[Show all top banners]

trisna
Replies to this thread:

More by trisna
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भन किन?
[VIEWED 6007 TIMES]
SAVE! for ease of future access.
Posted on 06-06-07 7:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो घाऊ मा नुन् तिम्ले छ् रे
म तिम्रो घाऊ मा मलम् दल्नु किन?
मलाई पिडा हुँदा चोट पर्दा गहिरो
सान्तोना का २ शब्द तिम्ले नभने
तिम्लाई पर्या बेला नदुखेको टाउको मैले
दुखाउनु भन किन?
भन्छौ तिमी गर्छौ तिमी अर्को
तिम्ले भन्या सबै मैले
मात्र मा न्नु पर्ने किन?
मेरो भावनाको उपेक्छा गर्दा तिम्ले
मैले तिम्रो भावनको कदर् गर्नु किन?
तिमी खुल्ला पंक्षि स रि स्वतन्त्र भही घुम्दा
म मात्र पिजडाको च् रि बन्नु किन?
सम्बन्ध हो हामी बिच् दुईको
निरन्तर् ता दिन हर् दम् अस् फल् प्रएत्न
मैले मात्र गर्नु पर्ने भन किन?
 
Posted on 06-06-07 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice one Trishna Ji,

Keep on writing.

regards,

urfren
 
Posted on 06-06-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

trisna जि ले सारै मिठो भावना पस्किनु भो,मलाइ पनि कसैको लागि २ शब्द गुन्जन मन लाग्यो । trisna को धागो प्रयोग गरेकोमा नरिसाइ दिनु होल है।


सायद ए उटा भूल कहिं कतै
भयो होला पनि
तर नसोच्नु कहिले जिवनमा
माया मैले गरेको छैन भनि
तिम्रो हर दू:खमा
कहिं कतै रोयको छु म
धेरै भयो तिम्रो बोलि नफुटेको
तिम्रो दुइ शब्दको लागि तड्पिएको छु म
आज भोलि
तिम्रो हर भावना,चाहना बनेको छ मेरो
तिम्रो हर कदम,ज्युने बहाना बनेको छ मेरो
 
Posted on 06-06-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह ! साह्रै राम्रो लाग्यो, क्या मिलेको जोडि हौ? त्रिश र त्रिश्ना - यस्तो कविताको जुहारी - त्रिश्नाको भाव प्रष्फुटन उत्कृष्ट छ, शब्द चयनमा केहि परिष्कृत गर्न सके सुनमा सुगन्ध होला कि । हुन त मलाइ कविताको जानकार चै होइन, तर मनमा लागेको फ्याट्ट भन्दीहालेको ।
 
Posted on 06-06-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ko bhanda ko kam jasto cha Tris Ji,

malai pani man paryo tapaiko kabita

urfren
 
निशान्त
Posted on 06-06-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! वाह!

उनको आँशु बहिरह्यो
उसको पनि झरेकै हो
यस्तै रैछ संसार हजुर
दुबैलाई पिर परेकै हो

जानेलाई जान दिउँ
प्रियको बाटो किन छेक्नु
बिधिको बिधान कठै हजुर
रोकेर कहाँ सक्न रोक्नु

समय यस्तै बग्दै गर्छ
पानी संग्लो हुँदै जान्छ
शोकमा किन बस्नु हजुर
बाँच्ने बानि बस्दै जान्छ! :)
 
Posted on 06-06-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice! specially these lines ...

सम्बन्ध हो हामी बिच् दुईको
निरन्तर् ता दिन हर् दम् अस् फल् प्रएत्न
मैले मात्र गर्नु पर्ने भन किन?
 
Posted on 06-06-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश्ठुरी भएर तिमीले मेरो बाटोमा काडा बिछ्याए पनि
नतमतस्क भएर म आफ्नो बाटो त हिंडेकै छु,
पर्चाहरु छाप, टास भित्ताहरु भर, बेइज्जत् अरु गरे पनि
निर्दोश साबित् हुँदै म आफ्नै अदालतमा उभिएकै छु,
लाचार बनी अन्धो संसारमा तिमी निर्बस्त्र् भए पनि
भिखारी बनेर मैले त आफ्नो शरीर ढाकेकै छु,
चिछ्याउ अझ बढी, उपल्लो गामको कट्टले सारी चिग्रे पनि
आनन्द, कान्मा तेल हालेर मैले एहिबाट सुनेकै छु ।
 
