भाव-स्मृती
“राम राम राम ------“
ट्वाकले आफ्नो सम्बादमा त्यो क्षणलाइ कैद् गरी छाड्यो।
--- --- --- ---
ल्याइस्? ट्वाकले सोध्यो।
ल्याएँ ल्याएँ एउटै कुरा कत्ति चोटि सोध्न मन् लाग्नी होला एल्लाइ? बाँङ्ग्या जवाफ आयो।
काँचो कि सुक्या?
दुइटै छ मिसाको।
कति वटा ल्याइस् त?
कुस्त छ – पुग्नी ल्या छ।
खै हेरम्?
ल हेर --- खल्ति बाट झिकेर देखायो बाँङ्गेले झर्केर।
पुग्छ त?
बाँङ्गेले घुर्यो मात्रै बोलेन यस पटक।
"पाप लाग्छ तिमेरु लाइ" सुपारीको चेतावनी आयो।
ऐले नै कुन् धर्म लाग्या छ र?
दीप अस्ति कौसि बाट लड्या देखि हालिस्---कस्सो बालुवामा पर्यो र मात्रै नत्र चेट भैसक्या। बाँङ्गेले उदाहरण सुरु गर्यो।
"आफु त्यस्तरी कौसिबाट लडिरा छु है तल बालुवा चाल्ने केटी चै उस्को बलुवामा परें रे म भनेर “कस्तो मात्या मान्छे रे छ” भन्छे फेरी -- जानि जानि त्यस्को बालुवा माड्या हो कि भन्या झैं--- आफ्नो कुरो निस्क्या बेलाँ मन्मा लग्या तर चित्त नबुझ्या कुरो भनियो आफुले नी।"
आफु अस्ति रेखाको भर्याङ्गबाट हुर्धुरीएर भाग्ने हुंदा गुट्मुटीएर क्या संग करङ्ग् बजारीयो तेस्को छिँडिमा भने ऐले सम्म नी लामो सास् तान्न हुन्न। बाङ्गेले अफ्नो उदाहरण नी दियो।
यो ट्वाक त झन् साढे सात बोकी बोकी हिन्छ अचेल्। अस्ति त्याँ ढल्कु नेर लिचि चोर्दा नि यसैलाइ समात्यो – बिशाल नगरमा आलुबखडा चोर्दा नी यै फेला पर्यो – जय नेपाल मा त्याँ सेकेन थर क्लास् बहिर त कति चोटि पि टी खेलि सक्यो --- बालुवा ओसार्नी ट्रकले तिन्कुनेमा लगेर छोड्या नि यसैलाइ –
अनि तँ नि तँ धर्मराज सुपारी --- अस्ति दीप संग चाबेलबाट आउंदा राती भत्क्या पुल् मुनि सन्क्या कुक्कुरले तलाइ नै कुरी रा रे छ रे हैन? तँ आइपुग्ना साथ सुपरीदाइ भनेर तेरो पछि लाग्यो रे नि? आमा र बा भन्दै रुंदै कराउंदै गर्दा नी आखिर त्यो कुक्कुरले दारेरै छोड्या हैन तँलाइ? तेरो चप्पल् मात्रै हैन पिंडौलाको एक दुइ जोर नसा नी छिन्या बिर्सिस्? बाङ्गेले सबै लाइ धर्म संग हाम्रो खासै लेन् देन् छैन भन्ने जानकारी दियो।
ल ल भो नकरा --- सुपारी लाइ झर्को लागेछ।
अनि के को पाप र सापको पुरान् सुनाउछस् त? बाँङ्गेले अलि ठुलै स्वरमा सोध्यो।
ल ल बाङ्गे लामो कुरो नगर-- आज मेरो दिन् हो के --- आजको कुरा गर्न आजको। ट्वाक्ले सम्झायो।
"आजको सबै ठिक छ, धन्ना नमान" बाँङ्गेले आस्वस्त पार्यो।
ढोकामा टक टक गर्यो कसैले। हामि सबै साम सुम भइम।
“दीप” बोलाए मलाइ।
काका रे छन् बोलाउनी। ढोका खोलें मैले।
के कुरा गरीरा तिमेरु हँ? काकाले सोधे।
केइ हैन। मैले भनें --अरुहरु पनि सबै साधु हुन् कि जसरी बसे।
तिमेरु यो शनिबार् ब्यान् ब्यान् देखि ह्याँ किन जम्मा नि? काकाको अर्को प्रस्न आइलग्यो मेरा साथि माथि। यतिन्जेल्मा केइ नबोलि हाम्रा बा पनि पृस्ठभुमिमा देखिए --- साबधानिको बतास चल्यो हामि माझ।
“पशपति जान ला” सुपारीले स्वरलाइ सके सम्म नरम पारेर भन्यो।
पर्दैन जान पश्पति सश्पति --- तिमेर्को पश्पति जानी था छ मलाइ सबै। काकाले फुर्ति गरे।
मलाइ झनक्क रिस उठ्यो --- पहिला त उन्लाइ कसैले सोधेकै थिएन् हामी जाम् की नजाम् भनेर --- त्यस माथि उनको भद्रगोल् दर्जामा हामि पुग्न अझै धेरै मेहनत् गर्न बाकि भा हामी सबैले नबुझ्या नी हैन तै पनि अझ उनि नै उपदेश् दिनि हाम्लाइ?
मैले बोल्नु अघि नै आमाको ओभरराइड आयो --- पश्पति जान्छु भन्ने मान्छेलाइ जान दिनु नी --- चन्दन चै लिएर आउनु नि फेरी ---
आमाको बोली खस्न पाउदा नपाउदै मैले "हस" भनें।
आमाको ओभरराइड पछि काका र बा तितर् बितर् भए। हामी पनि सामान्य अवस्थामा फिर्ता आएम् र बाटो लागिम् ।
कता बाट जानी? मैले सोधे डबलिमा आए पछि।
आज मालिगाउँ तिर बाट जाम्। ट्वाकको सुझाब् थ्यो।
ठिकै हो। गौशला भएर त जानु नै थियो। बिरोध् भएन।
मालिगाउँ बाट महेन्द्र भवन तिर बाट ओर्लेको कालो पत्रे बाटो भेटे पछि देब्रे लगिम् अनि कलो पुल् तरे पछि सिफलको उकालो तिर नलागि दाइने लागियो अनि ढिस्को चढेर भन्डारखालको पर्खालै पर्खाल् पुगियो गौशाला।
पैले पस्पति जाम् दर्शन् गरम् अनि जे जे मन लाग्छ त्यै त्यै गर्नु --- सुपारी बोल्यो।
जा न त जा-- तँ एक्लै पश्पतिमा गएर भजन् गाइ राख--- तनाबले हो कि के ले हो ट्वाकको आवाजमा कठोरता र रुखो पन थ्यो।
तँ किन झर्क्या नि फेरी --- थर थर हो कि के हो? बाङ्गेले हलुका हाँसेर सोध्यो ट्वाकलाइ।
के को थर् थर्? ट्वाकले आफ्नो स्वरलाइ मिलायो।
गौशाला चोक बाट अगाडी बढेर देब्रे लागियो पश्पति तिर – त्याँ पहिलो घुम्तिमा पुगे सि हामी निर्धरित कार्यक्रम अनुसर् अडिम। ट्वाक तलै बाटामा बस्यो – म, बाङ्गे र सुपारी भने बाटोको देब्रे पटीको पर्खाल माथि चडिम्। धडकन त बढ्ने नै भो हाम्रो मुटुको।
हामीले कुनै नौलो कुरा त गर्न ला थिएन तर अभ्यास् गर्न आँटेको चै पहिलो पटकै थ्यो। चिन्ता हुनु स्वभाबिकै हो त्यस्तो परिस्थितिमा। अभ्यासको चुनौतिमा ट्वाक बाँधिएको देखिन्थ्यो। उ कैले गौशाला तिर बाट आउदै गर्या मान्छे हेर्थ्यो कैले हाम्लाइ हेरेर फिस्स हाँस्थ्यो।
केही समय बिते पछी मौका गौशाला तिर बाट आउंदै गर्या देखियो। हामि पर्खालमा सचेत उभिएम्। ट्वाकलाइ मौका आउदै गर्या संकेत दिइम् अनि उस्ले पनि मौका तिर हेरेर अफ्नो सहमति भएको संकेत गर्यो। सुपारी अलि ओझेल् तिर थाहानपाउने गरी सर्यो। त्यो अपेक्षित नै थ्यो। बाँदरहरु पनि वरी परी अफ्नो दैनिक गतिबिधिमा लागेकै थिए तै पनि बाङ्गे बाँदर आकर्षित् गर्न तिर लाग्या देखेर सुपारी "ए बाङ्गे ए -- धेरै नजिस्की त बाँदर् संग तँ जान्नी भे र" भन्दैथ्यो।
म र बाङ्गे तयार थिइम्। यत्तिकैमा सुन्दरतामा चुर्लुम्बै डुबेका चार पाँच जना केटीहरु ट्वाकको छेउमै आइपुगे।
बाङ्गेले त्यै मुहुर्तको लागि ल्याको आठ दस वटा जति नरिवलका टुक्राहरु केटीहरुका पाउमा अर्पण गर्या मात्रै के थियो बाँदरहरु चार तिरबाट ती सुन्दर् कोमल पाउहरुमा लडीबुडी गर्न पुगे पर्साद लिन। अकस्मात् त्यसरी बाँदरहरु आफुमाथि आइलाग्दा एउटा सुरमा मुस्काउँदै बाताबरणलाइ मुग्ध गर्नमा लागेका ति केटीहरु आत्तिए। हाहाकारमा पर्या बखतमा सङ्गै उभिन पुग्या ट्वाकलाइ चारतिरबाट चिच्याउँदै समात्न पुगे --- उनीहरुले परिस्थिति बुझ्नु अघि नै ट्वाकले आफ्नो सम्बादले त्यो क्षणलाई बन्दी पारी सक्या थ्यो ---
“राम राम राम के जमाना आयो --- यस्सो पश्पति सम्म जाम् भन्या चारतिर बाट केटीहरुले यस्तो गर्छन् --- खै मन्दिर् सम्म पुग्नै नसकिएला जस्तो पो भो।”