रुरुक्षेत्र गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लागेको तालाबन्दी पाँच दिनपछि खुलेको छ । शुक्रबार जिल्ला सुरक्षा समिति गुल्मीको निर्णयअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गुल्मीले सुरक्षा प्रदान गरेर रुरुक्षेत्र गाउँपालिकाका कर्मचारीले तालाबन्दी खोलेका हुन् ।
इँटा भट्टामा जिउँदै मान्छे जलाएर बम विस्फोटको घटनालाई सामसुम पार्न खोजेको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका तर उच्च अदातलबाट सफाइ पाएका पूर्वमन्त्री आफताब आलमविरुद्ध सर्वोच्च अदालतमा महान्यायाधीवक्ताको कार्यालयबाट पुनरावेदनको निवेदन पेश भएको छ ।
एमालेको पोलिटब्युरो बैठक भोलि ३ गते शनिबार बिहान ११ बजे बस्नेगरी सकिएको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा आठ जना सदस्यले भाग लिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।