Posted on 06-06-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Trisnaji को कवितामा वहाँको आफ्नै पिडा पस्किए झैं अनुभुती दिलाउँछ।

पिडादायी छ भावना।गजबको छ अभिव्यक्ती शैलि।हुना सक्छ,उस्ले घाउमा मल्हम् लगाउने प्रयास गरेको होल।कहिले काहिँ समय र परिस्थितीले उल्टो अर्थ लाग्न पनि सक्छ।तर उत्कृष्ट कविता पस्किनु भएकोमा यहाँँलाई बधाई छ।मन छुने भावना प्रस्फुटित् भएको छ।
 
Posted on 06-07-07 6:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ! urfrnerites जी, raascal जी र् mote जी ।
Trishजी को तिम्रो हर भावना ज्युने बहाना बनेको छ मेरो सटिक् लाग्यो।
निश्च् य नै nishanta जी समय यस्तै बग्दै गर्छ पानी संग्लो हुँदै जान्छ शोकमा किन बस्नु हजुर बाँच्ने बानि बस्दै जान्छ जीबन् को तितो सत्य नै य् ही त हो ।
vivasq जी चिछ्याउ अझ बढी आनन्द, कान्मा तेल हालेर मैले एहिबाट सुनेकै छु । nice कबिता वास्तबिक् ता र boys view बढी झल्केको देख्छु ।
channa tarkaari जी अरु धेरै suggestion को आस् म छु अनी म प्रयास गर्नेछु।
 
Posted on 06-07-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ गर्नु होल Trishna जि तपाइको धागोमा फेरि यो नाचिजले टुक्रो पस्किने जरुरत गर्यो।

शास्वत् सत्य अङ्गलेर
दुइ किनारमा उभिए पनि
सक्दिन तिमिलाइ अङ्गालोमा राख्न
जति सुकै भने पनि
बिहानिको सुर्योदय सङ्गै सुरु हुने तिम्रो झझलको
साँझ सिरानि भिजेर पनि
ताजा नै रहन्छ मेरो मानसपटलमा
लाग्दो हो तिमिलाइ
काल्पनिक कथा हो यो
चाहे जे होस
तिम्रो मायको निशानि हो यो
 
Posted on 06-09-07 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलिकती के रिसाएथे कबिता कोरेछौ
मलाई भन्न छोडि तिमीले दुनियाँलाई सुनाएछौ
एउटै छानो मुनी बसेका छौ हुन सक्छ तल माथि
तिमीले छोडि गए देखि मेरो दुखी रा'छ छाती

अलिकती के रिसाएथे कबिता कोरेछौ
फुल्दै गएको सपनालाई बिनासीत्ती लुछेछौ
भैगो अब नदोह्राउ गल्ती फेरी फेरी
छमा गरी मुस्कुराऔ एक अर्कालाई हेरी

अलिकती के रिसाएथे कबिता कोरेछौ
मलाई भन्न छोडि तिमीले दुनियाँलाई सुनाएछौ

बगेछ आसुँ तिम्रो, सुने दुखेछ रे मन
अब त्यस्तो भयो भने मन खोलेर भन
घर भित्र को कुरा हो मन भित्र राख्नु है
भरे लिन आउछु म बाटो हेरी बस्नु है

अलिकती के रिसाएथे कबिता कोरेछौ
सपना को बाटो तिमीले सजिलै भुलेछौ!!
 
Posted on 06-09-07 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्रिस्ना जी, त्रिस जी र हिमालिकेटो जी,

तपाइहरुको भावनाहरु अति सुन्दर लाग्यो र मैले आफुलाइ रोक्न सकिन।

एहा सानो मेरो पनि मुक्तक वा कविता जे भने पनि हुन्छ।

आदि र अन्त्य नभएको तिम्रो र मेरो सम्झौतामा,
आफन्त र पराइ हुनुको केहि फरक नै थिएन,
तिमी 'को हौ?', मलाइ अझै पनि थाहा छैन,
तर मेरो मनमा दुख पर्दा तिमी मात्र हुन्छौ,
मलाइ धैर्य र अगाडि बढ्न अभिप्रेरित गर्ने,
आफनै भन्नेले पनि बुझ्न सकेन मेरो मनको कुरा,
जति तिमी टाढाबाट मेरो शब्दहरु नियाल्न सक्छौ,
र पठाइरहेको हुन्छौ हरेक दिन प्राथनाहरु,
मेरो खुसी र सफलताको लागि भगवानको मन्दिरमा,
हाम्रो बिगत त कथा होइन, अति मिठो सपना थियो,
ब्युझेर पनि अझै मलाइ बिस्वास नै लाग्दैन,
अवास्तविक पल पनि बाच्ने आधार हुदो रहेछ कहिलेकाहि,
 
Posted on 06-09-07 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्रिस्ना जी, त्रिस जी र हिमालिकेटो जी,

तपाइहरुको भावनाहरु अति सुन्दर लाग्यो र मैले आफुलाइ रोक्न सकिन।

एहा सानो मेरो पनि मुक्तक वा कविता जे भने पनि हुन्छ।

आदि र अन्त्य नभएको तिम्रो र मेरो सम्झौतामा,
आफन्त र पराइ हुनुको केहि फरक नै थिएन,
तिमी 'को हौ?', मलाइ अझै पनि थाहा छैन,
तर मेरो मनमा दुख पर्दा तिमी मात्र हुन्छौ,
मलाइ धैर्य र अगाडि बढ्न अभिप्रेरित गर्ने,
आफनै भन्नेले पनि बुझ्न सकेन मेरो मनको कुरा,
जति तिमी टाढाबाट मेरो शब्दहरु नियाल्न सक्छौ,
र पठाइरहेको हुन्छौ हरेक दिन प्राथनाहरु,
मेरो खुसी र सफलताको लागि भगवानको मन्दिरमा,
हाम्रो बिगत त कथा होइन, अति मिठो सपना थियो,
ब्युझेर पनि अझै मलाइ बिस्वास नै लाग्दैन,
अवास्तविक पल पनि बाच्ने आधार हुदो रहेछ कहिलेकाहि,
 
Posted on 06-10-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै धेरै धन्यवाद trish जी ,himaliketo जी ,urfrenrites जी ह्र्द् य छुने मिठो भावनाका लागि। यहाहरुको बेक्त गर्ने सैली अघी मेरो नग् न्य भए पनि मेरो अर्को प्रयास


खहरे त्यो खोलाको अप्रत्यासित् उर्लेको भेल् सरि
बिस्म्रिती को आकाश बाट् च् ट्किएको त्यो बिजुली झै गरी
निर्मम् ता साथ् निमोठी दिएे छौ घाटि मायाको निर्दही बनी
बाचेँकै छु तर जिउदो लास् पारी छाडयो तिम्ले
अबर्णिय अत्रिप्त मायाका घाऊ हरु कोशेली दिएौ तिम्ले
अबिश्वास को तुवालोमा रुमलिएछौ अकारण् तिमी
सत्य र य् थार्थलाई लत्याउदै उपसन्का पालेछौ त्यो मन भरी
अनुतरित् बेदनाका आशु हरु आखाका डिल् बाट् रसाही रहे छन अझै
असम्यमित् अबिचलित् बेग्रताका साथ् चराहिरहेका छन्
तिम्ले दिएका उपहारका घाऊ हरु अझै
 
Posted on 06-10-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आ उ

माया बाडेर एक् अर्कामा
जिन्दगीको मजा लिउ
छोटो यो जिन्दगीमा
आ उ एक् अर्कालाई साथ् दिउ
घ्रिणा तिरस्कार् मन को मैलोलाई
मायाले धोही दिउ
स द् भाव् बाढी एक् अर्कामा
अौ जिन्दगीको मजा लिउ
प्रेरित् गरौ केही गर्न
सफल बन्न एक् अर्कालाई
खुट्टा तान्ने होएन बरु
हात् दिउ अघी बढ्नलाई
कामना गरौ एक् अर्काको
सफलताको लागि सधैं
रिस् राग् चढि अौ
माया बाढौ एक् अर्कालाई
छोटो यो जिन्दगीमा
आ उ एक् अर्कालाई साथ् दिउ
घ्रिणा तिरस्कार् मन को मैलोलाई
आ उ मायाले धोही दिउ
धन्यवाद
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Nepali Passport Renew
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
whats wrong living with your parents ?
cannot accept Visa candidates
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters