राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालयले बुधबार पनि बयान लिने भएको छ । मंगलबार बिहान पोखराबाट भैरहवा लगिएका लामिछानेलाई दिउँसो १ बजेबाट सहकारी ठगी र संगठित अपराधको अनुसन्धानमा बयान लिन सुरु गरिएको थियो ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ ।मंगलबार बसेको बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले बताए ।
सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्व गृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याएपछि रुपन्देहीका सहकारीपीडितले मंगलबार प्रदर्शन गरेका छन् ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई थप ६ बुँदे विवरण माग गरेको छ । कात्तिक १३ मा ऊर्जा सचिवस्तरीय निर्णय गरेर ७ दिनभित्र स्पष्ट पार्दै मन्त्रालयमा विवरण बुझाउन भन्दै थप ६ विवरण माग गरेको हो । मन्त्रालयले मागेको ६ बुँदे विवरणको समय आज सकिदैछ ।
प्रहरीले वीरगन्ज भन्सारको इनर्वा क्षेत्रबाट वेश्यावृत्तिमा संलग्न रहेको आरोपमा एक दर्जन महिला तथा पुरुषलाई पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले सोमबार साँझ करिब ४ बजे पक्राउ गरेको हो ।