[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ++चौतारी - भेला विशेषांक++

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 169086 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-18-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - भेला विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 91 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क

शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे
समापन:- डिसेम्बर २५, दिनको १२ बजे
प्रमुख अतिथि:- भउत भाइ भण्डारी


 
Posted on 12-28-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्।
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ!


जिन्दगीका अनेक अदभूत रुप देखियो,

जल्दै बल्दै सुगन्ध दिने धुप भेटियो।

समष्टीमा भन्नु पर्दा यो संझना,

कुनै आँधी, हुरी अनि सुनामी प्रूफ भेटियों।

 


 
Posted on 12-28-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनामी प्रूफ देखियो रे! हाहाहाहा

यस्तै हो ठुल्दाई कहिलेकाहिँ त यहि सम्झनाले समून्द्र तट भन्दा कोसौँ पर पनि सुनामि ल्याइदिन्छ फेरि!


 
Posted on 12-28-07 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मेरो पनि दोश्रो राउन्ड को जदौ सबैलाई
जिम्माल बा, ठुल्दाइ नयाँ बर्षको के छ त कार्यक्रम? ठुल्दाइ को त पार्टी मा जाने भन्ने सुन्या थिए गाई गुइ, अब भउते गुरु पनि सुरु हुने भएछ तारेमाम


 
Posted on 12-28-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ बर्षको पूर्ब संध्यामा  शुभकामना आदान प्रदान समारोह मेरै डेरामा हुने प्रबल संभावना छ, भउते गुरुले खुट्टो उचाली सके। रिट्ठे ब्रो नि आउन मिल्छ भने सोचुम् क्या र। रु १० को टिकेसले पुर्‍याई हाल्छ क्या र हाम्रो गाम्। जिते छ भने त्यो नि प्रायोजन गरि देम्ला क्या र ( भउते गुरुलाई गरे जस्तै)। सोचुम् है रिट्ठे ब्रो।

 
Posted on 12-28-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिलमा सुनामी त आँखाको डिलबाटै बिध्वंसकारी हुन सक्छ, सहारा मरुस्थल सम्मको सुरक्षा कवच नै चाहिदैन।  तर बिर्खेबा, संझनाको यो पल कुनै सुनामीले मेटाउन सक्दैन। ग्यारेण्टी लु जा।

 
Posted on 12-28-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्लाई त ठुल्दाईले बोलाउन पनि छाडे गाँठे! हन ए बुडा हामि मात्तै सौतेनि आमाको छोरा हुम कि के हो हँ? आउन मिल्दैन भन्ने थाहा पाए नि एसो बचन निकाले के जान्तो र???

मेरो पिलान के हुनु रिट्ठे ह्यान्सी, एक हुल ठिटाहरु आउँदैछन म बुडोलाई भेट्न तिनलाइ घुमाउने, ख्वाउने गर्नु छ!


 
Posted on 12-28-07 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनामी आए पनि भउतेले भनेको जस्तो हुन्छ होला नि-

"झरनाकै कलकल लाग्छ सुनामीको लहर पनि"

यो भउतेको लाइन एउटा पुरानो हिन्दी उखानको अर्थ संग मिल्या मिल्या जस्तो लाग्छ भन्या मलाई त - "मन चङ्गा है तो लोटेमे गङ्गा है"

 


 
Posted on 12-28-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बिर्खे बा चित्त न दुखाउन भन्या। टाढाको मान्छे, यसैपाली झ्याइँ गर्ने  ठिटोले धेरै धपेडी गर्न हुन्न भनी पटक पटक सोचेर न भनेको क्या।
मुखले मात्र बोलाएर भएन नि। इलाहाबादी न परें, सत्य बोलिहाल्छु। मुखले ठिक्क मनले ......................के भन्छ नि त्यो गर्न जादिन क्या।
तारेमाम्।

 
Posted on 12-28-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-28-07 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, राहुलदा, रिठ्ठे सान, चित्रे, दिपज्यो लगायत सप्पैलाई नमस्ते है
अझै भेला को ह्याङ ले छोडेको छैन हैन?
म पनि आम्दै छु है राहुलदा हजुरको गाम तिर(अब त नबोलाये पनि जबर्जस्ती आइन्च )


 
Posted on 12-28-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पर्बतेले नि स्वागत छ। पार्टी हुने प्रबल संभावना मात्र हो, पार्टि नै भनेर फुर्ति गरि सक्या छैन। अर्को एकजना बडेदिलवाला गोर्खालीले नि उनको घरमा गरम् गरम् भनेर दवाब दिइराख्या छ। तानातान भै राख्या छ भनुम्। त्यसैले बोलाई हाल्न नि अलि  मिलेन कि भन्ने रि-सोचमा छु।

 
Posted on 12-28-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आउन त सार्है मन थियो ठुल्दाइ, तर यस्पाली लाई अन्तै को लागि प्लान बनाइसकेको हुनाले असमर्थता को लागि क्षमा चाहन्छु


 
Posted on 12-28-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्बते लाई जदौ
भेला को फोटाँ हरु देखेरे हानेको गेस कस्तो ठ्याक्क मिलाइदेको, आँफै पुगेर आए जत्ती कै छ त
मान्नु पर्छ हौ


 
Posted on 12-28-07 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो दोस्रो राउण्डको जदौ!

वेदर अपडेट:- आज झमझम पानी परिरा'को छ, असार जस्तै।

भेलाको ह्याङ्ओभरले अझै छोडेको छैन, बल्ल फोटू अपलोड गर्न सकियो आलुबममा। भेडियो त हेरेको नि छैन।

ए पर्वते, तपाइ फुलौरे गाममा हो?

राहुलदाइको घरमा पार्टी हो भने हाम्पनि आम्नुपर्ला मिलार!
अनि कस्को दिलमा सुनामी आयो भनेको? भौते गुरूकै त होला नि, अम्रिका आएदेखि त गुरूको न भोक छ न निद्रा छ।
खाली केट्रीना, रिटा, सुनामी मात्र आ'को आइ छ। ल सम्हालेर बस्नु है भौते गुरूऊऊऊ! सुन्न नि के सुन्लान् र, दुम्सी 
गाम घुमिरा'होलान् आज त!

अनि जिम्माल बा, अर्को भेला कहाँ गर्ने हो पिलान बनाम् न!

 
Posted on 12-28-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नभये त ठुल्दाइ को गफ र बबाल बबाल जोक्स सुन्न पुगेकै थिएन
तासमा जित्यो भने प्रायोजन पनि गर्छु रे ! लोल
तेइ भन्या इलाहबादी काइदा सबैलाई फाईदा तारेमाम



 
Posted on 12-28-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ! रिट्ठे डेनीरो आजकल अलि उफ्रन छोड्या जस्तो छ नि? 
 
Posted on 12-28-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अर्को विकेन्ड तिर आम्ने हो ठुल्दाइ, बरु पार्टी जहाँ भएपनी ३६ बर्से अनुभव बाट बनेको म:म चाँही खान पाए कुन्नी के जाती हुन्थ्यो कि


 
Posted on 12-28-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कोही छ चिलिम तान्ने? म त हिडें वरण्डा तिर चिलिम सल्काउन। मुला खैरेले नि के नियम बनाएको के। घरभित्र चिलिम बाल्न तान्न न पाउने गरी, यो जाडोमा नि बाहिर जा रे चिलिम तान्न। चिलिम पीडित संघ खोल्नु पर्ला जस्तो भो गाँठे।  हरि फुल ट्याम मेम्बर, रिट्ठे, ज्वाई साहेब, अन्तरे, पूण्टे बुढा, बिर्खे बा अनि भउते डाका पार्टट्याम मेम्बरहरु लु जा। अध्यक्ष चाहि म आफै ।


 
Posted on 12-28-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चित्रे म त जिम्माल बा को गाम तिर हो
भन्छन नि "ओत लिनु ठुलो रुख को" अनी जिम्माल बा लाई छोड्न भओ गये भने पनि ठुल्दाइ को गाम तिर जानी हो
रिठ्ठे, गेस त चौतारी कै क्लु अनुसार गरेको हो अली अली मिले जस्तो लाको छ


 
Posted on 12-28-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


४ दिन उफ्रेको थकाई भन्ने हो भने अझै मेटिसक्या छैन, फेरी काम को चटारो नि उत्तिकै छ कुलो जिम को बेला परो रे के गर्ने अब


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
whats wrong living with your parents ?
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Driver license help ASAP sathiharu
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters