[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 गीत

[Please view other pages to see the rest of the postings. Total posts: 35]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 16923 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-13-08 7:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो मनमा बस्ने मान्छे बन्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी
 
तिमी सामु आउँछौ जब गला सुके जस्तो हुन्छ
केही भन्न खोज्छु शब्द रुके रुके जस्तो हुन्छ
गला सुक्दा, शब्द रुक्दा बोल्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी
 
नजीक हुँदा छट्पटिन्छु पर जाँदा पनि
छट्पटिन्छु सुत्दा, उठ्दा, बस्दा, खाँदा पनि
छट्पटिंदै  भावहरु खोल्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी
 
भन्न केही सक्दिन म तिमी बुझिदेउ न
मायारुपी झरी पार्छु तिमी रुझिदेउ न
भन्न डर लाग्छ, आँट गर्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी
माया गर्छु तिमीलाई भन्नु कसो गरी् ।।
 
Happy Valentines Day to all.

 
Posted on 02-13-08 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसपाली त मनको शंका हटाइदिए हुन्थ्यो

नबोले नि  रातो गुलाफ पठाइदिए हुन्थ्यो

 

बोल्न खोजे जस्तो गर्छिन् बोली फुट्ने हैन

ईशाराले बोलाउँछिन तर रुक्ने हैन

मन बाट लाज सरम घटाइदिए हुन्थ्यो

नबोले नि  रातो गुलाफ पठाइदिए हुन्थ्यो

 

मैले पनि कयौँ दिन केही खा'को हैन

रात भरि बाडुलीले सुत्न पा'को होइन

दैव दशा लाग्या भए कटाइदिए हुन्थ्यो

नबोले नि  रातो गुलाफ पठाइदिए हुन्थ्यो

 

प्रेमै प्रेमको एउटा महल ठड्याउन पाए

उनको काखमा मेरो शिर अड्याउन पाए

साथमा एउटा प्रेम पत्र खटाइदिए हुन्थ्यो

नबोले नि  रातो गुलाफ पठाइदिए हुन्थ्यो

नबोले नि  रातो गुलाफ पठाइदिए हुन्थ्यो।

हा हा हा jpt

 

Happy Valentines Day to  Cheli

 

 


 
Posted on 02-13-08 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनको शंका हटाइदिउँ माया आखिर गरेकै हो
माया गर्छु भन्न खोज्दा आँखामा पानी भरेकै हो

गला सुख्खा हुने नै भयो पानी जति आँखामा छ
शब्द रुकिहाल्छ हजूर प्रभाव मायाको भाकामा छ
गला सुके मुस्काईदिनु शब्द रुके नि चल्छ अधर
गर्छु भन्नै पर्दैन हौ, दिए पुग्छ मिठो नजर

टाढा नजिक के भयो र छट्पटी त मायामा छ
सुत्दा, उठ्दा, बस्दा, खाँदा मन आफ्नै छायामा छ
छट्पटी नै भाव हो हजुर बुझ्नेलाई श्रिखन्ड
भन्दिहालौँ यसपाली मुस्कुराई मन्द मन्द

बुझ्नेले त बुझ्छन हजुर तर शब्द खोज्दारेछन
झरि पारे रुझिदिने जीवनसाथी रोज्दारेछन
डर, धाक, छटपटी सब हटाउँ यसपाली
आइ लभ यु भन्दिउँ हजुर डर लाग्या हो खालि

ह्याप्पि भ्यालेन्टाइन्स डे सबैलाई!


 
Posted on 02-14-08 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेक भेटमा  आँखा  जुध्दा आशा गरि  कुरेँ
वाक्य फुट्न वर्षौँ  लाग्दा मनमै माया पुरेँ

गला सुक्ने, शब्द रुक्ने तिमीलाइ भए जस्तै
नदेखाएनि यता पनि भ'को थ्यो नि त्यस्तै
नबोले नि ईशारा त गरेको भए कैले
बाँकि काम गर्नलाइ कुर्या थेँ नि मैले

दिएको भए मौका मलाइ संसार बुझाउने थेँ
मन भरिको माया दिइ दोब्बर रुझाउने थेँ
तिम्रो मन बुझ्नलाइ प्रयास कति गरेँ
संकेत नै नदिएसि मनमै माया पुरेँ

तिमि बोल्या जस्तो मानि लोलाउन थालेँ
आज पनि तिमि सम्झि टोलाउन थालेँ
लाज-डर देखिन तिम्रो निस्ठुरिपन बुझेँ
मनभरिको माया तिमिलाइ मेरै मनमा पुरेँ



 
Posted on 02-14-08 5:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks  a lot for the wonderful comments. जसको लागि गीत लेख्या हो, उसले नि त्यस्तै भनिदिए, कस्तो हुन्थ्यो होला !!! .
Anyways, Thanks a lot and Happy Valentines Day to all again!!


 
Posted on 02-14-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

eh maile ta tya hernai birse chhu!! Bhaute jyu le mero kabita lai JPT bhannu bha raichha. ma chhin jabaf babal ramro pathaunu bho bhanera danga parya thiye. .

Tyahi pani, Valentine's day, wish garnu bha raichha, Dhanyabad chha hai!!! tapai ko ni man ka aakanchya haru sabai pura houn, mero yahi subhakamana!!

 


 
Posted on 02-14-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्छ हजूर भन्छ उसले पनि यस्तै भन्छ, यस्तो मात्र हैन गजबै भन्छ नि! बरु यो गित उसलाई पठाएको हो कि हैन???

जेपिटि भन्ने संग चाहिँ रिसाउने जेपिटि नभनेर राम्रो मान्ने संग चाहिँ यसो हाँसेको आइकन पठाए के बिग्रन्थ्यो र प्रभू! कि कसो कपिक्याट??


 
Posted on 02-14-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो , एक से एक गीत अनी कबिता पो आको रैछ त। सबै मन पर्‍यो आफु लाई त। रात रहे अग्राख पलाउछ रे।

चेली, तेती राम्रो गीत पढेर कसो मन पग्लिदैन होला र? ढुङ्गा को मन त पक्कै हैन होला क्यारे। 


 
Posted on 02-14-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau mane maile sabai lai.....kati ramro lekhya ho....aafu ta pariyo tyasto lekhna najanne, tyahi pani kabita ko kadara garna ta aauchha.......sabailai aaja ko din ko subhakamana....
 
Posted on 02-14-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिसाको होइन नि बिर्खेज्यू, पहिले नदेखेर अलि misunderstand गरेको भएर पो दुखी भाको त!! ल यो emoticon सबैजनालाई !!!
NepalKoChhora ज्यू, प्रतिक्रियाकोलागि मूरी मूरी धन्यवाद ॥ उसको मन पग्लिदिए त मैले खोजेको पनि त्यही थियो नि !
 
Posted on 02-14-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली ज्यु, हजुरको गीत अति नै मन परेर प्रतिकृया स्वरुप मैले नि हतार हतार गीतमै जवाफ लेखेको थिएँ। हजुरको त्यतिराम्रो गीतको जवाफ मैले यसै जे पि टी लेखेको भे'र लाज लागेर मेरो कवितालाई जेपेटी भनेको हो हजुरररररररररररर !  मेरो भुल ! मैले हजुरको कवितालाई सम्बोधन गरेर केही प्रतिकृया लेखिन छु, माफी पाउँ !

अभागी खप्पर, जहाँ गए नि ठक्कर भने जस्तो ! धेरै मीठोलागेर लेखेको प्रतिकृयामा नि गाली खाइएछ।  यसपालीको भ्यालेन्टाइन्समा केही हुन्छ कि भनेर आश गरेको, शुरुमै जोगीको चाल भयो !

 

फेरि प्रतिकृया दिन बिर्सेछ। सिरियस्ली, साँच्चि नै हजुरको गीत अति सरल र मीठो छ। गीत मुटुमै बिझेर त जवाफ लेख्ने धृष्टता गरेँ। चोट पुगेको भे' सरी ल !


 
Posted on 02-14-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भनें साँच्चै रुन मनलाग्ने प्रतिक्रिया दिनु भो भउतेज्यूले !! मैले त्यस्तो नराम्रो सँग हजुरलाई केही भन्न खोज्या थिइन नि!!
पहिलो पटक साझामा टाँसेको मेरो गीत पढेर त्यति मीठो पहिलो जवाफ दिनुहुने, भउतेज्यूलाई म गाली गर्न सक्छु होला ???
तपाईंलाई good luck (Y) है !! यसपालिको Valentine मा साँच्चै केही होस् !
आफू नि त्यही आशमा बस्या छु, हेरम् के हुन्छ !!

 
Posted on 02-14-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पग्लिन्छ चेली पग्लिन्छ, ढुङ्गा त पगाल्छ रे प्रेमले, जाबो मन पग्लन के गाह्रो भयो र! हामि यि बुडेसकालले गाँज्दा पनि मनको ढोका खोलेर बस्या छौँ तै पनि आश मर्या छैन! ल गुड लक!

 

हे लालुपाते फूलेर लाल भयो

यो भउतेको जोगिको चाल भयो

नरोऊ भउते भाई

यसपाली त भेट्छौ तिमी भ्यालेन्टाइनलाई

 


 
Posted on 02-14-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Luk ko lago Dherai dherai Dhanyabad!!
 
Posted on 02-14-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उसकै लागि रचेका अरु केही हरफहरुपनि यही धागोमा टाँस्ने अनुमति चाहन्छु !!!!!
"
तिम्रो मेरो , मेरो तिम्रो, हाम्रो माया कस्तो
आकासको जून अनि जूनेलीको जस्तो

छुट्टिदैनौं अब हामी सास रहे सम्म
सँगै जिउँछौं हामी, जिउने आश रहेसम्म
तिमी र म, म र तिमी, भेट्नै जन्मिएका
हाम्रो माया बाला अनि बयेलीको जस्तो

तिम्रो मुटु मेरो काया भित्र धड्किदिन्छ
मलाई दुख पर्दा तिम्रो सासै अड्किदिन्छ
गंगाजल भन्दा बढी शान्त, शुद्ध, स्वच्छ
हाम्रो माया दीप अनि उजेलीको जस्तो

तिम्रो मेरो , मेरो तिम्रो, हाम्रो माया कस्तो
आकासको जून अनि जूनेलीको जस्तो ॥ "



 
Posted on 02-14-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो लेख्दा पनि उसको मन बिझेन??? कि देखाएकै छैन???

ल यो तपाइँको उसको लागि अर्को गित बनाएको तपाइँका शब्दहरुबाट, यो पनि दिए हुन्छ।

 

कति माया गर्छु उसलाई!  उसले बुझेन

रुझाइदेऊ न ए बादल! उसले बुझेन

 

सास रहे सम्म एउटै ढिक्का हुने मेरो माया

आस रहे सम्म छैन फिक्का हुने मेरो माया

जन्मिएकी तिम्रै लागि बुझिदेऊ न मेरा प्यारा

बाला अनि बयेलीका सुन्दर प्रिती दिउँला सारा

कति साँचे सपना! उसले बुझेन

सुनाइदेऊ न ए हावा! उसले बुझेन

 

जिवनकाया मात्र मेरो, दुख्ने मुटु तिम्रै हो

गंगाजल झैँ निर्मल  मेरो, माया पनि तिम्रै हो

तन मनमा मेरो बश कहाँ त्यो नि तिम्रै हो

यो धरतीमा जन्म मेरो अधिकार तिम्रै हो

कति गरेँ जपना! उसले बुझेन

बहाइदेऊ न ए नदी! उसले बुझेन

 

कति माया गर्छु उसलाई!  उसले बुझेन

रुझाइदेऊ न ए बादल! उसले बुझेन

 

 


 
Posted on 02-14-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् ! वाह् ! मात्र होइन, बाह ! बाह पनि सबैलाई। चेलीको कबिता अती सुन्दर, मनले चिताएको  पुगोस।  बाँकी सबैलाई नि शुभकाम्ना।
 
Posted on 02-14-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझ्यो हजुर बुझ्यो, अघि भर्खर उसको फोन आको थियो, सबै पढेछ अनि मैले उ बाहेक अरु कसैको लागि यस्तो लेख्न सक्दिन भन्ने पनि ठ्याक्कै बुझेछ !! आज साह्रै खुशी छु म, शायद तपाईंहरु कै Good Wishes ले होला!! । हिन्दी फ्लिममा भन्छन् नी " कभी कभी जो दवा नहीं कर सकता, वो दुवा करता है " भनेर!!
प्रतिक्रियाको रुपमा आएको अति मीठो कविता को लागी धेरै धेरै धन्यवाद!!
 
Posted on 02-14-08 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रै रुप लाग्छ किन? मलाई आफ्नै छाया

नभेटे पनि लागिरन्छ, मलाई तिम्रै माया

 

नबोले पनि के भो ? गुमाइदिनु नजर

दिलको महल खाली , तिमी आई बसन

मुटु भित्र बस्नु तिमी, परेलिमा लुकाउछु

यो जुनी के हो ? सातै जुनी बिताउछु

 

हाम्रो माया वर्-पिपल, दोबाटोमा कुरेर

चखेवाको जोडी बनौ , अंगालोमा बेरेर

लगाई दिउला सिन्दुर पोते, डोलीमा चढाई

मनको रानीलाई राखुलामहलमा सजाइ

 

wise you happy valentines day to all of you.


 
Posted on 02-14-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lopchanlama ji, ramro lekhnu bhayo, Aru ni lekhnus hai. Dhanyabad yo thread ma yati ramro kabita lekhidinu bhako ma. Tapai lai pani happy valentines day.

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
Morning dharahara
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters