As the key highways remain obstructed following floods and landslides, there is little hope that the consignments will arrive in Kathmandu for festival.
असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकालगायत देशभरका स्थानका बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
आप्रवासीहरू चढेको एउटा ट्रकमा मेक्सिकन सेनाले गोली चलाउँदा ६ को ज्यान गएको छ । मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरमा भएको घटनामा थप १० घाइते भएको मेक्सिकोको रक्षा मन्त्रालयले जनाएको छ ।
मोहन मैनालीको कृति 'मुकाम रणमैदान'लाई यसवर्षको मदन पुरस्कार प्रदान गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा 'मुकाम रणमैदान' लाई मदन पुरस्कार र जगदम्बा-श्री प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको हो । दुवै पुरस्कारको राशि चार/चार लाख रुपैयाँ छ ।
बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ । विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकबाट बिहीबार विहानसम्म १७ हजार भन्दा बढीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए ।