Thousands of people have been displaced as rivers flood settlements, highways are blocked and electricity supply in several places of Kathmandu Valley and other areas is disrupted.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
अविरल वर्षाका कारण देशभरका विभिन्न आयोजनाबाट उत्पादन हुने करिब १२ सय मेगावाट बिजुली उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार लिखु, सोलु, कोसी, काबेली, तमोर करिडोरका विभिन्न आयोजनाहरुको विद्युत् उत्पादन बन्द भएको हो ।
इजरायलले लेबनानमा गरेको आक्रमणमा हेजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएका छन् । आक्रमणमा हेजल्लाहका अन्य वरिष्ठ नेताहरू पनि मारिएको इजरायली सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।
बाढीपहिराको कारण वाग्मती प्रदेशका १३ जिल्लामा परेर २१ जनाको मृत्यु भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार उपत्यकाका तीन जिल्लाबाहेक पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण २१ जनाको मृत्यु भएको हो ।