Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 133944 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-25-06 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्लाहको उपहार

वहिदा आज असाध्यै खुशी छिन्, खुशी पनि किन नहुन चार बर्ष पछि उनको छोरा अब्दुलाह गाँउ आउँदैछ । वहिदा पक्षिम नेपालको कुनै सानो गाँउमा बस्छिन । परिवारमा उनका श्रीमान हमिद, उनकी सासु खालीदा बेगम र उनको छोरा अब्दुल्लाह छन्, जम्मा चार जना मात्र । यो गाँउमा ४० परिवार छन्, ३२ परिवार हिन्दू र ८ परिवार मुस्लिम । धार्मिक रुपमा फरक मान्यता भए पनि गाउँलेहरु मिलेर बसेका छन, यो गाँउमा । दसैं, तिहार, होली अनि बकर इद, इद उल फितरमा उस्तै रौनक हुन्छ । यो गाँउलाइ धार्मिक सहिस्णुताको नमुना गाँउ भन्दा अतियुक्ती हुँदैन ।

केही बर्ष पहिलासम्म यो गाँउ यस्तो थिएन । गाँउलेहरुबिच एक आपसमा धार्मिक आस्थासँग सम्बन्धित मनमुटाव ब्याप्त नै थियो । दुई बर्ष पहिला इराकमा अतिबादी मुस्लिम समुहद्वारा निरपराध नेपाली कामदारहरुको हत्या हुँदा यो गाँउको धार्मिक सन्तुलन अलिकति खल्बलिएको जस्तो भएको थियो तर मुस्लिम धर्मावलम्बी गाँउलेहरुले अतुलनिय संयम अपनाएको हुनाले कुनै अप्रिय घटना भने घट्न पाएन । त्यतिबेला वहिदाको नेतृतवमा मुस्लिम समुदायले अतिबादी इराकी समुह अन्सार-अल-सुन्नाहको अमानविय कार्यको घोर भर्त्सना गरेको थियो । त्यो समुहले एकदमै निच तथा पासविक कार्य गरेको भन्ने निस्कर्ष निकालेक थिए, उनिहरुले । जुन धार्मिक कारण देखाएर नेपालीहरुको हत्या गरिएको थियो त्यो मुस्लिम धार्मिक मान्यता र पवित्र ग्रन्थ कुरानको बिरुद्द थियो भनेर गाँउमा बिरोध र्‍याली पनि निकालिएको थियो त्यतिबेला, जतिबेला राजधानीको मुटुमा जामे मस्जिद जलाइदै थियो । कुरानले त हिंसालाइ होइन शान्ति र मेलमिलापलाइ नै प्रार्थमिकता दिएको छ र त्यस्तो पासविक कार्यको अनुमती कुरानले कुनै पनि हालतमा दिंदैन । केही अतिबादी समुहले कुरानको मर्मको गलत व्याख्या गरेर अमानविय काम गरिरहेका हुनाले पुरै मुस्लिम समुदायले नै पीडित भइरहनु परेको छ भन्ने ठहर छ वहिदा लगायत अरु सबै गाँउलेहरुको ।

मुस्लिम समुदायको ईतिहास नेपालको ईतिहास जत्तिकै पुरानो छ भनेर वहिदाका अब्बुले वहिदालाइ सानो छँदा बताउनु भएको थियो । वहिदाका अब्बु आफ्नो समुदायमा असाध्यै प्रतिस्ठित हुनुहुन्थ्यो, स्थानिय मस्जिदका मौलबि तथा स्थानिय मदरसाका संरक्षक भएका हुनाले। अब्बुले नै वहिदालाइ बताउनु भएको थियो, अङ्रेजहरुले ब्यापारीको भेषमा आएर भारतमाथि आक्रमण गरेपछि त्यतिबेलाको अवध राज्य अर्थात लखनउका नवाबका पारिवारीक सदस्यहरुलाइ कान्तिपुरका तत्कालीन सासकले शरण दिएका थिए रे । नवाबका तिनै पारिवारीक सदस्यहरुसँगै अरु केही परिवार पनि नेपाल आएका थिए त्यतिबेला, अङ्रेजहरुको थिचोमिचो सहन नसकेर । कान्तिपुर जाँदा बाटोमा पर्ने बिभिन्न गाँउहरुमा ति परिवारहरु स्थापित भएका थिए रे । त्यसरि नै यो गाँउमा पनि एउटा परिवार बस्न पुगेको थियो, समयसँगै एक परिवारबाट बढेर आठ परिवार पुगेका रे । नेपालको एकिकरणमा पनि मुस्लिम समुदायको ठुलो योगदान छ रे । पृथ्वी नारायण शाहको सेनामा हतियार बनाउने र हतियार मर्मत गर्ने जिम्मेवारीमा मुसलमानहरु पनि थिए रे । उनिहरुले गरेको सेवाको पारीतोसिक स्वरूप कान्तिपुर बिजयपछि कान्तिपुरको मध्य भाग मै मस्जिद निर्माण गर्न अनुमती दियिएको हो रे ।

वहिदाका अब्बु शिक्षित भएका हुनाले उनले वहिदालाइ मदरसाको शिक्षा पछि स्थानिय स्कुलमा पठाउनु भएको थियो । त्यतिबेला अहिलेको जस्तो बातावरण थिएन, हिन्दूहरु मुसलमानहरुले छोएको पानी पनि खाँदैन थिए र आफ्नो घरभित्र छिर्न पनि दिंदैन थिए । त्यस्तै मुसलमानहरु पनि हिन्दूहरुले छोएको पानी पनि खाँदैन थिए । गाँउमा दुई वटा छुट्टा छुट्टै कुवाहरु थिए, एउटा हिन्दूहरुका लागि र अर्को मुस्लिमहरुका लागि । स्कुलमा वहिदा एकजना मात्रै थियिन मुस्लिम समुदायकि छात्रा, छात्रहरु त दस बार्‍ह जना थिए । त्यस्तै प्रतिकुल बातावरणमा पनि वहिदाले एस एल सि पास गरिन।
यसैबिच बिस्तारै बिस्तारै शैक्षिक जागरणसँगै गाँउलेहरुको चेतना बिकसित हुँदै गयो । वहिदाका अब्बु तथा स्थानिय बिद्यालयका प्रधानअध्यापक रामहरि सरले संयुक्त रुपमा यो जागरण अभियानको नेतृतव गरेका थिए । धर्म र आस्थाका आधारमा मानिस मानिसबिच भेदभाव गर्नु हुँदैन, कुनै पनि धर्मले आपसी बैमनस्यता होइन कि मित्रता, भाइचरा र आपसी सद्भावको सन्देश दिन्छ भनेर घर घरमा गएर सम्झाउनु भएको थियो वहिदाका अब्बु र रामहरि सरले । यो अभियानलाइ वहिदा लगायत गाँउका अन्य शिक्षित युवाहरुले पनि पुर्ण सहयोग गरेका थिए । मर्दा पर्दा छिमेकीहरु नै काम लाग्छन र जुटेर बसे कसैले पनि हेप्न सक्दैन भन्ने अबधारणा थियो, यो अभियानअको ।

एक सुन्दर बिहानि सबै गाँउलेहरु नजिकैको ठुलो चौरमा जम्मा भएका थिए । हिन्दू र मुस्लिम समुदाय मिलेर सहभोजको आयोजना गरेका थिए । सबैले एक अर्कासँग हात मिलाएर, अन्कमाल गरेर जातिय र धार्मिक बन्धनलाइ सँधैको लागि तोडेका थिए । त्यसपछि दुबै कुवा आफ्नो अनुकुलताको आधारमा सबै गाँउलेहरुले सामुदायिक रुपमा प्रयोग गर्न शुरु गरेका थिए।

एस एल सि पछि अरु पढ्ने रहर हुँदा हुँदै पनि वहिदाले पढ्न सकिनन, परिवारिक कारणले गर्दा । वहिदाका अब्बुको उनि नौ कक्षामा हुँदा निधन भएको थियो र उनकी अम्मीले चाहेर पनि उनलाइ क्याम्पस पठाउन सकिनन । उनकै मामाको छोरा हमीदसँग अर्को बर्ष उनको निकाह भयो । हमीद काठमाडौंमा एउटा स्कुलमा शिक्षक थिए । दुबैले एक अर्कालाइ सानै देखि नै चिनेको हुनाले वहिदा र हमीदलाइ आफ्ना अबिभाबकहरुको निर्णयप्रति कुनै आपत्ति भएन । निकाह पछि वहिदाले हमिदलाइ पनि गाँउमै बस्ने आग्रह गरिन । दुबै जना मिलेर एउटा सानो प्रार्थमिक बिद्यालय खोले गाँउ मै । अहिले उनिहरुको बिद्यालय माद्यामिक तह सम्म पुगिसकेको छ र जिल्ला कै अग्रणी बिद्यालयहरु मध्यै पर्छ । यसैबिच वहिदले पनि स्वध्ययन गरेर नै बि ए पास गरीसकिन ।
वहिदा र हमीदको बैबाहिक जीवन सुखमय रुपमै चलिरहेको थियो तर बेला बेलामा एउटा कुराले दुबैलाइ सताउँथ्यो, निकाहको चार बर्ष सम्म पनि उनिहरुले सन्तान सुख प्राप्त गर्न सकेका थिएनन । उनिहरुले धेरै ठाँउमा गएर उपचार गराए तर कुनै सफलता हासिल भएन । हमीदकि अम्मी र अन्य नातेदारहरुले हमीदलाइ अर्को बिहे गर्ने सल्लाह नदिएका होइनन तर हमीदले कसैको कुरा सुनेनन । आफ्नो भाग्यमा सन्तान सुख नै लेखेको रहेनछ भनेर दुबैले चित्त बुझाएका थिए । मानसिक तनावलाइ कम गर्न दुबैजना बिद्यालयको काममा बढी समय दिनथाले ।

एकदिन गाँउमा हल्ला फैलियो, पर नहरसँगैको खेतमा कसैले नवजात शिशुको लास छोडेर गएको छ भन्ने । वहिदा संयोगबस त्यहिबेला घरबाट बिद्यालय जाँदैथियिन, त्यही बाटोबाट । माटोमा आधा पुरिएको र आधा जिउ स्याउलाले छोपिएको त्यस शिशुको जिउमा हल्का हलचल भएको जस्तो देखिन । हत्तपत्त त्यो निर्दोस जीवलाइ काखमा लिइन। साँच्चिकै त्यो शिशुको मुटुको धड्कन बिस्तार बिस्तारै चलिराखेको रहेछ । आफुले ओडेको सलमा त्यो शिशुलाइ बेरेर नजिकैको हेल्थ पोस्टमा लगिन ।

हमीदको अम्मी र अन्य नातेदारहरुको बिरोधका बाबजुद हमीद र वहिदाले त्यो बच्चालाइ अपनाए । जात, धर्म थाहा नभएको बच्चालाइ अपनाउनु हुँदैन भन्ने रुढिबादी सोचाई थियो हमीदकि अम्मी र अरु केही नातेदारहरुको । हुन त वहिदाले गाँउमा मै हु भन्ने परिवर्तनकारी भनाउँदाहरुले पनि आँट्न नसकेको काम गर्न लागेकी थियिन । खेतमा फालिइरहँदा कसैले छुन सम्म नछोएको, त्यत्तिकै मर्नको लागि छोडिएको प्राणीलाइ अपनाउनु पक्कै पनि अतुलनिय र प्रसंसनीय काम हो । अल्लाहको उपहार ठानेर हामीद र वहिदाले आफ्नो छोराको नाम अब्दुलाह राखे । वहिदाले आफ्नी सासुलाइ पनि केही समय पछि सम्झाउन सफल भई हालिन, आखिर सबै प्राणी अल्ल्लाह कै सन्तान त हुन नि, फेरी यो निर्दोशको के नै दोश थियो र !

गाँउमा भरखरै निर्मित अस्पातल परिसरमा आज निकै चहलपहल छ । हेल्थ पोस्टबाट दस सैयाको अस्पातल बनेको यस संस्थामा आज भर्खरै छात्रबृतीमा जापानबाट अध्ययन पुरा गरेर फर्केका डाक्टर इनचार्ज भएर आँउदैछन । काठमाडौंमा काम गर्ने अबसर हुँदा हुँदै पनि यिनले यही गाँउको अस्पातललाइ प्रार्थमिकता दिएका हुन रे । अस्पातलको अगाडिको चौरमा मान्छेहरु भेला भई राखेका छन। प्रबेशद्वार फुलको माला र झिलिमिली कागजले सजाइएको छ, प्रबेशद्वारको माथि रंगिन तुल झुन्ड्याइएको छ, टाढैबाट पनि पढ्न सकिने ठुलो अक्षरमा लेखिएको छ, स्वागतम डा. अब्दुलाह अन्सारी !


( कर्मना गाँउ, नेपालगन्जकि सकिरा सेखप्रती समर्पित )
 
Posted on 12-26-06 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
sake padhera . good story !

how are you gwanche ?
 
Posted on 12-26-06 12:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि सञ्चै छ मिस!
ग्वाँचेको कथा (वस्तविकता) साह्रै मार्मिक छ। सकिरा शेखजस्ता नारीहरु पूज्य हुन्। अलि पहिला पनि कसैद्वारा फ्याँकिएकी, शरीरमा धमिरा लाग्न थालीसकेकी नवजात बालिकालाई अर्की एउटी महान आमाले लगेर पाल्न थालेको समाचार आएको थियो। यो दुनियाका तमाम कुरुपताहरुको बाबजूद, म मानव जातिको सुन्दर भविष्यप्रति अति आशवादी छु। कारण यिनै महान आमाहरु र अरु यस्तै नरनारीहरु हुन्।
 
Posted on 12-26-06 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i m fine miss, thank you!
how are u?
 
Posted on 12-26-06 12:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks gautam daai!
yep you are right, shakira seikh and all the mothers of the world are great.
 
Posted on 12-26-06 12:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो भौते गुरुको फोटु हेरेपछि मैले पनि चिप्लेटि खेलेको फोटु टास्न मन लाग्यो

----
मुइले पनि अनुहारा मोसो दल्या छु फेरि केटाकेटि तर्से भने आपत

 
Posted on 12-26-06 12:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो मजाले बगिदो रैछ आठे, नेपालको साझा बस भन्दा पनि छिटो

 
Posted on 12-26-06 1:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छाउरा छाउरि पनि आम्दा रैचन, छाताको डन्डि बोकिर बरफ हकि (Ice Hockey) हो कि के हो खेल्न

 
Posted on 12-26-06 1:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुहारा मोसो दल्या छु
Malai ta teenage jastai lagyo hai.

Anuhar herna hunthiyo ni, Jo pani Vumigat nai rahane-Mohan Bikram singh jastai.

Chithi a ena chithi a ena vanne geet furmais gareko sune, tara Rame (ramprasadneupane) kata harayo kata?

Wonderful images.
 
Posted on 12-26-06 1:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो झिल्केलाई सुत्नु पर्दैन कि के हो? रातभरि चिप्लेटी खेलेर बस्ने हो कि के हो?
 
Posted on 12-26-06 1:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gautam jee, sanchai?
 
Posted on 12-26-06 2:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भट्टे बुरो अनुहार न दनुवार पान्डव सुनार भन्ने सुन्या छैन, देखाउन मिल्ने भय त छाति खोलेर देखाइन्थ्यो नि तर के गर्नु

गौतम बा अब सुत्न लाग्या हो, भोलि बिदा छ त्यसैले रात भरि बस्या,

ग्वाचे को कथा पढ्न बाकि नै छ तर म त उसको फ्यान हो, अगृम बधाइ यार।

-----------------------
लौ अब चिप्लेटि खेलेर फर्केपछि खिचेको फोटु,

 
Posted on 12-26-06 7:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचेको कथा सार्है राम्रो लाग्यो। लेख्दै गर्नुस् है!!

भउते र झिल्केका फुटाहरुनि देखियो! अनुहार चाँहि छोपिएछन्। क्यामरा नै बेइमानी परेपछि कस्को के लाग्छ र, हैन त?

आम्बो!!! भउतेपनि निसपाटको ग्याङमा?? लौ बबाल हुने भो! आबो त राहुल ब्रोले म:म: किन्ने मात्र भयो, केटाहरुले प्लेटै झ्याप हान्दिन्छ!!

सबै गाउँलेहरुलाई नमस्ते छ!!

:-)
 
Posted on 12-26-06 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेले त दाइमात्रै भन्थ्यो, यो मोरो झिल्केले त 'बा' नै लगा'र मलाई जिम्माल बाको गुरुपमा पु-याइदियो। हे हे हे! अब त साँच्चिकै बूढो भईएछ कि क्या हो!
 
Posted on 12-26-06 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीलाई मजाओ बिल्केन्वाइट चौतारि बना'को मा धन्देबात् छ!
ग्वाँचेलाई मजाओ कथा पस्केकोमा धन्यवाद!
भट्टेलाई जन्मदिनको शुभकामना!
झिल्के, गौतम बा र कुम्ले लाई जदौ!

आफु त यो मक्केओ नलिखुट्टो ले'र एसो हरितालिकेओ गाम तिर लाएको थेँ ।
सपै भुराभुरि अनपारका रेछन् रमैलो जो भओ गाँठे!

लु एउदिन ढिलै भए नि सपैलाई मेरि ख्रिस्टमस!
 
Posted on 12-26-06 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
:s
:p
;)
:)
 
Posted on 12-26-06 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-26-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिशरणम!!
 
Posted on 12-26-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पख, पख, कुम्ले, धेरै जिब्रो काट्ने होईन। तिम्रो :( हुने दिन नजिक आउँदै छ है! भेट्टाउनै ला'छु फोटाहुर! :p
 
Posted on 12-26-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:P हो र भन्या पुन्टे दाई?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
आज बाट तिहारको सेल सकियो
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters