कपिलबस्तु घटना साम्प्रदायीक दंगा होईन
अहिलेको कपिलबस्तु घटना माओवादी र प्रतिकार समूहका नाममा हिजोदेखि चल्दै
आएको शक्ति संघर्षको निरन्तरता हो । मोईद खानको हत्याले त्यो शक्ति
संघर्षलाई नयाँ रुप दिएको मात्र हो ।
कपिलबस्तुबाट फर्केर जेबी पुन मगर
भदौ ३० गते कपिलबस्तु कुदरबेटवाका प्रभावशाली ब्यक्ति मोईद खानको
हत्यापछि फैलिएको हिंसात्मक घटनाहरुलाई लोकतान्त्रिक मधेशी मोर्चा र
माओवादीले उपयोग गर्न खोजीरहेका छन् । हत्या गरिएका मोईद सम्बद्ध
मोर्चाले खानको हत्या माओवादीले गरेको भन्दै मधेशी जनमत माओवादीबिरुद्ध
प्रयोग गरीरहेको छ भने माओवादीले पनि ब्रि्रीएको साम्प्रदायीक सदभावबाट
आफ्नो प्रभाव बढाउन खोजीरहेको छ । खानको हत्यापश्चात पहाडे समुदायबिरुद्ध
उत्रेका मोर्चाका कार्यकर्ता र र्समर्थकहरुको प्रतिकार गर्ने नाममा
माओवादीले पहाडे समुदायलाई साम्प्रदायीक हिंसामा उतार्न ठूलो प्रयास
गर्यो र केही हदसम्म सफल पनि भयो । दुवै पक्षको हिंसा फैलाउने प्रयासकै
कारण कपिलबस्तुमा आतंक अझै कायम छ । वाईसिएलको नेतृत्वमा गएका एक हुलले
जगदिशपुर प्रहरी चौकीबाट तिन जनालाई बाहिर निकाली हत्या गरेर यस्तो
साम्प्रदायीक घटनाको सुरुवात गरेका थिए । कपिलबस्तुको चन्द्रौटादेखि तिन
किलोमिटर पूर्वमा रहेको वाईसिएल सेल्टरमा रहेका दुई सय बढी जनशक्तिले
नपुगेर रुपन्देही र नवलपरासीबाट पाच सय कार्यकर्ता थपीएको छ । यसले पनि
कपिलबस्तु घटनालाई माओवादीले आफ्नो स्वार्थमा प्रयोग गर्न खोजेको प्रमाण
देखिन्छ । मधेश आन्दोलनका नाममा पूर्वी तर्राईबाट आफूहरुलाई सफाय गरिएको
र कपिलबस्तुमा पनि त्यस्तै गर्न खोजीएको माओवादी बुझाईका कारण माओवादीले
कपिलबस्तु घटनालाई 'आत्मासम्मानको लर्डाई' ठानीरहेको छ । माओवादीका
बिधायक उमा बिक, इलियास मुसलमान लगायतका नेताहरु अहिले पनि घटनास्थल वरपर
बसेर राजनीतिक फाईदा उठाउने प्रयत्न गरीरहेका छन् ।
माओवादीको यो प्रयासकै कारण जगदिशपुरपछि घटनापछि हजारौंको संख्यामा
मधेशीहरु भारत बिस्थापित भएका छन् र उनीहरु अझै घर र्फकन सकेका छैनन् ।
त्यसमाथी हुलका हुल वाईसिएल कार्यकर्ताहरु पोशाकसहित गाउ गाउमा गस्ती
गर्नथालेपछि त्यहाको वातावरण सुध्रिनुको साटो बिग्रदै गईरहेको छ । भारत
नेपालको सिमानामा पर्ने कृष्णनगरदेखि ३ किलोमिटर दक्षिण भारतको दुधनियामा
बसेका मोईद खानका परिवार र उनका र्समर्थकले त्यहा बसीरहेका मधेशी
बिस्थापितलाई माओवादीबिरुद्ध उक्साउन छाडेका छैनन् । त्यहा बसिरहेका
मधेशी शरणार्थीलाई सान्त्वना दिन नेपालको स्थानीय प्रशासन अझै पुग्न
सकेको छैन । बिस्थापित मधेशी मूलकालाई मोर्चा र बिस्थापित पहाडे मूलकालाई
माओवादीले उक्साउनथालेकोले स्थिति अझै नियन्त्रणमा नआएको हो । त्यसमाथी
कपिलबस्तुमा भर्खरै गठन भएको तर्राई जनतान्त्रिक मुक्तिमोर्चा गोईत समूह
र मधेशी जनअधिकार फोरमबाट छुट्टिएको बिश्वास समूहका कार्यकर्ताले घटनालाई
साम्प्रदायीक रुप दिन खोजेकाले पनि स्थिति उस्तै रहेको हो ।
३१ जनाको ज्यान गएको प्रचार भए पनि स्थानीय प्रशासनको तथ्यांकमा
अहिलेसम्म १५ जना मात्र मारिएको प्रमाण फेला परेको छ । बलात्कार र बन्दुक
प्रयोग भएर मानिसहरु मारिएका घटना भेटिएका छैनन् । हिजो मृत भनिएका पनि
जिउदो भेटिएका छन् । त्यसैले प्रचार गरिए जस्तो कपिलबस्तु घटनामा
हिन्दु-मुश्लिम, पहाडे-मधेशी एकअर्काका बिरुद्ध खनीएका होइनन् । मोइद
खानको हत्या भए लगत्तै पहाडे समुदायको बसोबास रहेको बिसनपुराको देवीपुरमा
हिंशा मच्चाउने अधिकांश आक्रमणकारीहरु हिन्दू मूलका मधेशी देखिन्थे ।
उनीहरु सबै मोइद खानका मोर्चासम्बद्ध कार्यकर्ता हुन् । कृष्णनगरमा पनि
मोर्चाका केन्द्रिय अध्यक्ष तथा कांग्रेसी नेता ब्रम्हानन्द उपाध्यायको
निर्देशनमा मोर्चाका कार्यकर्ता र उनका भारतीय र्समर्थकहरुको उदण्डता
देखिन्छ । कपिलबस्तुमा बिश्वास समूहको संलग्नता देखिन्छ भने चन्द्रोटामा
स्थानीय पान पसले, मिस्त्री, टायर पसले जस्ता मजदूर मुश्लिमहरु प्रयोग
भएका छन् । ति सबैको परिचालन मोर्चाबाट भएको छ । बुटवल र लमही घटनामा
माओवादी र्समर्थकहरुको सक्रियता भेटिएको छ ।
माओवादी जनयुद्धकालमा सरकारको स्वार्थमा कपिलबस्तुमा गठन गरिएको
जमिन्दारहरुको संगठन प्रतिकार समूह जनआन्दोलन २ पछि लोकतान्त्रिक मधेशी
मोर्चामा परिणत भएको हो । सुरुमा आफ्नै घरमा सेल्टर दिई कपिलबस्तुमा
माओवादी प्रभाव बढाउन मुख्य भूमिका खेल्ने मोईद खान प्रतिकार समूहमा
लागेपछि माओवादीसंग उनको दुश्मनी भएको हो । खानकै कारण माओवादी
कपिलबस्तुको दक्षिणी भेकबाट निकै कमजोर भयो ।
स्थानीय प्रशासनको कमजोरीका कारण मोईद खानको हत्या भएको २ घण्टामै जलेको
कपिलबस्तु घटनालाई माओवादी र मोर्चाले आफ्नो स्वार्थमा प्रयोग गर्न
खोजेका कारण यत्रो नरसंहार भएको हो । दुवै पक्षले घटनालाई साम्प्रदायीक
रुप दिन ठूलो कसरत गरे पनि उनीहरुले सोचे जस्तो सफलता पाउन सकेनन् ।
किनभने, हिंसात्मक घटनाहरुमा संलग्न दुवै समुदायका मानिसहरु अहिले
पश्चताप गरीरहेकाले पनि मोर्चा र माओवादीले घटनाबाट सोचेजस्तो फाईदा लिन
नसकेका हुन् । वास्तवमा अहिलेको कपिलबस्तु घटना माओवादी र प्रतिकार
समूहका नाममा हिजोदेखि चल्दै आएको शक्ति संघर्षको निरन्तरता हो । मोईद
खानको हत्याले त्यो शक्ति संघर्षलाई नया रुप दिएको मात्र हो । त्यसैले
सरकारले तत्काल बिस्थापितहरुलाई पुर्नस्थापन गर्ने, कपिलबस्तुका गाउमा
वाईसिएलको परेड बन्द गराउने र आक्रमणकारीका रुपमा पहिचान भएका मोर्चाका
कार्यकर्ताहरुलाई कारवाही गर्ने हो भने स्थिति सामान्य हुनसक्छ । त्यसपछि
स्थितिलाई साम्प्रदायीक रंग दिएर मौकाको फाईदा उठाउन खोज्नेहरु आफै
किनारा लाग्ने निश्चित छ ।