waka
Replies to this thread:

More by waka
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 केही गजलहरु

[Please view other pages to see the rest of the postings. Total posts: 32]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 25289 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 03-09-08 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ मैले सबै गजललाई एउटै धागोमा उनेको छु ,आशा छ सदा झै सुझाब पाउने छु। साथै अरु गजल थप्ने कोशीश गर्ने छु ।
वाका
     १ मदिराका बुद

मदिराका बुद छन कि नजरमा मात लाग्यो
पिउन भनेर तान्न के खोजेथे बात लाग्यो
 
ईन्द्रको अप्सरा हौ कि रजपटकी कामुक नायिका
भोगचलन गर्न नसक्ने इच्छाको खात लाग्यो
 
श्रदालाई तिरस्कारमा जाक्यौ च्वास पोल्ने गरी
दिल भरी कसोकसो सिस्नुको पात लाग्यो
 
भुतले खाजा खाने बेला जुराइएछ साइत
झिङा भन्किएको बासी चिज मात्तै हात लाग्यो

होश उडाउने हासो कसैको नासो भएछ अब 
मनमा सकुनिको पासा भन्दा कडा घात लाग्यो 

    २ कैदी जस्तै मन

कैदी जस्तै यि मन भरी नेल बेरिछौ
दुई चार हात बाजी मारी खेल फेरिछौ


एकान्त खोजी आँफैलाई कैद गरे
अतितका याद्ले मनको जेल घेरिछौ


हतारले आशु पुछ्न पुग्थे हात तिम्रा
मौन भई आज आँखाको भेल हेरीछौ


बल्दा बल्दा डढेको झुम्रो के सक्थे
प्रकाश छर्न पानी मिसेको तेल फेरिछौ


छक्का पन्जा थाहा थिएन कहिले
मेरै जिबन दाउमा थापी झेल गरीछौ

    3 धोकामा जलेको मन

   धोकामा जलेको मन कसै गरी थिर हुन्न 
    जति दले नि साबुनले मनको पिर धुन्न
 
    माया जोडेर तिमीलाई दिल सुम्प्या थिएँ
    सिपालु रहिछौ नि त्यहि दिलमा झिर उन्न

 
    हारजितको च्याँखेमा माया थापिएछ
    सबैलाई मात दियौ नि तिमीले तिर चुन्न
 
    बेनामी बजारमा लिलाम भएछ इज्जत
    सकिएन कसै गरे नि धागोले शिर तुन्न

 
    स्वच्छ निर्मल शान्त तलाउ माग्या थिएँ
    छाडिनौ जिबनमा पहिरो जाने भिर बुन्न

         ४ धून 

आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई
आफ्नै मान्छे भनुम कसरी बिरानो हुन जान्नेलाई

सम्झदा पोल्छ ,मुटुनै घोच्छ ,बिर्सन सक्तिन
हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई

अभिमानको भर्र्याङ् चढी कहिले सगर पुगिदैन
के भनुम मलाई नै अन्न भित्रको घुन ठान्नेलाई

हजार गल्ती गरे नि साखिली भयौ आखिर
दोसी मलाई बनाइयो कस्ले छुन्छ रुन जान्नेलाई

सफलताले शिखर चडोस भन्ने कामना तैपनी
खार आउने गरी तातो तेलमा गुन झान्नेलाई

        5 पूजारी

मन्दिर मास्ने पूजारी भए ,घर भाडा पहरे (भाडने )
माटो डस्न कहाबाट उम्रे निल काडा  लहरे

भाईचारी साची सारेको माया नसर्दै
खुशीमा खसे, उर्लेर फेरी साउनका खहरे
आध्यरो गाउमा अन्धाको बस्ती बाटो चाहिएन 
भ्रममा कुदे बथान टाउका निमुखा जो ठहरे

आस्वासन पीइ चाउरिएका पेट फुक्लान भनी
छरिएका आशा बटुली रछन बिचरा टहरे
आफ्नै उचाइ गिराएर आफ्नै माटो फाल्ने
भड्किएको मन  भएछन अब चाँही जहरे  

       6  हेराइ

बाटो कुर्ने आँखा लुकेछन कतै हेराइ फेरियो कि
माया रोप्ने मन झुकेछन कतै पराइ बेरियो कि

दिलको चौतारीमा मन डुलाउदा खिलखिलाउथेउ
मुन्टो अब निहुरिएछन कतै देखाई घेरियो कि
चाहको छहारिमा तिमीलाई नै देखे  भन्थेउ
आज सबै मेटिएछन ,कतै लेखाइ केरियो कि
 
मायाको गीतमा पिरतिको संगीत गुनगुनाउथेउ
सुरको ताल फेरिएछ ,कतै गवाइ भासियो कि  
भएभरको साधना भात्काइ आगो लगायौ
पिडामा मन जलेछ ,कतै दबाइ नासियो कि

    7 मैसाप हजुर

मैसाप हजुर  अचेल पिउन थाल्नु भएछ
ओईलाएको फुल जस्तै जिउन थाल्नु भएछ

चिसो सिरेटोमा पनि उदाङग चल्ने अगं
अचेल गर्मिमा पनि छोप्न थाल्नु भएछ
बैशको रापमा बाफिएको नसालु माद
बोझिलो भयो कि,नसकी खेप्न फाल्नु भएछ

आँखा भरी बग्न लागेका अधुरा सपना
बिझ्ने भयो कि, नसकी थेग्न बाल्नु भएछ
अभिमानले भात्किएका मायाका प्रणय
कतै जोडीन्छ कि भनी लेख्न थाल्नु भएछ


 





 


 
Posted on 03-09-08 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

waka

दोहोरो काफीयाबादी गजलको सट्टा एकल काफीयामा कसरत गरे बेस होला जस्तो लाग्छ मलाई !

काफीया मिलाउन बांकी छ है माथीका गजल हरुमा !

 


 
Posted on 03-10-08 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  8

 

     8 गोरुहरु छाडा भए टेठो चाहियो

परपर सम्म उज्यालो छर्छु भन्थ्यो,मन्दिरामा बलेको दियो
आधि बेहरी ठुलै चली भागा भाग ,शहरमा चलेको थियो

पूरानो भएर हो कि सिङौरी खेलेर हो धुजाधुजा भयो रे
टाल्नै नसक्ने भो अनगिन्ती प्वाल ,बिचरो त्यो गलेको सियो

कागत भरी खोइ के के कोरी माटो रोप्छु भन्थे रे कोही कोही
टोक्नु न बोक्नुको फल फलेछ आज ,चाहेरै फलेको कि यो

दांईको बेला आयो अब अन्नबाली राम्रो सित भित्र्याउनु छ
गोरुहरु छाडा भए टेठो चाहियो, गाढन त्यो ढलेको मियो

कहिले दयामा ,कहिले मायामा बल्लबल्ल बटुलेको पैचो
के पकायो के बाड्यो भान्छेले किन होला,कसैले नि नलेको चियो     



 
Posted on 03-10-08 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waka

टाईटल किन हाल्नु भएको नि ?

कबितामा टाईटल बरिपरि घुमी रहन्छ -maetrial हरु

के "गोरुहरु छाडा भए टेठो चाहियो" वरिपरि घुम्या छन् सबै शेर हरु ?


 
Posted on 03-10-08 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होश उडाउने हासो कसैको नासो भएछ अब 
मनमा सकुनिको पासा भन्दा कडा घात लाग्यो  ----  वाह वाह क्या लेख्छौ waka तिमीपनि मन नै कठाङ्रियो |


 
Posted on 03-12-08 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिश जि ,

सुझाबको कदर गर्छु ।


कालेजो जि ,
अब ढुङ्गा मुडा भए पो मनलाई केही नहुनु ,कलेजो मन सँग नजिक हुन्छ हैन र ? जोक है यो , धन्यबाद र सुझाबको आशामा पनि  

 


 
Posted on 03-12-08 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


    


 
                              
टोडन फोडन खप्पिश रछौ चिनो पठाकोछु
छाती खोप्न सजिलो होला छिनो पठाकोछु
 
बेला कुबेला नजर जुध्ला भनी नडराउ
भरोसा कुहिएर गन्हाको सिनो पठाकोछु
 
बाटो पर्दा कतै नजर पर्ला घरमा भनी  
सुकुमबासी भै भात्किएको छानो पठाकोछु
 
सुदामाको कुटी भित्र माया नै त थियो दिन
धेरै धन कमायौ कि भर्न मानो पाठाकोछु

बधाई र कामना मेरो कोशेली  तिमीलाई 
आसुले रुझ्दै लेखेको अन्तिम पानो पाठाकोछु

  

 


 
Posted on 03-18-08 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

एउटा फेरी उने ,सुझाबको आशमा छु

                            10.
थुन्न जती खोजे पनि जाली मन त चुइदो रछ
भित्रै भित्र पाके पछी माया पनि त कुइदो रछ

साक्षी राखेका भगवान नि मौन भई दिएछन
छाती पग्ली भेल बगेछी खुशी पनि धुइदो रछ

जुन तारा धेरै टाढा कल्पनामा सिमित भए अब
सुख छैन भागमा जहिले नि दु:खै छुइदो रछ

जनमभरी नफुकोस भनी उनेको भनथ्यौ त
छली माया जती कसे पनि त चाडै फुइदो रछ

आफै मुटु घ्रेरेर आफ्नै मनमा बन्दी भएकोछु
घातका लप्का परेपछी मुटु पोली रुइदो रछ 

 


 
Posted on 03-18-08 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gajab Ramro chha Gazal - Bundai Garam.

Maccho Bhyaguto k bho ra, Undai Garam.

Kahi bata Har Aula, Katai bata Jutta

Narokiyos yo silsila, Ajhai Naya Sundai Garam. :)


 
Posted on 03-18-08 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gajab Ramro chha Gazal - Bundai Garam.
Maccho Bhyaguto k bho ra, Undai Garam.

Kahi bata Har Aula, Katai bata Jutta
Narokiyos yo silsila, Ajhai Naya Sundai Garam.

Nikai Khahariye jasto chha man pida le
Anita sanga Sunita Gatau ki Gudai Garam?

Yati nai hola yo sano galzal ko jindagi
Ashu lai Sabda Haru ma Thundai Garam.:)

 


 
Posted on 04-01-08 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछी आज फेरी एउटा गजललाई उनेको छु ,सुझाबको आशामा

दुई दिन्को खुशी हिनाइ नियती छली गयो
टेकोले नि थेग्न नसकी पिरती ढली गयो

आगोलाई छातीमा जानी नजानी टासिएछ
आसुले नि निभ्न नसकी मुटु नै बली गयो

गोडमेल प्रसस्त गरी माया रोपे  भनेको
सामो मोथे झाङिएर नाभो नै फली दियो

चराएको दिलमा जरिबुटिको आशा थियो
दुखेको घाऊ भरी नून चुक नै मली गयो

रिसमा दन्किएको ज्वालाले के बाँकी राखथ्यो
हामी बिचको मायाको यो तुष नि बली गयो


 
Posted on 04-01-08 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waka-jyu,

 

तपाईको झर्रो भाषामाथिको प्राधिकार त निर्विवाद छदैछ । गजलको प्राविधिक व्याकरण र शैलीगत विशिष्टतालाई पनि ग्रहण गरिरहनु भएको देख्न पाउँदा खुशी लाग्छ । अब जहाँसम्म वस्तु (content) को कुरा छ, म यथार्थवाद रुचाउँछु । अब कवितामा, खास गरेर गजलमा केको यथार्थवाद नि, गजल भनेकै अतिशयोक्तिवाद हो भन्ने कुरा आउला । त्यो कुरा त हो, तर मलाई के लाग्छ भने अतिशयोक्तिमा पनि कुनै प्रकारको संतुलन वा संकेतद्वारा यथार्थ पस्किन सकिन्छ । मेरो यो सोचाईलाई सम्भवत: जादुई यथार्थवाद (magical realism) भनिन्छ होला ।

 

यो जादुई यथार्थवाद बारे मैले सिक्नै बाँकी भएकोले केही भन्न सक्ने स्थितिमा छुईन । जिज्ञासा छ भने google गर्नुहोला । केही समय अघि नेपालका सम्मानित साहित्यकार प्राज्ञ गोविन्दराज भट्टराईले पोखराको एक साहित्य भेलामा यसको चर्चा गरेको तर श्रोताहरुले यथेष्ट मूल्य नदिएको गुनासो गरेका थिए ।

 

http://www.kantipuronline.com/kolnepalinews.php?&nid=141541

 

एनिवे, मेरो आसय के हो भने हाम्रा शास्त्रिय गीत-गजलले प्रस्तुत गर्ने गरेका काल्पनिक प्रेम र काल्पनिक प्रेमीहरुलाई नै अन्तिम नमानेर आफैले देखे भोगेको वास्तविक प्रेम र वास्तविक प्रेमीहरुको यथार्थ जे छ त्यही पो पस्कने हो कि ?

 

मैले तपाईको प्रस्तुतीलाई काल्पनिक दावी गरेको चाही होईन है । त्यो नितान्त काल्पनिक हो वा वास्तविकतामै आधारित हो भन्ने कुरा त लेख्ने मान्छे तपाईलाई मात्र थाहा हुने कुरा हो ।

 

जे भए पनि, यथार्थ पात्र र यथार्थ पात्रजीवनलाई गजलको जादुमय शैलीमा पस्कनुहोस् भन्ने मेरो आसय हो । तर के पनि भन्न छुटाउनु हुन्न मैले भने कल्पना पनि एक तहमा यथार्थ नै हो । यसो भनम् न, कल्पना दुई प्रकारको हुन्छ यथार्थ कल्पना (वा काल्पनिक यथार्थ) र काल्पनिक कल्पना । मैले खोजेको काल्पनिक यथार्थ हो काल्पनिक कल्पना होईन ।

 

कुरो जटील पो बनाए क्यारे मैले । अब यसलाई यहीं बिसाउँछु ।

 

सदा झै, समस्त शुभकामना सहित,

 

Nepe

 

Last edited: 01-Apr-08 07:49 PM

 
Posted on 04-01-08 8:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त नेपालगन्जको पो याद आयो गजलको काफीया र रदीफले !

बास्तबमा नेपेलाई खुशी पार्न सक्यो भने गजलको गुणस्तर चांहि खतरै हुन्छ !

म आफूलाई सामान्य नेपाली भाषाको ऊपभोक्ता ठान्दछु तर वाकाजीका शब्दहरु बुझ्न गारो भो - सत्ते !


 
Posted on 04-01-08 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

www.tanneri.com

पानीको फोकाथ्यो त्यो मन छिनमै फुटी गयो
बलियो थेन समाउने हात ,पलमै छुटी गयो

मुटु कोपरेर हास्यौ तिमी दिमागमा तनाब थियो
जति होसियार भए पनि सुझाबुझ लुटी गयो

जुग्जुग टिक्ने सुमधुर ,सङ्गीत हालेको थिएँ
बज्नै नपाई मायाको धून दिल्कै तार टुटी गयो.

हिउँद बर्षा केही नभनी तिमीलाई रोपी रहे
बिना बादल मेरो दिलमा असिनाले चुटी गयो

हाम्रो मायाको अवसानमा मलामिको खाँचो थियो
मदारिको जातै यस्तो हो कि तमासामा जुटी गयो



 
Posted on 04-13-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समय छउञ्जेल आफ्नो प्रेयसीको समेत उपेक्षा गरेर दुर्व्यसनमा व्यस्त मान्छेले आफ्नी प्रेयसीलाई आफ्नो प्रतिद्वन्दीसंग देखेपछिको स्थितिको बयान एउटा छन्दस्वतन्त्र गजलमा गरेको थिएँ ५ वर्ष अगाडि । आज केही सान्दर्भिक लागेर यसलाई पुन: प्रस्तुत गर्दैछु ।

 

Nepe

 

 



 
Posted on 04-16-08 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे गुरु
साह्रै मिठो गजल ,शायद आम युबाहरुको कथा
आज मैले पनि एउटा गजल थपेको छु
सदा झै सुझाबको आशामा
 
झर्को फर्को तिम्रै ठुलो, अझै घुर्काउछौ तिमी
सानोतिनो कुरामा नि ,आशु तुर्काउछौ तिमी
 
मन सफा भए गंगा ,लोटामा पनि अटछ  
सन्का पाली लन्का खाने, कुरा हुर्काउछौ तिमी

औशी पूर्णे लाग्छ क्यारे ,खुशी हुँदा किन फेरी
उडाएर हाबा भरी,साह्रै फुर्काउछौ तिमी

टलटुले विश्वाशको ,के भर हुदो रछ खै 
अठठ्याएर किल्किलो ,डोरी सुर्काउछौ तिमी

अबोध चेहरा भित्र ,कुटिल मन रछ त
राम राम भनी भिर तिर गुर्काउछौ तिमी

अत्मा साक्षी राखेर ,कसम खाको भन्थौ त
अतित भुलेर आज ,याद खुर्काउछौ तिमी   


 
Posted on 04-17-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waka-jyu,

 

प्रचलित शब्दहरु मात्र होईन लुप्तप्राय: अप्रचलित शब्दहरु समेतका धनी तपाईको गजलमा एक फरक स्वाद पाईन्छ । त्यसलाई तपाईको शक्ति विशेषताको रुपमा कायम राख्नुहोला ।

अनि गजल यसको उपयोगिताको आधारमा दुई वर्गको हुन सक्छ भनि हेक्का/मान्यता राखेर अघि बढ्दा दुबै वर्गको गजललाई न्याय हुने गरी गजल लेख्न सकिन्छ होला जस्तो लाग्छ ।

 

एउटा गीति-गजल (भावना-प्रधान, सर्वाधिक श्रोता र गीत-संगीतको लागि सुहाउँदो), अर्को कवितात्मक गजल (चिन्तन-प्रधान, कविमण्डली र गजलका विशेष प्रेमीहरुको लागि सुहाउँदो) ।

 

यो वर्गीकरणको पछाडी के छ भने, यी दुवै वर्गका फरक फरक श्रोता समुह हुन्छन् । एउटा श्रोता समुहले अर्को वर्गको रचनालाई नरुचाउन वा कम रुचाउन सक्छन् ।

 

म कहिलेकाही दुवै समुहको लागि सुहाउँदो हुने गरी, उभयवर्गी भनुम् न, लेख्ने प्रयास गर्छु । तर प्राय: असफलता नै हात लागेको छ ।

 

जस्तो माथिको गजल मैले तपाईले पाउनु भएको जस्तै आम युवाहरु को पनि कथा हो र मैले थप चाहेको जस्तै आम-वृद्धहरु को पनि कथा हो । समय छउञ्जेल लोक (प्रेयसी) लाई बेवास्ता गर्ने लोकतन्त्रवादीहरु (हाम्रा वयोवृद्ध युवा नेताहरु) को पनि कथा थियो त्यो । तर सन्दर्भ चाहिने रहेछ, शब्दले मात्र नपुग्ने रहेछ ।

 

जे होस्, मैले भनें नि, कुन समुहको लागि र कुन वर्गको गजल हो भनेर हेक्का राखी, शुद्ध चाहे शुद्ध, मिश्रित चाहे मिश्रित, तर हेक्का सहितको गजल लेख्ने ठेक्का लिनु राम्रो होला जस्तो लाग्छ मलाई । रचनात्मक स्वतन्त्रता पनि भो, रचनात्मक स्पष्टता पनि भो ।

 

Nepe


 
Posted on 04-20-08 2:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युबा मनलाई भाबनालाई उनेको छु,सुझाबको आशामा छु

 

धेरै भो आँखा जुध्या ,मनको कुरा गरे हुन्छ
प्यासी भा'छु पिउन ,बैशको प्याला भरे हुन्छ

बेली चमेली भरी ,मनै फुलाई देको छु
छेक्छ कस्ले तिम्लाई ,दिलको बाग चरे हुन्छ

पछुताई के होला,समयले नेटो काटेछी 
सुकेछी झर्नै पर्छ ,तनको बास्ना छरे हुन्छ  

उजाड छ पहाड ,बसाइ सर्न मन भए
मेरो दिलको गाम ,बस्ती तिर झरे हुन्छ

खोले फाडो जे मिले,सन्तोष मानी हास्ने भए 
खुशी दाईजो दिन्छु  'मेरो नै भर परे हुन्छ    


 
Posted on 04-26-08 5:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस्याङफस्याङ निकै देख्छु के को चटारो पर्‍यो नि
हतारां नसोची  लाको माया कठै झटारो पर्‍यो नि

आर्का कुरा छुरा भयो बचन गला लाग्यो अहिले
मुन्टो बटारी के हुन्छ र ,मायै खटारो पर्‍यो नि

कागलाई बेल हर्श न बिस्मात ,शायद यस्तै भो
टोक्नु न बोक्नु भको पिरती, लहै अप्ठारो पर्‍यो नि

कुखुरे बैशमा कता चर्न ग्याथ्यो होश तिम्रो कुन्नी
असिरल्ल छरीई दु:खहरु, आँफै पसारो पर्‍यो नि

सुकोमल रुप कस्तरी बिरुप भएछ अचेल
जिन्दगीको भारले थिचेछ, बरै लछारो पर्‍यो नि 


 
Posted on 05-04-08 2:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नयाँ प्रयोग गर्न खोजेको, खोइ कस्तो भयो
सुझाबको आशामा   

कोपेर मुटु लडायौ किन माया यो ढलेछ 
खोपेर दिल्मा बनाको चिनो कसरी बलेछ

दुई दिन्को सुख दैबले खोसी लगेछ कही  
छोपेर खुशी तडपाई त्यही भाग्यले छलेछ

तिर्खाको मन्मा उर्लेका प्यास निभाउन भनी  
चोपेर खूनले लेखे थि पत्र नहेर्दै जलेछ

आफ्नो बिरानो भएछन बैरिको भिडमा खै                      
रोपेर फुल भएछ भुल कडा त्यही फलेछ     
 
निरह थिए बिरह थियो साहरा थिएन
घोपेर छुरा पारी चिरा कुन हासो चलेछ 


 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters