[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -~चौतारी~-

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

thuldai chautari sajha nepali recipe
[VIEWED 195200 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-21-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी १६१






उडिजाने कालो बादल होssss
उडिजाने कालो बादल पानी पर्छ झमझम
नाचन मेरी मारुनि आँगनैमा छमछम

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यसपालीको चौतारीमा नेपाली परिकारहरु पस्कौँ!

 

सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 161 editions.
Last edited: 21-Oct-09 11:07 AM
Last edited: 21-Oct-09 11:09 AM

 
Posted on 10-26-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सप्पै बुढा पाकालाई प्रणाम, सुकु: भ्वे: को कुरो चल्दै रेछ, काम्-वाम छोडेर आएं म त, जिम्मालबाले निम्ता त दिये तर कता आउन पर्नी केइ अत्तो-पत्तो भे त लौ भन्नु, नेपाल जानी कुरो थ्यो, नमिल्ला जस्तो भैरा'छ। उता गैएन भने आम्ला केरे भन्ने मान्या छु, तर काँ-के-कस्तो सब बुझ्न पाये हुन्थ्यो भन्छु केरे म त। यो पर्देशाँ आएर कतै गा छैन छोरो, तेइ भेर आउने पिलान चाँही छ है मेरो त!

यो सप्ताहन्तमा के जाति कर्ण फुस् फुस् मा के जाति कन्फरेन्स कल हुँदा मलाई पनि जोदुम केरे, बुढा-पाकाको अगाडि बोल्न नसके नि सुन्न भे नि हुन्थ्यो भन्या केरे मैले त। ल त म चाँही अब खेतै खन्न तिर लाग्छु, बस्दै गरम, लेख्दै गरम, तर यो चौतारी भत्काउने काम चाँही नगरम केरे

 
Posted on 10-26-09 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुकाइ राखेको मुटु तिम्रो चोर्न पाए हुन्थ्यो, 
तिम्रो मुटुमा मेरो नाम  कोर्न पाए हुन्थ्यो। 


 आँखाबाट प्रणय ज्योति  छछल्केको देखिरहेछु 
 त्यै आँखाबाट दुई बूंद मोती झर्न पाए हुन्थ्यो।


तिम्रो कसम,  जिन्दगी भरी साथ दिइरहन्छु  म,
भरोसामा  एक चिम्टी सिन्दूर भर्न पाए हुन्थ्यो ।


अंगालोमा बाँधिएर खाएको झुठो वाचा होइन यो
तिम्रै न्यानो काखमा सजिलै मर्न पाए हुन्थ्यो । 


 


 
Posted on 10-26-09 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह!! वाह!!! वाह!!!! वाह!!!!! वाह!!!!!!
 
Posted on 10-26-09 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह!! वाह!!! वाह!!!! वाह!!!!! वाह!

गज्जब राम्रो ठुल्दाइ


 
Posted on 10-26-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह!! वाह!!! वाह!!!! वाह!!!!! वाह!!!!!!


क्या बात छ्
अरु सबै त् ठीक छ् प्रणय मोती चै किन झर्न पाये हुन्थ्यो नि दाई। बिचरी लाई रुवाएर।


 
Posted on 10-26-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हैन कता मरेउ ए गाम्ले हो, चिस चिसो दिन छ् एसो आगो ताप्न मन लायो,त्यो ढोड लेर आउ त पुरे तल बारी बाट आगो बाल्नु पर्‍यो,
२-४ टा आलु नि लेर आए हुन्छ,पोलेर खाम्ला।
 
Posted on 10-26-09 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।
ठीक हो बिस्टे काजी। सब जना बेपत्ता, पाता कसेर ल्याउनु पर्‍यो।

 
Posted on 10-26-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँ आज दाउरा खोजिर'नु!! याँ साउको काम नसकेर हाल बेहाल छ, तेइ दाउराले थोक्ने बेला भै सक्यो! याँ नि असत्तिहरुले ए-सी भनाउँदो खै के चलाएर बसी नसक्नु गर्या छ, त्यो बैरेको मीतिङ सकेछी आउँछु भन्थ्यो, अझै आ छैन बज्ये, कुन चाँही नखरमौली सँग लस-पस गरिरा होला केटो, तेल्लाई भन्नु नि।
 
Posted on 10-26-09 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे प्यारेलाल, राहुल भाय, बिस्टे, सेरिअल लंगडे, बिर्खा सिङ और अख्खी चौतारीके भाय बेन लोग को अप्पुन जदउ बोलरेहेला है ! जदउ
 
Posted on 10-26-09 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदै छ गाउ वालो


खाएको पचिसकेको हो


 
Posted on 10-26-09 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे राम राठोड,


ढिलो आया और हल्ला किया ? रिट्ठे माता है ।


 
Posted on 10-26-09 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।


मीतिङ मा सित्तिङ गर्न गाको लन्च नै ढिला भयो , मारोगी हरु ले के के बिगारे  के के, आफु लाई पेल्यो , बल्ल तल्ल मिल्यो फेरी अर्को राउन्ड मीतिङ भन्या छ मर्ना काल हरु ले


 
Posted on 10-26-09 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्रान्तिपुर दैनिक: चौतारी समाचार-


बैरे बम् बस्ताकोटीले मिटिङमा सिटिङ गर्दा ईटिङ गर्ने समय चिटिङ भएको व्यहोरा ब्रिफिङ गर्दा  उनको अनगोईङ कथाको किसिङ सिन भ्यानिसिङ हुन लागेको जेनुईन गुनासो पोखेका छन्।


ठूल्दाईले डुल्दै डुल्दै कसैको काखमा ढल्दै यो जिवनदेखि गल्दै जान हालै गरेको आकांक्षामाथि नेप्चि भाउजुको ताजा प्रतिकृयाले ठुल्दाईको जिवनमा विस्फोट गराऊनसक्ने संभावना तर्फ सबैको ध्यान गएको छ। पारखीहरुका अनुसार, चिसो हैन न्यानो काखमा मर्न खोज्ने चाहना उमेर र अवस्था अनुसार जति आए पनि दबाऊनु पर्ने र दबाऊन नसकेर पोखे पनि जोखेर पोख्नुपर्ने परिस्थीतीमा ठूल्दाईले भावनामा बहेर बहेको आँशुमा प्रणयसुधा देख्न पुग्दा अब शायद प्रलय हुन सक्ने सम्भावना छ।


पुरे पाणी पराजुलीले आफ्नो वरपर बैरेलाई नदेख्दा उखरमाऊलीहरुसंगको लसपसको हसहस कुरा निकाल्दा चौतारीका पटके लसपसेहरुद्वारा निजको हालतको सहि व्याख्या भएको छ। लसपसेहरुद्वारा चिया पसलमा गरिएको गाईँगुई अनुसार बिचरा पुरेको लस भए पस नहुने र पस भए लस नहुने परिस्थितीले गर्दा आफ्नो उमेरसमुहका कोहि, एकछिनको लागि हराए पनि लसपसमै लिन भएको घिनलाग्नो कुरा  छिनछिनमा दिनभरि पिन गाडिए जस्तो उनको दिमागमा गाडिने सिन देखिनु कुनै अचम्मको कुरा हैन।


 लहरेकान्त लाकौलको बम्पर पुरस्कारप्रतीको लोभ र लालचले मुर्तरुप लिँदा उनलाई जे कुरामा पनि बम्पर उपहार पर्न थालेको कुरा हाम्रा संवाददाताले जनाएका छन्; जसले गर्दा उनले जिवनमै नपरेको अप्ठ्यारोहरुको सामना गर्नुपरिरहेको छ। आज बिहानै उनि शौच गर्न जाँदा उनको खुट्टा बाथरुममा हल्का चिप्लिएकोमा बम्पर उपहार स्वरुप टाउको कमोडमा ठोक्किन पुगेको थियो। यसरी टाउको कमोडमा ठोक्किन पुग्दा उनको मुखबाट हल्का 'थुक्क' को आवाज आएकोमा बम्पर उपहार स्वरुप कसैले सुन्नै नहुनेखालको फोहोर गालि उब्जिन पुगेको थियो। उनको एक लाइनको गालि बाहिर बसेर पुजा गरिरहेको हजुरबाले सुन्दा बम्पर उपहार स्वरुप उनको गालिको पछाडि 'अलछ्छिना बुडा' थपिन पुग्दा उनि घरनिकालामा परेका थिए। भोकले रन्थनिएका उनि होटलमा छिरेर दाल, भात तरकारि खाँदै थिए तर बम्पर उपहार स्वरुप दालमा दुईवटा साङ्ला परेपछि उनि भोकै उठ्न बाध्य भएका थिए। त्यहि होटलमा उनले नदेख्ने गरेर तन्दुरि चिकन बजाइराखेका रिठाराम रायमाझि लुसुक्क उनलाई देखाएर होटलबाट बाहिर निस्किदिनाले पैसा तिर्ने बेलामा बम्पर उपहार स्वरुप उनके आफुले खाएको साङ्ग्ले दाल र रिठारामले खाएको तन्दुरिको पनि पैसा तिरेका थिए।


 
Posted on 10-26-09 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL!



TAREMAAM, JADAU, NAMASTE!


GUDNITE!


 
Posted on 10-26-09 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



लोल। जिमालले पोलेर, घोलेर, पेच हानेर लोल लोल पारे!

आफुलाई यस्तो फितिक्कै लेख्न आउन्न नत्र म नि पेल्दिन्थें क्यार्नु, खप्पराँ हुन पर्नी रेछ, पैले पैले सकुलमा पढाउँदा ध्यान दिइएन तेइ भेर होला, गुच्चा खेल्दै ठीक्क भो। अलिक रामरी पढेर लेख्न जान्नी भा भे मैले नि जान्या थें भनेर भन्न पर्‍यो केरे

अनी क्रेजी आइ, हाइ गरी अनी दिउँसै गूड् नाइट पो भन्छे बा, के भा कि यो केटी, कुरो बुझे त मार्दिनु ल त्यो लहरेलाई
 
Posted on 10-26-09 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-26-09 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल ! भ्रान्तिपुर समाचार काइदाको गयो ! हा हा !


मेरो बिल पनि लहरे ले तिर्देछ ! लोल


क्रेजी के छ खबर? किन बेपत्ता मैचा?


पुरे, बिरे तिमार्को त ठिकै होला भन्ने मान्या छु ! मैले येत्ति भन्न जान्या छु तारेमाम ठुल्दाइ


 
Posted on 10-26-09 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त अचम्म भयो नि रिट्ठे ! पाँच बजे पछी पनि पोस्टिङ् जारी छ ।

 
Posted on 10-26-09 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भन्या नि मैले पनि


के हो के हो


 
Posted on 10-26-09 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोस्टिङ जारी छ-


आज त अचम्म भयो नि रिट्ठे !


पाँच बजे पछी पनि पोस्टिङ् जारी छ


यो बिर्खे को अझै पनि, फुल्न बाँकि केहि दाह्रि छ


आज त अचम्म भयो नि लहरे!


बम्पर उपहारको खात माथि खात छ


इस्टकोट र गगल्समा लहरे वाह! क्या बात छ।


आज त अचम्म भयो नि पुरे !


हाकिम आधा दिन मै कुलेलम ठोक्यो!


मन लाग्या कुरा लेख न तिम्लाई कसले रोक्यो?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters