[Show all top banners]

amricane
Replies to this thread:

More by amricane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 सरकार(बाबुराम), म कसरी अयोग्य भए ?
[VIEWED 6062 TIMES]
SAVE! for ease of future access.
Posted on 09-13-11 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

सरकार म कसरी अयोग्य भए?

हजुर को आग्या मा हतियर उठाय,

कती लाई गोली ठोके ;

कती लाई छप्काय;

तर सरकार आज मै तपाईं को लागि काम नलग्ने भए,

सरकार म कसरी अयोग्य भए?



सरकार म सधैं तपाईं को पथ मा चले

तपाईं को मिठो भाषान मा भुले

तपाईं लाई आफ्नो भगवान माने

तपाईं को आन्धो राजनीति मा हिंडे

सरकार आज तपाईं सत्ता मा पुग्नु भो

ठुलो महल मा पस्नु भो ,

सस्तै भये नि गाडी चाडनु भो ,

तर म चै अयोग्य ठहरिय !

देस र जनता को लागि निकम्मा भए ,

भन्नुस् सरकार म मा के कमी भयो

अनी म कसरी अयोग्य भए?



सरकार ,

तपाईं ले भनेको सोच्दै नसोची माने

तपाईं को आग्या भुइ मा खस्न नदिइ पालन गरे,

अनी तपाइले भनेको कुरा सुन्दै नसुनी हो मा हो थपे

तर आज मै निकम्मा भए?



सरकार तपाईं आँफै भन्नुस् म कसरी अयोग्य भए?

मलाई अझै याद छ ,

यो रोल्पा को चौकी हानेको दिन ,

तन्नै मनिस मारेका थेउ

थुप्रै हतियर कब्जा भएको थियो

अनी हाम्रा साथी नि धेरै मरेका थे

तपाईं ले मेरो कुम मा थप थापाउनु भको थो

मलाई स्याबासी दिनु भको थो

रातो अबिर र माला नि लैदिनु भको थो

त्यो बेला त म तपाईं को बलियो घोडा थिए

तपाईं मेरै सएर गरेर सत्ता मा पुग्नु भो

मलाई नै बाटो बनएर हिंड्नु भो

तर अैले म चै धोबी को कुकुर भए ,

न समाज ले स्विकार गर्‍यो न सरकार ले आपनाउनु भो

भन्नुस् सरकार म बाट के गल्ती भो ?

अनी सरकार म कसरी अयोग्य भए?



सरकार तपाईं सँगइ मैले नि घर छोडेको थे

भर्खरै भित्रएको बुदी लाई छोडेको थे

आमा बा लाई भन्दै नभनी राती निस्केको थे

आज मेरा बा छैनन

आमा पनि ७० काटिछन,

बुदी पनि एकोहोरो भइ छ

छोरो ले मलाई चिन्दा नि चिन्दैन

अनी सरकार मेरो तेत्त्रो त्याग को एइ हो पारिणाम

मै निकम्मा अनी मै चै शान्ती को भाड ?

म कसरी कम्जोर भये सरकार ?

मेरो त्याग मा कहाँ कमी भो सरकार ?

अनी मै कसरी अयोग्य भए सरकार ?



सरकार तपाईं भन्नु हुन्छ काम गर

म कहाँ जाउ काम गर्न ?

म त शहर नि जान सक्दिन

आँफै ले बम हानेर पुल उडाएको थिए

शहर जाने बाटो नि छैन ।

काम कहाँ गरु सरकार,

समन्ती भन्दै लखेटेको हर्के साउ ले मलाई के काम देला ?

आफै ले जलाएको त्यो फ्याट्री मा मलाई कल्ले काम मा राख्ला

कि सदै बिरोध गरेको भारत पसु ,मजदुरी गर्न ?

सरकार तपाइ आँफै भन्नुस् मलाई के यो समाज ले स्विर्कर्ला ?

आफ्नै पार्टी ले त स्विकार गरेन सरकार मलाई कल्ले आफ्नो भन्ला ?

अनी आफ्नै ले आयोग्य ठहर्याएको छ मलाई

कल्ले चै मलाई योग्य भनी काम देला ?



सरकार

मेरो छाती ३२ इन्च छैन तर म कमजोर छैन

म ५०० पुस अप गर्न सक्दिन तर म निकम्मा नि हैन

खुकुरी को धार ले देस हल्लाको थे

आफ्नु हक र हित को लागि आवाज उथको थे

सम्पूर्ण राज्य सत्ता बिरुद्ध जङल बसी चिउरा खाँदै लदेको थे

अनी मै कसरी कम्जोर भए?

सरकार मलाई जवाफ दिनुस्,

म कसरी अयोग्य भए?

(Disclaimer : I am not a Maoist , Just writting their problems as them )

Last edited: 13-Sep-11 05:44 PM

 
Posted on 09-13-11 5:52 PM     [Snapshot: 14]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 AWESome
Last edited: 14-Sep-11 02:19 AM

 
Posted on 09-13-11 5:55 PM     [Snapshot: 44]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dude, please dont mind. say somthing about my poem not about politics over here. Please.
 
Posted on 09-13-11 10:31 PM     [Snapshot: 338]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dami chha bro keep it up.
and m glad yu r back in sajha

 
Posted on 09-13-11 11:42 PM     [Snapshot: 440]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Amricane good job....after all ti ladaku ko kura pani ta bujhne mauka paiyo....awesome
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters