कमाउँला, मिठो खाउँला, राम्रो लाउँला भन्दा भन्दै उमेर गइगयो । ठूला सपना थिएनन् र अहिले पनि छैनन् । मजस्ता बेरोजगारलाई एक दिन मजदुरी पाए त्यही ठूलो उपलब्धि हुँदो रहेछ । श्रम गर्ने हो । हातपाउ खियाउने हो । जति सकिन्छ दुःख गरेर दुई–चार पैसा कमाएर परिवार पाल्न सकुँ । सपना, चाहना, उद्देश्य जे भए पनि यतिमात्र हो ।