Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शृंखला

[Please view other pages to see the rest of the postings. Total posts: 250]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 108671 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 07-25-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शृंखला

 

हाम्रो टोलाँ एउटा परीबार बस्न धेरै भा थिएन। शहीदको घरमा बसेका थिए उनीहरु। मैले शहीद भन्या केटो जुन मेरो साथी थ्यो जिउँदै थ्यो। त्यस्को नाम शहीद पनि होईन हुन त। बाउ आमाले शहीद स्मारक भन्ने बिद्यालयमा भर्ना गराउन लगेका थिए रे उस्लाई तर भर्ना परीक्षामै सीताराम भयो रे भन्ने हल्ला ब्यापक थ्यो टोलाँ। कति सम्म सत्य हो चैं थाह छैन। भन्न आफै त्यो हल्ला हल्लै मात्र हो भन्थ्यो तर जान चै अर्कै स्कुल जान्थ्यो। त्यै झन आर्कै स्कुल जानाले त्यो हल्ला झन बलियो भा थ्यो। कुरा जे भए पनि शहीद स्मारकको परीक्षामा शहीद भएको ठहर टोलको थ्यो। त्यसरी उस्लाई टोलले जिउँदै शहीद बनाईदिएको थ्यो।

 

त्यै शहीदको घरमा बस्न आएको परीबारमा एउटी बिछट्टी राम्री ठिटी थिई। त्यहाँ बस्न थाले देखि शहिद कहाँ आवत जावत बढेको थ्यो मेरो। उस्को कौसीमा बस्दा त्यो ठीटी पनि आउँथी कैले काईँ उस्को फुच्चे भाई सँग। भाई सँग छडके बोलचाल चै सुरु गरी सक्या थिएँ।, अनि त्यो सुन्दरीको नाम क्षितिज रे।

 

अब शहीदले उस्कै घरा बस्या सुन्दरी आफ्नै लागि एकलौटी पार्न छोडेर जस्तो प्रतिद्वन्दीलाई किन मौका दिन्थ्यो होला घराँ बोलाई बोलाई भन्ने कुरा पनि उठ्न सक्छ। तर खाँट्टी कुरा उस्ले बुझेको के थ्यो भने उस्को प्रतिद्वन्दी नै थिईंन। सधै त्यो सुन्दरीको कुरा गर्दा उस्लाई "तेरी क्षितिज" भन्दिन्थें। भन्दिनु त हो नी, मेरो के जान्थ्यो र? उस्ले बुझे अनुसार म त्यहाँ उस्को र सुन्दरीको लभ पार्न आउँथे। त्यसै शहीद भन्या हो र टोलले त्यसलाई?

 

संगत बाङ्गे र अरुहरु सँग कम, शहीद सँग बढी भएको झण्डै एक महिना जति भएको थ्यो। त्यो सुन्दरीको क्षितिजमा आफु उदाउने रहर मेरा सबै साथीहरुको थियो। नबुझेको हैन।

 

शहीदले तर उस्को घरमा मलाई बाहेक अरुहरुलाई खुला निम्तो दिएको थिएन। अरु साथीहरु उस्काँ पुगीहाले पनि उ आफै बाहीर आउँथ्यो घर भित्र अरुहरुलाई लाँदैनथ्यो। म पनि उस्को त्यो डरको आगो मौका पाए पिच्छे हम्किन्थें। अरु साथीहरु क्षितिजलाई सडकाँ अभिनन्दन गर्थे म त्यसो कहिलेई गर्दिन थें।

 

एक दुई दिन भा थ्यो उस्ले मलाई एक्लै भेट्टाउँदा मुस्कानका छिटाहरु छर्केर जान्थी। त्यो कुरा मैले कसैलाई भनेको थे न। भन्ने कुरा पनि भएन। त्यस्तो कुरा भन्दा मरभुमीमा बरालिएका साथीहरु अरु ब्याकुल हुन्थे। के गर्थे के भन्थे ब्याकुल अबस्थामा भन्न सकिन्न थ्यो।

 

एक दिन यस्तै अपरान्हको पाँच जति बजेको थियो होला कौसीमा शहीद र म थिम। क्षितिज र उस्को भाई आए। म तिर हेर्दै हेरीन उस्ले भने पनि हुन्छ। शहीद सँग भने मुसुक्क मुस्काई। मैले कुईनाले हल्का हिर्काएँ अघोरीलाई। क्षितिजका नजर शहीदबाट हटना साथ मैले मेरो हात बढाए शहीद तिर बिस्तारै "ल बधाई छ" भन्दै। उस्ले दरो सँग हात मिलायो। उस्को अनुहारमा खुसी चम्केका थिए।

 

एक्कै छिनमा शहीदकी आमाले तल भान्सा बाट उस्लाई चिया लिन आउन बोलाईन। सर्सोती दीदी घराँ रैन्छिन क्या रे। शहीदले क्षितिजलाई अलि नजिकै गएर सोध्यो "तिमी पनि चिया खाने?"। उस्ले सुमधुर स्वरमा "नखाने, खाई सकें" भनी। शहीद तल ओर्लियो। जाँदा जाँदै म तिर मख्ख परेर हेर्यो।

 

यै मौकामा म चै छडके कुरा गर्नु पर्यो भनेर उस्को भाई सँग कुरा गर्न थालेँ। "मलाई बुबाले ल्याईदेको ब्याडमिन्टन हेर्ने?" भाई चै ले सोध्यो। "खै हेरम त" मैले भनें। भाई चै लाग्यो तल तिर। क्षितिजले उस्का हेराईहरु म तिर उठाई, मेरा त उ तिरै थिए। अद्वितिय सम्मोहन थिए उस्का आँखामा। म उस्का हेराईमा अल्झेकै थिएँ उस्का अधरमा मुस्कान पूर्बी आकासमा उदाउँदा सूर्य किरण झै फैलिए।

 

"भोली बिहान हामी पशुपती जाने" उस्ले भनी।

 

मैले केही भन्नु अघि नै उस्को भाई आईपुग्यो र्‍याकेट बोकेर। अनि त्यसपछि शहिद आयो, चिया उस्ले क्षितिजलाई पनि लिएर आएछ। पहिले त नाईं भनी अनि त्यो चिया लिएर उ तल ओर्लिई। भाई चै त्यै थियो हामी सँग। तल ओर्लिदा अघि आउँदा झै उस्ले म तिर हेर्दा पनि हेरीन।

 

शहीद काँ बाट निस्किना साथ फेरी उही कुरा आयो मनमा। अब भोली पसपती नगै भएन। बिहानै जाने त होला नी। सम्झें, भोली त शनिबार। यसै पनि पशुपती जाने गरेकै हो। जान त सजिलै भयो तर साथीहरु सँग जाने गरेको। भोली एक्लै जाने कुरा भएन। एक्लै गए नै पनि वहाँ भेट भै हाल्थ्यो अघोरीहरु सँग। कुरो उही हो फेरी।

 

शनिबारको पर्खाई र पशुपती जाने रहरमा त्यो शुक्रबार बिताउन मुस्किल पर्यो मलाई। राती पनि सुत्नै मन लागेन। त्यो रातले हाप्देर एकै चोटी बिहान आए नी हुने जस्तै भयो। प्राय: सबै कुरा बाङ्गेलाई भन्ने गर्या थ्यो। उ सँग गफ गर्दा रमाईलो हुन्थ्यो। मनमा बोझ पनि नहुने। अब यो कुरा फेरी भन्न भएन। सबै भन्दा बढता डरै बाङ्गेको थ्यो।

 

बिहानै बाङ्गे आईपुग्यो पशपती जान। अनि सधैं झै ट्वाक र सुपारी कहाँ गैयो। छ्याक र झ्यालिन्चा सँग प्राय जसो उहीँ पशपतीमा भेट हुन्थ्यो। फर्किदा चै हामी हुलै चुरोटको धुवाँ उडाउँदै भण्डारखाल तिर बाट आउँथिम। शहीद सधै शनिबार हामी सँग पशपती जाँदैनथ्यो। कैले जान्थ्यो कैले जाँदैनथ्यो। त्यो शनिबार त उ जाने कि नजाने मैले त्यो पनि सोधिन। नगए हुन्थ्यो भन्ने थ्यो।

 

आफ्नो धुन अर्कै आज। घर देखी पसपती पुगुन्जेल पनि यता र उती हेर्दैको हैरान। उस्लाई कतै देखिएन बाटामा। "किन सुना होला मलाई पसपती जाने कुरा?" सोचें। सोचाई नै पनि कत्ति रमाईलो।

पशपती पुगियो। एक चक्कर हानीयो। छैन क्षितिज कतै। "कस्लाई खोज्या हँ तैले?" बाङ्गेले पस्चिम ढोकाबाट अगाडी बढ्दै गर्दा सोध्यो। "कस्लाई खोज्नु पर्यो? मैले पनि उसैलाई सोधें। बाङ्गेले मलाई हेरी रह्यो। अनि "हैन त्याँ अघि एउटीलाई चिन्या चिन्या जस्तो लाग्या थियो ऐले कता लागिछ भनेर ---" भनें। बाङ्गेले "हाम्लाई त त्यस्तो जुन तरुनी देखे नी देख्या देख्या जस्तो लाग्छ--- हेर्नु हेरीया छ नी त तरुनी पनि --- के नौलो भो र" भन्यो। सबै हाँसीम। त्यतिमै टर्यो।  

 

टर्न त टर्यो तर क्षितिजलाई देखिएन। दिक्क लाग्यो। चिया र सेल खाईयो। खै उ आईन। "उडाईछ ठीटीले आज" सोचें।

 

त्यस्को एक दुई दिन पछि शहीदको कौसीमा उस्को र मेरो फेरी कुरा भयो। "त्याँ पसपतीको सेल मिठो हुन्छ?" उस्ले सोधी। उस्ले कुन बेला देखिछ मलाई त्यहाँ। मैले चै देखिन। "हाम्लाई देख्या थ्यो?" मैले सोधें। "अरुलाई हैन जस्लाई हेर्नु थ्यो उसैलाई चै देख्या थिएँ" उस्ले भनी। "मैले त देखिन" मैले भनें। "मैले जसरी हेरेको भए देखिन्थ्यो होला नी" उस्ले भनी। म अवाक भएँ। उ मुस्कुराई।

 

 

त्यसपछि उ म संग बाटामा पनि मुस्काउँथी तर म एक्लै हुनु पर्थ्यो अनि उ पनि। अनि बोल्न पनि थाली यसो एक दुई शब्द।

 

शहीदको कौसीमा हामी हुँदा अब उ सधै आउँथी माथि। शहीद सँग पनि कुरा गर्थी, म सँग पनि। त्यहाँ कुरा हुँदा म सधै शहीदको तारीफ गर्थें। उ पनि मुस्कुराउँथी अनि शहीद पनि। 

 

एउटा साँझ म घर तिर आउँदै थिएँ। शहिद्कै घरको बाटो आउनै पर्यो। कौसी तिर हेर्नै पर्यो। के गर्ने? बानी लागीसक्या थ्यो। उस्लाई कौसीमा देखें अनि बाटामै अलमल गर्न थालें। अघि ४ बजे तिर उ सँग भाटभटेनी देखि झण्डै ढल्कु सम्म कुरा गर्दै आएको थिएँ म।

 

उस्ले हातले के इसारा गरी कुन्नी मैले बुझिन। इसारा गरे पछि उ हराई कौसीबाट। म के गरुँ भन्दै थिएँ। बाङ्गे आईपुग्यो कहाँ बाट हो एक्कासी। "के हो महाराज? अघि भाटभटेनी देखी ढल्कु सम्म शहीदेको ढुकढुकी सँग धडकिदै थिस रे? अहिले पनि यही मडारीईराछस--अचेल भेट्नै गार्हो छ तँलाई-- "उस्ले भन्यो अनि--शहीदको घर तिर इसारा गर्दै थप्यो "छिर्के हाल्न लाईस की के हो त्यता?"

 

"बौलाईसकि के हो?" मैले बाङ्गे तिर हेर्दै भनें।

 

बाङ्गे चुरोट तान्दै थ्यो। त्यै चुरोट म तिर तेर्स्यायो। मैले लिइन। "उस्ले देखी भनें?" जस्तो लाग्यो। "सुन्दरीले देख्छे भनेर त होला नी" बाङ्गेले सुनायो। म अघि बढें बाङ्गे पनि म सँग आयो। शहिदको घर अगाडीको गल्लीमा के आईपुग्या थिम, क्षितिज त कम्पाउण्डको ढोका जुन गल्ली तिर खुल्थ्यो त्यहाँ बाट फुत्त निस्की। उस्को हातमा एउटा किताब थ्यो। म र बाङ्गे टक्क अडिम। उ पनि उभिई त्यहाँ। उस्ले बाङ्गे तिर हेरी। अनि आफ्नो पछाडी। उस्लाई कसैले भित्र बाट बोलाउंदै थियो।

 

उ अलिकति अगाडी आई अनि उस्ले बोकेको किताब म तिर बढाउँदै भनी "ल यो किताब --" म किताब लिदै थिएँ, बाङ्गे बोल्यो "मेरो नी पढाई अलि कमजोर कमजोर छ, एउटा किताब पाए म पनि घुँडा धसेर पढ्थें--" क्षितिजले  बाङ्गेको कुरा नसकिदै भनी "छैन किताब सिताब जे धस्नु पर्ने हो धस्नु"। बाङ्गेले तुरुन्तै जबाफ फर्कायो "अब यस्तरी पछेपात गरे पछि खरानी धस्नु पर्ला नी --" क्षितिज भित्र गै। ढोका लाग्यो।

 

मैले किताबको शिर्षक पढें। अगाडी हेरें पछाडी हेरें। बाङ्गेले म सँग किताब खोसेर लियो र पाना पल्टाउँदै भन्यो "के अगाडी र पछाडी हेरी रा? बिचाँ कता तिर राखेकी छे लभ लेटर त्यो पो हो त हेर्ने त --"  ....

 

 

 


 
Posted on 08-01-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very nice...................wonderful lunch break today.

 


 
Posted on 08-01-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ramailo lagyo....aafu pani football maidan ma bhaye jastai anubhav bho...

 

Nepali Thita


 
Posted on 08-01-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ छितिजले (tyo chhitiz ko chhi lekhani aaaena unicode ma) के लेख्या बुकमा सुन्न नपाउदै मेघना आइ सकिछ कसरी भ्याको होला
 
Posted on 08-01-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>खोच्याउने त निक्कै कम भए जस्तो थ्यो छिनको छिनै। म नेर आएर भन्यो "क्या बुलेट है त्यो केटी?--- बाउ चै बरु एक निन्द्रा अरु सुतेर आ भे नी हुने नी---"

"तेरो खुट्टा सुट्टा केई मडक्या छैन हो कि हैन ल भन --" मैले सोधे उस्लाई।

"अब के गर्ने त -- अगाडी कुदेर केही हेर्नै पाईएन राम्रो सँग -- त्यस्तो राम्रो केटी चौराँ घुमीराछे म चै खाली ढाडीया बल कति लखेटीरहने त?"<<<

 

बाङे त मान्छे कलाकार नै हो रेछ ! फुट्बल खेल्दा मात्र होइन छप्कीहरुको मामलामा पनि फर्वार्ड नै रइछ सोम त !

त्यो क्षितिज सँगको फसानालाई टुङ्याउने बिचार  त गर्या होइन नि दीप ब्रो?

सान्नानी kshitiz यसरी लेख्ने हो है सिकिराख !


 
Posted on 08-01-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ठीटीले क्या सलिड स्माइला दीई नी मलाई देखिस? लुक्स पनि दिई नी --क्या लभली डेडली नी --" 

यो कथा पनि आमन्त्रण कथा जस्तै  होला जस्तो छ। केटीहरु एक्पछी अर्कोको एन्ट्री भएको भएकै हुने। 


 
Posted on 08-01-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो को फूटबल टीम को खेलाडी हरुको नाम सुनेर त मेरो जमाना को ग्याङ को याद आयो...... मेरा नी साथी हरु थिए - बाजे, बान्स, गोप्ले, झ्यम्ते, घन्ते, हाकु, खाक्रे, भ्यैसी, गधा, बाग:, माक:, पोका: ....... मोटे त धेरै जना को नाम थिए ................. फेरी हामी नी बिहान ५ बजे देखी ईन्द्रचोक बाट न्यू रोड हुँदै स्केतिङ मा हुइन्कन्दै टुदिखेल पुगेर फूटबल खेल्थेउ  .............. टुदिखेलमा मर्निङ वाक गर्ने  र महँकाल दर्शन गर्न आउने टरुनीहरु लाई बेला बेला मा साइड मर्थेउ

अनी खोइ त क्षितिजले किताब मा लेखेको कुरो एसो बिसाएको भए मन हलुको हुन्थ्यो क्यार


 
Posted on 08-01-08 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kitaab ma chai k lekhya raicha tyesto?
Kina gopya rakhya deep pravu???

 
Posted on 08-01-08 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha

हैन, ट्वाकलाई उठार आको म -- त्यसले झ्यालिन्चा, छ्याक, कुबेर, पुडके लाई लिएर आउँछ, हाम्ले चै बर्मु, सुपारी, बाघ:, हल्दार र गुरुलाई लिएर जाने हो।"

 

..hahah..hasayo deep  bro le.......ani jado ko tyo din haru pani yaad dilayo

 

-daum


 
Posted on 08-01-08 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटाले केरा सट कर्नल हान्छु भनेर गा थ्यो नङ सट हानेछ क्यारे उ पनि भुतुक्कै बल पनि आउट भ
 
Posted on 08-01-08 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal mai pugya pugya jasto vo malai ta.


 
Posted on 08-04-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे ,

प्रभो, कस्तो हतारिएको भन्या ---

swopnilcheeta ,

बाङ्गेले तरुनीलाई कुरान दिने भन्दा बढता ढुकान दि रा रे? त्यै के लेख्या होला भनेर? लौ नसकिने भो ----

daum ,

"thank you hai deep bro शृंखला-2 ko lagi......."

मेरो प्रस्तुतीलाई भनेर प्रभोले खर्चेको आफ्नो त्यो समयको लागि त म धन्यबाद भन्छु।

Amazing ,

ब्रो, सुझाबको लागि धन्यबाद। ३३ दिने दिल्ली बसाई पछि कता लाग्या हो?

serial ,

"बाङ्गे को कर्म मै छैन जस्तो छ केटी  "

के हुँदैन थे? खाली मैले नभन्या मात्रै नी।

Stat ,

"तर अचम्म त्यस्तो बाङे को ट्र्याजेडी अनी दिपको लब परेको होला भनेर चाँही पत्याइन है.."

त्यस्तो अचम्म मान्नु पर्ने केही छैन प्रभो। बाङ्गेले पनि आफ्नो खातामा धेरैलाई दर्ता गर्या थ्यो। पछि कसैलाई उस्ले चलानी दियो, कसैले उस्लाई दिए। त्यस्तै थ्यो।

Nepali Thita,

"..aafu pani football maidan ma bhaye jastai anubhav bho..."

क्या मजा आउँथ्यो है प्रभो त्यो दशैं ताका बिहानै उठेर फुटबल खेल्न जाँदा? साथिभाई बटुल्यो अनि पुग्यो त्यो कुहीरोको ओढ्ने ओढेर सुतेका टोल, अनि बाटाहरु हुँदै चौर सम्म। खाली उठन मात्रै गार्हो। उठे पछि त रमाईलो हुने। अझै त्यो शितले भिजेको चौरको गन्ध चिन्छु जस्तो लाग्छ।

ek@l,

जय होस प्रभो।

Pretty,

अब मेघनालाई आउन क्षितिजले जे लेख्या भए नी त्यस्ले के छेक्थ्यो र?

ritthe,

हो ब्रो। बाङ्गे कलाकार त कलाकारै हो।

Dipika02,

ठीटीहरुले भटाभट ईन्ट्री मारेको त खुशीको कुरा हो नी स्वागत द्वार सजाएर बसेका हामीहरु जस्ताका लागि--

popeye,

हो प्रभो --त्यो ब्यान ब्यान फुटबल खेल्ने साथीहरु पनि हराए--त्यो रमाईलो पनि हरायो। एक फाँको ग्लुकोज र एउटा टुक्रा कागतीको डाईट पनि त्यतिकै भयो--अनि स्टामिनाको गफ पनि त्यतिकै।

Khitititititiiii ,

"kitaab ma chai k lekhya raicha tyesto?"

जे थ्यो त्यै किताबमा त लेख्या थ्यो त ---

aman ,

फेरी साथीभाई हरु संगै त्यै पुरानादिनहरुमा केही समय बिताउन पाए नी हुने नी है प्रभो?


 
Posted on 08-04-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""देब्रे तिर बाट उनीहरुले चक्कर लाउँदा म देब्रे तिरको ब्याक्की हुन्थें दाईने तिर उनीहरु आईपुग्दा म दाईने तिरको ब्याक्की हुन्थें। अब एक्लो ब्याक्की-- फिल्ड त कभर गर्नै पर्यो नी। के गर्ने?""

हो त नि पर्भु कभर त गर्न पर्यो नि हाहाहाहा!

अनि त्यो कर्नल हुँदा केरा सटको सट्टामा नङ सट रे लोल! आफूले नि हानियो ते्स्तो नङ सट तर सानो गौचर टाढा पर्थ्यो हाम्रा पालामा नजिको चौर भन्या लैनचौर थ्यो, त्यता त पानी परेसि हिलो हुन्थ्यो त्यो हिलोमा चिप्लँदै ढडिया बल हान्न मजा हुन्थ्यो। कहिले काहिँ भिजेर ढाडिएको अनि हिलो पनि लागेको बलले प्याट्ट हान्दाको दुखाइ नि गजबको हुन्थ्यो।हिलाम्मे भएपछि, अगाडि मल्ल होटलको सिसामा ऐना हेर्दै जसो तसो कपाल मिलाइन्थ्यो। कालो सिसा थियो नि बाहिर बाट हेर्दा आफू देखिने, भित्रबाट हाँस्थे होला हाम्रो चर्तिकला देखेर बरु!


 
Posted on 08-04-08 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो, त्यो लैनचौरमा बल हान्नी भन्या त्यै त्रिबिद्यालय प्रांगडमा हैन त? त्रिबिद्यालय भन्या आदर्श, कन्या र शान्ती बिद्याको अगाडी? त्याँ कभर्ड हलमा टेबल टेनीस भल्न चैं हामी पनि पुग्थीम। ति राता जामा लाउनेहरुले अलि अलि मन भाँडदैन थे नी नारन --- सेतो कमिज हेर्यो त्यतै आँखा तिरमिर हुने -- राता जामा हेर्यो मनमा झिर पछि झिर छिर्ने --
 
Posted on 08-04-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो प्रभो हो कभर्ड हलकै अगाडिको हो। कभर्ड हल पारी आदर्श इस्कुल थियो, 'खस्न हैन बस्न माथी जाऊ' लेख्या थ्यो, त्यो इस्कुल माथि उक्लँदा चाहिँ खसिन्छ कि जस्तो लाग्थ्यो, अग्लो लाग्थ्यो के त्यतिबेला। कठै, त्यो रातो जामा र सेतो कमिजको कुरै नगरम प्रभो, त्यहि रातो जामा हेर्न शान्ती बिद्या अगाडि सानो घुम्ति पसलमा बेकारमा आफूसंग भा' पैसा सका'र आलुमरी र खुवा बरफ खाँदै कुरिन्थ्यो, कुर्या कसलाई चाहिँ त्यतिबेला पनि थाहा थिएन र अहिले नि थाहा छैन। 'रातो भेडा' भनेर जिस्क्याइन्थ्यो जामा लाउनेहरुलाई र जिस्क्याए पछि खुर्र दौडेर भागिन्थ्यो। अहिले सम्झँदा हाँसो उठ्छ, खुवा बरफ मा खुवाको सट्टा पाउरोटी हालेको बजाइएको रहेछ


 
Posted on 08-04-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो त केटाकेटी देखिनै पोटवाल हो कि के हो? खुबा बरफ खाने रे? हामी त पानी बरफ खान्थिम। त्यो पनि रंगिन। खुवा बरफ त सानो पनि महंङो पनि। अनि त्यो खुबा बरफ बेच्ने त्यै नाके स्वरमा अलाप्ने चै होईन त?

त्यो शान्ती बिद्या अगाडी साईकल पाईन्थ्यो नी भाडामा -- मेरा नातेदारहरु पनि थिए त्यता लैनचौर तिर -- अनि त्या गा बेला एउटा दाईले त्यै स्कुल अगाडीबाट भाडामा साईकल लेका थिए -- मलाई डण्डिमा राखे। उनलाई के को जोस हो कुन्नी--बाटाँ कता तिर तरुनी देखे हुन -- हुईँकाए सान दिन लाई होला -- आफु केटा केटी डरले कस्तो--- च्याप्प हयान्डील समात्या -- त्यो लेखनाथ मार्ग चेतनाथ मार्ग भै हाल्यो नी -- ड्याम्म पछारियो डेरी अगाडी। त्याँ देखि त्यो दाईले चलाको साईकल चढ्न चेतबाबाकाशी भएँ-- त्यसरी चेतनाथ मार्ग भा छ त्यो मेरो।


 
Posted on 08-04-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramailo episode,

deep pravo, launa, tyo kitaab ma ke lekheko thiyo, yeso sunna paye ta ramailai hune thiyo.. yedi too personal hoina bhane yeso lekhum na yo thread ma ke lekheko thiyo tyo kitaab ma bhanera...


 
Posted on 08-04-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साजन, शृङ्खला बढाउँछु नी म अघि। ट्याम मिलाउन खोज्दै छु।
 
Posted on 08-04-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के मर्जी भाको प्रभो त्यस्तो? पोटवाल नभएर पो खुवा भनेर पाउरोटी बरफमा परेको त!

त्यहाँ साइकिल ४ रुप्पे घन्टामा पाइन्थ्यो, पछि भाउ बढ्यो क्यार! पाउरोटी किन्न घरबाट मागेर हिँडेको पैसाले आधा घन्टा साइकिल पनि चलाइन्थ्यो।हाहाहा ती दिनहरु! बरु प्रभोको कमिक्स पढ्ने बानि थियो कि थिएन? भित्र असन कुसुमबियालाछि तिर, मासागल्ली तिर, ठँहिटीको भित्र एक सुकामा एउटा कमिक्स पाइन्थ्यो नि?  सम्झना आउँदा आउँदा एक पटक कमिक्स पढ्न लिएर हिँडेको पैसा पानी चिट्ठामा हारेर कालो मुख लगाउँदै फर्कन पर्या थ्यो!


 
Posted on 08-04-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो पानी चिट्ठामा त मैले नी जितीन -- पैसा घुमाउन नजानेर त होला नी -- घुमाउन पनि घुमाकै हो -- पारें पारें जस्तो पनि लाग्ने--तर के को?

कमिक्स पढ्थे प्रभो म पनि -- त्यो अमर चित्रकथाको धुन चढ्या थ्यो मलाई-- काम नपाए पछि अनेक मन लाग्ने -- त्यो अमृत र मल्लको बिच बाट दखिन लाग्ने बाटो थ्यो नी भगबान बाहाल तिर--हो त्यता बाट त्यै बाटो नछोडी गए पछि असन पुगिन्थ्यो नी -- तर त्यो असन पुग्नु अघि त्यो white metal के हो त्यो ठोकेर बक्सा, हजारी के के बनाउने र बेच्ने ठाम थिए त्याँ--- त्यो हेर्न पनि पुगिन्थ्यो -- त्यै बाटामा भाँडा (माटोको) त्यो पनि हेरिन्थ्यो। त्यो कुमालेको चक्का पनि घुमाएर बसिन्थ्यो। फुर्सदै फुर्सद। घराँ कसैले काम लाए, पढ भन्यो भने मात्रै "अहिले फुर्सद छैन पछि" भन्ने गर्या थ्यो। नभए नढाँटि भन्ने हो फुर्सदै फुर्सद।

रत्न पार्काँ साचो तानेर रेडियो पार्न खोज्या हो प्रभो ले? धेरै चढाको छु मैले त्याँ। बिस्तारै गरेर वार पार पुर्याएँ भन्यो ट्याँ गरी हाल्ने। एक चोटी त एक ईन्च जति बाँकि थ्यो---छोएर मरी हाल्यो नी---


 
Posted on 08-04-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दिप प्रभो अर्को दामी टुक्रा फ्यकियो नि त। कती बखान गर्नु, शब्द शब्द को मजा लिये प्रभो।

"तिमीहरुको बाउको नाम छैन र बाङ्गे बाङ्गे भनी रा?"
यो लाइन पढेर चै खित्का छाडेर हाँसे,बिचरो बाङ्गे हुन पनि हो नि तरुनी को अगाडि बाङ्गे भने पछी किन नबिच्कियोस।
अर्को गाह्रो लाउदै हो ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters