आफ्नो कोठाबाट रुदै मेरो कोठामा आएर भर्खरै लागेको निन्द्रा बिथोली दिई - मेरो सात बर्षे छोरीले !
"बाबा मेरो सपना हरायो" भन्दै मलाई झक्झकाई !
डायजेपामको असरले मेरो दिमाग कुहिरो लागेको जस्तै अस्पष्ट थियो तापनि "कहा हरायो ? भनेर सोधें !
"प्ले ग्राउण्डमा"
"खोज्यौ त !" मैले सोधें
"धेरै खोजें भेटिन..भोली बिहान खेल्न मान्छेहरु आउछन् अनि मेरो सपनालाई कुल्ची दिन्छन्...उस्को टाउको, पेटमा
कुल्ची दिन्छन् " भन्दै आंशु बगाउन थालीन् !
"छन् त तिम्रा सपनाहरु हेर त कति धेरै - तिम्रो कोठामा लिभिङ्ग रुममा जताततै - भएकोलाई जताजतै फालेर राख्छौ, एउटा हरायो भनेर कराउछौ- तिमीलाई अरु सपनाहरु किनी दिउला " मैले सम्झाउने कोशिश गरें !
"त्यो मेरो सबभन्दा प्यारो सपना थियो - त्यहि त पाउंदिन " झन्झन् चर्को स्बरमा रुन थालीन् !
बाहिर एकनास परिरहेको हिंउले हावाको धनत्व बढि थियो ! आबाज टाढा सम्म छिटै र सजीलै फैलिन्छ र छिमेकीहरुलाई
डिस्टर्ब हुन्छ भन्ने डर थियो मेरो मनमा र सम्झाउन खोजें तर मान्दै मानेन ! उल्टै प्ले ग्राउण्डमा जान कर गरे !
जाबो एउटा सपना नाम गरेकी पुतली हराएर यत्रो बवाल गेरेकोमा मलाई झोक चलेर आयो !
" त्यो तिम्रो ड्रिम मात्र थियो " हप्काएं मैले !
" Then fix my dream" अबोध पाराले सजीलै सित भनी !
म निशब्द भएं र निरिह थिएं - उस्को ड्रिम फिक्स गर्न !
Last edited: 26-Nov-07 12:25 PM