घुमै भए ।


केरेन - " So all the mistakes forgiven and forgotten ?"


रिया - " I am not that selfish, not to forgive but I don't have the heart of stones to forget "


अब अन दुई भाग मा बाधियो , एक तर्फ उसको माफि को खुशी थियो भने अर्को तिर ति अतित का दु:ख उु सँग अझै बाधिएको भएर खेद । केही बोलु झै लाग्यो तर एकान्त मै कुरा गर्दा उपयोग हुने भएकोले केही बोलिन ।


उसको यो उत्तर ले प्रश्न हरु को मूल रोकेको थियो , कोही केही बोलेनन् केरेन ले रिया लाई लियी भित्र गयो , च्याङ्ग्रा र म भने बाहिरै चुरोट तान्दै बस्यौ ।


- "हार नमान , माफि त पाइस , अब बिस्तारै बिस्तारै मन पनि पाउछस । "


- "मन पाउन्जेल ढिलो भए के गर्ने ?"


- "आफु माथि विश्वाश राख, तर ढिलो चाँही नगर , सोचेर बुझेर मात्रै कदम अगाडि बढा "


च्याङ्ग्राको कुराको सोच मा परे म , उसले ठिकै कुरा गर्या थियो । काम ढिला नि गर्नु नहुने तर सोच बिचार  सहित गर्नु पर्ने थियो ।


एक्कै छिन पछी , केरेन र रिया पनि आए । केरेनले च्याङ्ग्रा लाई ईशारा गर्‍यो ।


- "ल बच्चा हो अब भोली भेटुम्ला हामी गयौ सुत्न " भन्दै उनिहरु भित्र लागे । मैले केरेन तिर हिरे , उसले मलाई गूड् लक भनी ईशारा गरी । केरेन ले रिया लाई भित्र लाग्दा पक्कै कुरा गरेको हुनु पर्छ झै लाग्यो । मैले मेरो मौका धेरै कुर्नु नपर्ने झै लाग्यो ।


म अर्को चुरोट सल्काउन लागे । रिया - " एक छिन चुरोट छोडि म सँग कुरा गर्ने समय छ तिम्रो ?"


अघी सम्म बाघ भई गज्रिन्छु जस्तै लाग्या थियो उस्को सुमधुर वाक्य सुनेर मुसो बनियो । चुरोट सल्काइन , बार्दली मै उभी तारा तिर हेर्या झै गरे ।


" सपनामा होईन बैरे , यथार्त बाँच्न सिक । मैले अघी भनेको कुरामा सत्यता थियो । तिम्रो र मेरो सम्बन्ध को सुरुवात मित्रता बाट भएको थियो । तिमी मेरो प्रिय साथी हौ , त्यो सम्बन्धलाई म नकार्न सक्दिन , तर ४ बर्ष अघी जुन भावना तिमी प्रती थियो , त्यो पोख्न चाँही मलाई डर लाग्छ । "  


म केही बोलिन , आज उसको बोल्ने पालो थियो र मेरो सुन्ने, म केवल उसलाई हेरी रहे ।


" मलाई प्लिज त्यसरी नहेर , तिमी मलाई आफ्नो जालोमा फसाउन कमियाब हुने छैनौ "


म - "तिमी लाई फसाउने न त पहिले मेरो चाहना नै थियो, न त अहिले । गल्ती मैले गरेको थिए त्यो मलाई ज्ञान छ , म पनि हाम्रो मित्रता नछुटोश भन्ने चाहन्छु तर हामी बिच जे भयो त्यो बिर्सेंर बस्न चाँही मेरो पनि मन त्यती कठोर छैन । "


रिया केही बोलिन -


म - " यदी तिमी त्यो पुरानो गल्ती हरु बिर्सिन सक्दैनौ भने चाँही अतित मा तिमी र बिच भएको कुरा चाँही कसरी बिर्सिन सक्छौ ? अनी सोहि मैले पनि गर्नु पर्ने कसरी आपेक्षा गर्छौ ? यो तिम्रो स्वार्थी पन हो , यदी यसरी तिमी लाई मेरो साथ चाहिन्छ भने मलाई माफ गरी देउ, मलाई यो मोल मा तिम्रो मित्रता पनि चहिदैन । तिमीले मलाई माफ गरी दियौ त्यो तिम्रो बढक्पन हो । त्यो पनि मलाई रिण नै लगायौ , समय र परिस्थिती सँगै तिरी दिउला "


सुस्ताको बाघ गर्जिदा मन हलुका भयो , तर कतै धेरै त बोलिन भन्ने डर , म भित्र बैठक मा लागे , टि.भी मन्द आवाज मा खोलेर हेर्दै थिए । रिया अझै बाहिरै थियो , उसलाई मेरो कुरा पच्ने समय दिनु आवशक थियो । मैले उसलाई मात्रै नभई उसले पनि मलाई गुमाने जानकारी गराउनु थियो मलाई ।


केही क्षणमा रिया भित्र आइ , म सोफामा पल्टि रहेको थिए उु आइ सोफामा बस्न खोजी म उठेर उसलाई बस्ने ठाउँ छाडि दिए , उु मेरो छेउमा बसी । म केही बोलिन उु पनि मौन थियो । म उसलाई नहेरी टि.भी तर्फ हेरी रहेको थिए ।


रिया - "अझै रिशाइ रहेको छौ ?"


- "म किन रिसाउने तिमीले के नै गरेको छौ र ? तिमीले मलाई माफ गरी दियौ म खुशी नै छु । "


रिया ले मलाई अंगालेर आफ्नो स्पर्श मेरो ओठमा छाप दियो , उसको आँखा रसायो मेरो ओठमा मैले उस्को स्पर्श सँगै उसको आँशु पनि पाए । मेरो काधलाई आफ्नो सिरानी बनाइ । हामी त्यही सोफामै बस्यौ , आफ्नो काधमा मैले उसको झरी रहेको आसुँ हरुको स्पर्श अझै पाइरहेको थिए । शायद उु अतित का पल हरु सम्झी , त्यस्लाई आफ्नो आसुँ ले धुने प्रयत्न गर्दै थीइ वा बर्तमान मा बसेर आउने भबिश्य सम्झी रोई रहेको थीइ त्यो मलाई थाहा थिएन ।


मैले पनि रिया लाई आफ्नो अंगालोमा कहिले नछोड्ने गरी बाधे , तर भबिश्य देखी म अग्यात थिए, मैले पनि बर्तामन मै बस्ने निधो गरे । हाम्रो भविश्यले के मोड लिने हो त्यो हामी दुबै लाई थाहा थिएन तर अहिले मेरो अंगालो मा रिया छे र उसको मा म , यदी भविश्यमा हाम्रो भेट नहुने भए पनि उसको माफि ले मलाई मुक्त गरेको थियो र केरेनले भने झै - "I have confronted my ghosts ." मेरो गल्तीले प्रयासचितको फल पाएको थियो, च्याङ्ग्राको बिहे मा रियाले माफि दिए जिन्दगी सफल हुन्थ्यो भन्ने कामना पनि पुरा भयो ।


टि.भी मन्द आवाज मा खुल्लै थियो , रिया र म एक अर्कालाई बाधी आउने दिनको प्रतिक्षा मा सुस्ताउन लाग्यौ  .................................


समाप्त :


 


 
Posted on 06-25-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बधाई छ बैरे, आज बोली रिया अनी क्या बोली भने नि, भनेर भन्न साध्य छैन। आज कार्य ब्यस्तताको बावजुद कथा पढि भ्याइयो, अब अर्को कथाको प्रतिक्षामा

 
Posted on 06-25-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Damnnn,, finaly finished with very interesting ending.....That was soo awesome Baire.. Hats off to you bro.. greatttt job and keep it up.... Future ma time bhayo bhane safal jindagi part::2 pani lekhnu hola..


It was such a great story with the mixture of frenship, emotion, feelings, love etc.... I wish the girl whom i love would love me in the same way that Riya did to Baire...


Baire let me ask you this... In this story Riya used to love Baire a lot but in lots of context why Girls are so complicated to understand... They always look for succesful Man, No matter how much they love some guy but if only they got one succesful man, than they run away....


Somebody said that "I can understand the most difficult theory of physics or mathematics but i can never understand the woman's mind". I guess thats true..


Anyway great job Baire.. Thank you soo much for such an entertaining story...


 
Posted on 06-25-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you for the wonderful story..It really worth reading and I enjoyed every part of it....


 


NepaliThta


 
Posted on 06-25-09 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बैरे बधाई छ - निक्कै नै राम्रो कथा लेखेको मा -


बैरे कै मोज छ ल त्यस्तो मुया गर्ने मान्छे पाएकोमा


अब चाँही होश पुर्‍याउनु नि - फेरी पहिले कै गल्ती नदोहोर्‍याउनु -


ल बेस्ट अफ लक फोर योर फुटुरे - future भन्या के


 
Posted on 06-25-09 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire,
        Moj gara---Good Night la-------------- See you later.

 
Posted on 06-26-09 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Is this a true story or just a story
 
Posted on 06-26-09 10:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Indeed a very nice story; beautifully written... never gonna miss Baire's any thread. Great job bro..
 
Posted on 06-27-09 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

La..yo pani sakiyo...dherai ramro baire.....Arko series aaune cha vanne aas ma chu

AE

 
Posted on 06-29-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist
<<ल बधाई छ बैरे, आज बोली रिया अनी क्या बोली भने नि, भनेर भन्न साध्य छैन। आज कार्य ब्यस्तताको बावजुद कथा पढि भ्याइयो, अब अर्को कथाको प्रतिक्षामा >>


डेजंर बोली नि प्रभु , एक छिन त क्या बोली भन्दै आँफै ट्वाँ । कथा पढिदिनु भएको र टिप्पणी थपी दिनु भएको मा आभारी छु ।


boulevard dreams
<<Damnnn,, finaly finished with very interesting ending.....That was soo awesome Baire.. Hats off to you bro.. greatttt job and keep it up.... Future ma time bhayo bhane safal jindagi part::2 pani lekhnu hola..


It was such a great story with the mixture of frenship, emotion, feelings, love etc.... I wish the girl whom i love would love me in the same way that Riya did to Baire...


Baire let me ask you this... In this story Riya used to love Baire a lot but in lots of context why Girls are so complicated to understand... They always look for succesful Man, No matter how much they love some guy but if only they got one succesful man, than they run away....


Somebody said that "I can understand the most difficult theory of physics or mathematics but i can never understand the woman's mind". I guess thats true..


Anyway great job Baire.. Thank you soo much for such an entertaining story...>>


प्रभु सफल जिन्दगी भाग २ लेख्ने त सोच्या छु तर फुर्सद नपाएको ले अली समय लाग्ला जस्तो छ । बैरे को खप्परा भाग एक सधैं दह्रो जान्छ अब भाग २ ले के गर्ने हो त्यो चाँही थाहा छैन ।
प्रभु तरुनी को जालो यो बुद्धीले बुझ्ने भाको भए किन रमायाण, महा भारत हुन्थ्यो र ? रामले सिता को लागि लंका खतम पारे, द्रौपदीको रिश को अगाडि भाई ले भाई मारे , भगवान त अचम्म छ यो मान्छे जन्तु के हो र ?
कथा पढिनु भएको मा आभारी छु ।


Nepali Thita
<<Thank you for the wonderful story..It really worth reading and I enjoyed every part of it....>>


कथा मन पराइदिनु भएको मा क्रितज्ञ भए ।


serial
<<ल बैरे बधाई छ - निक्कै नै राम्रो कथा लेखेको मा -
बैरे कै मोज छ ल त्यस्तो मुया गर्ने मान्छे पाएकोमा
अब चाँही होश पुर्‍याउनु नि - फेरी पहिले कै गल्ती नदोहोर्‍याउनु -
ल बेस्ट अफ लक फोर योर फुटुरे - future भन्या के>>


बौचा , मन मनै आयो बैरे फस्यो भनी रहा होला, अब आफ्नो नि घोटिने होला त के , यो मल सल भन्दा टाढै बस्नु पर्ला कसो बौचा , फेरी मेरो पनि म अनी मेरो बैरी भन्ने कथा आउँला


Krs_84
<< Moj gara>>


प्रभु बैरेले मोज गर्‍यो अब भोज गर्न पाए पो सुन मा सुगन्ध हुन्थ्यो तर तरुनीको अझै आँखा भरी आसुँ छ , खै के हो के ?


sxshrestha7
<<Is this a true story or just a story >>


घटना त सत्य हो तर भट्याउदा त आँफै लाई काल्पनिक लाग्यो


New Baneshwor
<<Indeed a very nice story; beautifully written... never gonna miss Baire's any thread. Great job bro>>


प्रभु समय, परिस्थिती ले झै तपाईका मिठा शब्दले यो बैरे लाई गुण लगाउनु भयो । कथा मन पराइदिनु भएको मा धेरै आभारी छु


AlterEgo
<<La..yo pani sakiyo...dherai ramro baire.....Arko series aaune cha vanne aas ma chu>>


प्रभु बैरे को नाम लाई त मान्छे ले बहिरो भन्छ अब नाम ले धोखा खाएसी जिन्दगी ले त किन नखावोश ? छिट्टै अर्को प्रस्तुती लिएर आउने छु ।


सबै साथी भाई हरुले कथा पढि दिनु भएको, टिप्पणी गरिदिनु भएको मा म धेरै आभारी भएको छु , भबिश्यमा आउने कथा हरु पनि तपाई हरु ले मन पराइ दिनु हुन्क्छ भन्ने आपेक्षा राखेको छु ।


अस्तु :



 


 
Posted on 06-30-09 4:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे ज्यु,


आफ्नो ब्यस्तताको कारण कथा पढ्नलाई पाएको थिएन, लास्ट पार्टलाई त झन ढिलो पढ्नु पर्‍यो।


कथामा जस्तै रियलिटिमा रिया भए, तपाईं साच्चिनै भाग्यमानी हुनुहुन्छ।


ढिला कमेन्ट लेखेकोमा क्षमा चाहन्छु। अन्य यस्तै मिठा कथाहरु पढ्न पाउने आशामा छु। तपाईंको लेखन आकाशिदै जाओस यही कामना! 


कालेदाइ 


 


 
Posted on 07-06-09 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शब्धको जुन गहिराई छ तपाईं को कथा मा मलाई त फिल्म नै बनाउ जस्तो लाग्यो
धेरै राम्रो कथा छ बैरे दाई


अर्को कथा राम्रो नै हुन्छ भन्ये आशा राखेको छु


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters