सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर अडियो उत्पादन तथा प्रसारण गरिएको विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा प्रतिवादी सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेललाई बयानका लागि बोलाउने आदेश गरेको छ ।
अन्नपूर्ण गाउँपालिका-६ घारको ओडारे, भुवानीथान, लामोगरा, भुन्याय, इदारा र विरौटो टोलमा वितरित विद्युत लाइनमा आइतवार उच्च गतिको विधुत प्रवाह हुँदा एक घरपसलमा आगलागी हुनुको साथै ६० घरमा क्षति पुगेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रामक सामग्री प्रसारण/प्रकाशन गर्ने सिधाकुरा डट कम अनलाईनमाथि छानबिन गरी कानुन बमोजिम कारबाही गर्न अनुरोध गरेको छ ।
पुल्चोकमा अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ निर्माण धमाधम भइरहेको छ । रथ निर्माणमा पाटनका बाराही गुठीका २३ जना र ञवा गुठीका १२ जना गुठीयार सहभागी हुन्छन् ।
बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् ।