नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ - Sajha Mobile
SAJHA MOBILE
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Posts 3 · Viewed 411 · Go to Last Post
logan
· Snapshot 0
Like · Likedby · 0
अमेरिकी राष्ट्रपतिले आठ–आठ वटा युद्ध जितिसकेको कुरा धेरै भइसक्यो। तर आँखाचाहिँ शान्ति नोबेल पुरस्कारमै अड्किएको छ। किनभने काला अमेरिकी राष्ट्रपति ओबामाले त पहिलो कार्यकालमै नोबेल पदकबाट सम्मानित भइसके भने, म गोरा राष्ट्रपति—मैले किन नपाउने?

यही बालहठले ग्रसित तत्कालीन अमेरिकी राष्ट्रपतिलाई FIFA ले समेत एउटा पदकले सुसोभित गरिसक्दा, बालहठ घट्नुको सट्टा झन् बढ्दै गयो। अन्ततः यही वर्ष नोबेल शान्ति पुरस्कार पाउने भेनेजुलियन मचाडोले त्यो पुरस्कार उसको हातमा थमाइदिए।
तर उनले त्यसलाई सजाएर राख्ने कुनै चासो नै नदेखाएको स्पष्ट हुन्छ।

अब प्रश्न उठ्छ—यो पुरस्कार लिएपछि के उसले शान्ति पाउला? के नोबेलको कुरा गर्न छोड्ला?

शान्ति होइन, अशान्ति झन् बढ्नेछ—त्यो पनि पुरस्कार कहाँ टाँगेर राखिन्छ भन्नेमा भर पर्छ। क्लोजेटभित्र वा दैनिक नदेखिने ठाउँमा नराखे, मरिच चाउरेझैँ चाउरिएर माथि जान बेर लाग्दैन।

किनभने जति पटक त्यसमा आँखा पर्छ, आफ्नो नाम होइन—मचाडोको नाम नै देखिन्छ।
“खै त मेरो नाम?”
आफ्नो नाम नदेखिएको पीडाबाट उत्पन्न मानसिक रोग झन् संक्रमणित हुने सम्भावना प्रबल देखिन्छ।

उपाय भने पक्कै निकाल्लान्—
‘मचाडोबाट अमेरिकी राष्ट्रपतिलाई सम्मानित’ भनी सुनौलो अक्षरले, सकेसम्म टाढैबाट पहिलो नजरमै उसकै नाम देखिने गरी थप्लान्।

Oops i did it again
· Snapshot 77
Like · Liked by · 0
मेरो श्रद्धेय कॉमेडियन राष्ट्रपति ट्रंपको खेदो खन्नुको साटो त्यो ग्रीनकार्ड फ़ालेर जानु नी बरु नेपाल.
logan
· Snapshot 214
Like · Liked by · 0
कुन राज्यमा हुनु हुन्छ हजुरले टिप्न मिलने गरेर फ्याकौला |
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 16 · Viewed 13706 · Likes 3
· Posts 8 · Viewed 7950 · Likes 3
· Posts 1 · Viewed 4017 · Likes 3
· Posts 1 · Viewed 4280 · Likes 3
· Posts 1 · Viewed 3862
· Posts 1 · Viewed 3840
· Posts 1 · Viewed 4056
· Posts 1 · Viewed 4114
· Posts 1 · Viewed 3890
· Posts 11 · Viewed 16490



Travel Partners
Travel House Nepal